शिक्षक सेवा आयोग नमूना परीक्षा–२०७२ (सबै बिषयहरुको साथै बस्तुगत समेत)



शिक्षक सेवा आयोग नमूना परीक्षा–२०७२

तह:- माध्यमिक                                                                                                  विषय :– गणित

समूह ख विषयगत खण्ड 
(शंक्षिप्त उत्तरात्मक प्रश्नहरु) ५×८=४०
१) आगमन विधिबाट चर्तुभुज र समलम्व चर्तुभुजको क्षेत्रफल निकाल्ने सूत्र कसरि शिक्षण गर्नुहुन्छ चित्रसहित लेख्नुहोस । ५
२) कुनै काम ४० दिनमा पूरागर्नु थियो २४ दिनसम्म कामगर्दा आधामात्र काम सकियो र थप १६ जना कामदार थप्दा सो काम तोकिएको समयमानै सकियो भने सुरुमा कति जना कामदारहरु खटाएको थियो होला ? यो समस्या हलगर्न कुन–कुन विधि प्रयोग गरेर शिक्षण गर्नुहुन्छ ?
३) Cos(A+B) = CosA.CosB- SinA .SinB प्रमाणित गर्न विद्यार्थीलाई सिकाउन प्रयोग गरिने क्रियाकलापहरु लेख्नुहोस ।
४) मध्यक र मध्यिकाको धारणा दिई कसरी सूत्र स्थापना गरी शिक्षण गर्नुहुन्छ ? निरन्तर श्रेणिको मध्यिका पत्तालगाउने सूत्रको स्थापना गर्नुहोस ।
५) एउटै चापमा आधारित केन्द्रिय कोण परिधिकोणको दोब्बर हुन्छ भन्ने कुरा प्रमाणित गर्न विद्यार्थीलाई कसरि सिकाउनुहुन्छ क्रियाकलापहरु सविस्तार उल्लेख गर्नुहोस् । 
६)a3-b3 को सूत्र स्थापना गरी शिक्षण कसरी गर्नुहुन्छ ? चरणगत रुपमा चित्र सहित लेख्नुहोस् ।
७) एउटा परिवारमा चारजना वच्चाहरु छन् भने कमसेकम एउटा छोरी हुने संभावना कतिहोला ? वृक्षचित्रमा प्रस्तुत गर्नुहोस र उक्तपाठ्य बस्तु कक्षा १०का विद्यार्थीलाई कसरी शिक्षण गर्नुहोस ।
८) x2+3x+2 को गुणन खण्ड निकाल्न विद्यार्थीहरुलाई कसरी शिक्षण गर्न सकिन्छ ? चित्र सहित स्पष्ट पार्नुहोस् । 


“समूह ग” (लामो उत्तर आउने प्रश्न ।) १०×२=२० 

९) गणित विषयमा अधिकाँश विद्यार्थीहरु असफल हुने गरेको पाईन्छ । यसका कारण र समाधानका उपाएहरु उल्लेख गनुृहोस् । 
१०) माध्यमिक तहमा ऐच्छिक गणित विषयको भेक्टर सम्बन्धि एकाईलाई कठिन एकाईको रुपमा विद्यार्थीले लिएका हुन्छन्, शिक्षकहरुले पनि यसको धारणा स्पष्ट पार्न सकेको पाईदैन , कक्षा दशका विद्यार्थीहरुले एस.एल.सि. मा यसबाट सोधिने समस्याको समाधान गरेको पाईदैन, यसो हुनाका मुख्य कारणहरु पहिचान गरि समाधानका उपाएहरु नमूना सहित प्रस्तुत गर्नुहोस् । 


समाप्त


=======================================================================


शिक्षक सेवा आयोग नमूना परीक्षा –२०७२

तह :- निम्न माध्यमिक                                                                                          विषय :– सामाजिक

“समूह ख” छोटो उत्तरात्मक प्रश्न । ५×८=४०

१) सामाजिक अध्ययन शिक्षणमा भूमिका अभिनय विधिको महत्व उल्लेख गर्नुहोस् । सामाजिक अध्ययन शिक्षणमा अभिनय विधिको प्रयोग गरी शिक्षण गर्न सकिने विषय वस्तु  पूरागर्नुपर्ने  चरणहरु लेख्नुहोस् । 
२) सामाजिक अध्ययन विषयको प्रभावकारी शिक्षणका लागि शिक्षण विधिको के महत्व छ ? कक्षा८ को विकाशका पूर्वाधारहरु पाठ शिक्षणका लागि उपयोगी हुने शिक्षण विधिहरु सूचिकरण गर्नुहोस् । 
३) निम्न माध्यमिक तहको सामाजिक अध्ययन विषयको पाठ्यक्रमले बाल अधिकार सम्बन्धि पाठमा राखिएका सिकाई उपलब्धिहरु के–के छन् ? ति उपलब्धि हासिल गराउन कक्षा ८ मा निर्धारण गरिएका विषयवस्तुहरु के–के हुन् ? लेख्नुहोस् । 
४) सामाजिक अध्ययन शिक्षणमा समय रेखा के कति महत्व छ ? ऐतिहाँसिक घटनाक्रमको प्रभावकारी शिक्षणका लागि समय रेखाको प्रयोग गर्दा तपाई के–के कुरामा ध्यान दिनु उपयुक्त  ठान्नु हुन्छ ? 
५) सामाजिक अध्ययनका विभिन्न विषयवस्तुको शिक्षणका लागि स्रोतव्यक्तिको उपयोग निकै महत्वपूर्ण हुन्छ । निम्न माध्यमिक तहको कक्षा ७ मा स्रोत व्यक्तिको प्रयोग गरेर शिक्षण गर्न सकिने विषयवस्तुहरुको सूचि बनाउनुहोस् । स्रोत व्यक्तिको प्रयोगको के कस्तो उपयोगिता छ ? लेख्नुहोस् । 
६) देशान्तर र समयको सम्बन्धसम्बन्धी स्पष्ट धारणा दिन प्रयोग गरिने शिक्षण सिकाई क्रियाकलाप उदाहरण सहित लेख्नुहोस् । 
७) नक्सा निर्माणका लागि विद्यार्थीहरुमा रुचि जगाई नेपालको नक्सा कोर्न सक्ने सिपको विकास गर्न प्रभावकारी शैक्षिक सामग्री र विधि वारे लेख्नुहोस् । 
८) हाम्रा विद्यालयहरुमा सामाजिक अध्ययन शिक्षणको वर्तमान अवस्था उल्लेख गर्दै सुधारका लागि सुझाव दिनुहोस् । 

“समूह ग” समस्या मूलक प्रश्न २×१०=२०

९) सरकारले सबैका लागि शिक्षा सम्बन्धि राष्ट्रिय कार्य योजनालाई विभिन्न कार्यक्रमका साथ लागु गरिरहेको छ । देशका कतिपय जिल्लाहरु पूर्ण साक्षर समेत घोषणा भई सकेको छन् । तर अझै पनि ६ प्रतिशत विद्यालय उमेरका वालवालिकाहरु विद्यालयको पहूँचबाहिर भएको तथ्याङ्कले देखाइरहेको छ । यस्तो अवस्थामा प्राथमिक शिक्षा उमेर समूहका सबै बालवालिकालाई विद्यालयमा भर्ना गराई टिकाईराख्न के कस्ता कदम चाल्नु पर्ला ? तपाई सामाजिक अध्ययन विषयको एक अनुभवि शिक्षकका नाताले उपयुक्त सुझाव दिनुहोस् ।
 
१०) नेपालको शिक्षाको गुणस्तर दिनानुदिन खस्कदै गएका गुनासो व्यापक छ । गरिएका विभिन्न अनुसन्धान र हालै प्रकाशित जिल्ला स्तरीय परीक्षाको नतिजाले पनि यसलाई पुष्टि गरेको छ । 
यस्तो अवस्थामा शिक्षाको गुणस्तर खस्कनुका मुख्य कारणहरु के–के हुन् ? सुधारका सम्भाव्य उपायहरु के–के हुन सक्छन् उल्लेख गर्नुहोस् । 


समाप्त 

=======================================================================


शिक्षक सेवा आयोग नमूना परीक्षा–२०७२

तह :- माध्यमिक                                                                                                  विषय :- नेपाली

“समूह ख” छोटो उत्तरात्मक प्रश्न । ५×८=४०


१) माध्यमिक तहको नेपाली विषयको पाठ्यक्रमले तय गरेका सुनाई बोलाइ सीपको विकास गर्ने कुनै ४ वटा विशिष्ट उद्देश्यहरु उल्लेख गर्दै कक्षाकोठामा ति उद्देश्य पूरा गर्ने कुनै ५ वटा क्रियाकलापहरु उल्लेख गर्नुहोस् । २+३=५
२) शिक्षक निर्देशिका भनेको के हो ? शिक्षक निर्देशिकाले कक्षा शिक्षणमा कस्तो सहयोग पुर्याउछ ? लेख्नुहोस् । २+३=५
३) दोस्रो भाषाका रुपमा नेपाली भाषा शिक्षण गर्दा कस्ता समस्याहरु देखा पर्छन् ? तिनको समाधान गर्ने उपायहरु लेख्नुहोस् । २.५+२.५=५
४) माध्यमिक तहमा निवन्ध शिक्षण किन गरिन्छ ? माध्यमिक तहमा निबन्ध शिक्षण गर्दा अपनाउन सकिने क्रियाकलापहरुको सूची बनाउनुहोस् । ३+२=५
५) भाषिक सीप अन्तर्गन लेखाइ सीप विकास गर्ने कुनै ५ वटा क्रियाकलापहरु उल्लेख गरी मूल्याङ्कन गर्ने तरिका लेख्नुहोस् । २+३=५
६) नेपाली भाषा शिक्षणका समस्याहरु उल्लेख गर्दै समाधानका उपाएहरु उल्लेख गर्नुहोस् । २.५+२.५=५
७) माध्यमिक तहमा चिठी शिक्षणगर्नुका कुनै ३ कारणहरु उल्लेख गरी ती उद्देश्य प्राप्तिका लागि गरिने तीन वटा क्रियाकलाप लेखेर ती उद्देश्य प्राप्त भए नभएको मूल्याङ्न गर्ने तीन ओटा तरिका लेख्नुहोस् । २+१.५+१.५=५
८) दोस्रो भाषाका रुपमा नेपाली भाषा शिक्षण भनेको के हो ? किन नेपाली भाषालाई दोस्रो भाषाका रुपमा पनि सिक्नु आवश्यक हुन्छ ? लेख्नुहोस् । २+३=५


“समुह ग” समस्या समाधान सम्बन्धि प्रश्नहरु २×१०=२०


९) नेपाली भाषाको शिक्षण गर्नु भनेको बालबालिकाहरुलाई नेपाली भाषिक व्यवहारमा सक्षम बनाउनु हो ।भाषालाई शुद्ध र स्तरीय रुपमा प्रयोग गर्न व्याकरणले सहयोग पु¥याउँछ । तर माध्यमिक तहका विद्यार्थीहरु नेपाली भाषाको व्याकरणमा कमजोर देखिन्छन् । एउटा तालिम प्राप्त शिक्षक भएको नाताले तपाई व्याकरणलाई कसरी शिक्षण गर्नुहुन्छ ? प्रष्ट्याउनुहोस् । 

१०) श्री मातृभूमि माध्यमिक विद्यालयको कक्षा १० मा अधिकांश विद्यार्थीहरु नेपाली भाषा बाहेकका मातृभाषा बोल्ने विद्यार्थीहरु पढ्छन् । कोठामा शैक्षिक सामग्री पनि त्यति देखिदैनन् । भएका सामग्री प्रयोग गर्न पनि कोठाको वातावरण ठिक छैन । विद्यार्थीहरु खचाखच बसेका देखिन्छन् । शिक्षक पढाइरहन्छन् तर प्रधानाध्यापक तपाईको पढाई ठिक भएन भनी झस्काइरहेकाछन् । यस अवस्थामा शिक्षण योजना, शिक्षण विधि, शैक्षिक सामग्रीको व्यवस्थापन र कक्षा व्यवस्थापनको उचित संयोजनबाट कक्षा शिक्षण सुधार्न के–के गर्नुपर्ला ? 


समाप्त 


=======================================================================
‍‍‌‌
‍‍‍‍‍‍

शिक्षक सेवा आयोग नमूना परीक्षा –२०७२


तहः- निम्न माध्यमिक                                                                                                 विषयः- नेपाली

“समूह ख” छोटो उत्तरात्मक प्रश्न । ५×८=४०


१) निम्न माध्यमिक तहको नेपाली विषयको पाठ्यक्रमले तय गरेका लेखाई सीपको विकास गर्नका लागि राखेका भाषिक सीपगत तीन ओटा विशिष्ट उद्देश्यहरु लेख्नुहोस् । ती उद्देश्य प्राप्तिका लागि अपनाउन सकिने कुनै तीन क्रियाकलापहरु उल्लेख गर्नुहोस् । ३+२=५
२) निम्न माध्यमिक तहमा सुनाई र बोलाई सीप विकास गर्ने ५/५ क्रियाकलापहरु उल्लेख गर्नुहोस् । २.५+२.५=५
३) ब्याकरण शिक्षणको उपादेयता उल्लेख गर्दै व्याकरण शिक्षण गर्ने मुख्य विधिहरुको बारेमा लेख्नुहोस् । ३+२=५
४) बिशिष्टिकरण तालिका भनेको के हो ? यसले शिक्षा क्षेत्रमा कसरी सहयोग पु¥याउँछ ? । २+३=५
५) जीवनी शिक्षण गर्नुको प्रयोजन उल्लेख गर्दै जीवनी शिक्षण गर्दा अपनाउने कुनै ५ वटा क्रियाकलापहरु लेख्नुहोस् । ३+२=५
६) विद्यार्थीहरुलाई सुनाई सीपको विकास किन आवश्यक छ ? सुनाई सीप शिक्षणमा तपाईले गर्न सक्ने कुनै ५ क्रियाकलाप उल्लेख गर्नुहोस् । ३+२=५
७) रुपक शिक्षण गर्दा अपनाईने कुनै ५ क्रियाकलाप उल्लेख गरी मूल्याङ्कन गर्ने तरिकाहरु वताउनुहोस् । ३+२=५
८) भाषिक मूल्याङ्कन भनेको के हो ? भाषिक शिक्षणमा यसको किन आवश्यकता पर्छ ? २+३=५ 


“समुह ग” समस्या समाधान सम्बन्धि प्रश्नहरु २×१०=२०


९) कल्पना गर्नुहोस् तपाई तराईको एउटा विद्यालयको नि.मा.वि. तहको कक्षा ७ मा नेपाली विषय अध्यापन गर्नुहुन्छ । ५० जना विद्यार्थी मध्ये ८ जना नेवारी, ५ जना मैथिली, ७ जना तामाङ्, ३ जना भोजपूरी, २७ जना नेपाली मातृभाषी विद्यार्थी छन् । जसमध्ये ४ जना सुस्त श्रवण र ३ जना दृष्टिविहिन विद्यार्थी छन् । तीपनि नेपाली मातृभाषी नै हुन् । कक्षाको आकार पनि सानो छ । वाहिरी वातावरण पनि शान्त छैन यस्तो अवस्थामा तलका प्रश्नहरुको उत्तर दिनुहोस् । 
क) मुख्य समस्या ठम्याउनुहोस् । ५+५=१०
ख) समाधानका उपयुक्त सुझावहरु उल्लेख गर्नुहोस् । 

१०) भैरव निम्न माध्यमिक विद्यालयका शिक्षक रामबहादुर कक्षामा पसेपछि पाठको राम्रोसँग व्याख्या गरिदिन्छन् । उनी बेलाबेलामा प्रश्न सोध्दछन् विद्यार्थीले बुझ्यौँ भन्ने उत्तर पनि दिन्छन् । परीक्षामा भने उनका विद्यार्थीले राम्रो अङ्क ल्याउन सक्दैनन् । यसका कारणहरु के–के हुन् र शिक्षक लोकेशले आफ्नो शिक्षण विधि र मूल्याङ्कन प्रक्रियामा सुधार गर्न के–के गर्नुपर्ला ? ५+५=१० 


समाप्त 


=======================================================================



शिक्षक सेवा आयोग नमूना परीक्षा –२०७२

तहः- निम्न माध्यमिक                                                                                              विषयः- विज्ञान

“समूह ख” छोटो उत्तरात्मक प्रश्न । ५×८=४०


१) कक्षा ८ मा ताप पाठ शिक्षण गर्दा अपनाउने उपयुक्त क्रियाकलाप लेख्नुहोस् । ५
२) कक्षा ८ मा विद्युत् पाठ शिक्षण गर्नको लागि दुई ओटा ज्ञान तह, दुई ओटा बोध तह र एक ओटा उच्च दक्षताका विशिष्ट उद्देश्यहरु निर्माण गर्नुहोस् । २+२+१=५
३) नि.मा.वि. तहको विज्ञान विषयको कुनै एक पाठको गागि आवश्यक पर्ने शैक्षिक सामग्री निर्माणको योजना तयार गर्नुहोस् । ५
४) सजीवको वर्गीकरण पाठ शिक्षण गर्नको लागि आवश्यक पर्ने स्थानिय शैक्षिक सामग्रीको सूची वनाई तिनीहरुको प्रयोग गरि विद्यार्थीमा धारणा स्पष्ट गर्ने तीन क्रियाकलाप उल्लेख गर्नुहोस् । २+३=५ 
५) नि.मा.वि. तहमा आसवान विधिको प्रयोग गर्नको लागि आवश्यक सामग्रीको जडान गरी त्यसको प्रयोग कसरी गर्नु हुन्छ ? चित्र सहित स्पष्ट पार्नुहोस् । २+३=५
६) नि.मा.वि. तहमा सौर्य परिवारको सिकाई क्रियाकलाप पश्चात विद्यार्थीहरुको सिकाई उपलब्धि मापनको लागि ज्ञान, बोध, तह र उच्च क्षमता तहका क्रमशः २, २, १ पश्न निर्माण गर्नुहोस् । २+२+१=५
७) कक्षा कोठामा पेरियोडिक टेबलको प्रयोग गरी तत्वको वर्गीकरण सम्बन्धी धारणा स्पष्ट कसरी गर्नुहुन्छ ? तालिका समेत निर्माण गरी चरणबद्ध क्रियाकलाप उल्लेख गर्नुहोस् । ५
८) प्रकाश संश्लेषण भनेको के हो ? प्रकाश संश्लेषण प्रक्रियामा अक्शिजन ग्यास निस्कन्छ भन्ने कुरा प्रमाणित गर्न आवश्यक प्रयोगात्मक क्रियाकलापहरु उल्लेख गर्नुहोस् । २+३=५


“समूह ग” समस्या मूलक पश्न (२×१०=२०)

९) विज्ञान विषय आफैमा प्रयोगात्मक विषय हो, तर हाम्रा सिकाई क्रियाकलाप परम्परागत विधिमा आधारित रही विद्यार्थीहरुमा विषयगत ज्ञान, सीप र धारणा स्पष्ट हुन सकेको पाईदैन । यसका कारणहरु उल्लेख गरी तपाई एक योग्य विज्ञान शिक्षकको हैसियतले के कस्ता उपायहरु अपनाउनु हुन्छ ? प्रष्ट पार्नुहोस् । ५+५=१०

१०) विज्ञान विषयको सिकाई उपलब्धि बर्षेनी न्यून रहेको पाइन्छ, शिक्षकहरु पनि तालिम प्राप्त नै रहेका सामुदायिक विद्यालयको विद्यार्थीको विज्ञान विषयको उपलब्धी झन कमजोर पाइन्छ यसो हुनुका मुख्य समस्या पहिचान गरी समाधानको लागि शिक्षक, प्र.अ. , वि.ब्य.स. र अभिभावकले खेल्नुपर्ने भूमिकाहरुको चर्चा गर्नुहोस् । ५+५=१०



समाप्त 


=======================================================================


शिक्षक सेवा आयोग नमूना परीक्षा –२०७२

तहः- माध्यमिक                                                                                                       विषयः- विज्ञान

“समूह ख” छोटो उत्तरात्मक प्रश्न । ५×८=४०


१) कक्षा १० मा ताप पाठ शिक्षण गर्दा अपनाउने उपयुक्त क्रियाकलाप लेख्नुहोस् । ५
२) कक्षा १० मा धारा विद्युत् र चुम्बकत्व पाठ शिक्षण गर्नको लागि दुई ओटा ज्ञान तह, दुई ओटा बोध तह र एक ओटा उच्च दक्षताका विशिष्ट उद्देश्यहरु निर्माण गर्नुहोस् । २+२+१=५
३) मा.वि. तहको विज्ञान विषयको कुनै एक पाठको गागि आवश्यक पर्ने शैक्षिक सामग्री निर्माणको योजना तयार गर्नुहोस् । ५
४) सजीवको वर्गीकरण पाठ शिक्षण गर्नको लागि आवश्यक पर्ने स्थानिय शैक्षिक सामग्रीको सूची वनाई तिनीहरुको प्रयोग गरि विद्यार्थीमा धारणा स्पष्ट गर्ने तीन क्रियाकलाप उल्लेख गर्नुहोस् । २+३=५ 
५) प्रयोगशालामा एमोनियाँ ग्याँस तयार गर्ने विधिको प्रयोग गर्नको लागि आवश्यक सामग्रीको जडान गरी त्यसको परिक्षण र राशायनिक गुणको धारणा कसरी स्पष्ट गर्नु हुन्छ ? चित्र सहित स्पष्ट पार्नुहोस् । २+३=५
६) मा.वि. तहमा चन्द्रमाकोे कला सिकाई क्रियाकलाप पश्चात विद्यार्थीहरुको सिकाई उपलब्धि मापनको लागि ज्ञान, बोध, तह र उच्च क्षमता तहका क्रमशः २, २, १ पश्न निर्माण गर्नुहोस् । २+२+१=५
७) कक्षा कोठामा पेरियोडिक टेबलको प्रयोग गरी तत्वको वर्गीकरण सम्बन्धी धारणा स्पष्ट कसरी गर्नुहुन्छ ? तालिका समेत निर्माण गरी चरणबद्ध क्रियाकलाप उल्लेख गर्नुहोस् । ५
८) कोष विभाजन भनेको के हो ? मियोसिस कोष विभाजनको धारणा स्पष्ट गर्नंको लागि आवश्यक सामग्रीको सूचि सहित क्रियाकलाप उल्लेख गर्नुहोस् । २+३=५


“समूह ग” समस्या मूलक पश्न  (२×१०=२०)


९) विज्ञान विषय आफैमा प्रयोगात्मक विषय हो, तर हाम्रा सिकाई क्रियाकलाप परम्परागत विधिमा आधारित रही विद्यार्थीहरुमा विषयगत ज्ञान, सीप र धारणा स्पष्ट हुन सकेको पाईदैन । यसका कारणहरु उल्लेख गरी तपाई एक योग्य विज्ञान शिक्षकको हैसियतले के कस्ता उपायहरु अपनाउनु हुन्छ ? प्रष्ट पार्नुहोस् । ५+५=१०

१०) विज्ञान विषयको सिकाई उपलब्धि बर्षेनी न्यून रहेको पाइन्छ, शिक्षकहरु पनि तालिम प्राप्त नै रहेका सामुदायिक विद्यालयको विद्यार्थीको विज्ञान विषयको उपलब्धी झन कमजोर पाइन्छ यसो हुनुका मुख्य समस्या पहिचान गरी समाधानको लागि शिक्षक, प्र.अ. , वि.ब्य.स. र अभिभावकले खेल्नुपर्ने भूमिकाहरुको चर्चा गर्नुहोस् । ५+५=१०



समाप्त 


=======================================================================




शिक्षक सेवा आयोग नमूना परीक्षा –२०७२


बस्तुगत खण्ड १×२०=२०
तलका प्रश्नहरुको सबै भन्दा मिल्ने उत्तरमा रेजा चिन्ह लगाउनु होस् ।


१) नेपाल एक स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समाबेशी, संघिय........................हो । 
क) राष्ट्र ख) अधिराज्य ग) मुलुक घ) लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
२) कुनै पनि बस्तु, चिज वा घटनाको मुल्य प्रदान गर्ने प्रक्रियालाई मूल्याकन भनिन्छ । यो भनाई कसको हो ? 
क) हिल्डा टावा (ख) फ्रोबेल (ग) सि.भि. गुड (घ) टेलर 
३) शिक्षा ऐन २०२८ कहिले जारी गरियो । 
क) २०२८।०१।०३ ख)२०२८।०१।२४ ग)२०२८।०५।०३ घ) २०२८।०५।२४
४) तलका मध्ये कुनचाहिँ नेपालको शिक्षाको राष्ट्रिय उद्देश्य भित्र पर्दछ ? 
क) राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्ने । 
ख) प्राविधिक व्यावसायिक तथा बैज्ञानिक सीप विकास गर्ने । 
ग) मानव अधिकार, सामाजिक न्याय,लोकतन्त्रको मर्म र भावना बुझि काम गर्ने । 
घ) व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक एकतालाई सुदृढ गर्ने । 
५) पैत्रिक सम्पत्तिमा छोरा र छोरीलाई समान हक हुनेछ , यो कुन मौलिक हक हो ?
क) समानताको हक (ख) सामाजिक न्यायको हक (ग) सम्पत्तिको हक (घ) महिलाको हक 
६) मनोबिज्ञका अनुसार पूर्ववाल्य अवस्थाको बिशेषता कुन हो ? 
क) फोहोरी उमेर (ख) झगडालु उमेर (ग) खेलौनाको उमेर (घ) आत्मनिर्भरताको उमेर 
७) पूर्व प्राथमिक शिक्षा भन्नाले कति वर्ष पुरा भएको बालबालिकाले लिने शिक्षालाई सम्झनु प्रर्दछ ?
क) ३ वर्ष देखि ५ वार्ष उमेर समुहका (ख) ४ वर्ष देखि ५ वार्ष उमेर समुहका 
(ग) ३ वर्ष देखि ४ वर्ष उमेर समुहका (घ) ५ वर्ष पूरा गरेका 
८) शिक्षकको का.स.मु. फारमको मुल्याङ्कन पुनराबलोकन समितिले शैक्षिक सत्र सुरुभएको कति दिन भित्र गरी सक्नुपर्ने छ ?
क) १५ दिन (ख) ३० दिन (ग) ४५ दिन (घ) ९० दिन 
९) कहिले देखि प्रा.वि. शिक्षकलाईसेन्सको योग्यता आई. ए. वा सो सरह बनाइयो ? 
क) २०६८÷०१÷०१ (ख)२०६८÷०२÷०१ (ग) २०६८÷०३÷०१ (घ)२०६८÷०४÷०१
१०) ५ वर्ष देखि १० वर्ष सम्म रकम कट्टि गरेको शिक्षकले कति रकम बिमा बापत पाउने व्यवस्था रहेको छ ? 
क) १०००० (ख) २५००० (ग) ५०००० (घ) ७५००० 
११) सरुवा भएको शिक्षकलाई प्र.अ.ले कति दिन भित्रमा रमाना पत्र दिई सक्नु पर्दछ ? 
क) १५ दिन (ख) २१ दिन (ग) ३० दिन (घ) ७ दिन
१२) संस्थागत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष को हुन्छ ? 
क) अभिभावक वाट छानि पठाएको व्यक्ति 
ख) संस्थापक वा लगानिकर्ता मध्येबाट गा.वि.स. वा नगर पालिकाले मनोनित गरेको व्यक्ति
ग) संस्थापक वा लगानिकर्ता मध्येबाट जि.सि.अले मनोनित गरेको व्यक्ति
घ) कुनै पनि होईन ।
१३) गाउँ शिक्षा समितिमा जिल्ला शिक्षा समितिले मनोनित गर्ने सदस्य को हो
क) श्रोत व्यक्ति (ख) स्थानिय समाजसेवि महिला (ग) वि.व्य.स. अध्यक्ष (घ) शिक्षक अभिभावक संघको अध्यक्ष 
१४) पाकिस्थानको प्राविधिक तथा व्यावसायिक शिक्षा कुन मन्त्रालयले हेर्छ ? 
क) शिक्षा मन्त्रालय (ख) श्रम मन्त्रालय (ग) स्थानिय विकास (घ) उध्योग तथा बाणिज्य 
१५) माल्दिभ्सको साक्षरता दर बढि हुनाको मुख्य कारण के हो ? 
क) धर्म बाट प्रभावित हुनाले (ख) निशुल्क र अनिवार्य गरिएको हुनाले (ग) पारिवारिक शिक्षालाई जोड दिएको हुनाले (घ) ब्यावसायिक शिक्षालाई जोड दिएको हुनाले 
१६) रा.शि. प.यो. २०२८ अनुसार माध्यमिक तहको लागि कति जना शिक्षककको व्यवस्था गरिएको थियो ? 
क) ४ (ख) ५ (ग) ६ (घ) ७ 
१७) एस.एल.सि. बोर्डका् पहिलो नियन्त्रक को हुन् ? 
क) सूर्यनाथ उपाध्याय (ख) बटुकृष्ण मैत्रेय (ग) रुद्रराज पाण्डे (घ) नन्दराम उप्रेती 
१८) नेपालले बाल अधिकार महासन्धिमा कहिले हस्ताक्षर गरेको थियो ? 
क) १४ सेक्टेम्बर १९९० (ख) २० नोभेम्बर १९८९ (ग) २४ डिसेम्बर १९९० (घ) ८ सेक्टेम्बर १९८९ 
१९) महिला बिरुद्ध हुने सबैखाले भेदभाव उन्मुलन सम्बन्धि महा सन्धि संयुक्त राष्टसंघले कहिले पारित गर्यो ? 
क) १८ डिसेम्बर १९७९ (ख) १८ डिसेम्बर १९७७ (ख) १८ डिसेम्बर १९७८ (घ) १८ डिसेम्बर १९७६
२०) क्।क्।च्।ए। नमुना परिक्षणको लागि थपिएका दुई ओटा जिल्ला कुन कुन हुन् ? 
क) रोल्पा र डोल्पा (ख) धनकुटा र बर्दिया (ग) बाँके र तेह्रथुम (घ) बाँके र धनकुटा 


खण्ड घ शैक्षणिक प्रबिधि सम्बन्धि प्रश्न हरु २×१०=२०

२१) दुर तथा खुल्ला शिक्षा भनेको के हो ? यसका माध्यम हरु उल्लेख गरि नेपालको सन्दर्भमा यसको आवस्यकता र चुनौतिहरु उल्लेख गर्नुहोस् २+२+३+३=१०


२२) कार्यमूलक अनुसन्धान भनेको के हो ? शिक्षकको लागि यसको महत्व के छ ? तपाईले अध्यापन गर्ने विषयमा भोग्नु परेको समस्या पहिचान गरि कार्यमूलक अनुसन्धानको प्रश्तावना तयार गर्नुहोस् । २+२+१+५=१०


समाप्त 


=======================================================================


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

2 comments:

  1. कार्यालय सन्चालन र लेखा विषयका पुराना प्रश्नहरु किन भेट्न सकिएन?

    ReplyDelete
  2. अर्थशास्त्र बिषयका पुराना प्रश्नहरु कसरी पाउन सकिन्छ होल?

    ReplyDelete