एकात्मक सरकार (unitary government) को शक्ति केन्द्रमा निहित हुन्छ भने संघात्मक सरकार (Federal government) मा शक्ति केन्द्र र प्रान्तको बिचमा विभाजित हुन्छ । संघिय व्यवस्थामा केन्द्र र प्रांतमा आ-आफ्नो क्षेत्र भित्र आ-आफ्नै सरकार, विधान र अधिकार रहने गर्दछन् । तसर्थ यस व्यवस्थालाई दोहोरो शासन व्यवस्था पनि भनिन्छ । खास गरी संघिय व्यवस्थामा कठोर लिखित विधानको प्रयोग गरिन्छ ताकि एकअर्काको क्षेत्रमा कसैले हस्त्क्षेप गर्न नसकोस् । अर्को महत्वपूर्ण कुरा संघात्मक सरकार व्यवस्थामा सार्वभौमसत्ता (Sovereignty) पनि केन्द्रिय र प्रांतिय शासनमा विभाजित हुन्छ ।
संघात्मक व्यवस्थाको स्थापना त्यहाँ हुन सक्छ जहाँ कैयौं संख्यामा स्वतन्त्र राष्ट्रहरु हुन्छन् । यस्ता स्वतन्त्र राष्ट्रहरुले आफ्नो अस्तित्व लोप नहुने गरी केही अधिकार नयाँ सरकारलाई प्रदान गर्दछन् जसको जिम्मामा सम्पुर्ण देशको शासन सञ्चालन हुन्छ । संघात्मक सरकारमा केन्द्रिय सरकारले देशसँग सम्बन्धित कार्यमात्र गर्दछ भने साधारण कार्यहरु स्थानीय एकाई आफैले गर्दछन् । दोहोरो शासन प्रणाली अपनाइने हुदा केन्द्र र प्रांतमा छुट्टाछुट्टै किसिमका व्यवस्थापिका (Legistative), कार्यपालिका (Executive) र न्यायपालिका (Judiciary) प्रयोग गरिन्छन् । प्राचीन कालमा राजनीति शास्त्रका पिता अरस्तुले पनि शक्ति पृथक्करणको सिद्धान्त अनुरुप शासन शक्तिलाई यीनै तिन भागमा विभाजन गरेको पाईन्छ । India, Canada, Russia, Switzerland, America आदि संघात्मक व्यवस्था भएका देशहरु हुन् ।
राजनैतिक शास्त्रका विद्धान् प्रो. डायसीका विचारमा संघिय व्यवस्था एक राजनैतिक सुविधा मात्र हो जसको उद्देश्य राष्ट्रिय एकता तथा राज्य अधिकारको समन्वय स्थापित गर्ने हुन्छ । त्यस्तै अर्का राजनैतिक शास्त्रका विद्धान मण्टेस्क्युको विचारमा यस किसिमको सरकार एक सम्झौता मात्र हो जस अनुसार स-साना स्वतन्त्र राष्ट्रहरु आफ्नो चाहेको ठुलो अंगको सदस्य बन्न स्विकार गर्दछन् ।
ईतिहासमा कुनै समय सामन्तवादको प्रथा त कहिले निरंकुश प्रथाको प्रवाह थियो तर आधुनिक कालमा संघिय व्यवस्था लोकप्रिय र प्रचलित छ । जब हामी भुत बाट भविश्यतिर हेर्दछौं, शासन स्वरुप व्यवस्थाको सम्भावना संघियतातिर भएको अनुमान लगाउन सक्छौँ । आज यसको लोकप्रियता देखेर केही विद्धानहरु विश्व संघको कल्पना गर्न थालेका छन् ।
वास्तवमा संघिय व्यवस्था सम्झौताको नतिजा मात्र हो यो कुनै विकासको परिणाम होइन । एकात्मक सरकारको सार एकता हो भने संघात्मक सरकारको सार सङ्गठन हो ।
संघात्मक सरकारका गुणहरु (Marits of federal government):
- सुरक्षाको हिसावले प्रभावकारी,
- विविधतामा एकता,
- राष्ट्रिय एकता सबल,
- वहुविविधता युत्त ठुला देशको लागि उपयुक्त,
- दोहोरो शासन प्रणालीको कारण व्यापक जनसहभागिता र जनताको जागरुकता,
- केन्द्रिय सरकारलाई प्रशासनिक कार्य भार कम,
- प्रशासनिक कुशलता,
- सुशासन,
- जवाफदेही सरकार,
- निरंकुशताको अभाव,
- स्रोत र साधनको उच्चतम प्रयोग,
- मानव अधिकार तथा नागरिक स्वतन्त्रताको रक्षा हुने आदि ।
दोषहरु (Demerits):
- कमजोर सरकार,
- प्रशासनिक झन्झट,
- एकरुपताको कमि,
- देशलाई आर्थिक बोझ,
- साना मुलुकको लागि अनुपयुक्त,
- संवैधानिक संकट पर्ने,
- दोहोरो नागरिकता,
- उत्तरदायित्व विभाजित,
- शासनमा गतिरोध,
- गृह युद्ध र संघर्षमा वृद्धि,
- आन्तरिक र परराष्ट्र नीतिमा समस्या आदि ॥
नेपाल जस्तो मुलुकमा संघियताको आवश्यकता र प्रभावकारिताको विषयमा विभिन्न राजनैतिक तथा कानुन विदहरले अध्ययन अनुसन्धान गरेका नै होलान् । पहिलो संविधान सभाले संविधाननै जारि नगरी अवसान हुनुमा यस विषयको ठुलो भूमिका छ । पुन: दोस्रो संविधान सभामा समेत बिभिन्न समस्याको बाबजुत संविधान जारि भएको छ । आसा गरौ संविधान सफल भइ नेपालले एक राजनितिक स्थिरता, सुसासन, शान्ती आदि पाओस् र देश विकासको पथमा अगाडी बढोस्॥॥
0 comments:
Post a Comment