मिथिला समाजका केही प्रमुख सामाजिक प्रचलनहरू !!


नेपालको विविधताले भरिएको देश हो । यहाँका हरेक कुराहरुमा हामि बिविधता पाउन सक्छौ । जैबिक, भौगोलिक, साँस्कृतिक, धार्मिक, सामाजिक, आदि हरेक कुरामा यहाँ विबिधता पाईन्छ । यस्तैमा सामाजिक अन्तर्गत एक उल्लेखनिय मा मिथिला क्षेत्रको समाज हो, मिथिला क्षेत्रको समाजमा प्रचलित केही यस्ता प्रचलनहरू छन्, जुन यस क्षेत्रको संस्कृतिको उल्लेखनीय भागको रूपमा विद्यमान रहेका देखिन्छन् । यसमध्ये ‘नुत’, ‘भोज’, ‘भार’, ‘सनेस’, ‘बएन’, ‘व्यवहार’, ‘उकठ’ इत्यादि प्रथाहरूको प्रचलन विषयक केही चर्चा गर्ने प्रयास यस लेखमा गरिएको छ ।





(क) नुत


                                                 मिथिला क्षेत्रमा ‘नुत’ विषयक प्रचलन पाइन्छ । नुत भनेको निमन्त्रण हो । यसलाई मैथिली बोलीमा नेओत, न्यौत अथवा नेओता पनि भनिन्छ । सामान्यत: भोजको आयोजन गरिंदा नुत दिइने एवं निमन्त्रित व्यक्तिलाई भोजन गराइने गरिन्छ । परन्तु मिथिला क्षेत्रको समाजमा यसको प्रचलन एउटा विशेष अर्थमा पनि रहेको छ । यस अन्तर्गत कसैको घरमा कुनै यज्ञ, सांस्कारिक उत्सव, अनुष्ठान आदि भएमा आफ्नो कौटुम्बिक नाता–सम्बन्ध पर्ने परिवारहरूमा नुत पठाइने गरिन्छ । यसमा प्राय: हजाम जातिका व्यक्ति हस्ते नुत विषयक बेहोरा लेखिएको कागज अथवा सुपारी पठाइन्छ । यस्तै वैष्णव धर्मसित अथवा मठमन्दिरसित सम्बन्धित अनुष्ठान भएमा निमन्त्रणको रूपमा तुलसीदल पठाइन्छ । निमन्त्रण लिएर आउने हजामलाई यथोचित बिदाइ गरिन्छ । यसरी पठाइएको निमन्त्रण जुन परिवारमा आउने गर्दछ, त्यस परिवारद्वारा अनुष्ठान आयोजित गरिएको परिवारसमक्ष एकजना समा·  (पारिवारिक व्यक्ति) सहित अन्न (प्राय: चामल), रुपैयाँ, वस्त्र, शृङ्गार सामग्री, दही, चिउरा, फलफूल इत्यादि पठाइने गरिन्छ, जसलाई ‘नुत पूरब’ भनिन्छ । यस प्रकार, नुत पूरब कार्यमा सामथ्र्यअनुरूप खर्च गरिने एवं यसलाई सामाजिक प्रतिष्ठाको रूपमा हेरिने गरिएको पाइन्छ । यसका साथै जुन आयोजनको सन्दर्भमा निमन्त्रण गरिएको हुन्छ, त्यो आयोजनको समाप्तिपश्चात् नुत पूरब कार्यमा उपस्थित भएका सबै कुटुम्बवर्ग, जसलाई मिथिलाको बोलीमा ुनेओतहरी पनि भनिन्छ, लाई यथोचित वस्त्र दिएर बिदाइ गर्ने गरिन्छ । यसरी बिदाइका लागि महिलावर्गलाई साडी एवं पुरुषवर्गलाई एक जोड धोतीका साथै डाराडोरी (कन्धनी) दिइने गरिन्छ । यसमा आयोजनको प्रकृतिअनुरूप शुभ सांस्कारिक अथवा देवकार्य विषयक अवसर भए रातो र·मा तथा पितृकर्म विषयक अवसरमा पहेंलो र·मा र·िएको धोती दिइने गरिन्छ । 



(ख) भोज


                                           भोज भनेको सामूहिकरूपमा भोजन गर्ने कार्य हो । भोजको अवसरमा व्यक्तिहरूलाई निमन्त्रण दिएर बोलाएर खुवाइने गरिन्छ । भोजलाई एक प्रकारको सामाजिक सद्भाव एवं एकताको प्रतीकको रूपमा पनि हेरिने गरिन्छ । मिथिला क्षेत्रमा भोजको प्रचलन व्यापकरूपमा रहेको देखिन्छ । भोजको आयोजन गरिने अवसरहरू अनेक प्रकारका हुने गर्दछन् । यस अन्तर्गत नयाँ गृहको निर्माणपश्चात्को प्रवेश, सांस्कारिक विधिहरू यथा छठियार, मुण्डन, चूडाकरण तथा वैवाहिक विधिहरूको सन्दर्भमा गरिने सिद्धान्त, कुमरम्, विवाह, चतुर्थी एवं कोजागरा इत्यादि हुने गर्दछन् । यसरी नै मरणाशौचको सन्दर्भमा दूधमुह, तेराति, सतधन, दशाही, क्षौरकर्म, एकादशा, द्वादशा, कर्ता–माछमासु तथा बरखी आदिका अवसरहरूमा समेत भोज गरिने प्रचलन रहेको छ । यसका साथै कुनै यज्ञ, पूजा, अनुष्ठान इत्यादिका अवसरमा पनि भोज गरिन्छ ।

    मिथिला क्षेत्रमा भोजको आयोजन गर्दा परिवार, स्वजाति, गाउँ, चौगामा (चार गाउँ), अठगामा (आठ गाउँ) एवं सभा इत्यादि विषयक विचार गर्ने प्रचलन रहेको पाइन्छ । यिनका आधारमा नै निमन्त्रण दिइने गरिन्छ । यस्तै ग्राम क्षेत्रमा रहेका सबै जातिका व्यक्तिलाई निमन्त्रण दिएर खुवाइने भोजलाई ‘बरबरना भोज’ भनिन्छ । यस बरबरना शब्दलाई बाह्र वर्ण शब्दको तद्भव रूप भनिन्छ । यसबाट समाजमा सामान्यत: चार वर्णको अवधारणा रहेकोमा मिथिला क्षेत्रमा बाह्र वर्णको अवधारणा प्रचलनमा रहेको जानकारी पाइन्छ, जुन एउटा अनुसन्धानको विषय हुन सक्दछ । यस्तै चार गाउँ क्षेत्रमा निमन्त्रण दिइनुलाई चौगामा तथा आठ गाउँलाई अठगामा भोज भनिन्छ । यसरी नै मिथिला क्षेत्रमा निवास गर्ने अनेक जातिका ‘जातीयसभा’ हुने गर्दछ । यस्ता सभामा निर्वाचित भएर रहने मान्यजन, देमान तथा सिपाही नामक पदाधिकारी हुने गर्दछन् । कतिपय अवस्थामा यी पदहरू वंशानुगतरूपमा समेत रहने गरेका पाइन्छन् । यस सभाको कार्यक्षेत्र अन्तर्गत तोकिएको सिमानाभित्रका गाउँहरूमा निवास गर्ने सम्बन्धित जातिका सबै मानिस आउने गर्दछन् । यस्तो जातीयसभाको कार्य भनेको जातीयस्तरमा आइपर्ने समस्यालाई समाधान गर्नु हुन्छ । यसमा सम्बन्धित जातिका कुनै व्यक्तिद्वारा गरिने सामाजिक अथवा जातीय किसिमको अपराधप्रति दण्ड, सजायसमेत यस्ता सभाले गर्ने हुन्छ । यसरी गरिने दण्ड अन्तर्गत जातीयसभाको क्षेत्रभित्र निवास गर्ने सम्बन्धित जातिका सबै व्यक्तिलाई भोज खुवाउनुपर्ने पनि हुने गर्दछ, जसलाई ‘सभाको भोज’ भनिन्छ ।

    भोज शब्द सुन्ने बित्तिकै एक प्रकारको आनन्दको अनुभूति हुने गर्दछ, किनभने यस अवसरमा सामान्यत: आफ्नो घरमा भोजन गर्दा खाइने वस्तुको अपेक्षा केही विशेष एवं विविध प्रकारका वस्तु खान पाइने हुन्छ । भोजमा विविध प्रकारका खाद्य वस्तु पस्केर आदरपूर्वक खुवाइने प्रचलन मिथिला क्षेत्रमा देखिन्छ । यसरी नै भोजमा कतिजनाले भोजन गरे भन्ने कुराको गणना सुपारी बाँडेर गरिने प्रचलन पनि रहेको देखिन्छ । यसमा सिगों सुपारीलाई गन्ती गरेर पहिले नै राखिने एवं भोजमा निमन्त्रित व्यक्ति पङ्क्तिबद्ध बसिसकेपछि सबैलाई एकवटाका दरले हातमा सुपारी राखिदिने गरिन्छ । यसरी बाँडिएको सुपारीको सङ्ख्याको हिसाब गरेर भोजमा सामेल व्यक्तिको सङ्ख्या थाहा पाइन्छ । यसरी भोजलाई एक प्रकारले सामाजिक प्रतिष्ठाको रूपमा पनि हेरिने गरिन्छ ।



(ग) भार


                                         भार शब्दलाई भारीको अर्थमा बुझ्न सकिन्छ । मिथिला क्षेत्रमा प्राय: भार ओसार्ने गरिन्छ । यसमा बाँसका एउटा ली विशेषका दुवै छेउमा डोरीले बाँधेर झुन्ड्याइएका दुईवटा ढक्की सदृश भाँडामा सामान वा वस्तु राखेर ल्याउने, लैजाने गरिन्छ । यस कार्यमा प्रयुक्त विशेष प्रकारले बनाइएको बाँसको लीलाई ‘पटेक’ तथा दुवैतिर रहने विशेष प्रकारले गाँठो पारेर बनाइएको डोरीलाई ‘सीक’ भनिन्छ । यसरी एकवटा पटेक र दुईवटा सीक गरी ‘एक भार’ भनेर गणना गरिन्छ, जसमा दुईवटा पोका रहने गर्दछ । 

    मिथिला क्षेत्रमा भारको प्रयोग एउटा विशेष प्रचलनको रूपमा गरिएको पाइन्छ । यस अन्तर्गत कुटुम्बवर्गका परिवारको बीचमा परस्पर भार पठाइने गरिन्छ । यसमा पक्वान्न, फलफूल, मधुर, मिष्टान्न, मखान, चिउरा, दही इत्यादिका साथै वस्त्र आदि पठाइने गरिन्छ । मिथिला क्षेत्रमा साना बालबालिकालाई खुवाउने बेलामा चन्नामन्ना विषयक गीत गाइने गरिन्छ, जसमा चन्द्रमालाई देखाएर ‘चन्नामन्ना आउ आउ’ भनेर गाउँदै ‘केराक भार लाउ, दहीक छाँछ लाउ’ भनेर भन्ने गरिन्छ । यस प्रकार भार पठाउने कार्यमा फलको रूपमा केराको प्रधानता रहेको देखिन्छ । मिथिलामा भार पठाउनुलाई ‘भार साँठब’ भनिन्छ । यस्तो भार पठाइने अवसरहरूमा शुभ वैवाहिक संस्कारको सन्दर्भमा गरिने चतुर्थी (चौथो दिनको विधि), द्विरागमन (नववधूको प्रथम आगमन), पुछारी (नवविवाहिता कन्यालाई ससुरालीबाट माइतीमा प्रथमपटक बोलाउन जाने), दोङा (वधूको विधिवत् आगमन) सदृश अवसरहरू हुने गर्दछन् । यसरी नै भतराशि (मकर सङ्क्रान्ति), वटसावित्री (ज्येष्ठ अमावस्या), पचाकि (ज्येष्ठ शुक्ल तृतीया), मधुश्रावणी (श्रावण कृष्ण पञ्चमीदेखि शुक्ल तृतीयासम्म), कोजागरा (आश्विन पूर्णिमा) जस्ता व्रत, पर्व आदिका अवसरहरूमा समेत भार पठाइने प्रचलन रहेको छ । यस्ता अवसरमा सामथ्र्यअनुरूप एकाधिक सङ्ख्यामा भार पठाइने गरिन्छ । भारमा पठाइने वस्तुको विविधता तथा परिमाणबाट पठाउने परिवारको हैसियत अथवा सामथ्र्यको बोध पनि हुने भएकोले यस अन्तर्गत पठाइने कुरा गुणात्मक तथा परिमाणात्मक दृष्टिले समेत उल्लेखनीय प्रकारका हुने गर्दछन् । यसरी भार आउँदा छरछिमेक तथा समाजमा देखाइने गरिन्छ । 


  (घ)  सनेस 


                                      "सनेस" शब्दको अर्थ कोसेली अथवा उपहारको रूपमा लगाउन सकिन्छ । मिथिला क्षेत्रमा कौटुम्बिक परिवार बीच परस्पर सनेस पठाइने गरिन्छ, जसमा विशेष गरी खाद्यवस्तु आदिका साथै वस्त्र पनि पठाइने गरिन्छ । यसलाई सम्मान, स्नेह, आदर, आत्मीयता र सत्कारको प्रतीक भनिन्छ । सनेस पठाइने अवसर अन्तर्गत खास गरी छोरी, बुहारीको आवागमनको अवसर हुने गर्दछ । यसका साथै शुभ सांस्कारिक अवसरहरू एवम् व्रत, पर्वका अवसरहरू हुने गर्दछन् । सनेसका वस्तुहरूमा चिउरा, दही, फलफूल आदिका साथै अनेक प्रकारका पक्वान्न तथा मिष्टान्न रहने गर्दछन् । मिथिला क्षेत्रमा सनेस भनेर पठाइने पक्वान्नमा ठकुआ, भूसबा(चामलबाट बनाइने लड्डू विशेष), पलकिया(पिरूकिया), पू (पूआ), खजूर(खजुरिया) आदि तथा मिष्टान्नमा लड्डू, बताशा, खाजा, गाजा आदि हुने गर्दछन् । लड्डूमा बेसनबाट बनाइने लड्डू, जसलाई मूङबाको लड्डू भनिन्छ, यस क्षेत्रमा विशेष लोकप्रिय देखिन्छ । सनेस पठाउूदा सिन्दूर पनि पठाइने प्रचलन रहेको छ, जसलाई सौभाग्यको प्रतीक ठानिन्छ । सनेसका वस्तुलाई ढक्की आदि भाूडामा राखेर एवम् भारको रूपमा समेत पठाइन्छ । सनेस लिएर आउने व्यक्तिलाई यथोचित वस्त्र आदि दिएर बिदाई गरिन्छ । यसका साथै सनेसका खाद्यवस्तुलाई छरछिमेकमा बएनु भनेर बाूडिने गरिन्छ । 




(ङ)  बएन 


                                                      मिथिला क्षेत्रमा बएनु दिने प्रचलन रहेको छ । यस अन्तर्गत खानेकुरा सम्बन्धी वस्तुलाई आफैंले मात्र उपभोग नगरी छरछिमेकमा बाूड्ने गरिन्छ, यसैलाई बएन देबु भनिन्छ । यसमा सामान्यत: कौटुम्बिक परिवारबाट भारु तथा सनेसु भनेर पठाइएका खाद्यवस्तु आदि हुने गर्दछन् । यसका साथै कतिपय विशेष व्रत, पर्व आदिका अवसरमा तयार गरिने पक्वान्न इत्यादि पनि छरछिमेकमा बएनको रूपमा दिइने प्रचलन रहेको छ । यस्ता विशेष पर्वहरूमा मकर संक्रान्तिको अवसरमा बनाइने लाइ, चुरलाइ, तिलबा एवम् फागुको अवसरमा पकाइने पूआ आदि हुने गर्दछन् । यसका साथै अन्य बखत पनि घरमा यदि कुनै खास प्रकारको खानेकुरा पकाइन्छ भने छरछिमेकका घरमा ुबएनु भनेर दिइने गरिन्छ । बएनको आदान, प्रदान द्वारा समाजमा परस्पर सामाजिक सौहाद्र्र तथा आत्मीयताको भावनामा अभिवृद्धि हुने विश्वास गरिन्छ । यस सन्दर्भमा मिथिला क्षेत्रमा एउटा भनाइ पाइन्छ, जसमा भनिन्छ कि ुबाभन घर बएन दीु, अर्थात् ब्राह्मणको घरमा बएन अवश्य दिनु पर्दछ । ब्राह्मणलाई समाजमा अति आदरको दृष्टिले हेरिन्छ । समाजमा खेतबारीमा अन्न तथा तरकारी बाली फल्दा सर्वप्रथम ब्राह्मणकालागि भनेर भाग निकालेर दान गर्ने गरिन्छ, जसलाई अगोुं अथवा अगओुं भनिन्छ ।



 (च) व्यवहार 

                                                      मिथिला क्षेत्रमा कुटुम्बवर्गका व्यक्ति एक अर्काको घरमा जाने,आउने बखत परिवारका व्यक्तिकालागि वस्त्र लिएर जाने, आउने गर्दछन् । यसरी वस्त्रको आदान, प्रदान गर्नुलाई व्यवहार करबु भनिन्छ । मिथिलाको समाजमा कुटुम्बवर्ग भनेर जुवाइू, भानिज, साला, भिनाजु, साढू, समधि गरी यी ६ प्रकारका नाता तथा यिनका समकक्ष स्तरका नाता पर्ने व्यक्तिलाई बुझ्ने गरिएको देखिन्छ । यस्तो व्यवहारु गर्ने अवसर प्राय: यज्ञ, अनुष्ठान, उत्सव, सांस्कारिक अवसरहरू हुने गर्दछन् । यसका साथै अन्य समयमा पनि कुटुम्बवर्गका व्यक्तिलाई खास गरी प्रथम पटकको आवागमनको अवसरमा व्यवहारु गर्ने प्रथा रहेको पाइन्छ । यसप्रकार व्यवहार गरेर आउने व्यक्तिलाई पनि व्यवहारु गरी वस्त्र सहित बिदाई गरिन्छ । यसमा पुरूषवर्गलाई धोती तथा महिलावर्गलाई साडी दिइने गरिन्छ । पुरूषवर्गलाई डाराडोरि(कन्धनी )दिइनु अनिवार्य मानिन्छ । यसरी नै महिलावर्गमा खोइूछ दिइने प्रचलन रहेको छ । खोइूछ भनेको साडीको आूचल भागमा दूबोका मुण्टा, बेसार, रूपैया तथा छोरीवर्गलाई धान तथा बुहारीवर्गलाई चामल राखेर दिइने आशीर्वादको एउटा स्वरूप हो । यसरी व्यवहार गर्ने सन्दर्भमा कहिलेकाहिं परस्पर असामञ्जस्यपूर्ण परिस्थिति उत्पन्न हुूदा असहज वातावरणको सृजना पनि हुने गरेको देखिन्छ ।



(छ) उकठ 


                                   मैथिली भाषाको उकठु शब्दको अर्थ दिक्क पार्ने कार्य हो । यस कार्यको व्यवहारिक प्रक्रियालाई अर्को प्रकारले शब्दमा अभिव्यक्त गर्दा ख्याल(ठट्टा गर्नु भन्न सकिन्छ । वास्तवमा यो उकठ गर्ने कार्यलाई ख्याल(ठट्टाको स्वरूपमा नै हेर्ने र बुझ्ने गरिएको देखिन्छ । यस्तो व्यवहारको केन्द्र बिन्दुको रूपमा प्राय: साला तथा भिनाजु स्तरको सम्बन्ध अथवा नाता पर्ने व्यक्तिलाई मानिएको पाइन्छ । यिनीहरूसितको व्यवहारमा ख्याल(ठट्टाको सन्दर्भमा परस्पर वार्तालाप गर्दा कतिपय अवस्थामा अश्लील शब्दहरूको प्रयोग समेत हुने गर्दछ । यसका साथै यस्ता व्यक्तिलाई दिक्क पार्ने कार्य गरेर रमाइलो गर्ने प्रचलन मिथिला क्षेत्रमा पाइन्छ, जसलाई उकठ करबु भनिन्छ । यसमा उकठ गरिने पात्रलाई बस्नकालागि पिर्का दिंदा पिर्काको तल खपटाु (माटोको गाग्रीका फुटेका टुक्राहरू) राखिदिने गरिन्छ । जब उनी पिर्कामाथि बस्न खोज्दछन्, त्यस बेला तल राखिएका खपटाका टुक्राहरू पट्पट् गरेर फुट्ने गर्दछ । यसरी आवाज हुूदा त्यसलाई अपान(वायु परित्याग गरेको भन्दै अन्य व्यक्तिहरू हाूस्ने र रमाइलो गर्ने गर्दछन् । यस्तै भोजन गर्ने बेलामा ुतरूआु ( तारेर खाइने तरकारीको परिकार विशेष ) पकाउूदा साना खपटा, सिक्का आदिलाई बेसनमा बेरेर तेलमा पकाएर पस्किने गरिन्छ । जब यस्ता व्यक्ति भोजन गर्ने सिलसिलामा त्यसलाई तरूआ भनेर टोक्न खोज्दछन्, त्यस बेला अन्य व्यक्ति उनको मूर्खता प्रति व्यंग्य गर्दै जिस्काउूदै, रमाउूदै हाूस्ने गर्दछन् । यसरी नै यस्ता व्यक्ति सुतिरहेको अवस्थामा उनका अनुहारमा अनेक प्रकारका टीका, गाजल इत्यादिले चित्रित गरी कुरूप बनाइदिने गरिन्छ । जब उनी सुतेर उठ्छन्, त्यस बेला उनको अनुहार हेरेर अन्य व्यक्ति हाूस्ने र रमाउने गर्दछन् । मिथिला क्षेत्रमा पुरूषहरू धोती वस्त्र लगाउूदा कमरमा पछाडिपट्टिबाट धोतीको एक भागलाई विशेष प्रकारले पट्याएर घुसार्ने गर्दछन् । यसरी पट्याउने कार्यलाई ुकोचिआएबु, धोतीको घुसारिने भागलाई ुढेकाु तथा घुसारिने कार्यलाई खोंसबु भनिन्छ । यसरी धोतीको यो ढेका भागको स्थान चाकको मध्य भाग अर्थात् मलद्वारको उपरी भाग हुने गर्दछ । ुउकठु गर्ने कार्य अन्तर्गत भात पकाउूदाको बखत झिकिएको माूड (तरल पदार्थ) त्यस्ता व्यक्तिको ढेकाभित्र पर्ने गरी अलिकति खन्याइदिने गरिन्छ । यस्तो कार्य प्राय: उनी सुतिरहेका बखतमा गरिन्छ । जब उनी उठ्दछन्, अनि अन्य व्यक्ति द्वारा भन्ने गरिन्छ कि अहो, खाने बेलामा होस गर्नु भएन, कति खानु भएको ? हेर्नुहोस् त, पेट लागेको जस्तो छ नि .....। यस्तो कुरा सुनेर जब उनी आफ्नो पछाडितिर छाम्ने गर्दछन्, अनि धोतीको ढेका भाग गिलो भएर च्यापच्याप भएको थाहा पाउूछन् । यसमा उनी लज्जित हुूदै दिक्क मान्दछन् भने अन्य व्यक्ति हाूसेर रमाइलो गर्ने गर्दछन् । मिथिला क्षेत्रमा सुत्ने प्रयोजनकालागि बाूस र डोरीबाट विशेष प्रकारले खाट बनाइने गरिन्छ । यसरी त्यस्ता व्यक्ति सुतिरहेको अवस्थामा प्राय: सेतो रंगको कुनै कपडाले उनलाई माथिबाट छोपेर डोरीले बाूधेर चार जना मिलेर खाट उठाएर राम नाम सत्य है भनेर फलाक्दै पोखरीको डिलमा लगेर राखिदिने गरिन्छ । मिथिला क्षेत्रमा पोखरीको डिलको उपयोग कतिपय स्थानमा दिसा गर्ने क्षेत्रको रूपमा गरिएको हुन्छ । मिथिलामा दिसा गर्न जानुलाई पोखरि दिशि जाएबु पनि भन्ने गरिन्छ । यसरी खाटलाई दुर्गन्धित डिलमा राखेर केहि क्षणपछि डोरी खोलिदिने गरिन्छ । त्यसपछि उनी जब त्यहाूबाट नाक थुनेर आउूछन्, अनि अन्य व्यक्तिहरू रमाउूदै हाूस्ने गर्दछन् । यसरी यस्ता अनेकानेक प्रकारका कार्यहरू गरेर उकठु गर्ने गरिन्छ । यस्ता गतिविधिमा संलग्न रहने व्यक्ति तथा व्यक्तिहरूलाई उकीु भन्ने गरिन्छ । यसरी उकठ गर्ने कार्य पुरूषवर्गमा बढी देखिए तापनि महिलावर्गमा समेत हुने गरिएको पाइन्छ । उकठ गर्नुलाई मनोरञ्जनको एउटा रूप मान्ने गरिन्छ । यस्तो व्यवहार सामान्यत: मनोरञ्जनको स्वरूपमा गरिए तापनि कतिपय अवस्थामा भने यसले अप्रिय परिस्थितिको सृजना समेत गरिदिएको हुन्छ । समाजमा यस्तो व्यवहार पहिले बढी देखिने गरिएको भए पनि समयको परिवर्तन एवम् मनोरञ्जनका साधनहरूका विविधताले गर्दा यस्ता परम्पराहरू अहिले लुप्त हुूदै गइरहेका देखिन्छन् ।

यस प्रकार, मिथिला क्षेत्रमा प्रचलनमा रहेका उपर्युक्त सामाजिक प्रचलनहरूको आफ्नै सांस्कृतिक महत्त्व रहेको देखिन्छ । अहिलेको वैज्ञानिक विकास र प्रगतिले गर्दा यस्ता प्रचलनहरूको क्षेत्रमा पनि व्यावहारिक दृष्टिकोणले अनेक किसिमका परिवर्तनका साथै विविध प्रकारका समस्याहरू देखा पर्न थालेका छन् । यस्ता विषयहरू बारे विस्तृत रूपले अनुसन्धान गरी यसका विभिन्न पक्षहरूको विवेचन गरिएमा यस क्षेत्रमा अझ बढी जानकारी प्राप्त गर्न सकिने देखिन्छ ।








Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment