लोकसेवा आयोगमा खस आर्यको लागी पनि आरक्षण दिन समितीको प्रस्ताव !!

निजामति सेवाको प्रभावकारिताका विषयमा अध्ययन गरेर सुझाव दिन सरकारले गठन गरेको उच्चस्तरीय समितिले विवादास्पद सुझाव प्रस्ताव गरेको छ । हाल निजामती सेवाको पदपूर्ति प्रणालीमा रहेको समावेशी कोटामा पुनरावलोकन गर्न प्रस्ताव गर्दै समितिले महिलाको ३३ प्रतिशत आरक्षण हटाउन र खस आर्यलाई २२ प्रतिशत आरक्षण दिन सुझाव दिएको हो । 
सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सहसचिव रूपनारायण भट्टराईको संयोजकत्वमा सरकारले केही अघि उच्चस्तरीय कार्यदल गठन गरेको थियो । कार्यदलले आफ्नो प्रस्तावसहितको सुझाव दिएको छ । कार्यदलले महिलाका लागि छुट्टै व्यवस्था गरिएको ३३ प्रतिशतलाई हटाएर आफ्नो समूहमा मात्रै समावेशीबाट आउने पदको ३३ प्रतिशत कोटा छुट्याउन सरकारलाई सुझाव दिएको छ । निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानी विभिन्न
वर्ग र समुदायबीच मात्रै प्रतिस्पर्धा गर्ने व्यवस्था गर्नुपर्ने सुझाव कार्यदलको छ । भट्टराई संयोजकत्वको कार्यदलले निजामती सेवा ऐनको पाँचौँ संशोधन गर्दा विद्यमान समावेशी कोटामा व्यापक फेरबदल गर्नुपर्ने जनाएको छ । कार्यदलले महिलाको लागि छुट्टै ३३ प्रतिशत आरक्षण हटाएर आदिवासी जनजातिका लागि २७ प्रतिशत, मधेसीको लागि २२ प्रतिशत र खस आर्यका लागि २२ प्रतिशत कोटा निर्धारण गर्न भनेको छ । ०६४ सालमा निजामती सेवा ऐनमा संशोधन गरी विभिन्न वर्ग, जातजाति र समुदायका लागि छुट्टाछुट्टै समावेशी कोटा निर्धारण गरिएको थियो । त्यसमा भने खस आर्यका लागि छुट्टै समावेशी कोटाको व्यवस्था गरिएको छैन । कार्यदलले अपांगता भएकाहरूका लागि छुट्याइएको नौ प्रतिशतलाई पाँच प्रतिशतमा झार्न, मुस्लिमका लागि चार र पिछडावर्गका लागि दुई प्रतिशत समावेशी कोटा निर्धारण गर्न तथा थारूका लागि पनि पाँच प्रतिशत कोटा निर्धारण गर्न सुझाब दिएको छ ।

समावेसीको नाममा यसरी बिभिन्न आरक्षण दिनु भन्दा, निश्पछ नतिजा प्रकाशन गर्ने बानिको बिकास गरी यो आरक्षण नै हटाउनु अाजको आवश्यकता जस्तो हामीलाई लाग्दछ ।। 


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment