२०७२ साउन २० गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्न-उत्तरहरु !!

  •  हाल नेपालमा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका वैंङ्क तथा वित्तीय संस्था कति-कति रहेका छन् ?      →     क्रमशः ३०‚ ७६‚ ४८ र ३९
  • ग्लोबल फाइनान्सद्वारा सन् २०१५ जुलाई २० मा अमेरिकाको न्युयोर्कमा घोषणा गरिएको एसिया प्रशान्त क्षेत्रीय समूहअन्तर्गत ‘कन्जुमर डिजिटल बैङ्क अवार्ड’ कसले प्राप्त गरेको छ ?      →     स्टान्डर्ड चार्टर बैङ्क‚ नेपाल
  • नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) द्वारा वि.सं. २०७२ मा प्रदान गरिने उत्कृष्ट लेखा प्रस्तुति सम्माना पुरस्कारबाट सम्मानित हुने वाणिज्य बैङ्क कुन हो ?      →     नविल बैङ्क लि.
  • नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) द्वारा वि.सं. २०७२ मा प्रदान गरिने विकास बैङ्क तथा वित्त कम्पनी समूहमध्येको उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार ‘वेस्ट प्रिजेन्टेड एकाउन्टस् अवार्ड-२०१४’ कुन संस्थाले प्राप्त गर्‍यो ?      →     कैलाश विकास बैङ्क

  • स्थानीय निकाय वित्तीय आयोगले परीक्षण गरेको न्यूनतम सर्त तथा कार्यस्पादन मापन (एमसीपीएम) मा सर्वोत्कृष्ट हुने जिविस कुन-कुन हुन् ?      →     धनकुटा र सिन्धुपाल्चोक (नगरपालिकामा बुटवल उपनगरपालिका र धनकुटा नगरपालिका)
  • "हाम्रो सबैभन्दा ठूलो कमजोरी प्रयत्न गर्न छोड्नुमा छ‚ सफलता प्राप्त गर्ने सबैभन्दा सनिश्चित उपाय भनेको अर्को एकपटक प्रयत्न गर्नु मात्र हो ।‘ भन्ने विचारक को हुन् ?      →     थोमस अल्बा एडिसन‚ बैज्ञानिक
  • सन् २०२२ को शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगित कहाँ हुने भएको छ ?      →     बेइजिङ‚ चिन
  • आ.व. २०७१/७२ को आर्थिक सर्वेक्षणअनुसार चालु आ.व.को यथार्थ कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?      →     ३३.१ प्रतिशत (गैरकृषि क्षेत्रको योगदान : ६६.९ प्रतिशत)
  • वि.सं. २०७२ साउन १२ मा वितरित ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा उत्कृष्ट चलचित्र को उपाधि कुन चलचित्रले हासिल गर्‍यो ?      →     कबड्डी ( अभिनेता तर्फ : दयाहाङ राई‚ अभिनेतृ तर्फ : ऋचा शर्मा)
  • नेपालबाटै लोप भएको भनिएको सिरीगाई कहाँ फेला परेको छ ?      →     ताप्लेजुङ
  • वि.सं. २०७२ असार मसान्तसम्म इजाजतपत्र प्राप्त एफएम रेडियोको सङ्ख्या कति पुगेको छ ?      →     ६३८ (सञ्चालनरत : ५४७)
  • वि.सं. २०७१ मा नेपालमा पर्यटकहरुको ‍औसत दैनिक खर्च कति रहेको छ ?      →     ४६.४ डलर
  • वि.सं. २०७० पुस मसान्तदेखि २०७१ पुस मसान्तसम्मको अवधिमा पर्यटकहरुको नेपाल वसाइ अवधि सरदर कति रहेको छ ?      →     १२.४ दिन
  • मानवीय गतिविबाट पर्यावरणमा पर्ने असरलाई न्यूनीकरण गर्न पृथ्वीलाई आराम दिनुपर्ने प्रतीकात्मक सन्देश दिन विश्वभरि नै एक घण्टा बत्ती निभाउने अभियानलाई के भनी चिनिन्छ ?      →     अर्थ आवर
  • सन् २०१५ अप्रिल ९-११ सम्म अमेरिकामा भएको पानी प्रशोधनसम्बन्धी प्रविधिमा उत्कृष्ट हुने बैज्ञानिक को हुन् ?      →     एमपी भट्ट 
  • ‘राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार’ बाट सम्मानित हुने खेलाडी को-को हुन् ?      →     विमला तामाङ (कराँते)‚ सोमपाल कामी (क्रिकेट)‚ दिवस श्रेष्ठ (बक्सिङ)‚ ज्ञानी चुनारा (तेक्वान्दो)‚ विनिता बुढाथोकी (भलिबल)‚ विक्रमबहादुर रानामगर‚ केशरी चौधरी‚ प्रमिला चौधरी र सुनील चौधरी (एथ्लेटिक्स)
  • नेपाल वायुसेवा निगमद्वारा वि.सं. २०७२ बैशाख १८ मा ल्याएको दोस्रो एयरबस ए ३२० लाई के नामाकरण गरिएको छ ?      →     लुम्बिनी (२०७१ माघ २५ मा ल्याएको पहिलो एयरबसलाई सगरमाथा नामकरण गरिएको ।)
  • निजामती सेवा ऐन‚ २०४९ को चौथो संसोधन कहिले भएको हो ?      →     वि.सं. २०७२ असार २९
  • नेपाल वायुसेवा निगम (nepal airlines Corporation) को स्थापना कहिले भएको हो ?      →     वि. सं. २०१५ असार १७
  • लोकसेवा आयोगले कहिलेदेबाट लागू हुने गरी अप्राविधिक तर्फका राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब शुब्बा) र द्वितीय श्रेणी (खरिदार) पदका लागि प्रवेश परीक्षाको व्यवस्था गरेको छ ?      →     आ.व. २०७२/७३
  • नेपालको संविधान‚ २०७२ को प्रारम्भिक मस्यौदाअनुसार राष्ट्रभाषा भन्नाले के बुझिन्छ ?      →     नेपालमा बोलिने सबै मातृभाषाहरु
  • सन् २०१५ जुलाईमा सम्पन्न उत्तर तथा मध्य अमेरिको क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘कोन्काकाफ गोल्डकप’ को उपाधि जित्ने राष्ट्र कुन हो ?      →     मेक्सिको (उपविजेजा जमैका)
  • ‘जसले कसरी सिक्ने र परिवर्तन गर्ने भन्ने कुरा सिकेको छ‚ त्यो व्यक्ति मात्र शिक्षित हो ।‘ भन्ने विचारक को हुन् ?      →     कार्ल रोजर्स‚ अमेरिकन मनोविद्
  • नेपालमा हालसम्म कतिवटा त्रिवर्षीय आवधिक योजना आएका छन् ?      →     चार
  • नेपाल सरकारद्वारा हेलो स्वास्थ्य कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो ?      →     वि.सं. २०६९ कार्तिक २९
  • गुणस्तरीय पर्यटन भित्र्याउनका लागि ‘कन्ट्रोल टुरिज्म’ नीति अवलम्बन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?      →     भुटान
  • ‘क्योटो वर्ल्ड वाटर ग्रान्ड प्राइज-२०१५’ (राशि : २० हजार अमेरिकी डलर) बाट सम्मानित हुने नेपाली संस्था हुन हो ?      →     वातावरण तथा जनस्वास्थ्य सङ्गठन (एन्फो)
  • ‘स्वाइन फ्लु’ अर्थात इनफ्लुएन्जा ए एचवानएनवानलाई who ले कहिले महामारी रोग घोषणा गर्‍यो ?      →     सन् २००९ जुन ११
  • सार्क राष्ट्रहरुमध्ये आफ्ना नागरिकहरुलाई ‘ई-पासपोर्ट’ उपलब्ध गराउने पहिलो राष्ट्र कुन हो ?      →     माल्दिभ्स (सन् २००७)
  • रुपन्देहीको भैरहवामा डिजास्टर रिकभरी सेन्टरको स्थापना कहिले भएको हो ?      →     वि.सं. २०७२ साउन ११
  • सरकारद्वारा ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ का लागि प्रदान गरिने पुरस्कारको राशि कति रहेको छ ?      →     जनही रु. १ लाख


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment