सर्वोपरि यथार्थसत्तालाई शिव भनिएको छ र ऊ अनादि, अजन्मा, सर्वथा निर्दोष, सब कामको कर्ता र सर्वज्ञा हो, जसले जीवात्माहरूलाई ती बन्धनहरूबाट मुक्ति दिलाउँछ, जसले उनीहरूलाई बाँधेको छ । सच्चिदानन्दको सूत्रको व्याख्यामा आठ गुण उपलक्षित छ, अर्थात् स्वयम्भूत्व, अनिवार्य निर्मलता, अन्तर्दृष्टिसम्बन्धी ज्ञान, अनन्त बुद्धि, सम्पूर्ण बन्धनहरूबाट स्वतन्त्र, अनन्त दया अथवा माया, सर्वशक्तिमत्ता अनि असीम आनन्द । ईश्वरको सत्ताको केही प्रमाण दिएको छ । संसारमा निरन्तर परिवर्तन भइरहेको छ ।
“ऋग्वेद”को तेत्तीस देवताहरूमध्ये एक हुन् रुद्र । उनलाई “पशुपति” पनि भनिएको छ । “यजुर्वेद” को शतरुद्रीमा उनी शिवको रूपमा ईश्वर बनेका छन् । “अथर्व”मा उनलाई ईश्वर नै मानिएको छ । जहाँ “भव” र “शर्व” दुई देवता छन् । शिवबो विशेष पूजा जसरी भइरहेको छ र भक्तहरूले गरिरहेका छन्, त्यो आस्थाको अन्तर्भूत परम्परागतरूपबाट भइरहेको छ । जति पनि शिवभक्त छन्, तिनीहरूलाई परिस्थितिले बनाएको हो, उनीहरू शिवको विशेष पूजामा सहभागी हुन चाहँदैमा हुन पाउने होइनन् । कोही पनि परिस्थितिभन्दा स्वतन्त्र छैन, सबै मालाभैं गाँसिएका छन् । पदार्थको तर्फबाट यतिकुरा निश्चित नै छ कि दर्शनले यस किसिमबाट स्वच्छ राख्दछ । साध्यमा लीन भयो भने त साधनामा पाप–पुण्यको प्रश्न नै रहँदैन । यस प्रकार आस्तिक र नास्तिक दुवै दर्शनले एउटा यस्तो श्रद्धा दिने गर्दछ, जसबाट पापको डर रहँदैन र मानिस उच्च र स्वच्छ बन्दछ । पहिलो मानिसले भन्ने गरेको छ म ब्रह्म हुँ र अर्कोले ठान्दछ म इतिहास हुँ । यस्ता अ कार्य केही रहने छैन किनभने कार्य नै रहँदैन । मात्र उच्च र स्वच्छ हुँदै जान्छ र रहन्छ । मात्र क्रिया हुन्छ, कर्ता र कर्तव्य समाप्त हुन्छ ।
माथिको दुवै आस्था सहजरूपमा प्राप्त हुँदैन । लामो अभ्यासको आवश्यकता पर्दछ । यसकारण एउटा सहज उपाय पनि मानिसले निकालेको छ । त्यो उपाय हो, नशा । जब भयको भावनाहरूबाट छुटकारा पाउन खोज्छ, तब रक्सीजस्तोको सहाराले नशाको रूपमा सजिलै सिद्ध गर्न सकिन्छ । योगीहरू कडकड गाँजा र चरेश जस्तो द्रव्यको सहारा लिने गर्छन् । “शतपथ” ब्राह्मणमा र “कौशीतकी” उपनिषद्मा श्रद्र उशसका छोरा हुन् र नशा अपनाएका छन् । शिवलाई आठवटा नाम प्रजापतिले दिएका थिए । “श्वेताश्वेतरोपनिषद्”मा शिव पूर्ण परमेश्वर छन् । यस प्रकार यजुर्वेदपछि उपनिषद्कालसम्म यिनको पहिमा व्याप्त भयो ।
शैवहरूको विश्वास छ कि जीवहरूको कर्म अनुसार शिवले फल दिन्छन्, पशु अथवा क्षेत्रज्ञा जीव वितय र अणु छ । जब ऊ पासो (मायाको एउटा रूप)बाट छुट्दछ, तब शिव रूप बन्दछ कर्म र पासो माया नै हो । इतिहासले उसैलाई सम्झन्छ । जसले दुष्टहरूलाई हाँक दिन्छ र निस्तेज पारेर आफ्ना शरणमा रहेकाहरूको क्षति हुन दिंदैन । कारण, प्रेरणा त्यस्तै उपकारीबाट प्राप्त हुन्छ । नशा वस्तुबाट पाइन्छ, उपकारीबाट प्राप्त प्रेरणा धर्म भनिन्छ ।
यसको उपादान कारण प्रकृति माटोको समान जड र स्वयम् जगत्को रूपमा परिणत हुन सक्तैन । पाशुपत सम्प्रदाय नै शैवहरूको प्रमुख सम्प्रदाय हो । तिनीहरू शिवलाई नै कर्ता–धर्ता परमेश्वर मान्दछन् । योगाभ्यास र भस्म स्नान आवश्यक ठान्दछन् र मोक्षलाई मान्दछन् । यो ६ प्रकारको हाँसो, गान, नृत्य, हुङ्कार (साँढे डुक्रेको आवाज), साष्टाङ पनिपात र जपक्रिया गर्दछन् । र, अरू पनि केही क्रियाहरू छन् ।
कर्म सिद्धान्तले मानिसको धार्मिक लक्ष्य अनुसार कार्य हुन्छ । यसले उद्देश्यको निर्माण गर्दैन र न त राम्रो र खराबमा भेद गर्दछ । यसको निर्णय एउटा अनन्त आत्माको द्वारा हुन्छ, जो आफ्नो शक्तिको सहायताले यस विषयमा पनि ध्यान राख्दछ कि आत्माहरूले आफ्नो उचित फल (पुरस्कार) पाओस् । ईश्वर आत्मा हो र प्राकृतिक विश्व तथा मानिस उसको शरीर हो । शिव नित्य–स्थायी हो, किनभने ऊ कालद्वारा सीमित छैन । मानिसको चाहना वास्तवमा प्राप्तबाट सधैं अप्राप्ततर्फ आकर्षित हुने गर्दछ । यस प्रकार नै कर्म जन्मन्छ र मानिसले प्रगति गर्दछ । जसरी दायाँ–बायाँ गोडाको चालले हिंड्ने गरिन्छ, त्यसैगरी नै पाप–पुण्यको विवेकले माथि उठने गरिन्छ । पापको अस्तित्व यस दृष्टिले सृष्टि–विधानमा गलत ठानिंदैन, बरु अति आवश्यक बन्न पुग्दछ । कारण, यसको अभावमा स्थितिभन्दा फरक हामी गतिको कल्पना गर्न सक्दैनौं । तब सम्पूर्ण पुरुषार्थ समाप्त हुन्छ र विकासको क्रियामा अवरोध आउँछ ।
पाप त्यो हो, जसमा हामी तानिन्छौं र अपनाउन चाहँदैनौं । जसलाई आधी मनले चाहन्छ, आधीले पटक्कै रुचाउँदैन । जुन हामीलाई स्वादमा राम्रो लाग्छ, परिणाममा खराब लाग्दछ । पापबाट बच्नको लागि हाम्रो समाजमा भगवान् शङ्करको नाम नसुन्ने सायद कोही छैन होला । साधारणतया हामीहरू उनलाई परब्रह्मको संसार प्रलय गर्ने अवतार ठान्दछौं र पृथ्वी, जल, तेज, वायु र आकाश प्रकृतिको प्रमुख पाँच तत्त्व सञ्चालन गर्ने पाँच देवतामध्ये एक मान्दछौं तर शैव दर्शन अनुसार उनी समग्र ब्रह्माण्डको उत्पत्ति, पालन र संहारको प्रतीक मानिन्छन् । उनी ब्रह्मारूपले सृष्टि गर्दछन्, विष्णुरूपले पालन र रुद्ररूपले संहार गर्दछन् । उनको जन्म पनि छैन, मृत्यु पनि छैन, उनी आदि अन्त्यहीन भएकाले कालातीत मानिन्छन् भने सत्, रज र तम तीनै गुणलाई वशमा राख्ने भएकोले गुणतीत पनि मानिन्छन् ।
उनी सर्वव्यापक र सर्वगुण सम्पन्न छन् । ब्रह्मादेखि ब्रह्माण्डसम्म चराचर जगत् र जगत्को कण–कणमा उनको अस्तित्व विद्यमान छ । जसले खराब कर्म गर्छ र डराउँदैन, धर्मलाई हानि पुर्याउँछ, पाप कर्म गर्नेको भयसँग अभिन्न मित्रता रहन्छ । यानी कहिल्यै हुन सक्दैन कि खराब कर्म निर्भय मनले अपनाउन सकियोस् । भयबाट नै पाप जन्मने गर्छ ।
यो आवश्यक छ हामीले बुझ्नुपर्ने हुन्छ, पाप अपराध होइन । अपराध समाजबाट जन्मन्छ । सन्तलाई अपराधी मानिएको छ र दण्डित गरिएको छ । अपराधको धर्मसँग सम्बन्ध र सरोकार छैन । शिव हाम्रा आराध्य देव श्री पशुपतिनाथको अर्को नाम हो । त्यस्ता नामहरूमा शङ्कर, शम्भु, भोलानाथ, रुद्र, कैलाशपति आदि नाम गाउँले जीवनमा बढी प्रचलित छन् । यिनै भगवान् शिवको नाममा राति विशेष प्रकारले पूजा गरिने रातलाई शिवरात्रि भनेर जानिन्छ ।
शिवजी उत्पन्न हुनुभएको रातको नामबाट नामाकरण भएको तथा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि एक पवित्र पर्वको रूपमा पुराणहरूमा वर्णित छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुचाउने वा संहार गर्ने तत्त्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूखबिरुवा तथा झारहरू यिनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्त्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुन महिनामा शिवरात्रि मनाउने गरिएको हो भनिन्छ । शिव सर्वव्यापी
0 comments:
Post a Comment