अधिकार प्रत्यायोजन र अधिकार निक्षेपणमा भिन्नता (व्यवस्थापन, मानबिकी साथै लकसेवा दोस्रो पेपरको लागी)


                                  अधिकार प्रत्यायोजन र अधिकार निक्षेपण सङ्गठनका आधारभूत सिद्धान्त हुन् । यी विकेन्द्रीकरणका रुप पनि हुन् । यी बीच विविध भिन्नता छ । जसलाई निम्नानुसार देखाउन सकिनछ ः


अधिकार प्रत्यायोजन


  •  माथिल्लो निकाय वा पदाधिकारीले आफूमा भएको केही प्रशासनिक अधिकार तल्लो निकाय वा पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यलाई अधिकार प्रत्यायोजन भनिन्छ । यो प्रशासनिक निर्णय हो ।
  •  माथिल्लो निकाय वा पदाधिकारी स्वयंको कार्यबोझ कम गर्नु, मातहतका कर्मचारीलाई जिम्मेवार बनाउनु तथा सेवा प्रवाहलाई छिटोछरितो बनाउनु यस्को उद्देश्य हो ।
  •  यो Principle या Hierarchy सिद्धान्तसँग सम्बन्धित छ ।
  •  यसमा कानुनअनुसार अधिकार प्रत्यायोजन गरिन्छ ।
  •  यसमा प्रत्यायोजित अधिकार सजिलै फिर्ता लिन सकिन्छ । जवाफदेहिता तलबाट माथि जान्छ, अधिकार प्रत्यायोजनकर्ता नै जबाफदेही हुनुपर्दछ ।
  •  प्रमुख जिल्ला अधिकारीले नागरिकता जारी गर्ने कार्य सहायक प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्नु अधिकार प्रत्यायोजन हो ।




अधिकार निक्षेपण


  •  केन्द्र सरकारले स्थानिय सरकारलाई प्रशासनिक, राजनैनीतिक एवं वित्तीय अधिकार हस्तान्तरण गर्ने कार्यलाई अधिकार निक्षेपण भनिन्छ । यो राजनीतिक निर्णय हो ।
  •  स्थानीय निकायलाई Self-Decision making, self-Control/Self-Management गर्न सक्षम बनाउनु यसको उद्देश्य हो ।
  •  यो Principle या Subsidiary सिद्धान्तसँग सम्बन्धित छ ।
  •  यसमा कानुनसहित अधिकार निक्षेपण गरिन्छ ।
  •  यसमा जबाफदेहिता माथिबाट तल जान्छ । अधिकार प्रयोगकर्ता नै जवाफदेही हुनुपर्दछ । निक्षेपित अधिकार सजिलै फिर्ता लिन सकिँदैन ।
  •  स्थानीय निकाय जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिलाई स्थानिय स्वायत्त शासन ऐन, २०५५ को व्यवस्था गरी ऐनसहित अधिकार हस्तान्तरण गर्ने कार्य अधिकार निक्षेपण हो । 




Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment