- स्काइ ट्रयाक्स नामक संस्थाले सन् २०१५ मा सार्वजनिक प्रतिवेदन अनुसार विश्वकै उत्कृष्ट विमानस्थल कुन भएको छ ? → सिङ्गापुरको चाङ्गी विमानस्थल (चाङ्गी पछि शीर्ष पाँचमा परेका अन्य विमानस्थल सोलको इन्चियोन‚ म्युनिख एयरपोर्ट‚ हङ्कङ इन्टरनेशनल एयरपोर्ट र टोकियो इन्टरनेसनल एयरपोर्ट हुन।)
- राजनीतिज्ञ एवं साहित्यकार राजेश्वर देवकोटाको निधन कहिले भयो ? → वि.सं. २०७२ साउन २५
- वि.सं. २०७२ साउन २० मा बसेको मन्त्रिपरिषद् वैठकले मुख्य सचिव पदमा कसलाई नियुक्त गरेको छ ? → डा. सोमलाल सुवेदी
- त्रिमुर्ति निकेतनद्वारा पुरस्कृत हुने (वि.सं. २०७२ मा) नारी स्रष्टा को हुन् ? → रजनी ढकाल‚ शान्तिमाया गिरी‚ तर्कना शर्मा र अम्बिका अर्याल (नेपाली भाषा साहित्यको लेखन र प्रवर्द्धनमा योगदानका लागि)
- अमेरिको सिनेटको सन् २०१५ अगस्ट ५ मा नेपालका लागि आफ्नो राजदुतमा कसलाई अनुमोदन गरेको छ ? → एलियानिया बी टेपलिज
- सन् २०१५ अगस्ट ट माफिफाद्वारा सार्वजनिक विश्व वरियतामा नेपाल कतिऔं स्थानमा रहेको छ ? → १८४ औं
- चिकित्सा शिक्षा सम्बन्धमा राष्ट्रिय नीति तयार पार्न पाँच महिनाअघि गठित प्रा.डा. केदारभक्त माथेमाको संयोजकत्वमा गठित समितिद्वारा तयार पारिएको प्रतिवेदन सरकारले कहिले सार्वजनिक गर्यो ? → वि.सं. २०७२ साउन १९
- हाल (२०७१ फागुन मसान्तसम्म) नेपालसँग द्विपक्षीय हवाई सेवा सम्झौता भएका राष्ट्रहरु कति रहेका छन् ? → ३६
- आर्थिक वर्ष २०७१/७२ को आर्थिक सर्वेक्षणअनुसार आ.ब. २०७१/७२ सम्ममा आधारभुत खानेपानी सेवाबाट लाभान्वित जनसंख्या कति रहेको छ ? → ८३.५९ प्रतिशत
- हाल नेपालमा कतिवटा बीमा कम्पती रहेका छन् ? → २७ (जीवन बिमा कम्पनी : ९‚ निर्जीवन बिमा कम्पनी : १७ र पुनर्बिमा कम्पनी : १)
- नेपालको विगत पाँच बर्षको औसत मुद्रास्फीति दर कति रहेको छ ? → ९.३ प्रतिशत
- आर्थिक बर्ष २०७१/७२ को आर्थिक सर्वेक्षणअनुसार उपभोग खर्चका आधारमा गिनी सुचकाङ्क (Gini Coefficient) सहरी क्षेत्रमा ०.३५३ रहेको छ भने ग्रामीण क्षेत्रमा कति रहेको छ ? → ०.३११
- नेपाल नागरिक उड्डयन प्राधिकरणको स्थापना कहिले भएको हो ? → वि.सं. २०५५ पुस १६
- अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कहिले मनाइन्छ ? → डिसेम्बर ७
- ICAO को पुरा रुप के हो ? → International Civil Aviation Organization
- BIPPA को पुरा रुप के हो ? → Bilateral Investment Promotion and Protection Agreement
- युहान इन्टरनेसनल इभेन्ट्सद्वारा आयोजित दोस्रो संस्करणको मिस प्लस टु नेपाल-२०१५ को उपाधि कसले जितिन् ? → आँचल दवाडी
- पृथ्वीको सतहको एकाइ क्षेत्रफलमा पर्ने हावाको चापलाई के भनिन्छ ? → वायुमण्डलीय चाप
- धेरै पहिले ब्रह्माण्डमा घुम्दै गरेको एउटा तारा सूर्यसँग ठक्कर खाएर सूर्यको भाग टुक्रिई पृथ्वीलगायत अन्य ग्रह र उपग्रह बनेको भनी पृथ्वीको उत्पति बारेमा धारणा प्रस्तुत गर्ने वैज्ञानिक को हुन् ? → जर्ज बफन
- नेपालको एक मात्र शिकार आरक्ष कुन हो ? → ढोरपाटन शिकार आरक्ष
- नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे-फोक्सुन्डो कति क्षेत्रफलमा फैलिएको छ ? → ३५५५ बर्ग कि.मि.
