पछिल्ला केहि समसामयिक प्रश्न-उत्तरहरु !!

  •  साउदी अरबले ईरानमाथि कुटनैतिक सम्बन्ध तोडेको घोषणा       →    ४ जनवरी २०१६
  •  उत्तर कोरियाले हाईड्रोजन ग्यास बम परिक्षण       →     ६ जनवरी २०१६
  •  पृथ्वी पुरस्कार सन् २०१६       →     बैकुण्ठ मानन्धर
  •  नेपालको संविधान (२०७२)को पहिलो संशोधन       →    वि स २०७२/१०/९ [धारा ४२,८४ र २८६]
  •  पशुपति आर्यघाटमा विद्युतीय मेसिनद्धारा शव जलाउन सुरु        →     विस२०७२/१०/१० 
  •  १८ औं भुकम्प सुरक्षा दिवस २०७२ माघ २ को नारा        →     भुकम्प_प्रतिरोधि घर संरचना सुरक्षित नेपाल हाम्रो चाहना (वि.स.१९९० माघ २ गते पुर्वी नेपालको संखुवासभाको चैनपुरलाई केन्द्रविन्दु बनाएर गाएको ८.४ रेक्टर स्केलको महा भुकम्पको सम्झानामा २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेलाई भुकम्प सुरक्षा दिवस मनाउन थालिएको )
  •  मिस वर्ड सन् २०१५ को उपाधि       →      स्पेनकी मेरियो लालागुना मियो
  • ३४ औं अन्तर्राष्ट्रिय हात्तीपोलो खेल २०७२ को उपाधि       →      स्वीजरल्याण्डको EFG लाई (उपविजेता नेपालको टाइगर टप्स)
  •  नेपालमा पहिलोपटक स्मार्ट लाइसेन्स वितरण सुरु       →     वि स २०७२ मंसिर १४
  •  सरकारी कार्यालयमा डिजिटल हस्ताक्षर सुरु        →     वि स २०७२ मंसिर १६
  •  निजामती सेवा नियमावली ,२०५० को १२ औं संशोधन        →      २०७२ असोज ७ गते 
  •  सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर घोषित       →     स्टिभ स्मिथ
  •  रुसको प्रजातन्त्रवादी विपक्षी नेता वोरिस नेमत्सोभको गोली हानी हत्या       →      २७ फ्रेबुअरी २०१५
  •  विश्वप्रसिद्ध टाइम पत्रिकाले सन् २०१५ को बर्ष व्यक्ति घोषणा       →      जर्मनका चान्सल र एन्जेला मर्केल ( दोस्रोमा आतंकबादी समूह आईएसका नेता अबु बकर अल बग्दादी)
  •  ट्रान्सपरेन्सी ईन्टरलेशनल संस्थाले सार्वजनिक गरेको भ्रष्टाचार सुचांक २०१५ अनुसार नेपाल १०० अंकमा २७ अंक प्राप्त गरि १६८ देश मध्येमा १३०औं स्थानमा (गत वर्ष २९ अंक सहित १७५ देशमा १२६ औं स्थानमा थियो )
  •  भ्रष्टाचारको अभियोगमा उत्तर कोरियाली सेना प्रमुख जनरल रि योङ गिललाई मृत्युदण्ड सुनाएको       →      १०जनवारी२०१६
  • पुर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसका सभापति सुशील कोइरालाको निधन       →       २०७२ माघ २६ विहान १२ :५० बजे
  •  १३६ दिनपछि वीरगन्ज नाका खुलेको       →      २०७२ माघ २२ गते
  • प्रधानमन्त्री केपी ओलीको राजाकिय भारत भ्रमण        →       वि .स.२०७२/११/०७ देखि २०७२/११/१२ सम्म
  •  देश बासीको नाममा प्रधानमन्त्री केपी ओलीको सम्बोधन      →      २०७२ कार्तिक २९ (सन् 2015/11/15)
  •  फ्रन्सको पेरिसमा ईस्लामिक स्टेट IS द्धारा १२९ जनाको ज्यान जाने गरि संगतिक आक्रमण      →      सन्२०१५नोवेम्बर १३
  •  विश्व स्वास्थ्य संगठन (WHO) ले Sierra Leone लाई ईबोला मुक्त घोषणा गरेको      →       सन्२०१५नोवेम्बर ७
  • नेपाल र चीनबीच तातोपानी र केरुङ् नाका बाहेक अन्य सात वटा नाका खोल्ने २० बुँदे सम्झौता      →      सन् २०१५ नोवेम्बर ५ (वि.स.२०७२/७/ १९)
  • चीनबाट नियमित पेट्रोलियम पदार्थ ल्याउने सहमति पत्रमा हस्ताक्षर      →       सन् २०१५ अक्टोबर २८ (वि.स.२०७२/७/११)
  • चालक दलको ७ जनासहित सबै २२४ यात्रुको ज्यान जाने गरि इजिप्टको साइनाइमा रुसी विमान दुर्घटना      →       सन् २०१५ अक्टोबर ३१ (वि.स.२०७२/७/१४)
  • विश्व हात धुने दिवस २०१५ (अक्टोबर १५) को नारा      →      सरसफाइको लागि उठौँ हात
  • तेन्जिङहिलारी खुला एभरेष्ट म्याराथन २०१५ को विजेता     →    पुरुष तर्फ भीम बहादुर गुरुङ र महिला तर्फ आङदामी शेर्पा (सधैं मे २९ तारिखका दिन हुदै आएको यो खेल यस वर्ष भुकम्पका कारण अक्टोबर ५ मा सम्पन्न भएको थियो )
  • नेपालको उपराष्ट्रपति पदमा नन्द बहादुर पुन निर्वाचित     →     वि स २०७२ कार्तिक १४
  • नेपालको राष्ट्रपतिको पदमा विद्यादेवी भण्डारी निर्वाचित     →     विस २०७२ कार्तिक ११
  • एक उपमहानगरपालिका र २६ नगरपालिका थप     →    विस २०७२ असोज १ (हाल नगरपालिकाको संख्या = २१७ (जसमा १ महानगरपालिका १२ उपमहानगरपालिका र २०४ नगरपालिका पर्दछ )( गाविस बिहिन जिल्ला संख्या = २ , काठमाडौं उपत्यकाको २ जिल्ला काठमाडौं र भक्तपुर )
  • नगरपालिका बिहिन जिल्ला संख्या      →    ७ ( डोल्पा , हुम्ला , मुगु , कालिकोट , रसुवा ,मनाङ र मुस्ताङ )
  • अब गाविस संख्या      →    ३१५७
  • चिलीमा ८.३ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको      →     सन् २०१५ सेप्टेम्बर १६
  • ५७ औं बाल दिवस २०७२ भदौ २९ को नारा     →    पुनर्निर्माण र संविधान बाल अधिकारको संरक्षण हाम्रो अभियान
  • वि.स.२०७१ सालको मदन पुरस्कार     →     विजयकुमार पाण्डेको खुसी कृति लाई
  • जगदम्बाश्री पुरस्कार     →     अंगुरबाबा जोशीलाई
  • पदमश्री साहित्य पुरस्कार     →     उपेन्द्र सुब्बा र मोहन मैनाली लाई
  • विश्वकै होचो व्यक्तिको रुपमा गिनिज बुक अफ वर्ड रेकर्डमा नाम रहेको दाङको चन्द्रबहादुर डाँगीको निधन     →     विस २०७२ भदौ १८
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment