भाषाशास्त्रीहरूको भनाइको समन्वय गरेर हेर्दा आर्य–युरोपेली वा भारोपेली भाषा परिवारको आर्य–इरानेली शाखाको एउटा भेदलाई आर्य भाषा मानिएको छ । यसलाई पनि तीन भागमा बाँडिएको छ–
यही आधुनिक आर्य भाषा, मागधी प्राकृतको मागध अपभ्रंश रूपबाट असमी, मैथिली, अवधी तथा मगहीको साथमा भोजपुरी भाषाको उत्पत्ति भएको हो भन्ने मान्न सकिन्छ । नेपालको पूर्वी तराईमा मैथिली, मध्य तराईमा भोजपुरी तथा पश्चिमी तराईमा अवधी भाषा लोकव्यवहारमा प्रचलित रहेको अवस्था विद्यमान छ भने चारकोसे झाडीको दक्षिण तथा भित्री तराईमा थारू भाषा प्रचलनमा रहेको पाइन्छ । डा. हाजसनले ‘थारू’ नेपालको तराईमा निवास गर्ने थारू जातिको बोली हो भनेका छन् । उनले थारूहरू भारतको बहराइचदेखि चम्पारणसम्म बसोवास गरेका छन् तथा यिनीहरूको बोली वस्तुत: विकृत भोजपुरी हो भन्ने निष्कर्ष निकालेका छन् । थारू भाषामा एउटा आश्चर्यजनक विशेषता के देखिन्छ भने थारूभाषी मानिसहरूको तराईको प्राय: प्रत्येक जिल्लामा उपस्थिति देख्न सकिन्छ तर उनीहरूले बोल्ने भाषाको रूप जिल्लैपिच्छे फरकफरक छ । आफ्नो घरव्यवहारमा थारूहरू भोजपुरीभाषी जिल्लामा भोजपुरीमा, मैथिलीभाषी जिल्लामा मैथिलीमा तथा अवधीभाषी जिल्लामा अवधी भाषामा नै बोल्दछन् । हुनत थारू भाषा नेपालको मेचीदेखि महाकालीसम्ममा बोलिन्छ तर ती बोलीहरूमा एकरूपता भने छैन । झापा जिल्लामा बोलिने थारू भाषा कैलाली जिल्लामा बस्ने थारू जातिले बुझ्दैनन् भने मध्य तराईका थारूहरूद्वारा बोलिने थारू भाषा झापा वा कञ्चनपुरका थारूहरूले बुझ्न सक्दैनन् । भाषाको अध्ययनको क्षेत्रमा महत्त्वपूर्ण काम गरेका प्रसिद्ध भाषाशास्त्रीहरू डा. ग्रियर्सन, डा. आर्चर, डा. होर्न, डा. सुनीतिकुमार चाटुज्र्या प्रभृति विद्वानहरूले आफ्नो कुनै पनि अध्ययनपत्रमा बज्जिका भाषाको कतै पनि उल्लेख नगरेका छैनन् । बज्जिका भाषा वस्तुत: पूर्वमा बोलिने मैथिली तथा पश्चिममा बोलिने भोजपुरी भाषाको सीमान्तकृत सन्धिस्थलको भाषा हो । अत: यस भाषामा मैथिली र भोजपुरीको छाया स्पष्ट देख्न सकिन्छ । उदाहरणको रूपमा जानुको अर्थमा मैथिलीमा ‘गेलाह’ र भोजपुरीमा ‘गइल’ शब्दको प्रयोग हुन्छ भने बज्जिका भाषामा त्यसै अर्थको लागि ‘गेल’ शब्द प्रयोग हुन्छ ।
नेपालको तराईमा पूर्वमा मैथिली, मध्यमा भोजपुरी तथा सुदूरपश्चिममा अवधी भाषा लोकव्यवहारमा रहेको छ । नेपालको चारकोसे झाडीको दक्षिणमा बसोवास गरेका थारू जातिले बोल्ने भाषालाई उनीहरूले थारू भाषा भन्छन् । पूर्वी रौतहट तथा पश्चिमी सर्लाहीको सानो क्षेत्रमा बसोवास गरेका मानिसहरूले बोल्ने भाषालाइ उनीहरूले बज्जिका भाषा भन्ने गर्छन् ।
राष्ट्रिय जनगणना अनुसार नेपालमा नेपाली बोल्ने मानिसहरूको जनसङ्ख्या एक करोड अठार लाख छब्बीस हजार नौ सय त्रिपन्न (कुल जनसङ्ख्याको ४४ दशमलवछव ४ प्रतिशत) रहेको छ । यस हिसाबले नेपाली भाषा नेपालको पहिलो भाषा, तीस लाख बयानब्बे हजार पाँच सय तीसजनाले बोल्ने (कुल जनसङ्ख्याको ११ दशमलव ६७ प्रतिशत) मैथिली भाषा दोस्रो स्थान, पन्ध्र लाख चौरासी हजार नौ सय अन्ठाउन्नजनाले बोल्ने (कुल जनसङ्ख्याको ५ दशमलव ९८ प्रतिशत) भोजपुरी तेस्रो भाषा, पन्ध्र लाख उनान्तीस हजार आठ सय पचहत्तरजनाले बोल्ने (कुल जनसङ्ख्याको ५ दशमलव ७७ प्रतिशत) थारू भाषा चौथो स्थान, सात लाख त्रियान्नब्बे हजार चार सय सोरहजनाले बोल्ने बज्जिका भाषा (कुल जनसङ्ख्याको २ दशमलव ९९ प्रतिशत) आठौं स्थान, पाँच लाख एक हजार सात सय बाउन्नजनाले बोल्ने (कुल जनसङ्ख्याको १ दशमलव ८९ प्रतिशत) अवधी भाषा बार्हौं स्थानमा स्थापित रहेको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार विभिन्न भाषा परिवारहरूमध्ये नेपालमा जम्मा १२५ वटा भाषाहरू बोलचालमा प्रयोग हुन्छन् र ती जम्मै भाषाहरूलाई राष्ट्रिय भाषाको रूपमा मान्यता प्राप्त रहेको अवस्था छ । राष्ट्रिय जनगणना २०४८ अनुसार नेपालमा बोलिने भाषाहरूको सङ्ख्या जम्मा ९१ वटा, राष्ट्रिय जनगणना २०५८ अनुसार नेपालमा बोलिने भाषाहरूको सङ्ख्या जम्मा ९२ वटा रहेको थियो भने राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषाहरूको सङ्ख्या दश वर्षमा एक्कासि बढेर १२५ वटा हुन पुग्यो । भाषाशास्त्रीहरूका विचारमा यो एउटा चमत्कार हो किनकि कुनै पनि नयाँ भाषाको जन्म हुनलाई शताब्दीयौं लाग्ने गरेको तथ्य विद्वानहरूले प्रस्ट पारेका छन् ।
कुन भाषा परिवारमा कुन नयाँ भाषाको कसरी जन्म भयो यस बारेमा जनगणनाको प्रतिवेदन मौन छ । करोडौं सरकारी रकम खर्च गरेर तयार पारिएको सो प्रतिवेदनमा नयाँ भाषाको एक्कासि जन्मको बारेमा देखिएको मौनताले ठूलो रहस्यमय आशड्ढा उत्पन्न गर्दछ । सो प्रतिवेदनमा देखाइएका भाषाहरूको तथ्याड्ढमा अरू पनि थुप्रै चमत्कारहरू विद्यमान रहेका देखिन्छन् । उदाहरणको रूपमा नेपालमा बोलिने भोजपुरीभाषीहरूको जनसङ्ख्याको तथ्याड्ढलाई लिन सकिन्छ । राष्ट्रिय जनगणना २०४८ अनुसार नेपालमा भोजपुरी भाषा बोल्ने मानिसहरूको जनसङ्ख्या कुल जनसङ्ख्याको ७ दशमलव ५ प्रतिशत, राष्ट्रिय जनगणना २०५८ अनुसार नेपालमा भोजपुरी भाषा बोल्ने मानिसहरूको जनसङ्ख्या राष्ट्रिय कुल जनसङ्ख्याको ७ दशमलव ५३३ प्रतिशत रहेको तथा राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा भोजपुरी भाषा बोल्ने मानिसहरूको जनसङ्ख्या कुल जनसङ्ख्याको ५ दशमलव ९८२२ प्रतिशत रहन गएको छ ।
अर्थात् राष्ट्रिय जनगणना २०५८ अनुसार देशको वार्षिक जनसङ्ख्या वृद्धिदर २ दशमलव २५ प्रतिशत रहे पनि २०६८ को जनगणनामा पूर्वको ७ दशमलव ५३३ प्रतिशतबाट घटेर ५ दशमलव ९८२२ प्रतिशतमा झर्नुलाई केन्द्रीय तथ्याड्ढ विभागको चमत्कार रहेको तथ्य मान्नुपर्ने बाध्यता रहेको छ ।
- प्राचीन आर्य भाषा,
- मध्यकालीन आर्य भाषा
- आधुनिक आर्य भाषा ।

(स्मरण रहोस् भाषा सम्बन्धि तथ्याङ्क राष्टिय जनगणना २०५८ र पहिले को मा नै मतभेद रहेको छ । )
0 comments:
Post a Comment