- नेपालमा राष्ट्रिय सिमसार नीति कहिलेदेखि लागू भई कार्यान्वयनमा आएको छ ? → वि.सं. २०५९
- नेपालकै पहिलो हवाइजहाज सङ्ग्रहालय कहाँ रहेको छ ? → टिकापुर (कैलाली)
- डोटीको सिलगढीदेखी अछाम साँफेबगरसम्मको सडक खण्डलाई के नामकरण गरिएको छ ? → पहलमान सिँह स्वाँर सडक
- एसियाको नोबल पुरस्कारका रुपमा चिनिने प्रतिष्ठित रोमन म्यागासेस पुरस्कार (२०१५) कस कसलाई प्रदान गरियो ? → सञ्जीव चतुर्बेदी‚ अंशु गुप्ता (भारत)‚ चाउ थु (म्यानमार)‚ लियागा फर्नान्डो (फिलिपिन्स) र कोम्माली चन्थाभोङ (लाओस)
- नेपालको वित्तीय क्षेत्रमा बढ्दै गएको सम्पति तथा दायित्व व्यवस्थापनको दूरी र सोबाट हुने बजार जोखिमलाई संशोधन गर्ने उद्देश्यका साथ नेसनल बैङ्किङ इन्स्टिच्युट (एनबीआई) द्वारा आयोजित सम्पति तथा दायित्व व्यवस्थापन सम्मेलन कहिले सम्पन्न भयो ? → वि.सं. २०७२ साउन २१
- २५ मेगावाट क्षमताको भोटेकोशी जलविद्युत आयोजना कहाँ रहेको छ ? → सिन्धुपाल्चोक
- डोल्पाली जनताको जनजीवनमा आधारित चलचित्रको नाम के हो ? → क्याराभान
- गाउँ विकास समिति नभएका जिल्ला कुन-कुन हुन् ? → काठमाण्डौं र भक्तपुर
- हरित पेटिका अभियान (Green Belt Movement) का संस्थापक को हुन् ? → बांगरी माथाई
- राष्ट्रिय जनगणना‚ २०६८ अनुसार नेपालमा महिला परिवार मुली भएका घर परिवारको प्रतिशत कति रहेको छ ? → २५.७ प्रतिशत
- असंलग्न राष्ट्रहरुको सोह्रौं सम्मेलन कुन देशमा भएको थियो ? → इरान
- प्रसिद्ध पुस्तक एनिमल फार्म का लेखक को हुन् ? → जर्ज अर्बेल
- वि.सं. २०७१ मा प्रदान गरिएको मदन पुरस्कार प्राप्तगर्ने स्रष्टा को हुन् ? → राधा पौडेल
- सरकारले नेपालो सेनाका कायममुकायम प्रधानसेनापतिमा कसलाई नियुक्त गरेको छ ? → राजेन्द्र क्षेत्री
- अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०१४ अप्रिलमा सार्वजनिक गरेको विश्वआर्थिक परिदृष्य (World Economic Outlook) अनुसार सन् २०१४ मा ३.४ प्रतिशतले बढेको विश्व उत्पादन दर सन् २०१५ मा कतिप्रतिशत रहने प्रक्षेपण थियो ? → ३.५ प्रतिशत
0 comments:
Post a Comment