आज हाम्रो देश नेपालमा सामाजिक शिक्षा विषयको पढाइ चुनौतीको विषय बनेको छ । यसको एकमात्र कारण यसमा समावेश गरिएका विभिन्न विषयवस्तुहरू हुन् । कक्षा १ देखि ३ सम्म यसमा आफू, आफ्नो परिवार तथा छरछिमेक, हाम्रो परम्परा, सामाजिक मूल्य र मान्यता, सामाजिक समस्या र समाधान, नागरिक चेतना, हाम्रो पृथ्वी, हाम्रो विगत, हाम्रो क्रियाकलाप पढाइन्छ भने कक्षा ४ र ५ मा स्थानीय विषयवस्तुलाई समावेश गरिएको छ र कक्षा ६ देखि ८ सम्म हामी र हाम्रो समाज, जनसङ्ख्या शिक्षा, हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग लाई पाठ्यक्रममा समावेश गरिएको छ । यसैगरी कक्षा ९ र १० मा हामी हाम्रो समुदाय र राष्ट्र, विकासका पूर्वाधारहरू, हाम्रो पृथ्वी अन्तर्गत नेपाल र विश्वको भूगोल, हाम्रो विगत अन्तर्गत नेपाल र विश्वका घटनाक्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध अन्तर्गत शान्ति र सहयोग विषयलाई समावेश गरिएको छ ।
यी विषयवस्तुहरू पढाउनका लागि विज्ञानजस्तै प्रश्नोत्तर विधि, प्रदर्शन विधि, समस्या समाधान विधि, अवलोकन विधि, छलफल विधि, खोज विधि, अभिनय विधि, परियोजना विधि, कथा वाचन विधि, घटना अध्ययन विधि निर्धारित गरिएको छ । यी विधिहरूको समुचित प्रयोगले प्राथमिक कक्षाका विद्यार्थीहरूमा अवलोकन, वर्गीकरण, समस्या समाधान गर्ने र विश्लेषण गर्ने क्षमताको विकास हुन्छ । माथिल्लो कक्षाहरूमा समाजका विभिन्न पक्षहरू, समाजमा निरन्तर भइरहेको परिवर्तनको विश्लेषण, मानव र प्रकृतिको विभिन्न क्षेत्रहरूको विश्लेषण, आर्थिक पक्षहरूको विश्लेषण गर्ने पद्धति र सोचको विकास हुन्छ । समग्रमा भन्नुपर्दा यो विषय राष्ट्र निर्माणका लागि अति आवश्यक विषयको रूपमा रहेको छ ।
तर प्रारम्भिक कक्षाहरूमा सामाजिक शिक्षालाई गम्भीर विषयको रूपमा लिइँदैन । यसको एक मात्र कारण मेरो दृष्टिकोणमा के रहेको छ भने प्राय: जसो मानिसहरू के ठान्दछन् भने यसमा विज्ञान र गणितजस्ता केही कुरो छैन जुन वास्तविक जीवनमा काम लागोस् । समाजको यस्तो सोचले नै यस विषयलाई दोस्रो दर्जाको विषय बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस कारण माथिल्लो कक्षामा यस विषयसँग सम्बन्धित विषयहरू जस्तै राजनीतिशास्त्र, समाजशास्त्र, इतिहास वा भूगोल विषय रोज्ने विद्यार्थीहरूलाई कमजोर ठानिन्छ । यसको प्रमुख कारण के हो भने केही खास किसिमका व्यवसायलाई मात्र हाम्रो समाजमा उपल्लो दर्जा प्राप्त छ ।
यहाँ ध्यान दिनुपर्ने अर्को कुरो के हो भने जुन विद्यार्थीले विज्ञान विषय रोजेर पनि त्यसमा राम्रो गर्दैन, उसलाई पनि कमजोर नै ठानिन्छ । यहाँ सामाजिक दृष्टिकोणले के स्पष्ट हुन्छ भने विज्ञान र गणितजस्ता विषयमा कमजोर विद्यार्थी नै यस्ता विषय रोज्दछन् । यसको दोस्रो कारण के हुन सक्दछ भने सामाजिक शिक्षाजस्ता विषय रसहीन हुनुका साथै जीवनमा आर्थिक उपार्जनको कुनै रमाइलो सपना देखाउँदैनन् । यसको तेस्रो कारण यस विषयको उदय केही वर्ष पहिले भएको र यसमा लगातार परिमार्जन भइरहेको हुनसक्छ ।
कुनै पनि विषयलाई सरल र जटिल बनाउन सकिन्छ । यदि विद्यार्थीहरूलाई शुरुदेखि नै यो विषय कठिन र त्यो विषय सरल हो भन्न थालियो भने उनीहरूको मनमा पनि त्यस्तै धारणा बस्न थाल्छ । परिणामस्वरूप धेरै विद्यार्थी विज्ञान र गणितलाई जटिल र सामाजिक शिक्षालाई सरल ठान्ने भ्रममा पर्छन् । वास्तवमा कुनै पनि विषय सरल वा कठिन हुँदैन । यो मात्र व्यक्तिको रुचि र अभ्यासमा निर्भर गर्दछ ।
सामाजिक शिक्षामा भएका धेरै प्रकृतिका विषयहरू शिक्षकहरूका लागि चुनौतीको विषय रहेको छ । वास्तवमा कुनै पनि सामाजिक, आर्थिक, राजनीतिक वा सांस्कृतिक घटनाको पछाडि सबैको आआफ्नो विचार, सवाल र जवाफ हुन्छ । यस परिप्रेक्ष्यमा शिक्षकले यदि यी कुराहरूमाथि ध्यान पुर्याउँदैन भने शिक्षण अरुचिकर हुने सम्भावना बढी हुन्छ । कुनै पनि विषयप्रति अरुचिले नै सुग्गा रटाइलाई बढावा दिने गर्छ ।
सामाजिक शिक्षा विषय अध्ययन गराउँदा पाठमा भएका सामग्रीसँगसँगै जीवनको अनुभवलाई जोड्नुपर्छ । यसको साथसाथै शिक्षकले त्यसलाई पढाउँदा कुन विधि उपयुक्त होला भन्ने ध्यान पनि पुर्याउनुपर्छ । यसो गर्दा कक्षा शिक्षण पनि अरुचिकर हुँदैन । यस कारण के भन्न सकिन्छ भने यदि शिक्षक उत्साही र सृजनशील छन् भने पाठ्यपुस्तकमा दिइएका सामग्री कमसल भए तापनि राम्रो शिक्षण गर्न सकिन्छ तर विडम्बना र चिन्ताको विषय के छ भने हाम्रा शिक्षकहरू उत्साही र अध्ययनशील छैनन् । यस कारण सामाजिक शिक्षा जस्ता सरस विषय पनि कक्षा शिक्षण गराउँदा विद्यार्थीहरूलाई प्राय: नीरस लाग्ने गर्छ । यसका लागि तल उल्लिखित कुरामाथि ध्यान दिनुपर्ने खाँचो छ ।
प्रारम्भदेखि नै सामाजिक शिक्षा विषयको शिक्षक र प्रशिक्षक भएको नाताले के भन्न चाहन्छु भने यस विषयलाई पढाउने शिक्षकहरूसँग धेरै सीमित विषयगत जानकारी छ । यसका लागि सबैभन्दा पहिले पाठ्यपुस्तकलाई गम्भीरतापूर्वक स्वयं अध्ययन गनुपर्ने हुन्छ । त्यसपछि पाठसँग सम्बन्धित अन्य थप सामग्रीको अध्ययन गर्नुपर्छ । मेरो के धारणा रहेको छ भने यदि मेरो विषयगत जानकारी गहिरो छ भने म कुनै न कुनै यस्तो तरिका अवश्य भेट्छु जसबाट अरूलाई बुझाउन सजिलो हुन जान्छ ।
सामाजिक शिक्षासँग सम्बन्धित कुनै पनि मुद्दामा शिक्षकहरूले यदि आफ्नो विद्यार्थीहरूमा सोच्ने, बुझ्ने र निर्णय लिने क्षमता विकसित गर्न चाहन्छन् भने शिक्षकले आफ्नो विचार सङ्क्षिप्तरूपमा प्रस्तुत गर्नुपर्छ तर यदि विद्यार्थीहरूले प्रश्न खडा गरेर तपाईंको विचार जान्न चाहन्छन् भने सटीक विचार प्रस्तुत गर्नुपर्छ । एउटा शिक्षकले स्वयं आफ्नो विचार व्यक्त गरेर विद्यार्थीहरूको स्वतन्त्र अभिव्यक्तिको प्रक्रियालाई रोक्नुहुँदैन अन्यथा विद्यार्थीहरूले शिक्षकको विचारलाई नै आत्मसात् गर्न सक्छन् वा यसो गर्दा विरोधी विचार अपनाउने सम्भावना पनि बढी हुन्छ । यस कारण शिक्षकहरूले सामाजिक शिक्षा अध्ययन गराउँदा कक्षामा सबैलाई समानरूपले भयरहित भई आफ्नो विचार राख्ने मौका प्रदान गर्नुपर्छ ।
उदाहरणका लागि शिक्षकले लोकतन्त्रमा विचारको स्वतन्त्रतालाई महत्त्वपूर्ण छ भनिरहेका छन्, तर व्यवहारमा आफ्नो कक्षामा कहिले पनि यस्तो वातावरण निर्माण गर्दैनन्, जहाँ विद्यार्थीहरू खुलेर प्रश्न गर्न सकून् । सामाजिक शिक्षा पढाउँदा विद्यार्थीहरूलाई शिक्षकजस्तै आफ्नो विचार व्यक्त गर्न लगाउनुपर्छ । यहाँ शिक्षकहरूले के बुझ्नुपर्छ भने लोकतन्त्रमा तपाईंको विचार नै सर्वोपरि छैन । कोही विद्यार्थी यदि तपाईंले व्यक्त गरेको सुझावको विपरीत विचार राख्छ भने त्यस विचारलाई तुरुन्त गलत भन्नुहुँदैन । लोकतान्त्रिक प्रक्रियालाई व्यवहारमा उतार्न विद्यार्थीहरूलाई प्रश्न सोध्ने र आफ्नो मत दिने अवसर प्रदान गर्नुपर्छ । विषयवस्तुसँग सम्बन्धित यदि कुनै विचार समुदायमा चलिरहेको छ भने त्यसलाई पनि कक्षामा सामेल गर्नुपर्छ । यसो गर्दा विद्यार्थीहरूमा जीवनको व्यावहारिकतामा सामाजिक शिक्षाको उपयोगिता बुझ्न मदत पुर्याउँछ । यसरी गर्दा विद्यार्थीहरूको रट्ने बानीमा र्हास आउँछ ।
जुन बेला कुनै समस्यामाथि निर्णय लिनुपर्ने हुन्छ, प्राय: मानिसहरू समाजबाट समर्थन प्राप्त तर वर्तमान सन्दर्भमा आफ्नो अर्थ गुमाइसकेका मतप्रति बढी आकर्षित हुने गर्छन् । कैयौंपटक मानिसहरूले कुनै समस्याको समाधान नै छैन भन्नेगरी प्रस्तुति दिइरहेका हुन्छन् जुन वास्तवमा सत्य होइन । यसको अर्थ हामीभित्र विकल्प खोज्ने अभ्यासको कमी छ । यस कारण हरेक समस्याको कम्तीमा दुई–तीनवटा विकल्प विद्यार्थीहरूलाई खोज्न लगाउनुपर्छ । त्यसपछि ती विकल्पहरूको विश्लेषण गरेर कुन विकल्प अपनाउँदा राम्रो हुन्छ भन्ने कुरा तर्कसहित किटान गर्नुपर्छ । यदि शिक्षकहरू यस प्रकारको अभ्यास आफ्नो कक्षामा गराउन सफल हुन्छन् भने केही साताभित्रै उनीहरू विकल्पसहित कुनै पनि समस्याको समाधान गर्न सफल हुन्छन् । यो अभ्यास गराउँदा शिक्षकहरूले मात्र सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ ।
रट्ने बिमारीको एउटा प्रमुख कारण के हो भने शिक्षकहरूले आफ्नो विचार लेख्ने विद्यार्थीहरूलाई बढी अड्ढ दिने गर्छन् । के यसो हुन सक्दैन, विद्यार्थीहरूले आफैं प्रश्न बनाएर आपैंm जवाफ पनि देऊन् । यदि हामीले यसरी जवाफ खोज्ने अभ्यास कक्षामा गर्यौं भने निश्चितरूपले कक्षामा परस्पर सिक्ने र सिकाउने वातावरण निर्माण हुन्छ र विद्यार्थीसहित शिक्षकले पनि आनन्दको अनूभूति गर्छन् ।
शिक्षकहरूले विद्यार्थीहरूलाई कक्षा शिक्षणबाहेक यस्तो अवसर उपलब्ध गराउनुपर्छ जसमा विद्यार्थीहरू स्वयं कुनै संस्था, कार्यालय, कुनै ठाउँको भ्रमण गरेर त्यहाँको जानकारी हासिल गर्न सकून् । यसका लागि पहिले विद्यार्थीहरूमा प्रश्न गर्ने बानी विकास गर्नु आवश्यक हुन्छ । त्यहाँ गएर उनीहरूले जति प्रश्न सोध्छन्, उनीहरूलाई त्यतिकै बढी जानकारी प्राप्त हुन्छ ।
सामाजिक शिक्षामा यस्ता धेरै मुद्दाहरू हुन्छन् जसलाई विद्यार्थीहरूको समूह तयार गरी प्रोजेक्ट कार्यको रूपमा दिन सकिन्छ । यसबाट उनीहरूमा विषयप्रति समझको साथसाथै प्रश्न निर्माण गर्ने, त्यसबारे जानकारी प्राप्त गर्ने, त्यसको विश्लेषण र निष्कर्ष निकाल्ने सीप विकास हुन्छ । परस्पर सहयोग गर्ने भावनाको विकास, समूहमा काम गर्ने बानीको विकास, उनीहरूभित्र मानवीय मूल्य र मान्यताको विकासको सम्भावना यस्ता कार्यहरूमा बढी हुने गर्दछ । यसो भन्नुको अर्थ एकअर्कालाई सहयोग गर्नु, एकअर्काको विचारप्रति संवेदनशील हुनु र एउटा सर्वमान्य विचार तयार गर्नु जस्ता भावनाहरूको विकास हुनु हो ।
सामाजिक शिक्षा पढाउने शिक्षकहरूले पाठ्यपुस्तक बाहेकको जानकारीलाई पनि शिक्षणमा सामेल गर्नुपर्छ जस्तै समाचारपत्र पढ्नु, चित्र कोर्नु, पत्र लेख्नु, संस्मरण लेख्नु, चलचित्र जस्ता कुराहरूलाई आधार बनाएर शिक्षणलाई रुचिकर बनाउन सक्छन् । यदि यस प्रकार सामाजिक शिक्षाको शिक्षण गरियो भने विद्यार्थीहरू विद्यालयको शिक्षाबाहेक बाहय ज्ञानले पनि परिपूर्ण हुन्छन्, जुन व्यावहारिक जीवनमा धेरै काम लाग्छ । उनीहरूमा रट्ने प्रवृत्ति अन्त्य हुन्छ । शिक्षणमा स्थानीयताले प्रवेश पाउँछ । यस कारण सामाजिक शिक्षा पढाउने शिक्षकहरूसँग मेरो अनुरोध के छ भने तपाईंले पनि यसलाई अभ्यासमा ल्याएर सकारात्मक परिणामको अनुभूति स्वयं गर्नुहोस् ।

0 comments:
Post a Comment