लोक सेवा आयोगको तयारी कक्षा सबैका लागी सबैतिरका केहि प्रश्न-उत्तरहरु !! भाग- पन्ध्र (१५) !!



1. यौनसम्बन्धी पुस्तक सृष्टिको रोमान्स नामक कृतिका लेखक कुन यौन विशेषज्ञ हुन् ??
 डा. सुबोध पोखरेल
2. किलर न्यूमोनिया भनि केलाई चिनिन्छ ??
(महत्वपुर्ण सामान्यज्ञान)
 SARS (Severe Acute Respitatry Syndrome)
3. दाजुको मृत्युपछि भाउजुमा देवरको हक लाग्ने परम्परा कुन जातिमा छ ?? 
 कडौरी
4. राष्ट्रिय खेलकुद परिषदको स्थापना कहिले भयो ?? 
 वि.स. २०१७
5. खड्ग निशाना छापको प्रयोग कुन राणा प्रधानमन्त्रीले सुरु गरेका हुन ??
 वीरशमशेर
6. पुरुष कर्मचारीले मात्र पाउने विदा कुन हो ??
 प्रसुती स्याहार विदा
7. गाडीको हेडलाइटमा, सर्चलाइटमा कुन प्रकारको ऐना प्रयोग गरिन्छ ??
 कन्केभ ऐना

8. सिंहदरवारलाई एशियाकै ठूलो (वि.सं. २०३० सम्म मात्र) र सुविधा सम्पन्न महलको रुपमा कहिले घोषणा गरिएको थियो ??
9. कुनै एउटा सरकारी कार्यक्रममा १०० जना अधिकृतहरू सहभागी थिए ! कार्यक्रमको सुरुमा सबैले सबैसँग हात मिलाए भने त्यहाँ जम्मा कतिपल्ट हाल मिलाइयो होला ?? (GMAT)
शुत्र = n(n-1) /2
= 100(100-1)/2 = 4950 पटक
10. २०७१ कार्तिकबाट कतिऔ नेपाल सम्वत सुरु भएको हो ??
 ११३५

11. ग्रिनबिच रेखा भन्दा पूर्व तर्फ १ डिग्रीमा ४ मिनेट समय चाँडो हुन्छ भने पश्चिम तर्फ १ डिग्रीमा कति समय फरक हुन्छ ?

→ ४ मिनेट ढिलो



12. शून्य डिग्री देशान्तरलाई के भनिन्छ ?

→ प्रधान मध्यान्ह रेखा

13. एक देशान्तरको स्थानिय समयलाई देशभर मानिन्छ भने त्यसलाई के भन्निछ ?

→ प्रमाणिक समय

14. नेपालको प्रमाणिक समय के को आधारमा निर्धारण गरिएको छ ?

→ गौरीशंकर हिमाल(दोलखा)

15. नेपालको प्रमाणिक समय कहिले देखी निर्धारण गरिएको हो ?

→ वि.स.२०४२ बैशाख १

16. नेपालको प्रमाणिक समय अन्तराष्ट्रिय, प्रमाणिक समय(ग्रिनबिच) मिनटाइम) भन्दा कति फरक छ ?

→ ५ घण्टा ४५ मिनेट चलाख

17. स्थानिय सयम निकाल्ने हो भने झापामा साढे १ बज्दा कञ्चनपुरमा कति बज्छ ?

→ १ बज्छ(८ डिग्री फरक छ)

18.उचाई वा गहिराई बिचको दुरीलाई के भनिन्छ ?

→ लम्बवत(Vertical)

19. समतलका दुई स्थान बिचको दुरीलाई के भनिन्छ ?

→ क्षैतिज(Horizental)

20. विश्वका सर्वाधिक उच्च १०९ पर्वतहरु मध्ये कतिवटा हिमालय पर्वतमालामा पर्छन् ?

→ ९६

21. समुद्र भित्रको सबैभन्दा लामो पर्वतमाला कुन हो ?

→ कर्डिलेरा पर्वत

22. विश्वको सबैभन्दा लामो पर्वत माला कुन हो ?

→ एण्डिज

23. विश्वको सर्वाधिक उच्च टापु(पर्वत शिखर) कु हो ?

→ जाजा पिक

24. विश्वको सबैभन्दा ठूलो ज्वालामुखि पहाड कुन हो ?

→ मौनालोआ

25. हिन्दु देवीदेवताहरुको बासस्थान भएको पर्वत कुन हो ?

→ सुमेरु पर्वत

26. हिन्दु ऋषिमुनीहरुको बासस्थान भएको पर्वत भनेर कुन पर्वतलाई चिनिन्छ ?

→ बिन्ध्याचल पर्वत

27. युरोपेली महादेशको एक मात्र सक्रिय ज्वालामुखि पहाड कुन हो ?

→ विसुवियम

28. समुद्रको पिँधबाट सर्वाधिक उच्च पहाड कुन हो ?

→ मौनाकी

29. विश्वको सर्वाधिक फोटो खिचिएको र चित्रलेखन गरिएको पहाड कुन हो ?

→ फुजी(जापान)

30. ग्रीक देवीदेवताहरुको घर भनेर केलाई चिनिन्छ ?

→ माउण्ट ओलम्पस

31. अमेरिकाका चार जना राष्ट्रपतिहरुको मुखाकृति अंकित हपाड कुन हो ?

→ माउण्ट रसमोर

32. विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्ने पहिलो सफल महिला को हुन ?

→ जुन्को तावेई(सन् १९७५ मे १६,जापान)

33. विश्वको सर्वोच्च चुचुरो सगरमाथाको अहिले सम्म कति महिलाले सफल आरोहण गरेका छन् ?

→ पाँच

34. विश्वको सबै भन्दा ठूलो उष्ण प्रदेशीय मरुभुमि कुन हो ?

→ सहारा मरुभुमि

35. विश्वको सबैभन्दा ठूलो बलौटे मुरुभुमि कुन हो ?

→ अ‍ेरेवियन मरुभुमि

36. मरुभुमि नभएको महादेश कुन हो ?

→ युरोप

37. भु–कम्प नाप्ने यन्त्रलाई भे भनिन्छ ?

→ सिस्मोग्राफ

38. भु–कम्प कुन एकाईमा नापिन्छ ?

→ रेक्टर स्केल

39. भु–कम्प उत्पन्न हुने पृथ्वीको भित्री केन्द्रलाई के भनिन्छ ?

→ हाईपो सेन्टर

40. हईटीमा २ लाख भन्दा बढकिो ज्यान जाने गरी ७ रेक्टर स्केलको भु–कम्प कहिले गएको थियो ?

→सन् २०१० जनवरी १३

41. नेपालमा भुकम्प सुरक्षा दिवस कहिले मनाईन्छ ?

→ हरेक बर्ष माघ २ गते

42. भुकम्पीय जोखिमका हिसावले नेपाल विश्वको कतिऔँ स्थानमा छ ?

→ ११ औँ

43. विश्वमा अहिले सम्म भएका भुकम्प मध्ये सबै भन्दा ठूलो भुकम्प कहाँ गएको छ ?

→ भ्याल्डिभिया, चिली(९.५ रेक्टर स्केल,सन् १९६०)

44. ज्वालामुखी निस्कने मुखलाई के भनिन्छ ?

→ क्रेटर

45. प्रशान्त महासागरको वरीपरी फैलिएको ज्वालामुखिको क्षेत्रलाई के भनिन्छ ?

→ प्रशान्त अग्निको घेरा

46. बुनै समयमा चालु हुने र कुनै समयमा बन्द हुने जवालामुखिलाई के भनिन्छ ?

→ सुषुप्त ज्वालामुखि

47. विश्वको सबैभन्दा सक्रिय ज्वालामुखि कुन हो ?

→ मौनालोआ

48. विश्वको सवोच्च स्थानमा रहेको ज्वालामुख िकुन हो ?

→ ओजोस डेल

49. दुई नदीको मिलन बिन्दुलाई के भनिन्छ ?

→ दोभान

50. तीन नदी मिल्ने ठाउँलाई के भनिन्छ ?

→ त्रिबेणी

51. विश्वको सबैभन्दा लामो नदी कुन हो ?

→ नाईल(इजिप्ट)

52. संसारका सबैभन्दा बढी जलराशि भएको नदी कुन हो ?

→ अमेजन नदी

53. नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो ?

→ च्छो रोल्पा(गौरी शंकर हिमालको कोखमा)

54. विश्वको सबै भन्दा ठूलो ताल कुन हो ?

→ क्याप्सियन सागर

55. संसारको सबैभन्दा अग्लो स्थानबाट झर्ने झरना कुन हो ?

→ एञ्जल झरना

56. शुद्ध वायुमा नाईट्रोजनको मात्रा कति हुन्छ ?

→ ७८.०९ प्रतिशत

57. शुद्धवायुमा अक्सिजनको मात्रा कति हुन्छ ?

→ २०.९५ प्रतिशत

58. भारतको थार मरुभुमिबाट ग्रिष्म ऋतुमा वहने तातो वायुलार्य के भनिन्छ ?

→ लु

59. सहारा मरुभुमिबाट उत्पत्ति भई सिसिली हुँदै ईटाल ितिर बहने वायुलार्य के भनिन्छ ?

→ पिसरेक्टो

60. विश्वमा भु–परिवेष्ठित राष्ट्रको संख्या कति छ ?

→ ४८

61. सबै भन्दा बढी भूपरिवेष्गिठत राष्ट्र भएको महादेश कुन हो ?

→ युरोप(१८ वटा)

62. सबैभन्दा कम भु–परिवेष्ठित राष्ट्र भएको महादेश कुन हो ?

→ दक्षिण अमेरिका(२ वटा)

63. एसिया महादेशमा भु–परिवेष्ठित राष्ट्रको संख्या कति छ ?

→१२

64. १६ वटा भु–परिवेष्ठित राट्र भएको महादेश कुन हो ?

→ अफ्रिका महादेश

65. विश्वमा सबै भन्दा ठूलो भु–परिवेष्ठित राष्ट्र कुन हो ?

→ कजाकिस्तान(एसिया)

66. भुपरिवेष्ठित राष्ट्र नभएका महादेश कति छन् ?

→ तीन(उत्तर अमेरिका, अष्ट्रेलिया र अन्टार्कटिका)

67. एसिया महादेशमा सबैभन्दा ठूलो राष्ट्र कुन हो ?

→ चीन

68. पृथ्वीको दक्षिणी ध्रुवमा रहेका महादेश कुन हो ?

→ अन्टार्कटिका

69.भूगोलका पिता भनेर कसलाई चिनिन्छ ?

→ इरेटस्थिनिज

70. एसिया महादेशको उत्तरमा कुन महासागर छ ?

→ सुमेरु

71. मानव भूगोलका जनक भनेर फ्रेडरिक रिटजेललाई भनिन्छ भने मानव भूगोलको विकास कुन शताब्दीमा भएको हो ?

→ १९ औँ

72. नेपालमा भूकम्प सुरक्षा दिवस कहिले देखी मनाउन थालिएको हो ?

→ वि.स. २०५५

73. विश्वको सबैभन्दा ठूलो प्रायद्धिप कुन हो ?

→ अरब प्रायद्धिप

74. विश्वको सबैभन्दा होचो भाग कुन हो ?

→ इजरायलको मृत सागर

75. एसिया महादेशको सबैभन्दा ठूलो मरुभुमि कुन हो ?

→ गोबी मरुभुमि(चीन)

76. एसिया महादेशमा उत्पादन हुने प्रमुख बाली कुन हो ?

→ धान

77. एसिया महादेशको सबैभन्दा लामो नदी कुन हो ?

→ याङ सि क्याङ(चीन)

78. अफ्रिका महादेशको सबैभन्दा लामो पर्वत शृङ्खला कुन हो ?

→ एटलस

79. उत्तर अमेरिकामा रहेको विश्वको सबैभन्दा ठूलो बन्दरगाहको रुपमा चिनिने सहकर कुन हो ?

→ न्यूयोर्क

80. सयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहर कुन नदीको किनारमा रहेको छ ?

→ हड्सन

81. दक्षिण अमेरिकामा अवस्थित विश्वको सबैभन्दा उच्च स्थानमा रहेको राजधानी सहर कुन हो ?

→ लापाज(बोलिभिया)

82. विश्वमा जलस्रोतको प्रथम धनी राष्ट्र भनी कुन देशलाई चिनिन्छ ?

→ बा्रजिल

83. तीन तिरबाट पानी र एकतिरबाट जमिनले घेरिएको भू–भागलाई के भनिन्छ ?

→ प्रायद्धिप

84. युरोप महादेशको सर्वोच्च शिखर माउण्ट एलब्रुज कुन देशमा पर्छ ?

→ रसिया

85. युरोप र एसिया महादेशलाई सयुक्त रुपमा के नामले चिनिन्छ ?

→ युरोसिया

86. पाताल कुवाको लागि विश्वमा प्रशिद्ध महादेश कुन हो ?

→ अष्ट्रेलिया

87. समुद्रको गहिराई नाप्न प्रयोग हुने यन्त्रको नाम के हो ?

→ फेदोमिटर

88. पृथ्वी आफ्नो अक्षमा कति डिग्री कोण पारेर ढल्किएको छ ?

→साढे ६६ डिग्री

89. अक्षांश कुन एकाईमा नापिन्छ ?

→ डिग्री,मिनेट र सेकेण्ड

90. सबैभन्दा लामो अक्षांश रेखा कुन हो ?

→ शून्य डिग्री

91. अक्षांश रेखा कस्तो आकारका हुन्छन् ?

→ पूर्ण वृत्ताकार

92. देशान्तर रेखाहरुको आकार कस्तो हुन्छ ?

→ अर्ध बृत्ताकार

93. सिक्किम प्रान्तकोसिमानामा केन्द्र बिन्दु भएको मिती २०६८ असोज १ गते मा भएको भूकम्प कति रेक्टर स्केलको थियो ?

→ ६.९ रेक्टर स्केल

94. भू–कम्पको देश(ल्याण्ड अफ अर्थक्विक) को उपनामले चिनिने देश कुन हो ?

→ जापान

95.वि.स. १९९० मा नेपालमा गएको भू–कम्प कति रेक्टर स्केलको थियो ?

→ ८.४ रेक्टर स्केल

96. ज्वालामुखि बिस्फोटनको क्रममा पृथ्वीको भित्रि भागमा पग्लिएको अवस्थामा रहेको पदार्थलाई के भनिन्छ ?

→ म्याग्मा

97. ज्वालामुखि बिस्फोट भई पृथ्वीको सतहमा आएको म्याग्मालाई के भनिन्छ ?

→ लाभा

98. लाभा निस्किएको पृथ्वीको सतहको मुखलाई के भनिन्छ ?

→ क्रेटर

99. ज्वालामुखि कति प्रकारका हुन्छन ?

→ तीन(मृत,सुषुप्त र सक्रिय)

100. पाँच नदीको भूमि भनेर भारतको कुन स्थानलाई बुझाउँछ ?

→ पञ्जाब

101. विश्वको सबै भन्दा गहिरो ताल कुन हो ?

→ बैकाल ताल

102. एसिया र अफ्रिका महादेशलाई छुट्याउने नहर कुन हो ?

→स्वेज नहर

103. हिमनदीले बगाएर ल्याएको माटो, बालुवा, झारपात आदी पदार्थलाई के भनिन्छ श्र?

→ हिमोढ

104. कुन देशको हावापानीलाई संसारको चिडियाखानाघर पनि भनिन्छ ?

→ सुडान

105. चन्द्रमाबाट पृथ्वीमा देख्न सकिने मानव निर्मित सम्पदा कुन हो ?

→ द ग्रिट वाल अफ चाइना

106. युरोपको बिरामी उपनामले समेत चिनिने राष्ट्र कुन हो ?

→ टर्की

107. संसाको सबैभन्दा बढी वालुवा बोक्ने नदी ह्वाङहो हो भने, दोस्रो कुन हो ?

→ कोसी

108. एसिया महोदेशको घाँसे मैदानलाई के भनिन्छ ?

→ स्टेप्स

109. कुन हावापानीलाई संसारको चिडियाघर पनि भनिन्छ ?

→ उष्ण मौषमी हावापानी

110. पुथ्वीको कुन क्षेत्रमा शिशिर ऋतु हुँदैन् ?

→ भू–मध्येरेखिय क्षेत्र

111. सहारा मरुभुमि कुन महादेशमा पर्दछ ?

→ अफ्रिका





Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment