केहि उपयोगी जानकारीहरु !! (सबैको लागी )


  • युरोपेली मुलुक नेदरल्यान्डमा १२३ बर्ष महारानीको शासनपछि सन् २०१३ अप्रिल ३० मा विलियम अलेक्ज्यान्डर क्लाउस जर्ज फर्डिनान्ड त्याहाँका राजा बनेका छन् ।
  • नेपाल प्रहरीमा हाल महिलाको ५.८७ प्रतिशत सहभागिता रहेको छ ।
  • नेपालको उच्च स्थानमा रहेको तालमध्ये एक मानिने खयर बराह ताल म्याग्दी जिल्लामा पर्छ ।
  • महिलालाई सबैभन्दा बढी हुने क्यान्सरमा स्तनको क्यान्सर पाइन्छ ।
  • चाल्स डार्बिनको पुस्तक ओरिजिन अफ स्पेसिसको प्रकाशन सन् १८५९ नोभेम्बर २४ मा भएको हो ।
  • सन् १८९८ मा प्रकाशित एन एस्से अफ द प्रिन्सिपल अफ पपुलेसनमा खाद्धान्न वृद्धि अङ्कगणितिय र जनसंख्या वृद्धि ज्यामितीय हुन्छ भनेर घोषणा गर्ने व्यक्ति थोमस माल्थस हुन ।
  • विश्वका सबैभन्दा बढी पिरामिड भएको मुलुक सुडान हो ।
  • संयुत्त राज्य अमेरिकामा ६५ बर्षभन्दा माथि पुगेकालाई ज्येष्ठ नागरिक भनिन्छ ।
  • फ्रान्स र नेपाली जनताको संयुत्त लगानीमा सञ्चालित बैकं नेपाल इन्डोस्वेज बैकं हो ।
  • राणाकालमा बाह्य व्यापार बढाउन भारतको पटना शहरमा इलाइची कोठी खोलिएको थियो ।
  • नेपालमा डीभीको शुरुवात सन् २००२ बाट भएको हो ।
  • सन् २०१३ मे ६ तारिखमा बर्मुडामा सम्पन्न भएको विश्व क्रिकेट लिग ३ को उपाधि विजेता मुलुक नेपाल हो ।
  • संसारको पहिलो उपन्यास मानिने डेनियल डेफोको रविन्सन क्रुसो पहिलो पटक सन् १७१९ अप्रिल २५ मा प्रकाशित भएको थियो ।
  • चन्द्रबाट पृथ्वीमा ल्याइएको सबैभन्दा ठूलो चट्टानको टुक्राको नाम मेयर बसाल्ट हो ।
  •  एक पटक भाग लिइ सके पछि पुनः भाग लिन नपाइने खेल Special Olmpic हो ।
  •  मल्लिकार्जुन धार्मिक स्थल दार्चुला जिल्लामा पर्दछ ।
  •  ISP को पुरा रुप Internet Service Provider हो ।
  • सहस्राब्दीको १० औं वर्ष १० औं महिना १० औं दिन २०१० अक्टुवर १० मा जलवायु परिबर्तन बिरुद्ब जुध्न (काम गर्न) थालौं भन्ने विश्वव्यापी अभियान शुरु भएको हो ।
  • २०६७/९/११ देखि नेपालमा मेसिन रिडेवल पासपोर्ट (MRP) वितरण शुरु भएको हो ।
  • गिद्ध संरक्षण गर्न जटायु रेस्टुरेन्ट नवरपरासीमा स्थापना गरिएको छ ।
  • माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता मिति २०६३ मंसिर ५ गते भएको थियो ।
  • शाही नेपाली सेनालाई नेपाली सेनामा रुपान्तरण मिति २०६३ जेठ ४ गते गरिएको हो ।
  • टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडि श्रिलंकाका मुथैया मुरलीधरन हुन ।
  • विश्वको सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने देश भारत हो ।
  • क्यान्सर रोग सजिलै पत्ता लगाउने प्रविधि र उपकरणलाई इमटेक भनिन्छ ।
  • हाल विश्वमा अतिकम विकसित राष्टको सूचिमा ४८ राष्ट सूचिकृत रहेका छन् । 
  • नेपालमा सर्वप्रथम डि एन ए परिक्षण गरिएको बनस्पति चिराइतो हो ।
  • विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा दुवई हो ।
  •  उदयपुर सिमेन्ट कारखाना जापान सरकारको सहयोगमा स्थापना भएको हो ।
  • विकिलिक्सका संस्थापक जुलियस अन्साज अस्टेलियाका नागरिक हुन् ।
  • असंलग्न राष्टको सत्रौं शिखर सम्मेलनमा नेपालको नेतृत्व बाबुराम भट्टराईले गरेका थिए ।
  • काठमाडौं तराई जोड्ने फास्ट ट्याकको लम्बाई ७६ कि.मी रहेको छ ।
  • भारतको पहिलो महिला राष्टपति प्रतिभा पाटेल हुन् ।
  • विश्वको सर्वोच्च उचाइको धानखेती  जुम्ला जिल्लाको पतरासी गा.वि.स. को घुमचौर जिउलोमा गरिने " जुम्लि मार्सी " नामको धानखेती ( 2850 मिटर उचाइ )  हो ।
  • विश्वको सर्वाधिक गहिरो गल्छी, म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा पर्ने अन्नपुर्ण र धौलागिरी हिमालको बिचमा कालीगण्डकी नदीले बनाएको 6867 मिटर गहिरो गल्छी  हो।
  • विश्वको सर्वोच्च स्थानमा रहेको ताल, मनाङ जिल्लाको तिलिचो ताल ( 4919 मिटर उचाइ )  हो  
  • होचो उपत्यका, अरुण उपत्यका ( पूर्वमा 8586 मिटर अग्लो कञ्चनजंघा र पश्चिममा 8848 मिटर अग्लो सगरमाथाको बीचमा पर्ने उपत्यका ) हो ।
  • विश्वको सर्वोच्च स्थानमा रहेको राष्ट्रिय निकुञ्ज : सगरमाथा राष्ट्रिय निकुञ्ज 
  • अद्वितीय चरा : काँडे भ्याकुर ( स्पाइनी ब्याबलर ) 
  • दुर्लभ च्याउ : ट्रयाफिना नेपालेन्सिस 
  • सर्वोच्च स्थानबाट उत्पत्ति भएको नदी : अरुण नदी 
  • सर्वोच्च स्थानमा रहेको झरना : डोल्पा जिल्लास्थित सुलिगढ झरना ( 3613 मिटर उचाइमा ) 
  • सर्वोच्च स्थानमा रहेको बस्ती : डोल्पा जिल्लाको छार्का भोट र तराप बस्ती 
  • सर्वोच्च स्थानमा रहेको होटल : सोलुखुम्बु जिल्लाको नाम्चेबजार स्थित 12,713 फिट उचाइमा रहेको " होटल एभरेष्ट भ्यु "
  • विश्वको सर्वोच्च स्थानमा रहेको वैज्ञानिक प्रयोगशाला : पूर्वी नेपालको लोवुचे भन्ने ठाउँमा रहेको 5,050 मिटरको उचाइमा रहेको पिरामिड नामक वैज्ञानिक प्रयोगशाला 
  • विश्वको सर्वाधिक उचाइमा पाइने फूल : स्टेलरिया डेकुम्बेन ( 6,492 मिटरको उचाइमा )




Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment