दीपावलीलाई आलोक पर्वको रूपमा लिइन्छ । प्राचीनकालदेखि नै आलोक पर्वलाई जीवनको प्रेरणाको रूपमा स्वीकार गरिएको पाइन्छ । ऋग्वेदका ऋषिले भन्छन्– तव त्रिधातु पृथिवी उतद्यौर्वैश्वानरव्रतमग्ने सचन्त । त्वम् भासा रोदसी अततन्थाजस्रेण शोचिषाशोशुचान: । (ऋक ७/५/४) अर्थात् हे वैश्वानर, अन्तरिक्ष, पृथ्वी र द्युलोक तिम्रै कर्मव्यवस्था धारण गर्दछन् । तिमी प्रकाशद्वारा व्यक्त भएर पृथ्वी र आकाशमा व्याप्त छौं तथा आफ्नो अजस्र तेजले उद्भाषित छौं । मानिसको अन्तर्जगतको आलोकप्रति ऋग्वेदका ऋषि भन्छन्– अयं कविरकविषु प्रचेता मतेष्वग्निरमृतो नि धायी । समानो अत्र जुहुर: सहस्व: सदा त्वे सुमनस्य: स्याम ।। (ऋक ६/४/४) अर्थात् हे प्रकाशदायक अग्नि, तिमी अकविहरूमा कवि भएर र मत्र्यहरूमा अमृत भएर स्थापित छौं । हे तेजस्विनी, तिमीद्वारा यस लोकमा हाम्रो हानि नहोस् तथा हामी प्रसन्नचित्त रहन सकौं । प्रकाशको प्रखर अभिव्यक्ति जीवनको उध्र्वगमनको म·लमय उत्सव हो । यस प्रकार प्रकाशको अभिव्यक्तिलाई जति प्रतीकात्मक सौन्दर्य दीपकले दिन सक्दछ, त्यति अन्य कुनै अर्को उपकरणले दिन सक्दैन । यस आलोक उत्सवको उपलक्ष्यमा यसै कारणले दीपावलीमा दियो बालेर मानिसले आफ्नो अन्तर्मन र बाह्य मनको तिमिरलाई झल्लमल्ल प्रकाशको उज्यालोद्वारा टाढा भगाउँछन् ।
पुराणकालमा सापा· दीपावलीको उल्लेख रहेको पाइन्छ । पद्मपुराण तथा स्कन्धपुराणमा यस उत्सवको विशेष रूपरेखा प्रस्तुत गरिएको पाइन्छ । ती पुराणहरूमा मूलत: यसलाइ सामूहिक उल्लासका साथ लक्ष्मी वा सुम·लासमृद्धिको आह्वान दिवसको रूपमा वर्णित गरिएको पाइन्छ । वस्तुत: वैदिककालदेखि नै लक्ष्मी श्री वा समृद्धिको पर्यायको रूपमा अवस्थित रहेकी देखिन्छिन् । लक्ष्मीको साथमा कमलको कल्पना पनि प्राचीन नै हो । अरुणोदयको बेलामा फुल्ने आलोकोन्मुख कमलको विशेषताहरू त्यसलाई केवल फूल मात्र होइन, त्यसलाई लक्ष्मीको स·िनी पनि बनाइदिएको छ । लक्ष्मी आलोक, म·ल र समृद्धिका तथा अलक्ष्मी अन्धकार, अम·ल र दाद्रियको पर्याय हो । अत: आलोकको आह्वान–मुहूर्तमा लक्ष्मीको आह्वान स्वाभाविक भएको तथा लक्ष्मीको दीपलक्ष्मीको रूपमा कल्पना गरिन्छ ।
दीपोत्सवको शुभ अवसरमा शक्ति पूजाको उद्गम ऋग्वेद र देवीसुक्तमा वर्णन गरिएको पाइन्छ– अहं राष्ट्री स·मनी वसूनां चिकितुषी प्रथमा यज्ञिमाताम् । तां मां देवा व्यदधु: पुरुत्रा भूरिस्थात्रां भूर्यावेशयन्तीम् ।
(ऋक.१०/१२५/३) अर्थात् म राष्ट्रकी स्वामिनी, ऐश्वर्यहरूलाई प्राप्त गर्ने, ज्ञानवती र यज्ञद्वारा उपास्यहरूमध्ये प्रथम हुँ । देवहरूले शक्ति प्रदान गर्न मलाई नै विभिन्न स्थानहरूमा राखेका छन् । मेरो आश्रय विराट छ तथा म जम्मै प्राणीहरूमा आविष्ट छु । आध्यात्मिक, सांसारिक तथा अन्य सिद्धिहरू प्राप्त गर्नका लागि यो मन्त्रको अविर्भाव भएको हो । तन्त्रशास्त्रहरूमा पनि विभिन्न शक्तिहरूको सिद्धिप्राप्ति गर्नका लागि यो पर्वलाई अनुष्ठानको रूपमा मनाइने परम्परा रहेको पाइन्छ ।
दीपावलीको साँझपख शहर वा गाउँका गृहस्थहरूद्वारा घर–घरमा पाकेको माटाको दियरी आलस, तोरीको तेल वा शुद्ध घ्यूले घरको कुनाकाप्चा तथा कौंसीमाथि लहरै बालिन्छ । केटाकेटीहरूले गच्छे अनुसारका विभिन्न किसिमका पटाका, छुडछुडी, बम तथा रकेट उडाएर मनोरञ्जन गर्छन् । गृहस्थको घर–घरमा दाल, भात, दही तथा विभिन्न किसिमका तरुवा, पकौडी, पापड, अचार जस्ता परिकार तयार हुन्छन्, जसलाई सबैभन्दा पहिले गाई–गोरुलाई ख्वाएर मात्र घरका मानिसहरूले खान्छन् । साधारण गृहस्थहरूको घरमा पनि कात्तिक औंसीको रात्रि प्रहर वा शुभ साइतमा लक्ष्मी माताको श्रद्धा र विश्वासका साथ पूजा आराधना हुन्छ । भगवती महालक्ष्मी चल–अचल, दृश्य–अदृश्य सबै सम्पत्तिहरू, सिद्धिहरू तथा निधिहरूको अधिष्ठात्री साक्षात् नारायणी हुन् । भगवान् श्री गणेश सिद्धि–बुद्धिका तथा शुभ–लाभका स्वामी तथा सबै अम·ल र विघ्नहरूका नाशक हुन् । श्री गणेश सत्बुद्धि प्रदान गर्ने देवता हुन् । अत: महालक्ष्मीका साथै गणेशको पूजनले कल्याण, म·ल तथा आनन्द प्राप्त हुन्छ । महालक्ष्मी तथा श्री गणेशको पूजनका साथै श्रीदेहलीविनायक, मसिपात्र, लेखनी, सरस्वती, कुबेर, ढक–तराजु तथा दीपमालाको पनि विधिवत् पूजन गर्ने परम्परा छ ।
धार्मिक जनविश्वास अनुसार माता लक्ष्मीको यस प्रकारले पूजा आराधना गर्दा लक्ष्मीजीका साथै उनकी बहिनी दरिद्रा (अलक्ष्मी) पनि आइपुग्छिन् । लक्ष्मी पूजाको रातभरि दुइटै दिदीबहिनीलाई घरमैं बास गराएर रात्रिको तेस्रो प्रहरमा दरिद्रालाई घरबाट धपाइन्छ । यस कामका लागि घरमुली महिलाले नाङलोलाई उल्टो पारेर हसियाले ठोकी ठटाएर– इशर रहस, दलिदर भागस... इशर रहस, दलिदर भागस... इशर रहस, दलिदर भागस... भन्दाभन्दै र नाङलो ठटाउँदै घरको कुनाकाप्चा चहार्दै अन्त्यमा लगेर गोबरको मानमा हसिया छिराएपछि दरिद्राको प्रभावबाट कल्याण हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ । यसवर्षको दीपावलीको शुभ अवसरमा सुख, समृद्धि, शान्ति, आरोग्य तथा सद्बुद्धिका लागि शुभकामना व्यक्त गर्दै माता महालक्ष्मी तथा दीपावलीलाई श्रद्धापूर्वक नमस्कार गरौं– त्वंज्योतिस्तवं रविश्चन्द्रो विद्युदग्निश्च तारका: ।
सर्वेषां ज्योतिषां ज्योतिर्दीपावल्यै नमो नम: ।।

0 comments:
Post a Comment