लोक सेवा आयोगको तयारी कक्षा सबैका लागी सबैतिरका केहि प्रश्न-उत्तरहरु !! भाग- दश !!


  •  अवैध चोरी शिकारीविरुद्ध अन्तर्राष्ट्रिय कार्यशाला सन् २०१५ कहाँ सम्पन्न भयो ?         काठमाण्डौं
  •  २३ दशमलव ५ डिग्री उत्तरी अक्षांश रेखालाई के भनिन्छ ?        कर्कट रेखा
  •  सार्क सांस्कृतिक केन्द्र कहाँ रहेको छ ?         केन्डी‚ श्रीलंका
  •  नेपाल सम्वतको थालनी कसले गरेका हुन् ?         शंखधर साख्वा
  •  ब्रेल लिपिका अविश्कारक लुई ब्रेलको जन्म कहाँ भएको हो ?         फ्रान्स
  •  एक्स्प्लोर वियोन्ड टुरिजम सेलिब्रेट ह्यापिनेस भन्ने मुल नाराका साथ प्यासिफिक ट्राभन एसोसिएसन (पाटा) को अन्तर्राष्ट्रिय सम्मेलन भुटानको राजधानी थिम्पुमा कहिले सम्पन्न भयो ?         सन् २०१५ फेब्रुअरी ५-६
  • चिनियाँ कम्पनि हुरुन रिसर्च इन्स्टिच्युटले सन् २०१५ फेब्रुअरी ४ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वको सबैभन्दा धनी व्यक्ति को बनेका थिए ?         बिल गेट्स (उनी फेब्रुअरी १० मा फोव्र्स पत्रीकाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पनि प्रथमनै भएका छन् । )
  • व्यापार र विकासका लागि संयुक्त राष्ट्रसंघीय सम्मेलन (अंकटाड) ले सन् २०१५ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्रत्यक्ष बैदेशिक लगानी आप्रवाहमा पहिलो स्थान कुन राष्ट्र रहेको छ ?        चीन
  • अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) द्वारा सन् २०१४ अक्टोबरमा सार्वजनिक प्रतिवेदन अनुसार हाल विश्वकै ठूलो अर्थतन्त्र भएको राष्ट्र हुन हो ?        चीन
  • अन्तराष्ट्रिय ओलम्पिक कमिटी (IOC) ले दुई मुलुक मिली संयुक्त रुपमा ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने निर्णय कहिले गर्यो ?         सन् २०१४ डिसेम्बर ८ मा
  •  मिस राई २०१५ को उपाधि जित्ने युवती को हुन् ?         पुनम वान्तवा राई
  •  उनै कुरा पटक-पटक दोहोर्याई फरक नतिजाको आशा गर्नु पागलपन हो- भन्ने विचारक को हुन् ?         अल्बर्ट आइन्स्टाइन
  •  टेस्ट क्रिकेटमा सर्वाधिक छिटो १२ हजार रन बनाउने खेलाडी को हुन् ?         कुमार संगकार (श्रीलंका)
  •  गेट वे अफ नेपाल भनी कु ठाउँलाई चिनिन्छ ?         वीरगञ्ज
  •  सांसदहरुका लागि नयाँ प्रतिक चिन्ह (लोगो) कहिले सार्वजनिक भएको हो ?         वि.सं. २०६३ भदौ १२ मा
  •  विश्व व्यापार संगठन (WTO) लाई कसको उत्तराधिकारी संस्था मानिन्छ ?         GATT
  •  प्रसिद्ध धार्मिक‚ ऐतिहासिक तथा पर्यटकीय तिर्थस्थल शैलेश्वरी कहाँ पर्दछ ?         डोटी
  •  सर्वियाको एक प्रान्तका रुपमा रहँदै आएको कोसोभो कहिले स्वतन्त्र राष्ट्र घोषित भएको हो ?         सन् २००८ फेब्रुअरी १७ मा
  •  धेरै भाषा जानेको शिक्षक कुन तहका लागि उपयोगी मानिन्छ ?         प्राथमिक तह
  •  नेपालको कार्यकारिणि काम कसको नाममा हुन्छ ?         नेपाल सरकार
  •  नेपालको कुन जिल्लालाई अचेल रेमिट्यान्सको जिल्ला भनेर पनि चिनिन्छ ?         बाग्लुङ्( नेपालमा सबभन्दा बढी रेमिट्यान्स भित्र्याउने जिल्ला )
  •  नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थललाई कहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भनी नामाकरण गरियो ?         वि.सं २०१७
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल कुन निकायको सहयोगमा २०३४ सालमा निमार्ण भएको हो ?         एसियन विकास बैंक
  • १६ जुलाई १९१८ मा दक्षिण अफ्रिकाको चाङ्साई नगरमा जन्मिएका द.अफ्रिकी अश्वेत नेता नेल्सन मण्डेलाको  न्वारन नाउँ के थियो ?         रोहिल्लार
  •  जग्गा धितो राखी ऋण दिने चलन कुन मल्ल राजाले चलाएका हुन् ?         जयस्थिति मल्ल
  •  नेपालको कुन जिल्लामा लौठसल्लाको व्यावसायिक खेती गरिएको छ ?         इलाममा
  •  पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी कुन हो ?         क्वेटा
  • दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशका कतिवटा जिल्ला समेटेर नयाँ राज्य तेलङ्गना निमार्ण भएको हो ?         १० जिल्ला ( सन् २०१३ अगस्त १ )
  •  विश्वमा योजनावद्द आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?         रुस
  •  नेपालमा सर्वप्रथम इन्टरनेट बैङ्किङ् सेवाको सुरुवात गर्ने बैङ्क कुन हो ?         कमारी बैंक
  •  भीभीएनडी नामक भ्याक्सिन कुन रोगका विरुद्द कुखुरालाई दिइन्छ ?         रानीखेत
  • धोवीघाट एक्प्रेस निबन्ध संग्रहका लेखक रोशन शेरचन हुन् भने मलाया एक्सप्रेस उपन्यासका लेखक को हुन् ?         अखण्ड भण्डारी
  • नेपालको फुटबल इतिहासमा सबैभन्दा कम उमेरमा राष्ट्रिय टोलीबाट खेल्ने कीर्तिमान कसको नाममा रहेको छ ?         विमल घर्तीमगर
  • अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडीको हुन् ?         गणेश थापा
  • WTO को १६४ औं सदस्य राष्ट्र कुन हो ?         अफगानिस्तान
  •  नेपालको पहिलो वालमैत्री नगरपालिका कुन हो ?         सुनवल नगरपालिका
  •  नेपालमा मुद्रा संग्राहलय कहाँ रहेको छ ?         सानेपा, ललितपुर
  • बंगबन्धु गोल्ड कप २०१६ मा नेपालले कुन देशलाई पराजित गर्दै उपाधी जित्यो ?         बहराइन
  • नेपालको पहिलो वालमैत्री नगरपालिका कुन हो ?         सुनवल नगरपालिका
  • २०१५ को सहित्य तर्फको नोवेल पुरस्कर कसलाई प्रदान गरियो?         स्वेतलाना अलेक्सिविच
  • ISO- 22000 के संग सम्बन्धित छ ?         खाद्य सुरक्षा
  • नेपालमा हलो क्रान्तिको सुरुवात कुन जिल्लाबाट भएको हो ?         लमजुङ
  • स्थानिय सयम निकाल्ने हो भने झापामा साढे १ बज्दा कञ्चनपुरमा कति बज्छ ?    →   १ बज्छ (८ डिग्री फरक छ)
  • उचाई वा गहिराई बिचको दुरीलाई के भनिन्छ ?  →      लम्बवत(Vertical)
  •  समतलका दुई स्थान बिचको दुरीलाई के भनिन्छ ?     →       क्षैतिज(Horizental)
  • विश्वका सर्वाधिक उच्च १०९ पर्वतहरु मध्ये कतिवटा हिमालय पर्वतमालामा पर्छन् ?         ९६
  •  समुद्र भित्रको सबैभन्दा लामो पर्वतमाला कुन हो ?         कर्डिलेरा पर्वत
  •  विश्वको सबैभन्दा लामो पर्वत माला कुन हो ?         एण्डिज
  •  विश्वको सर्वाधिक उच्च टापु(पर्वत शिखर) कुन हो ?         जाजा पिक
  •  विश्वको सबैभन्दा ठूलो ज्वालामुखि पहाड कुन हो ?         मौनालोआ
  •  हिन्दु देवीदेवताहरुको बासस्थान भएको पर्वत कुन हो ?         सुमेरु पर्वत
  •  हिन्दु ऋषिमुनीहरुको बासस्थान भएको पर्वत भनेर कुन पर्वतलाई चिनिन्छ ?         बिन्ध्याचल पर्वत
  •  युरोपेली महादेशको एक मात्र सक्रिय ज्वालामुखि पहाड कुन हो ?         विसुवियम
  •  समुद्रको पिँधबाट सर्वाधिक उच्च पहाड कुन हो ?         मौनाकी
  •  विश्वको सर्वाधिक फोटो खिचिएको र चित्रलेखन गरिएको पहाड कुन हो ?         फुजी (जापान)
  •  ग्रीक देवीदेवताहरुको घर भनेर केलाई चिनिन्छ ?         माउण्ट ओलम्पस
  •  अमेरिकाका चार जना राष्ट्रपतिहरुको मुखाकृति अंकित हपाड कुन हो ?         माउण्ट रसमोर
  • नेपालको सिमाना देखि बगालको खाडी कति माइलमा रहेको छ ?         ७०० माइल
  • नेपालको कालीगण्डकी गल्छी कति गहिरो छ ?         ६९६७ मिटर 
  • राणा शासनकालमा पहाडका जिल्लालाई के भनिन्थ्यो ?         तहसिल
  • तराई प्रदेशको सबैभन्दा ठुलो जिल्ला कुन हो ?         कैलाली 
  • कुन दुई अञ्चलका क्षेत्रफल बराबर छन ?         कोशी र जनकपुर (९६६९ वर्ग कि.मि.)
  • २१७ नगरपालिका नेपालमा कहिले भए ?         २०७२ असोज १
  • नेपालमा नगरपालिका नभएको जिल्ला कति वटा छन ?         ७ वटा 
  • कृषि उत्पादनका हिसाबले सबैभन्दा उर्वर माटो कुनलाई मानिन्छ ?         तलैया माटो 
  • फोक्सुण्डो ताल कुन हिमालको काख रहेको छ ?         कान्जिरोवा हिमाल 
  • नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको झर्ना कुन हो ?         ह्यातुङ झर्ना ( ३६५ मि.)
  • विश्वको सर्वोच्च स्थानमा रहेको झर्ना कुन हो ?       सुलिगढ झर्ना (३६१३ मि.) – डोल्पा 
  • नेपालको सबैभन्दा गहिरो ताल कुन हो ?       फोक्सुण्डो ताल ( ६५० मि.)
  • नेपालमा अभ्रखको लागि प्रसिद्ध जिल्ला कुन हो ?       बझाङ 
  • निजी क्षेत्रबाट संचालित नेपालको हालसम्मको सबैभन्दा ठुलो जलविद्युत आयोजना कुन हो ?       भोटेकोसी आयोजना ,३६ मेगावाट 
  • मेची नदिको उत्पत्ति स्थल कहाँवाट भएको हो ?        लालिखर्क 
  • मध्यवर्ती क्षेत्रले कुल कति जिल्लालाई समेटोका छ ?        २७ जिल्लालाई
  • कफीको उत्पति कुन अफ्रिकी मुलुकमा भएको हो ?       इथियोपिया 
  •  विश्वमा सबैभन्दा बढी कफी उत्पादन गर्ने मुलुक कुन हो ?        ब्राजिल
  •  संसारमा सबैभन्दा बढी कफी पिउने मुलुक कुन हो ?       फ्रिनल्याण्ड
  •  विश्वमा सबैभन्दा बढी चिकेन् अर्थात कुखुराको मासु खाने मुलुक कुन हो ?         अमेरिका
  •  नेपालमा उत्पादित जुट वस्तुका लागि कति प्रतिशत बजार भारत हो ?        ९५ प्रतिशत
  • दोलखाको जिरीमा चौरीको दूधबाट बनाइने च्योर्दोङ चीज कारखाना स्विस सरकारको सहयोगमा कहिले बनेको हो ?        वि.सं २०३१
  •  स्वास्थ्य परिक्षण गरेर मात्र पशुजन्य उत्पादन भित्र्याउन पाईनेलाई के भनिन्छ ?        क्वारेन्टाइन 
  • नेपाल टेलिकमका कर्मचारीले नाफाका कति प्रतिशत बोनस पाउँदै आएका छन् ?        ६ प्रतिशत
  • एउटा बैंकको खातामा रहेको रकम अर्को बैंकबाट भुक्तानी लिन अपनाइने प्रक्रियालाई के भनिन्छ ?        लियरिङ
  •  हवाई क्षेत्रमा एयरलाईन्सको टिकट बिक्रेताको कति प्रतिशत कमिशन हुन्छ ?        ९ प्रतिशत
  • नेपाली आकाशमा हुने अन्तराष्ट्रिय उडानमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको बजार कति प्रतिशत रहेको छ ?        ४ प्रतिशत
  • नेपालमा भएका हवाई दुर्घटनामध्ये कति प्रतिशतभन्दा बढी मानवीय त्रुटिले हुने गरको छानबिन आयोगको प्रतिवेदनमा छ ?        ८५ प्रतिशत भन्दा बढी
  • नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको उडान सुरक्षा मापदण्ड विभागको तथ्यांक अनुसार २०७० साल फागुन १० गतेसम्म कति वटा हवाई दुर्घटना भएका छन् ?        ७५ वटा 
  • प्रथम सगरमाथा आरोही एडमण्ड हिलारीकी पत्नी लुइज मेरी रोज र १६ बर्षीया छोरी बारबरा हिलारी फाप्लु जान हिडेँको जहाज बौद्दमा दुर्घटनामा परेर निधन भएको थियो भने त्यो दुर्घटना कहिले भएको थियो ?        सन् १९७५ मार्च ३१ तारिख
  •  नेपालमा पहिलोपटक केबलकार सञ्चालन गरेका व्यवसायी लक्ष्मणबाबु श्रेष्ठको निधन कहिले भयो ?        वि.सं २०७० फागुन १
  • मनकामना केबलकार सञ्चालन  ??       वि.सं २०५५ साल मंसिर ८ गतेदेखि
  • कुन चरित्रका कुन अभिनेता वा अभिनेत्री खेलाउने भन्ने निर्णय कसले गर्दछ ?        कास्टिक निर्देशकले
  • नेपालमा सर्वप्रथम कास्टिङ निर्देशक राख्ने चलन कुन चलचित्रबाट शुरु गरिएको हो ?        कागबेनी 
  • अर्की आईमाई उपन्यासकी लेखिका को हुन् ?        निलम कार्की निहारिका 
  • पत्थर पगाल्दै निबन्ध संग्रहका लेखक गोपाल सञ्जेल हुन भने माथापच्ची निबन्ध संग्रहका लेखक को हुन् ?        विनयकुमार शर्मा 

  • सन् २०१३ को अम्बेडकर अन्तराष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुने व्यक्तित्व को हुुन् ?        मीन विश्वकर्मा
  • नेपालको कुन एकमात्र जातिमा एक पुरुषकी एकमात्र पत्नी र एक नारीका एकमात्र पति हुनुपर्छ भन्ने मान्यता छ ?        व्यासी
  • दासदासीलाई दासत्वबाट मुक्ति दिने कार्यलाई के भनिन्छ ?         अमलेख




Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment