दुग्ध विकास संस्थान द्वारा विभिन्न पदमा ७४ जना कर्मचारी माग !!!



दुग्ध विकास संस्थानले विभिन्न पदमा ७४ जना कर्मचारी मागेको छ । संस्थानले अधिकृतस्तरका १६ र सहायकस्तरमा ५८ जना कर्मचारी मागेको हो । संस्थानले प्रशासन र प्राविधिक दुवैतर्फ कर्मचारी माग गरेको छ । संस्थानले सूचना प्रकाशित गरी अधिकृत स्तरमा तीनजना टेक्निकल अफिसर, पाँच जना डेरी टेक्नोलोजिस्ट, एकजना अर्थविज्ञ, चारजना सहायक लेखा अधिकृत र तीन जना शाखा अधिकृत माग गरेको हो। सहायक स्तरमा ६ जना वरिष्ठ प्रशासन सहायक, चारजना लेखापाल, एक जना वरिष्ठ कम्प्युटर अपरेटर, चारजना सुपरभाइजर र दुईजना सिनियर चिजमेकर माग गरेको छ । त्यस्तै आठ जना टेक्निकल असिस्टेन्ट, दुईजना फोरमेन, एकजना चिज मेकर, तीनजना जुनियर टेक्निकल असिस्टेन्ट, एकजना कम्प्युटर अपरेटर, दुइजना लेखापाल,चार जना प्रशासन सहायक र २० जना डेरी सहायक कर्मचारीको विज्ञापन गरेको हो । संस्थानले सवै कर्मचारी खुल्ला प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्ने जनाएको छ ।


 अधिकृतस्तरका लागि प्राविधिक तहमा डेरी टेक्नोलोजी वा डेरी साइन्समा स्नातक उत्तीण गरेको हुनुपर्नेछ भने प्रशासनिक तहका लागि वाणिज्यशास्त्र, अर्थशास्त्र वा व्यापारमा स्नातकोत्तर गरेको हुनपर्ने संस्थानले जनाएको छ। त्यस्तै सहायकस्तरका लागि प्रविणता प्रमाणपत्र उतीर्ण गरेको हुनुपर्ने र तहविहीनका लागि सहायक लेखपढ जान्ने हुनुपर्नेछ । संस्थानले चैत २९ गतेसम्म फर्म भर्ने म्याद तोकेको छ भने दोब्वर दस्तुर तिरेर २०७३ साल बैशाख ६ गतेसम्म फर्म भर्न सकिने जनाएको छ।फर्म भर्नका लागि अधिकृतस्तरका लागि एक हजार रुपैयाँ र सहायकस्तरका लागि पाँचसय रुपैयाँ लाग्नेछ । अधिकृतस्तरका लागि २१ वर्षदेखि ३५ वर्ष ननाघेको र सहायकस्तरका लागि १८ बर्षदेखि ३५ वर्ष ननाघेको हुनुपर्नेछ । आवेदन फारम दुग्ध विकास संस्थानको वेव साइटमा गएर डाउनलोड गर्न सकिनेछ । अर्थमन्त्रालयले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार दुग्ध विकास संस्थान १५ करोड ५८ लाख नाफामा रहेको छ। हाल संस्थानमा ९ सय ६६ जना स्थायी कर्मचारी, करारमा दुई र अन्य एकसय ४५ गरि जम्मा ११ सय १३ जना कर्मचारी कार्यरत रहेका छन्। 



Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment