नोबेल पुरस्कार
नोबेल पुरस्कारको स्थापना सन् १९०० मा स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनेमाइटका आविष्कारक अल्फ्रेड नोबेलको नाममा भएको हो । नोबेल फाउण्डेशन द्वारा स्वीडेनको वैज्ञानिक अल्फ्रेड नोबेलको स्मरणमा सन् १९०१ मा सुरु गरिएको यो पुरस्कार भौतिक, रसायन, साहित्य, शान्ति, क्रिया विज्ञान तथा चिकित्सा, र अर्थशास्त्र क्षेत्रमा प्रदान गरिने विश्वको सर्वोच्च पुरस्कार हो । यो पुरस्कारको रूपमा प्रमाण-पत्रको साथमा १२,००,०००(बाह्र लाख अमेरिकी डलर) प्रदान गरिन्छ । अल्फ्रेड नोबेलले जम्मा ३५५ आविष्कारहरू गरे जसमा सन् १८६७ मा गरेको डायनामाइटको आविष्कार पनि हो । नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंसक शक्तिहरूको बारेमा पूरै ज्ञान थियो । सन् १८९६ को डिसेम्बर १० मा देहान्त हुँदा उनका कुनै उत्तराधिकारी थिएनन् । उनले आफ्नो शेषपछि सम्पति कसैलाई दिन चाहेनन् । सन् १८९५ मा उनले एक इच्छापत्र तयार पार्न लगाएर आफ्नो सम्पत्तिबाट अक्षयकोष स्थापना गरे । उक्त कोषबाट प्राप्त आम्दानीबाट विज्ञानतर्फ भौतिकशास्त्र, रसायनशास्त्र र क्रिया विज्ञान तथा चिकित्साशास्त्रमा महत्वपूर्ण खोज वा आविष्कार गरेका, साहित्यको क्षेत्रमा ठूलो योगदान पुर्याएका र विश्वशान्ति कायम गर्न विशेष योगदान पुर्याएका व्यक्ति वा संस्थालाई नगद राशिसहितको पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाईयो । उनको इच्छा अनुसार यस सम्पत्तिको ब्याजले प्रत्येक बर्ष मानव जातिको कल्याणको निम्ति कार्य गर्ने मानिसहरूलाई सम्मानित गरिन्छ । यो सम्पत्ति स्वीडिस बैंकमा राखिएको र ब्याजले नोबेल फाउन्डेसनद्वारा प्रत्येक वर्ष शान्ति, साहित्य, भौतिक, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रमा सर्वोत्कृष्ट योगदानका लागि दिइन्छ । नोबेल फाउंडेशनको स्थापना २९ जून १९०० मा भएको हो र १९०१ देखि नोबेल पुरस्कार दिन थालिएको हो । अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको शुरुवात सन् १९६८ देखि गरियो । पहिलो नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्यां हेनरी ड्युना र फ्रेंच पीस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसीलाई संयुक्त रूपमा दिइएको थियो । शान्तितर्फको पुरस्कार ओस्लो, नर्वेबाट र अन्य पुरस्कारहरु स्टोकहोल्म, स्वीडेनबाट प्रदान गरिन्छ ।
- शान्ति
वर्ष २०१५ को नोबेल शान्ति पुरस्कार ट्युनिसियाको नेसनल डायलग क्वार्टेटलाई प्रदान गरियो। सन् २०११ मा ट्युनिसियामा भएको ‘जस्मिन रिभोल्युसन’ पछि लोकतन्त्र, शान्ति र स्थायित्व स्थापनामा महत्वपूर्ण योगदान गरेको भन्दै समितिले नोबेल शान्ति पुरस्कार प्रदान गरेको हो।
- भौतिक शास्त्र
भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जापानका टाकाकी काजिता र क्यानाडाका आर्थर बी म्याक्डोनाल्डलाई संयुक्त रूपमा प्रदान गरियो। न्युट्रिनोहरूले कसरी आफ्नो पहिचान बदल्छन् भन्ने कुरा पत्ता लगाएबापत उनीहरूलाई यो पुरस्कार प्रदान गरिएको हो।
- रसायन शास्त्र
रसायन शास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका पाल माड्रिच, स्वीडेनका थामस लिंडहल तथा तुर्कमेनिस्तानका अजिज सनकारलाई संयुक्त रूपमा प्रदान गरियो। उनीहरूले कोषले नष्ट डीएनएलाई मर्मत गर्ने प्रक्रिया पत्ता लगाएका हुन्।
- चिकित्साशास्त्र
चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार जापानी प्राध्यापक ड्रमेरिट्स साटोसी ओमुरा, आयरल्यान्डका विलियम क्यामपबेल एवं चीनका तु युयुलाई मलेरिया तथा जुकाजन्य परजीविका कारण लाग्ने रोगको औषधि आविष्कार गरेबापत संयुक्त रूपमा प्रदान गरियो।
- साहित्य
साहित्यतर्फको नोबेल पुरस्कार बेलारुसकी ६७ वर्षीया श्वेतलाना एलेक्सियाविचलाई प्रदान गरियो। उनी बेलारुसमा राजनीतिक लेखिकाका रूपमा चिनिन्छिन्।
- अर्थशास्त्रतर्फ
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री एङ्गस डिटनलाई प्रदान गरियो। डिटनलाई ‘उपभोग, गरिबी र कल्याण’ विषयमा गरेको विश्लेषणका लागि यो पुरस्कार दिइएको हो।
रमन म्यागसेसे पुरस्कार
रमन म्याग्सेसे पुरस्कार (Ramon Magsaysay Award) एसिया का व्यक्तिहरू एवं संस्थाहरूलाई तिनिहरुको आफ्नो क्षेत्रमा विशेष रूपबाट उल्लेखनीय कार्य गरेकोमा प्रदान गरिन्छ। यसलाई प्राय: एसियाको नोबेल पुरस्कार पनि भनिन्छ। यो रमन म्याग्सेसे पुरस्कार फाउन्डेशनद्वारा फिलिपिन्स का भूतपूर्व राष्ट्रपतिरमन म्याग्सेसेको सम्झनामा दिइन्छ। यो पुरस्कार न्यूयोर्क स्थित "रकफेलर ब्रदर्स फण्ड" का गुठियारहरू द्वारा सन् १९५७ मा स्थापित गरिएको हो। फिलिपिन्स सरकारको सहमतिबाट यहाँको भूतपूर्व राष्ट्रपति रमन म्याग्सेसेको स्मृतिमा यो पुरस्कार शुरु गरिएको जसले गर्दा उनको साधारण जनतालाई गरेको साहसपूर्वक सेवा, लोकतांत्रिक समाजमा व्यावहारिक आदर्शवादिता एवं निर्मल सरकारी चरित्र जस्ता कुराको सम्झनालाई ताजा राख्न सकियोस।
पुरस्कारका श्रेणिहरु
- सरकारी सेवा (Government Service )
- सार्वजनिक सेवा (Public Service)
- सामुदायिक नेतृत्व (Community Leadership)
- पत्रकारिता, साहित्य एव सृजनात्मक संचार कलाहरू ( Journalism, Literature and Creative Communication Arts)
- शान्ति एवं अन्तरराष्ट्रीय सद्भावना (Peace and International Understanding)
- उभरिदो नेतृत्व (Emergent Leadership)
वर्ष २०१५ को रमन म्यागसेसे पुरस्कार भारतका सञ्जीव चतुर्वेदी, लाओसका कोमाली चान्थाभोङ, फिलिपिन्सका
लिग्या फर्नान्डो, म्यानमारकी
किब्बो थुलाई प्रदान गरियो ।
५७ औं ग्रामी एवार्ड
विश्वप्रसिद्ध ग्रामी एवार्ड ‘एल्बम अफ द इयर’का लागि बिक, बब लुडवीग र टम इल्महिस्र्टलाई संयुक्त रूपमा प्रदान गरियो। ‘सङ
अफ द इयर’का लागि साम स्मिथ, जिम्मी नाप्स तथा विलियम फिलिप्स संयुक्त रूपमा पुरस्कृत भए । ‘रकर्ड
अफ द इयर’का लागि साम स्मिथ, रोडनी जर्किन्सर जिम्मी नाप्स संयुक्त
रूपमा पुरस्कारको हकदार बने। ‘वेस्ट न्यू आर्टिस्ट’ र ‘वेस्ट पप भोकल एल्बम’का
लागि साम स्मिथले नै उक्त एवार्ड प्राप्त गरे।
द म्यान बुकर
यस वर्षको बुकर पुरस्कार जमैकाका लेखक मार्लोन जेम्सले प्राप्त गरे। यो पुरस्कार उनले ‘अ
ब्रिफ हिस्ट्री अफ सेभेन किलिङ्स’ नामक फिक्सनबापत पाएका हुन्।
वार्ल्डस चिल्ड्रेन पिस प्राइज
सन् २००० देखि वितरण गर्न थालिएको बालबालिकाको क्षेत्रको नोबेल पुरस्कार मानिने वार्ल्डस चिल्ड्रेन पिस प्राइज लिवियाका अब्राहम एम केइतालाई प्रदान गरियो। हिंसापीडित बालबालिकाहरूलाई न्याय दिलाउन संघर्ष गरेवापत केइताले उक्त पुरस्कार प्राप्त गरेका हुन्।
अनुराधालाई चाइल्ड १० एवार्ड
मानव बेचबिखनविरुद्धको अभियानमा अग्रणी भूमिका निर्वाह गरेकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई स्वीडेनको चाइल्ड १० (सी टेन) अन्तर्राष्ट्रिय
एवार्ड प्रदान गरियो।
शक्ति समूहलाई फ्रान्सको मानवअधिकार पुरस्कार
मानव बेचबिखन र हिंसाबाट पीडित महिला तथा बालबालिकाको पक्षमा गरको पैरवीको सम्मान गर्दै फ्रान्सले शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारलाई फ्रेन्च रिपब्लिक ह्युमन राइट्स एवार्ड–२०१५
प्रदान गर्यो। सोही कार्यका लागि सुनिता दनुवार ताइवान फाउन्डेसन फर डेमोक्रेसी नामक संस्थाबाट ‘एसिया
डेमोक्रेसी एन्ड ह्युमन राइट्स’ एवार्डबाटसमेत सम्मानित भइन्। यो पुरस्कार प्राप्त गर्ने उनी पहिलो नेपाली हुन्।
वर्ल्ड हस्पिटालिटी एवार्ड
यो वर्षको वर्ल्ड हस्पिटालिटी एवार्ड सांग्रिला होटल काठमाडौंका एक्जुकेटिभ सेफ महेश ढकाललाई दिइयो। यो पुरस्कार
फ्रान्सको पेरिसमा हरेक वर्ष विश्व पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रमा उत्कृष्ट काम गरेबापत प्रदान गरिन्छ ।
सीएनएन हिरो भइन् म्यागी
वेस्ट टिचर एवार्ड
जापानमा अंग्रेजी भाषा शिक्षण गर्दै आएका खोटाङका भुवन रोकालाई टोकियोस्थित
शिनोकुबोको सेह इंग्लिस एकेडेमीले बेस्ट टिचर एवार्डबाट सम्मानित गर्यो ।
अन्य नेपाली तथा बिश्व ब्यापी पुरस्कारहरु !!!
- अरनिको युवाकला पुरस्कार
- एबेल पुरस्कार
- गरिमा सम्मान पुरस्कार
- गोल्डन ग्लोब अवार्ड
- छिन्नलता गीत पुरस्कार
- जगदम्बाश्री पुरस्कार
- निशान-ए–पाकिस्तान
- नेपालका बालीनाली र तिनको दिगो खेती
- नोबेल पुरस्कार
- फिफा बर्षको सर्वोत्कृष्ट खेलाडी
- फिफा बेलोन डी' ओर
- फिल्मफेयर पुरस्कार
- मदन पुरस्कार
- मैनाली कथा पुरस्कार
- रमन म्याग्सेसे पुरस्कार
- राजेन्द्र विमल
- लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर
- वर्ष बालक सम्मान
- संवाद सम्मान-२००९
- सखारोभ पुरस्कार
- साझा पुरस्कार
- साझा बालसाहित्य पुरस्कार
- साझा लोकसाहित्य पुरस्कार
- सृजनश्री सम्मान-२०११
- हिन्दी साहित्यश्री सम्मान-२०११
- ओस्कार अवार्ड
0 comments:
Post a Comment