लोक सेवा आयोगको तयारी कक्षा सबैका लागी सबैतिरका केहि प्रश्न-उत्तरहरु !! भाग- चौध (१४) !!



१)  हरियो ग्रहका नामले कुन ग्रहलाई चिनिन्छ ?
उत्तर:- अरुण
२)  नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा हिमालको उचाई कति छ ?
उत्तर:- ८५८६ मिटर
३)  म्याग्नाकार्टाको परिणम स्वरुप प्रचलनमा आएको रिट कुन हो ?
उत्तर:- बन्दी प्रत्यक्षीकरण
४)  द्रव्य शाहले गोर्खा जित्नु अगाडि त्यहाँ कुन जातका राजा थिए ?
उत्तर:- खड्का
५)  नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?
उत्तर:- सुवानन्द दास
६)  विकासका दृष्टिकोणले नेपाललाई कस्तो मुलुकका रुपमा चिनिन्छ ?
उत्तर:- अल्प विकसित
७)  विद्युतका पिता भनेर कसलाई भनिन्छ ?
उत्तर:- माईकल फराडे
८)  धरानलाई कुन सिटीको नामले समेत विकसित गरिएको छ ?
उत्तर:- साईकल
९)  वि.स. २००७ को राजनीतिक परिवर्तन हुनु अगाडि नेपालको कति वटा राष्ट्रसँग दौत्य सम्बन्ध कायम भएको थियो ?
उत्तर:- ४ (बेलायत,अमेरिका,भारत र चीन)
१०)  नेपाल सरकारले राष्ट्रिय दिवस कहिले मनाउने गरेको छ ?
उत्तर:- हरेक बर्ष मे २८
११)  अंशको पर्यायवाची शब्द भाग हुन्छ भने विपरीतार्थी शब्द के हुन्छ ?
उत्तर:- पूर्णता
१२)  १, ४, ९, १६, २५ र ३६ पछि के राख्दा उपयुक्त हुन्छ होला ?
उत्तर:- ४९
१३)  विषमताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर:- एसिया
१४)  गुरुत्वाकर्षण पत्ता लगाउने बैत्रानिक को हुन् ?
उत्तर:- सर आईज्याक न्यूटन
१५)  विश्वको पहिलो बोल्ने रोबोट अन्तरिक्ष यात्री कुन हो ?
उत्तर:- किरोवा
१६) वि.स. २०७२ पुस ६ मा राजधानीमा सम्पन्न L.G. सातौं डी सिने अवार्डमा सर्वोत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त गर्यो?
उत्तर:- नोभेम्वर रेन
१७) बायु प्रदुषण उच्च भए पछि बेइजिङमा कहिलेबाट विद्यालयहरु बन्द भए?
उत्तर:- 7 Dec, 2015
१८) राष्ट्रिय सदाचार, सदाचार सम्मान-२०७२ बाट कसलाई सम्मानित गरियो?
उत्तर:- डा.गोविन्द के.सी.
१९) Go Go foundation (Good Governace) पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ?
-डा. भगवान कोइराला
२०) नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको सुरुवात कहिलेबाट भयो?
उत्तर:- २०७२ मंसिर १६ गते
२१)  रु.२ लाख राशीको विज्ञान तथा प्रविधि पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ?
उत्तर:- डा. छविलाल गजुरेल
२२)  नेपालमा विकास सहायता नीति कहिले जारी भयो?
२०७१/०२/०३
२३)  फोब्स पत्रिकाले वर्ष व्यक्ति-२०१५ कसलाई घोषणा गर्योा?
उत्तर:- जर्मन चाल्सलर एन्जेला मर्केल
२४)  CNN Hero-2015 बाट सम्मानित व्यक्ति को हुन्?
उत्तर:- म्यागी डोयन, (अमेरिका)
२५)  टेष्ट क्रिकेटको इतिहासमा पहिलो पटक पिक बलमा डे/नाइट टेष्ट कहिले र कहाँ खेलियो?
उत्तर:- नोभेम्वर २७, २०१५ (अष्ट्रेलियाको एडिलेडमा Aus vs NZ)
२६)  युवा तथा खेलकुद मन्त्रालयका अनुसार हाल नेपालमा स्नातक युवा बेरोजगारी कति रहेको छ?
उत्तर:- २६.१५ प्रतिशत
२७)  रुसी विमान इजिप्टमा कहिले ISIS ले खसाल्दा २२४ यात्रीको ज्यान गयो ?
उत्तर:- अक्टोबरउत्तर:- ३१, २०१५
२८)  ISIS ले कहिले फ्रान्समा निन्दनीय आक्रमण गरी १३० भन्दा बढीको ज्यान लियो?
उत्तर:- नोबेम्वर १३, २०१५
२९)  बैंक अफ दि इयर-२०१५ बाट सम्मानित हुने बैंक कुन हो?
उत्तर:- स्टान्डर्ड चार्टर बैंक
३०)  अर्थ मन्त्री बिष्णु पौडेलले कहिले आर्थिक श्वेत पत्र जारी गरे ?
उत्तर:- २०७२/०८/०८ (२% आर्थिक वृद्धीदर खस्कने अनुमान)
३१)  नेपाल सरकारले आ.व. २०७२/०७३ को मौद्रीक नीति कहिले सार्वजनिक गर्यो?
उत्तर:- २०७२ श्रावण ७
३२)  भुकम्प पछिको पुन: निर्माणका लागि नेपाल सरकारले अन्तराष्ट्रिय सम्मेलन कहिले गर्यो ?
उत्तर:- २०७२ असार १०
३३)  नेपाल सरकारले २० वर्षे कृषि विकास रणनीति कहिले सार्वजनिक गर्यो?
उत्तर:- २०७२ मंसिर ४ गते
३४) एभरेष्ट ट्रायल रेस अन्तराष्ट्रिय म्याराथुन-२०७२ को उपाधी कसले जित्यो?
उत्तर:- नेपाली सेनाका भीम बहादुर गुरुंङ
३५)  उप- राष्ट्रपतिमा नन्द बहादुर पुन कहिले निर्वाचित हुनुभयो?
उत्तर:- २०७२।०७।१४ गते
३६)  राष्ट्रपतिमा विद्या देवी भण्डारी कहिले निर्वाचित हुनु भयो?
-२०७२/०७/११
३७) ओन्सारी घर्ति कहिले सभामुखमा निर्वाचित भइन?
-२०७२/०६/२९
३८)  नेपालको संविधान २०७२ को घोषणा कहिले भयो?
-२०७२/०६/०३
३९) के.पि. शर्मा वली नेपालको ३८ औ प्र.म.को रुपमा कहिले निर्वाचित भएका थिए ?
-२०७२/०६/३
४०)  कर प्रणाली सुधार आयोगको गठन कहिले भयो?
-२०७१ कार्तिक ३०
४१)  स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा निधन कहिले भयो?
-२०७२/०५/०४
४२) भारतिय ११ औ राष्ट्रपति APJ अब्दुल कलामको निधन कहिले भयो?
उत्तर:- २०१५, जुलाई २७
४३)  डा. सोमलाल सुवेदी नेपालको २१ औ मुख्य सचिवमा कहिले नियुक्त भए?
उत्तर:- २०७२ श्रावण २०
४४) राजनितिज्ञ एवं साहित्यकार राजेश्वर देवकोटाको निधन कहिले भयो?
उत्तर:- २०७२ श्रावण २५
४५) फुटबल को सर्वोच्च संस्था FIFA ले आर्थिक चलखेल गरेको भन्दै पूर्व अध्यक्ष लाई ८ बर्षको फुटबल मा प्रतिवन्ध लगाएको छ उनको नाम केहो? उत्तर:- सेप बलाटर






Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment