कृषि विकास बैक लिमिटेडको, लेखापाल (सहायकस्तर द्वितीय श्रेणी – प्रशासन) पदको लिखित परिक्षाका प्रश्न-उत्तरहरु !!!


परिक्षा केन्द्र : विराटनगर , काठमाडौ र नेपालगंज                               पुणाङ्क: १००
समय: २ घण्टा ३० मिनेट                                                                  विषय: प्रथम पत्र ( सामान्य ज्ञान र बैकिङ्ग)


नोट: प्रश्नको उत्तर दिदा नेपाली वा अंग्रेजी माध्यमबाट दिन सकिनेछ । समान्य ज्ञानको उत्तर दिदा बेठिक भएमा प्राप्ताङ्कबाट कट्टा गरिने छैन ।


खण्ड “क” 

तलका बस्तुगत प्रश्नहरुको उत्तर दिनुहोस् । (१x२०=२०)

१. १२औं साफ खेलमा पहिलो स्वर्ण पदक जित्ने नेपाली खेलाडी नाम के हो ?– निमा घर्तीमगर
२. जिका भाइरस लाग्ने लामखुट्टे कुन प्रजातिको हो ?– एडिस एजिप्टाई
३. लिच्छविकालमा मन्त्री पदलाई के भनिन्थ्यो ?– अमात्य
४. प्रदेश नं ३ मा कति वटा जिल्लाहरू रहेको छन् ?– १३ वटा
५. अफगानिस्तानले सार्कको कति औं शिखर सम्मेलन बाट सदस्य पाएको हो ?– १४ औं
६. सन् २०२२ को विश्वकप फुटबल कुन देशमा खेलिने भएको छ?– कतार
७.नेपाल राष्ट्र बैंकको गभर्नर कसले नियुक्ति गर्दछ ?– नेपाल सरकार
८. कृषि विकास बैंकको सञ्चालक समितिमा कति सदस्य हुन्छन् ?– ७ जना
९.भुटानको केन्द्रीय बैंकलाई के भनिन्छ ?– Royal Monitory Authority
१०. नेपालको वर्तमान संविधान कहिले जारी भएको हो ?– वि .स.२०७२/६/३
११.मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा कति वटा जिल्ला रहेको छन् ?– १५ वटा
१२.सार्कका प्रथम महासचिव कुन देशका थिए ?– बंगलादेश
१३. ट्रानसपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा नेपाल हाल कति औं स्थानमा रहेको छ ?– १३०औं
१४.नेपालको वर्तमान संविधानसभा कति भाग रहेको छ ?– ३५ भाग
१५.चालू आर्थिक वर्षको बजेट कुन मितिमा जारी भएको थियो ?– 2072/3/29
१६.चालू आर्थिक वर्षमा दम्पतीलाई लाग्ने पारिश्रमिक आयमा छुट सीमा रकम कति तोकिएको छ?– २५००००
१७. मंगल ग्रहमा पानी छ भनेर पत्ता लगाउने नेपाली वैज्ञानिकको नाम के हो ?– डा .लुझेन्द्र ओझा
१८. इतिहास शिरोमणि कसको उपनाम हो ?– बाबुराम आचार्य
१९.नेपाल WTO को कति औं सदस्य राष्ट्र हो ?– १४७औं
२०.कृषि विकास बैंकको सम्पर्क मन्त्रालय कुन हो ?– अर्थ मन्त्रालय


खण्ड “ख”

तलको प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । (१२x५=६०)

१. कृषि विकास बैकको पूँजी संरचनाबारे उल्लेख गर्नुहोस् ।
२. कृषि विकास बैकको कर्जा अनुली सम्बन्धमा आफ्नो राय प्रस्तुत गर्नुहोस् ।
३ . कृषि विकास बैकको उद्देश्य तथा कार्यहरुको सम्बन्धमा छोटकरीमा प्रकाश पार्नुहोस् ।
४ . सम्पति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसार के कस्तो अवस्थामा सम्पत्ति शुद्धिकरण गरेको मानिने छ ?
५ . कृषि विकास बैकको विकासक्रम छोटकरीमा लेख्नुहोस् ।
६ . काउन्टर व्यवस्थापन भनेको के हो ? यसमा ध्यान दिनु पर्ने कुराहरु के के हुन् ?
७ टिप्पणी लेख्नुहोस् :
क) ATM 
ख) Core Ban king System
८. नेपालमा बैकिङ्ग वय्यवसायका मुख्य मुख्य जोखिमहरु के के रहेका छन् ?
९. एउटा व्यापारीले ५० केजी तौल भएको एक टोकरी गोलभेडा रु ४०० मा किन्यो । उत्त गोलभेडा मध्ये ४ केजी कुहेर गएछ । बाँकी गोलभेडा रु ४५० मा बिक्री गर्दा नाफा नोक्सान कति भएछ ? प्रतिशत समेत निकाल्नुहोस् ।

१०. रु ८,५०० साँवाको २ वर्षपछि ५ प्रतिशत वार्षिक चक्रिय व्याजको हिसाबले चक्रियय व्याज र चिक्रिय मिश्रधन पत्ता लगाउनुहोस् ।११ . कम्पनीको बार्षिक नाफा रु ४८ लाखमध्ये २५ प्रतिशत बोनस कम्पनीमा कार्यरत १६० जना कर्मचारीलाई बाड्ने निर्णय गरेमा प्रत्येक कर्मचारीले कति बोनस प्राप्त गर्ला?१२. दुई प्रकारको तेलको मूल्य रु ९० प्रति लिटर र रु ११० प्रति लिटरलाई ३:२ मिश्रण अनुपातमा मिसाउदा अब प्रति लिटर मिश्रणको मूल्य (Cost of the mixture per liter) कति हुन्छ ?

खण्ड “ग”

तलको प्रश्नहरुको लामो उत्तर दिनुहोस् । ( २x१०=२०)

१. कृषि विकास बैकबाट संचालन गरिएका के कस्ता कार्यक्रमले कसरी गरिबी निवारणमा मद्दत पुर्याएका छन् ?
२. निक्षेप संकलन, लगानी तथा नगद व्यवस्थापन सम्बन्धमा नेपालका बैकहरुले के कस्तो कार्य गरेको पाउनुहुन्छ ? समिक्षा प्रस्तुत गर्नुहोस् ।


समाप्त
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment