केहि जान्नै पर्ने सामान्यज्ञान हरु !!


१) मिस वर्ल्ड-२०१५ को उपाधि जित्ने युवती को हुन्?

✔ स्पेनकी मेरिया लालागुना रोयो

२)”मानिसको गौरव कहिलल्यै नलड्नुमा होइन, जति पटक लडे पनि उठ्नुमा हुन्छ।” भन्ने विचारक को हुन्?
✔ लियो टाल्सटाय

३) लामो समय ओझेलमा परेको पुन: निर्माण प्राधिकरणसम्वन्धी विधेयक व्यवस्थापिका संसदबाट कहिले पारित भयो?
✔ वि.स. २०७२ पुष १

४) २०७२ मङसिर अन्तिम साता राजधानीमा सम्पन्न काठमाण्डौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल २०१५’ (किम्फ) मा अन्तराष्ट्रिय प्रतिस्पर्धातर्फ सर्वोकृष्ट हुन सफल फिल्म कुन हो?
✔ टासी एन्ड द मङक

५) माइपोखरी इलाम जिल्लामा पर्दछ भने सोदुपोखरी कहाँ पर्दछ?
✔ ताप्लेजुङ

६)संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा कति सदस्य रहने व्यवस्था छ ?
✔ १५ (५ स्थायी र १० अस्थायी)

७) रतन्धो (Night Blindness) रोग कुन भिटामिनको कमीले लाग्छ?
✔ भिटामिन ए

८) कुनै पनि औषधि तोकिएभन्दा बढी प्रयोग गर्दा देखिने कडा असर वा हानिकारक असरलाई के भनिन्छ?
✔ Toxic Effect

९) दोस्रो विश्वयुद्धमा जर्मनी र इटालीको नेतृत्व ककसले गरेका थिए?

✔ क्रमश: हिटलर र मुसोलिनी

१०) २००७ सालअघि नेपालको कति राष्ट्रसंग दौत्य सम्वन्ध कायम भएको थियो?
✔ ४ (वेलायत, अमेरिका, भारत र फ्रान्स)

११) अफगानिस्तान सर्वप्रथम कुन दक्षिण एसियाली खेलकुददेखि सहभागी हुन थालेको हो?
✔ नवौं

१२) नेपालमा कुन राणा प्र.म.को पालादेखि जनगणना लिने कार्य सुरु गरिएको हो?
✔ चन्द्र समशेर

१३) सबैभन्दा कम जनसंख्या भएको जाती कुन हो?
✔ कुसुण्डा (२७३ जना)

१४) आवश्यकतामा आधारित उत्प्रेरणाको सिद्धान्तका प्रतिपादक को हुनु?
✔ अब्रहाम मास्लो

१५) नेपालमा नयाँ मुलुकी ऐन कहिलेदेखि लागु भएको हो?
✔ वि.स. २०२० भाद्र १

१६) बैंक वा वित्तिय संस्थाको चल्ती, बचत वा मुद्धती खातामा जम्मा गरिने रकमलाई के भनिन्छ?
✔ निक्षेप

१७) जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कुन मन्त्रालयअन्तर्गत पर्दछ?
✔ वन तथा भू-संरक्षण मन्त्रालय

१८)लठ्टी नाच कुन जातिमा प्रचलित नाच हो?
✔ थारु

१९) मन्त्रिपरिषदको २०७२ पुस ३ को वैठकले कायममुकायम सशस्त्र प्रहरी महानिक्षकमा कसलाई नियुक्त गर्ने निर्णय गर्यो?
✔ दुर्जकुमार राई

२०) हात्तीको बच्चालाई छावा भनिन्छ भने बाघको वच्चालाई के भनिन्छ?
✔ डमरु

२१) वि.स. २०७२ पुस ६ मा राजधानीमा सम्पन्न L.G. सातौं डी सिने अवार्डमा सर्वोत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त गर्यो?
✔ नोभेम्वर रेन

२२) मिश्रित निर्वाचन प्रणाली भन्नाले के बुझिन्छ?
✔ प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मिश्रण

२३) हिउँदमा सुख्खा हुन तथा ग्रीष्ममा वर्षा हुनु कुन जलवायुको विशेषता हो?
✔ मौसमी जलवायु

२४) युवा तथा खेलकुद मन्त्रालयका अनुसार हाल नेपालमा स्नातक युवा बेरोजगारी कति रहेको छ?
✔ २६.१५ प्रतिशत

२५) नेपालको संविधानको कुन धारामा रोजगारीको हक सम्वन्धी व्यवस्था गरिएको छ?
✔ धारा ३३

२६) नेपालको संविधानको कुन धारामा सरकारी सेवाको गठन सम्वन्धी व्यवस्था रहेको छ?
✔ धारा २८५

२७) आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, सहायक एकल महिला, अपांङगता भएका, बालवालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातीका नागरिकलाई कानून बमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था वर्तमान संविधानको कुन धारामा रहेको छ?
✔ धारा ४३

२८) काठमाण्डौंबाट सबैभन्दा नजिक रहेको सार्क राष्ट्रको राजधानी कुन हो?
✔ Thimpu, Bhutan

२९) मुलुकी ऐेन अनुसार दुवै हातका कुनै औंला नभए वा शङखचक्रको रेखा प्रष्ट नदेखिएमा कसको रोहवरमा कागज गराउनु पर्छ?

✔ एकाघरका जहानमा मुख्यको र त्यस्ता नभए अपुताली खाने हकदारको र त्यस्ता पनि नभए हेरविचार गरी आइरहेको संरक्षकको

३०) विश्वको दोस्रो सर्वोच्च शिखर गड्विन अस्टिन कहाँ रहेको छ र यसको उचाई कति छ?
✔ पाकिस्तान, ८६११ मिटर

३१) नेपालको कुन संविधानमा पहिलो पटक मानव अधिकार आयोगको व्यवस्था गरियो?
✔ नेपालको अन्तरिम संविधान, २०६३

३२) सफलताको रहस्य यही हो जतिखेर निमीलाई सफलता पाउने त्यस्तै तीव्र इच्छा हुन्छ जस्तो कि पानीभित्र टाउको रहँदा हावाको आवश्यकता हुन्छ, तब मात्र तिमीले सफलता पाउन सक्छौ ।” भन्ने विचारक को हुन?
✔ सुकरात

३३) युनेस्कोको लागि नेपाल राष्ट्रिय आयोगको गुडविल मिडिया एम्बेसेडर घोषित हुने पत्रकार कोको हुन?
✔ विन्देश्वरप्रसाद मण्डल, कुवँरकान्त झा र दशरथ भण्डारी

३४) सन् २०१५ डिसेम्वर २१ मा अमेरिकाको लासभेगसमा सम्पन्न मिस यनिभर्स २०१५ को भईन?
✔ पिया अलोन्सो बुर्ट्जबाक (फिलिपिन्स)

३५) हाल सम्म UNO को वडापत्रमा कतिपटक संशोधन भएको छ?
✔ ५ पटक








Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment