नेपाल वायु सेवा निगमको खरिदार सरहको:चौथो तह परिक्षाको प्रश्न तथा उत्तरहरु (२०७३/०२/१५)


१) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थापना कहिले भएको हो ?            २०१५
२) सप्तकोसीको सबैभन्दा ठूलो सहायक नदी कुन हो ?           अरुण
३) पाटनको श्रकृष्ण मन्दिर कुन सालमा निर्माण भएको थियो ?            १६९३
४) Duck worth Lewis कुन खेल सँग सम्बन्धित छ ?            क्रिकेट
५) Bull and Bear के सँग सम्बन्धित छ ?            शेयर बजार
६) अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कहिले पर्दछ ?            डिसेम्बर ७
७) जोडा मिलाउने
तवेला दलान – भ्रष्टाचार निवारण गर्ने कार्यालयमुन्सीखाना – परराष्ट्र मामिला हेर्ने कार्यालयलिङ्वल – यातायातको व्यवस्था गर्ने कार्यालय
दरखास्त परिषद – कर्मचारी छनौट गर्ने कार्यालय
८) विमानस्थल र जिल्लामा कुन ठिक
          चौरहजारी, रुम्जाटार क्रमशः रुकुम र ओखलढुंगा
९) सुवर्णभूमि अन्तराष्ट्रिय विमानस्थल कुन देशमा पर्दछ ?            थाइल्यान्ड
१०) कुन कथन सहि हो?
           जिका भाइरस पहिलोपटक सन् १९४७ मा युगाण्डामा पत्ता लागेको थियो र जिका जंगलको नाम बाट भनिएको हो ।
११) जनगणना ,२०६८ अनुसार सबैभन्दा कम जनसंख्या भएको जिल्ला कुन हो ?           दिईएका मध्ये हुम्ला
१२) जोडा मिलाउने
नेपाल गन्तव्य वर्ष – १९९८नेपाल भ्रमण वर्ष – २००२-२००३नेपाल पर्यटन वर्ष – २०११
१३) कुन सहि होइन
International Civil Airlines Organization – ICAO
           International Civil Aviation Organization
१४) अन्तर्राष्ट्रिय सगरमाथा दिवस कहिले मनाइन्छ ?            २९ मे
१५) ” शान्ति र समृद्धि का लागि गहन एकता ” कतिऔँ सार्क शिखर सम्मेलनको नारा हो ?            १८ औँ
१६) आधुनिक काठमाडौँका निर्माता को हुन् ?            गुणकामदेव
१७) नेपालमा कुन वर्षलाई गैडा चोरी शिकारी शून्य वर्षको रुपमा मनाइयो ?            वि. सं २०६९
१८) पहिलो अन्तरिक्ष पर्यटकको हुन् ?            डेनिस टिटो
१९) नेपालको संविधानमा कति भाग,धारा र अनुसुची छन् ?            भाग ३५ , धारा ३०८ र अनुसुची ९
२०) नेपालका आदिवासि जनजातिहरु मध्ये चेपाङ जनजाति कुन वर्गीकरणमा पर्दछ ?
क) सिमान्तकृत ख) अति सिमान्तकृत
ग) लोपोन्मुख घ) सुविधा वञ्चित
२१) पर्यटन परिषद्को अध्यक्ष को हुन्छ ?            प्रधानमन्त्री
२२) सार्क सचिवालय को स्थापना कहिले भयो ?            सन् १९८७
२३) नेपाल कहिले देखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सदस्य भएको हो ?            सन् १९६०
२४) नेपालको सबैभन्दा उचाइमा रहेको सदरमुकाम कुन हो ?            सिमिकोट
२५) नेपालको सर्वप्रथम हवाई सम्झौता गरेको मुलुक कुन हो ?            भारत







Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

1 comments: