केही समय पहिलेसम्म समाजमा अतिथिको ठूलो महत्त्व हुन्थ्यो । अतिथि घरमा आएपछि खुट्टा–मुख–हात धुनलाई पानी, तत्काल जलपान, राम्रो आसन तथा मीठो मीठो खाना दिने चलन समाजमा रहेको थियो । घरमा अतिथिको सत्कारका सामानहरू न्यून रहेको खण्डमा छरछिमेक तथा आफ्ना सहयोगीहरूसित घरमूलीले याचना गरेर भएपनि पाहुना मान्ने गरिन्थ्यो । विभिन्न कामको सिलसिलामा घरबाट निस्केका व्यक्तिको राति बास बस्ने कुनै निधो हुँदैन्थ्यो । अचेल जस्तो पुराना दिनहरूमा ठाउँ–ठाउँमा बास बस्नको लागि होटल, लजहरू हुँदैन्थ्ये । यस्तो स्थितिमा यात्रु टाढाका आफ्ना सम्बन्धी, आफन्त तथा चिनेजानेका मानिसहरूको घर खोजेर त्यहाँ बास बस्न पुग्दथे । यस प्रकार पाइएको बासस्थानमा बासका साथै गाँस पनि पाउने गर्दथ्यो । आपसी कुशलक्षेम तथा समाचारको आदानप्रदान भएर सम्बन्ध नवीकरण हुन्थ्यो ।
पूर्वनिर्धारित समयविपरीत गृहस्थको घरमा अचानक आएका पाहुनालाइ अतिथि भनिन्छ । शास्त्रहरूमा स्पष्ट भनिएको पाइन्छ– संप्राप्तो योऽतिथि: सायं सूर्योढो गृहमेधिनाम । पूजया तस्य देवत्वं प्रयान्ति गृहमेधिन: ।। अर्थात् सूर्यास्तकालमा गृहस्थको घरदैलोमा आइपुगेका व्यक्ति अतिथि हुन्छन् तथा त्यसको पूजा मात्रले गृहस्थलाई देवत्व प्राप्त हुन्छ । त्यस प्रकारले आएका अतिथिको सत्कारको लागि शास्त्रहरूले निर्देश गरेका छन्– स्वागतेनाग्न्यस्तृप्ता आसनेन शतक्रतु: । पादशौचेन पितर: अर्घाच्छंभुस्तथातिथे: ।। अर्थात् अतिथिको स्वागत सत्कारले अग्नि, आसन दिनाले इन्द्र, पादप्रक्षालनले पितृहरू तथा अघ्र्य दिनाले शिव तृप्त हुन्छन् । अतिथिको उचित सत्कार नगर्ने गृहस्थको लागि शास्त्रहरूमा भनिएको छ– य: सायमतिथिं प्राप्तं यथाशक्ति न पूजयेत् । तस्यासौ दुष्कृतं दत्वा सुकृतं चापकर्षति ।। अर्थात् सूर्यास्तकालमा आएका अतिथिको पूजा र सत्कार नगर्नाले त्यो अतिथिले गृहस्थको सम्पूर्ण पुण्यहरूलाई लगिदिन्छ तथा ती पुण्यको साटो आफ्नो सम्पूर्ण पाप त्यस गृहस्थलाई दिएर जान्छ । शास्त्रका यस्ता वचनहरूको कारण धर्मभीरु जनमानसले अतिथिलाई जिउँदो देउता मान्ने गरेको देखिन्छ– अतिथि देवो भव: ।
विविध भाषाका साहित्यिक इतिहासमा प्रसिद्ध साहित्यकारहरू आफ्नो मित्रको घरमा रात्रिबासको लागि पुग्ने गरेका दृष्टान्तहरू पाइन्छन् । गजाधर सोतीको घरमा रात्रिबासको लागि मित्र भानुभक्त आचार्य पुगेका र मित्रको अनुपस्थितिमा त्यहाँ पाएको व्यवहारबाट क्षुब्ध भई मित्रको घरबाट टाढा अलग ठाउँमा गई रात गुजारेको तथा नेपाली साहित्यको प्रसिद्ध ‘वधूशिक्षा’ को जन्म भएको कथा प्रसिद्ध छ । शास्त्रपुराणहरूमा पनि पाहुना बास बस्न गएको तथा त्यहाँ विविध विधिको व्यवहार भोग्नुपरेका कथाहरू प्रशस्तरूपमा पाइन्छन् । यस प्रकारले बास बस्न पुग्ने पाहुनाहरूका लागि पनि आचार थियो । पाहुनालाई देखेर गृहस्थ खुशी भएन तथा बिदा हुने बेलामा दु:खी भएन भने त्यस्तो गृहस्थ कुबेर झै धनी भएपनि दोस्रोपटक त्यस घरमा पाहुना भएर जानुहुँदैन भन्ने मान्यता रहेको थियो ।
आफ्नो बाल्यकालमा पङ्क्तिकारको घरमा पनि धेरै पाहुनाहरू आउने गर्दथ्ये तथा अबेर रातिसम्म उनीहरूको स्वागत–सत्कार गर्नुपर्दथ्यो । तर अचेलका दिनहरूमा अब पाहुनाहरू आउने क्रम नगण्य नै भइसकेको छ । जहाँतहीँ होटल एवं लजहरू, सडक बाटोको सुविधा, यातायातको सर्वसुलभ सुविधा, मान्छेहरूको बेफुर्सदीको कारणले पाहुनाहरूको आवागमनमा र्हास आएको हो कि जस्तो लाग्दछ । मानिसमा दिन प्रतिदिन हुँदै गइरहेको मानवीय संवेगको र्हास अर्को कारण हुन सक्दछ । प्रतिस्पद्र्धात्मक वर्तमान समाजमा कसैलाई अर्काको बारेमा सोच्ने, ध्यान दिने फुर्सद नै छैन ।
गाउँ–गाउँ तथा शहरबजारमा विभिन्नखाले होटल, लजहरू खुलेका छन्, जहाँ अतिथिको स्वागतको साटो अतिथिदोहनको काम बढी सुचारुरूपले हुने गरेको पाइन्छ । राजमार्गहरूका ठाउँ ठाउँमा होर्डिङबोर्डहरूमा अतिथि सत्कारको लागि सजाइएका पोस्टर तथा तस्वीरहरूले त अतिथिदोहनको लागि तरुणी केटी र रक्सीको बोतलको विज्ञापन हाकाहाकी राखेको देख्न सकिन्छ । पोस्टरको शीर्षक भने अतिथि देवो भव: रहन्छ । अतिथि देउता हुन् भने उनको पूजाको लागि षोडसोपचार अघ्र्य, पाद्य, आचमन, स्नान, नैवेद्य, भोग, स्तुतिप्रार्थना जस्तो विधिले पूजा गर्नुपर्दछ कि युवतीको उत्तेजक तस्वीर र रक्सी अर्पण गर्नुपर्दछ ।
पोस्टरमा मानौं भनिएको होस्– अतिथिहरू हामीकहाँ आउनुस्, हाम्रोमा अतिथि सत्कारको निम्ति युवतीको तन्वज्ञता र रक्सीको मातङ्ग दुइटै उपलब्ध छ । अझ पहाडको पवित्र ठाउँमा ‘होमस्टे’को परिकल्पनाले नेपालको नैतिकतालाई कति उँभो वा ओरालो लगाउने हो हेर्न बाँकी नै छ । तर नेपालका विभिन्न राजमार्गहरूमा सगौरव हिंड्ने गरेका बुद्धिजीवी, पत्रकार, समाजसेवी, प्रशासन र सरकारको नजरमा अतिथि देवो भव: का पोस्टरहरूले बिझाउँदैन र ? कि हाम्रो संवेदना वा नैतिकता नै थोते भइसकेको हो कि ? ईश्वरले नै जानून् ।

0 comments:
Post a Comment