विश्वका महादेशहरुको बारेमा जानकारी !!

महादेश आपसमा जोडिएको पृथ्वीको ठूलो भूभाग हो। एक महादेशमा थुप्रै साना-ठूला देशहरू हुन्छन्। संसारमा कतिवटा महादेश छ भन्ने कुरामा सबैको एकैमत भने छैन। महादेशहरुले पृथ्वीको कुल भुभागको २९.७ प्रतिशत हिस्सा ओगटेको छ । सामान्यतया सातवटा महादेश छ भनिन्छ। ती हुन्
  •  एसिया महादेश
  •  अफ्रिका महादेश
  •  उत्तर अमेरीका महादेश
  •  दक्षिण अमेरीका महादेश
  •  यूरोप महादेश
  •  अष्ट्रेलिया महादेश
  •  अन्ट्रार्कटिका महादेश
एसिया महादेश (Asia Continent)
  •  विश्वका विभिन्न महादेशहरु मध्येको सबैभन्दा ठुलो महादेश एसिया महादेश हो ।
  •  यस महादेशको अधिकाशं भाग उत्तरी गोलाद्धमा पर्दछ ,१० डिग्री दक्षिणि अक्षांश देखि ७८ डिग्रि अक्षाशं र २५ डिग्री पुर्वी देशान्तर देखि १८० डिग्री देशान्तर पार गरि १७० डिग्री पश्चिम सम्म यो महादेश फैलियको छ ।
  •  यस महादेशको क्षेत्रफल 44.58 million km² रहेको छ ।
  •  विश्वको करिब ५४ प्रतिशत मानिसहरुको बसोबस रहेको यस महादेशले विश्वको कुल भु-भागको करिब ३० प्रतिशत भु- भाग ओगटेको छ ।
  •  यस महादेशमा विश्वकै सर्वाधिक अग्लो चुचुरो सगरमाथा विश्व कै गहिरो ताल वैकाल ताल विश्वकै ठुलो ताल क्यास्पियन सागर र विश्वकै सर्वोच्च स्थानमा रहेको ताल तिलिचो ताल पर्दछन् ।
  •  यस महादेशलाई विसमताको महादेशको उपनामले समेत चिनिन्छ ।

अफ्रिका महादेश (Africa continent)
  •  यो महादेश एसिया पछिको सबैभन्दा ठुलो र विश्वको दोस्रो ठुलो महादेश हो ।
  •  यो महादेशलाई भूमध्ये रेखाले ठिक बिच बाट काटेकोले यो महादेश उत्तर र दक्षिण गोलाद्धमा बराबर रुपमा फैलियको छ ।
  •  यस महादेशको सरदर क्षेत्रफल 30.22 लाख km² रहेको छ।
  •  यो महादेशका एटलस र डैकन्सवर्ग प्रमुख पर्वत हुन भने किलिमान्जरो सर्वोच्च शिखर एवम् ज्वालामुखि पर्वत हो ।
  •  विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारा, यसै महादेशमा पर्दछ ।
  •  यस महादेशमा प्राय विश्वका सवै प्राचिनतम् एवम् नबिनतम संस्कृति पाईन्छ ।
  •  विश्वको सबैभन्दा लामो नदि नाइल ठुलो हिरा खानि किम्वर खान ,स्वर्ण उत्पादक नगर जोहान्सवर्ग यसै महादेशमा पर्दछ ।

उत्तर अमेरीका महादेश (North American continent )
  •  यो विश्वको तस्रो ठुलो महादेश हो ।
  •  उत्तर तिर फुकेको र दक्षिणतिर साघुरीयको यो महादेश पुरै उत्तरी गोलाद्धमा पर्दछ ।
  •  यस महादेशको सरदर क्षेत्रफल 24.71 million km² रहेको छ।
  • यो महादेशलाई क्रिस्टोफर कोलम्बसले सन् १४९२ मा पत्ता लगाएका हुन्,त्यसैले यस महादेशलाई नँया संसारको उपनामले समेत चिनिन्छ ।
  •  विश्वको सबैभन्दा ताजा पानिको ताल सुपेरीयर ताल ,सबैभन्दा ठुलो गुम्वज एस्टेडोम आदि पनि यसै महादेशमा पर्दछ ।
  • यो महादेश १० डिग्री उतरी अक्षाश देखि ८० डिग्री उतरी अक्षाश सम्म र २० डिग्री पश्चिमी देशान्तर देखि १६० डिग्री पश्चिमि देशान्तर सम्म फैलिएको छ ।
  •  विश्वको सबैभन्दा ठुलो नेशनल पार्क बुड बफेली नेशनल पार्क (क्यानडा) यसै महादेशमा पर्दछ ।
  •  यस महादेशमा पाईने शितोष्ण घासे मैदान प्रेयस यस महादेश को अनुपम उपहारको रुपमा लिइन्छ ।

दक्षिण अमेरीका (South America)
  •  यो महादेश विश्वको चौथो ठुलो महादेश हो ।
  •  यो महादेश १२ डिग्री उत्तरी अक्षाशदेखि ५६ डिग्री दक्षिणी अक्षाश सम्म ,३६ डिग्री पश्चिमि देशान्तर देखि ८० डिग्री पश्चिमि देशान्तर सम्म फैलिएको छ ।
  •  यस महादेशको क्षेत्रफल 17.82 million km² रहेको छ ।
  •  पानामा नहरले उत्तर र दक्षिण अमेरीका को सिमाना लाई छट्याउने काम गरेको छ ।
  •  विश्वको सबैभन्दा ठुलो पवर्तमाला एण्डिज पवर्तमाला यसै महादेशमा पर्दछ ।
  •  दक्षिण अमेरीकी महादेशमै रहेको अमेजन नदिलाई विश्वकै सबैभन्दा ठुलो नदिको रुपमा लिईन्छ ।
  •  विश्वको सबैभन्दा उचाइमा रहेको राजधानि लापान (बोलिभिया) यसै महादेशमा पर्दछ ।
  •  दक्षिण अमेरीकाको अर्जेन्टिना सम्म फैलिएको घासे मैदान पेम्पाज यसै महादेशमा पर्दछ ।

यूरोप महादेश (Europe continent)
  •  यो महादेश विश्वको छैठौ ठुलो महादेश हो ।
  •  यो महादेश पूरै उतरी गोलाद्धमा पर्दछ ।
  •  यो महादेश ३९ डिग्री उतरी गोलाद्ध देखी ७१डिग्री उतरी अक्षाशं सम्म र ८६ डिग्री पूर्वी देशान्तर देखि २० डिग्री पश्चिमी देशान्तर सम्म फै्रलियको छ ।
  •  यस महादेशको क्षेत्रफल 10.18 million km² रहेको छ ।
  •  यस महादेशलाइ भित्रि समुन्द्रले घेरीयको महादेश समेत भनिन्छ ।
  •  समुन्दी किनार छिया छिया भएकोले यस महादेशलाइ लामे समुन्द्रि किनार भएको महादेश तथा प्रायद्धिपको प्रायद्धिप भनेर पनि चिन्ने गरीन्छ ।
  •  यस महादेहको सबैभन्दा सर्वोच्च शिखर एव्रल्ज (५६३३ मि.) रहेको छ ।
  •  यो महादेशको प्रसिद्ध नदि डेन्वयूव नदि हो जुन ७ भन्दा बढि देश भएर बग्ने गरेको छ ।
  •  यस महादेशको यूक्रेन देशलाई bread basket of the world पनि भनिन्छ ।

अष्ट्रेलिया महादेश (Australia continent)
  •  यो विश्वको सबैभन्दा सानो महादेश हो ।
  •  यो महादेशको क्षेत्रफल 8.468 million km² मात्र रहेको छ ।
  •  यो महादेश नै एउटा देश रहेको छ ,यो महादेश विभिन्न टापू हरु मिलेर वनेको छ ।
  •  यो महादेश को अधिकाशं भू भाग दक्षिणी गोलाद्धमा रहेको छ ।
  •  यो महादेशको उत्तर पूर्व तर्फ समुन्द्री भागमा २०० कि.मि लामो मुगा को ढिस्का रहेको छ। जुन समुन्द्री कीराहरुका हाड बाट बनेको पत्ता लागेको छ ।
  •  यस महादेश लाई विचित्रताको महादेशको उपनामले समेत चिनिने गरिन्छ ।


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment