आ.व. २०७३/०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेटः छोटकरीमा विशेषताहरु !!


जेष्ठ १५, २०७३ मा सरकारले आगामी आर्थिक वर्ष ०७३/०७४ का लागि कुल १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट ल्याएको छ । व्यवस्थापिका संसदको शनिबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पैडेलले उक्त बजेट पेस गरेका हुन् ।

नयाँ संविधानमा गरिएको व्यवस्था जेठ-१५ मा बजेट पेस भएको हो । नयाँ संविधानपछिको यो पहिलो बजेट पनि हो । कुल विनियोजित बजेट मध्ये चालुतर्फ रु ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार र पुँजिगत तर्फ ३ खर्ब ११ ९४ करोड ६३ लाख २५ हजार व्यवस्था गरिएको छ ।
कुल बजेटका लागि राजस्वबाट ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख, साँवा फिर्ता प्राप्तिबाट १० अर्ब, र वैदेशिक अनुदानबाट १ खर्ब १० अर्ब ८९ करोड र वैदेशिक ऋणबाट १ खर्ब ९५ अर्ब ७१ करोड ५७ लाख ३७ हजार जुटाइने अर्थमन्त्री पौडेलले बताए । बाँकी रकम आन्तरिक ऋण र चालु आवको नगद मौज्दातबाट व्यवस्थापन गरिने उनले जनाए ।


बजेटका विशेषताहरुः

– कर्मचारीको तलवमा २५ प्रतिशतले वृद्धि
– आयकर छुटको दायरा बढाइयो । व्यक्तिका लागि ३ लाख ५० हजार र दम्पत्तिका लागि ४ लाख वाषिर्क आम्दानीमा कर नलाग्ने ।
– सामाजिक सुरक्षा भत्ता दोब्बरले वृद्धि
– आफ्नै गाउँ आफै बनाउँ कार्यक्रमको बजेटपनि दोब्बरले वृद्धि
निर्वाचन क्षेत्र विकास कोषको रकम ३ करोड पुर्‍याइयो ।
– संसदीय विकास कोषको बजेट ५० लाख ।
– पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा ५० प्रतिशत छुटको व्यवस्था ।
– रेल मार्ग र काठमाडौंमा मेट्रो रेलको अध्ययन गरिने
– पानी जाहाज सञ्चालनको अध्ययन गरिने ।
– शैक्षिक प्रमाणपत्रका आधारमा ऋण ।
– प्रत्येक प्रदेशमा एक मेडिकल कलेजको अवधारणा ।
– पेट्रोलियम पदार्थमा ५ प्रतिशत पूर्वाधार कर ।
– पुनःनिर्माणमा एक खर्ब ४० अर्ब ।
– तरार्इका प्रत्येक सदरमुकामको विकासमा ५० करोड ।
– आगामी वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य ।
– क्यान्सर, मुटु र मृगौलाका उपकरण आयातमा मूल्य अभिवृद्धिकरमा सबै छुट , भन्सार १ प्रतिशत मात्र।
– अखबारी कागजमा १ प्रतिशत मात्रै भन्सार लाग्ने ।
– कृषि, सिंचाइका लागि आवश्यक उपकरणमा १ प्रतिशत मात्रै भन्सार लाग्ने ।
– बन्द, हडताल गर्ने, आयोजनाको काममा अवरोध गर्नेलाई क्षतिपूर्ति भराइने ।
– काठमाडौंमा निर्माण हुने घरमा अनिवार्य सोलार जोड्नु पर्ने ।
– गरिबसँग विश्वेश्वर कार्यक्रमलाई निरन्तरता ।
– नगरपालिकालाई दिइने अनुदान पनि दोब्बर ।
– २०७३ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाइने
– सबै नेपालीको बैंक खाता ।
– तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा गरिने ।
– एक प्रदेश एक औधौगिक क्षेत्र स्थापना गरिने ।
– आगामी ५ वर्षभित्र सम्पूर्ण कृषियोग्य भूमीमा सिंचाइ पुर्‍याइने
– हुलाकी सडकको पहिलो चरण तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य ।




Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment