२०७८ ज्येष्ठ महिनाकाे समसामयिक घटनाहरू

हामिले प्रत्येक महिनाकाे समसामयिक घटनाहरूकाे श्रृङखला वद्ध घटनाहरू संकलन गर्ने गरेका छौ। यस क्रममा २०७८ ज्येष्ठ महिनाकाे समसामयिक घटनाहरू निम्नानुसार छनः

  • ज्येष्ठ ०१ / May 15 – काठमाडाैमा जारि खुकुरी नेपाल सुपर लिगकाे उपाधि काठमाडाै रेजर्सले हात पारेकाे छ। अाज भएकाे फाइनल खेलमा धनगडिलाइ १-० गाेल अन्तरले हराँउदै काठमाडाैले उपाधि जितेकाे हाे।
    • मेसौके ओलुमोउले २१ औं मिनेटमा गरेकाे गाेल नै फाइनल खेलमा निर्णायक रहन गयाे। याे प्रतियाेगितामा कुल ८ गाेल गर्दै उन्ले सर्वाधिक गाेलकर्ताकाे उपाधि समेत जितेका छन।
    • च्याम्पियन बनेसँगै काठमाडौंले ३५ लाख रुपैयाँसहित शिल्ड जितेको छ । दोस्रो भएको धनगढीले १५ लाख रुपैया प्राप्त गर्‍यो । नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना र अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा भएको एनएसएलमा ७ शहरका ७ टोलीले भाग लिएका थिए ।
    • ललितपुरमा राताे मच्छिन्द्रनाथकाे जात्रामा मच्छिन्द्रनाथकाे रथ काेभिड महामारिका बिचमा अावश्यक सतर्कता अपनाउदै तानिएकाे छ।
    • अन्तराष्ट्रिय परिवार दिवस मनाइएकाे छ।
      • नाराः Families and new technologies
      • सन १९९५ बाट प्रत्येक वर्ष May 15 मा अन्तराष्ट्रिय परिवार दिवस मनाउने गरिन्छ।
  • ज्येष्ठ ०३ / May 17 – भारतमा काेराेना भाइरस विरूद्धकाे अाैषधि ‘टु–डीजी” सार्वजनिक गरिएकाे छ। भारतीय रक्षा मन्त्रि राजनाथ सिंहले सार्वजनिक गर्नुभएकाे हाे।
    • सन् २०२० अप्रिलमा गरिएको परीक्षणमा उक्त औषधि कोभिडविरुद्ध प्रभावकारी हुने पुष्टि भएपछि मेदेखि अक्टोबरसम्म दोस्रो चरणको क्लिनिकल परीक्षण गरिएको । त्यस्तै, सन् २०२० डिसेम्बरदेखि २०२१ को मार्चसम्म २ सय २० जना सङ्क्रमितमा तेस्रो चरणको क्लिनिकल परीक्षण गरिएको ।
    • वरिष्ठ साहित्यकार तथा प्राध्यापक राजेन्द्र सुवेदीकाे निधन भएकाे छ।
      • त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापन गर्नुभएका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धक हुनुहुन्थ्यो ।
    • एन्ड्रिया मेजा लाइ Miss Universe काे उपाधि
      • अमेरिकाको फ्लोरिडामा भएको मिस युनिभर्स प्रतियोगिताको ताज मेक्सिकोकी २६ वर्षीया एन्ड्रियाले पाउनुभएको । विश्वभरका ७० जना बढी सहभागीलाई पराजित गर्दै एन्ड्रिया ६९औँ मिस युनिभर्स बन्नुभएको । उहाँ पेसाले सफ्टवेयर इन्जिनियर रहनुभएको ।
      • सन् २०२० को मिस युनिभर्स प्रतियोगिता कोरोना भाइरस महामारीका कारण पहिलोपटक रद्द भएको ।
      • मिस युनिभर्सबारे विविसि कभरेज यहाँ उपलब्ध छ।
    • लुम्बिनी प्रदेश सभाका जसपा सांसदकाे निलम्बन फुकुवा गर्न सर्वाेच्च अदालतले अादेश दिएकाे छ।
      • न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानूनसम्मत नभएको ठहर गर्दै पुनर्वहालीको आदेश दिएको हो ।
    • आज विश्व दुरसञ्चार दिवसको अवसर पारेर नेपाल दुरसञ्चार कम्पनी (NTC) ले VoLTE को परिक्षण सुरुवात गरेको छ ।
      • 2G = 2nd Generation 3G = 3rd Generation 4G = 4th Generation LTE= Long Term Evolution VoLTE= Voice Over Long Term Evolution
      • सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यही दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्‍चार दिवस मनाउन थालिएको हो ।
      • नाराः ‘Accelerating digital transformation in challenging times’ 
  • ज्येष्ठ ०४ / May 18 – प्रधानमन्त्रि के पि शर्मा अाेलिकाे शपथ ग्रहण पुनः गराइनु पर्ने माग गर्दै सर्वाेच्च अदालतमा दायर रिट उपर सर्वाेच्चले पुनः शपथ लिनुपर्ने अावश्यकता नदेखिएकाे फैसला दिएकाे छ।
    • नेपालमा काेराेना भाइरसकाे नयाँ भेरियन्ट विकसित भएकाे स्वास्थ्य मन्त्रालय द्वारा जानकारी
    • संयुत्त राष्ट्रसंघकाे सुरक्षा परिषद बैठकमा चीन द्वारा राखिएकाे इजरायल र प्लेष्टाइन विचकाे युद्ध विराम प्रस्ताव अमेरिका द्वार अस्विकार। अमेरिकि असहयाेगले युद्ध राेक्न नसकिएकाे चीन लगायत मुस्लिम देशकाे अाराेप। इजरायलि प्र म नेतान्याहु द्वारा अमेरिकालाइ धन्यवाद प्रदान।
    • अन्तराष्ट्रिय संग्राहलय दिवस मनाइयाे।
      • नाराः The future of Museums Recover and Reimagine
      • अन्तराष्ट्रिय सङ्ग्राहालय परिषद्को आयोजनामा सन् १९७७ देखि मे १८ मा मनाउन थालिएको हो  


  • ज्येष्ठ ०५ / May 19 – गण्डकी प्रदेश मन्त्रिपरिषद विस्तार
    • किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए । खेलकुद मन्त्रि दिपक मनाङ्गे शपथग्रहण कार्यक्रममा अनुपस्थित रहे।
    • लमजुङ्गकाे भुलभुले केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलकाे भुकम्प गएकाे छ।
  • ज्येष्ठ ०६ / May 20 – राष्ट्रिय सभा निर्वाचनमा कलम चिन्हका गठबन्धनका स्वतन्त्र उम्मेद्वार डा खिमलाल देवकाेटा विजयी भएका छन।
    • गठबन्धनका उमेदवार देवकोटाले  ५०८८ मतभार ल्याएर विजयी भएका छन् भने बादलले ४०१४ मतभार पाए।
    • सर्वाेच्च अदालतले संघीय संसदकाे सदस्य नरहेकाे व्यत्ति दुइ पटक मन्त्रिपरिषदमा सहभागि हुन नसक्ने भन्दै अाज ७ मन्त्रिहरूकाे पुनः नियुत्ति खारेज गरिदिएकाे छ। यस सँगै पुर्व माअाेवादी बाट एमाले भएका सवै मन्त्रिहरूकाे पद गुमेकाे छ।
    • मन्त्रिपरिषदकाे निर्णय तथा प्रधानमन्त्रिकाे निवेदन अनुरूप यस सरकारलाइ संसदकाे विश्वासकाे मत प्राप्त गर्ने अवस्था नरहेका कारण नयाँ सरकार गठनका लागि राष्ट्रपति कार्यालयले संसदमा प्रतिनिधित्व गर्ने दल तथा सदस्यलाइ संविधानकाे धारा ७६(५)अनुरूपकाे सरकार गठनका लागि २१ घण्टे समयावधि दिदै सरकार गठनकाे प्रस्ताव पेश गर्न अावह्वान गर्नुभएकाे छ।
      • राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आह्वान गरेकी छन्। उनले जेठ ७ गते ५ बजेसम्मको समय दिएकी छन्।
    • डा. पुष्पराज कंडेल राष्ट्रिय याेजना अायाेगकाे उपाध्यक्ष पदमा पुनः नियुत्त हुनुभएकाे छ।
  • ज्येष्ठ ०७ / May 21 – राष्ट्रपति विद्या देवि भण्डारिले दिनुभएकाे नयाँ सरकारकाे गठनकाे प्रस्ताव अावह्वान भएकाे समयभित्र प्रमुख विपक्षि दलका नेता शेर ब देउवा तथा वर्तमान प्र म के पि शर्मा अाेलिले राष्ट्रपति कार्यालयमा निवेदन दर्ज गर्नुभएकाे छ।
    • नेता देउवाले १४९ तथा प्र म अाेलिले १५३ जना सांसदकाे अाफुलाइ समर्थन रहेकाे जिकिर गर्दै निवेदन दिनुभएकाे छ। दुवैकाे दावि संसदमा तत्कालिन रहेकाे सांसद सदस्य संख्या सँग नमिलेकाे देखिएकाे छ।
    • चिपकाे अान्दाेलनका का अगुवा सुन्दरलाल बहुगुणा काे निधन भएकाे छ।
  • ज्येष्ठ ०८ / May 22 – प्रधानमन्त्रि तथा मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपति विद्या देवि भण्डारी द्वारा प्रतिनिधि सभा विघटन गर्नुभएकाे छ। यस अघि २०७७ पुष ०५ गते प्रतिनिधि सभा विघटन भएकाेमा सर्वाेच्च अदालतले असंवैधानिक करार गर्दै प्रतिनिधि सभा पुर्नस्थापनाकाे अादेश (२०७७ फागुन ११ गते) दिएकाे थियाे।
    • प्रतिनिधि सभा विघटन सँगै नयाँ निर्वाचन मिति २०७८ कार्तिक २६ र मंसिर ०३ गते प्रथम र द्धितीय चरणमा हुने गरि घाेषणा भएकाे छ।
    • अन्तराष्ट्रिय जैविक विविधता दिवस (International Biodiversity Day 2021) मनाइएकाे छ।
      • नाराः “We’re part of the solution”
      • सन् २००० देखी मे २२ मा मनाउन थालिएको हो ।
      • त्यो भन्दा पहिले डिसेम्बर २९ मा मनाइन्थ्यो ।
  • ज्येष्ठ ०९ / May 23 – सवैभन्दा छाेटाे समयमा सगरमाथा अाराेहण गर्ने महिला अाराेहिकाे किर्तिमान हङकङ कि अाराेहि साङ हि हङले कायम गरेकि छन। उन्ले २५ घण्टा ५० मिनेटमा सगरमाथाकाे सफल अाराेहण गरेकि हुन।
    • पुरूष तर्फ भने नेपालका मिङमा दाेचि शेर्पाकाे नाममा ६ घण्टा १ मिनेटमा सगरमाथाकाे चुचुराेमा पुगेकाे किर्तिमान कायम छ।
    • पाली साहित्यमा विद्यावारिधी गर्ने पहिलो नेपाली महिला एवं लेखिका डा. बानिरा गिरीको निधन 
    • नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी ।
  • ज्येष्ठ १० / May 24 – प्रतिनिधि सभा पुनः स्थापनाकाे माग तथा मलाइ प्रधानमन्त्रिमा नियुत्त गरियाेस भन्ने अादेश माग्दै शेर ब देउवा सहितका १४६ जना प्रतिनिधि सभा सदस्य द्वारा सर्वाेच्च अदालतमा रिट दर्ता गर्नुभएकाे छ।
    • नेपाल र गाम्बिया बिच कुटनैतिक सम्बन्ध स्थापना भएकाे छ। नेपाल सँग कुटनैतिक सम्बन्ध स्थापना भएकाे याे १७० अाै देश हाे।
    • दक्षिण अफ्रिकि राष्ट्र गाम्बियाकाे राजधानि Banjul हाे।
    • नेकपा एमालेले माधब कुमार नेपाल, झलनाथ खनाल र भिम रावल सहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निस्कासन गरेको छ ।
    • चीनको सछ्वान प्रान्तको राजधानी सहर छङ्तुमा नेपाली महावाणिज्य दूतावासको औपचारिक शुभारम्भ 
      • योसहित चीनका क्वाङ्चौ, तिब्बत स्वशासित क्षेत्र, हङकङ विशेष प्रशासनिक गरी चार क्षेत्रमा नेपाली वाणिज्य दूतावास स्थापना भएका छन।
  • ज्येष्ठ ११ / May 25 – काठमाडाै उपत्यकामा जारी लकडाउन ज्येष्ठ २० गते सम्मलाइ थपिएकाे छ।
    • हिन्दुधर्मावलम्विले नृसिंह जयन्ति मनाएका छन।
  • ज्येष्ठ १२ / May 26 – राष्ट्रपति विद्या देवि भण्डारी र चिनिँया राष्ट्रपति सि जिङ पिङ्ग बिच टेलिफाेन संवाद भएकाे छ। राष्ट्रपति भण्डारीले छिमेकि मुलुक सँग काेभिड विरूद्धकाे खाेपमा सहयाेग गर्न अाग्रह गर्नु भए सँगै चिनियाँ राष्ट्रपतिले नेपाललाइ तत्काल 1 MILLION(दश लाख) खाेप उपलब्ध गराउने घाेषणा गर्नुभएकाे छ।
  • ज्येष्ठ १३ / May 27 –
  • ज्येष्ठ १४ / May 28 – सुदुरपश्चिम प्रदेश कार्यपालिका पुनर्गठन गरिएकाे छ।
    • प्रदेश सरकारको सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा पूर्णा जोशी,  भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी चयन भएका छन् । त्यस्तै राज्यमन्त्रीहरुमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार राज्यमन्त्री नियुत्त भएका छन।
      • सुदुरपश्चिम प्रदेश मुख्यमन्त्रि त्रिलाेचन भट्ट हुन।
    • प्रधानमन्त्रि के पि शर्मा आेलि द्वारा राष्ट्रकाे नाममा सम्बाेधन। सम्बाेधनकाे पुर्ण पाठ नेपाल प्रेसमा उपलब्ध छ।
    • अर्थ मन्त्रालयले अार्थिक सर्वेक्षण २०७७/०७८ सार्वजनिक गरेकाे छ।
  • ज्येष्ठ १५ / May 29 – अर्थमन्त्रि विष्णु प्रसाद पाैडेल द्वारा अध्यादेश मार्फत नेपालकाे बजेट २०७८/७९ प्रस्तुत।
    • कूलः १६ खर्व ४७ अर्व ५७ कराेडकाे बजेट प्रस्तुत, अघिल्लाे अा.व भन्दा चालू र पुँजिगत खर्त घटाइयाे।
    • बजेट सम्बन्धि सम्पुर्ण तथ्यका लागि माथी सर्च बक्समा गई खोज्नुहोस् या आर्थिक सेक्सनमा हेर्नुहोस्
  • ज्येष्ठ १६ / May 30 – तेश्राे राष्ट्रिय महिला अधिकार दिवस मनाइयाे।
    • नाराः “महिलाकाे सुरक्षा र अधिकारः संकटकालिन व्यवस्थापन हाम्राे सराेकार”
  • ज्येष्ठ १७ / May 31 – चीन मा एक दम्पत्ति ३ सन्तान नीति पारित।
    • यस अघि एक दम्पत्ति एक सन्तान नीति रहदै अाएकाेमा सन २०१६ देखि एक दम्पत्ति दुइ सन्तान नीति अवलम्बन गरिएकाे थियाे।
    • राष्ट्रिय सभाका लागि भएकाे उपचुनावमा लुम्बिनी प्रदेश बाट दृग नारायण पाण्डे विजयी भएका छन। पाण्डे नेपालि काँग्रेस सँग अाबद्धता राख्नुहुन्छ।
      • निर्वाचनमा पाण्डेयले चार हजार एक सय ४० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मत ल्याएका थिए ।
  • ज्येष्ठ १८ / Jun 1 – नेपालमा पुष्टि भएकाे काेराेना भाइरसकाे नयाँ भेरियन्टकाे नाम डेल्टा राखिएकाे छ।
    • विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ । भारतमै फेला परेका(B.1.617.2) र (B.1.617.1) भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ 
    • विवेशशिल साझाका संस्थापक अध्यक्ष उज्वल थापाकाे काेभिड १९ का कारण निधन भएकाे छ।
  • ज्येष्ठ १९ / Jun 02 – दरबार हत्याकाण्ड भएकाे २० वर्ष पुरा । २०५८ ज्येष्ठ १९ मा राजा विरेन्द्रकाे वंशनास भएकाे थियाे।
  • ज्येष्ठ २० / Jun 03 – राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको छ । राजमोको बिहीबार बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्कासन गरेको हो । सांसदबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा दिइएको छ । 
    • विस्वकप छनाैट खेलमा नेपाल द्वारा चाइनिज ताइपेइ २ – ० गाेलले पराजित
      • नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गाेल गरे।
  • ज्येष्ठ २१ / Jun 04 – प्रधानमन्त्रि द्वारा मन्त्रिपरिषद पुर्नगठनः
    • नयाँ मन्त्रिमण्डलमा जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
    • परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्‍माकुमारी अर्याल, सञ्चारमन्त्री पार्वत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे विदा भएका छन् ।
  • ज्येष्ठ २२ / Jun 05 – विश्व वातावरण दिवस मनाइयाे।
    • नाराः  ‘Ecosystem Restoration’
    • अायाेजक राष्ट्रः पाकिस्तान
  • ज्येष्ठ २४ / Jun 07 – विश्वकप फुटबल छनाैट खेलमा जाेर्डन द्वारा नेपाल ३ – ० गाेल द्वारा पराजित
  • ज्येष्ठ २५ / Jun 08 – सुदुरपश्चिम प्रदेश प्रमुख मुख्यमन्त्रि त्रिलाेचन भट्टलाइ विश्वासकाे मत प्राप्त भएकाे छ।
    • पक्षमा पक्षमा ३० मत र विपक्षमा ९ भोट परेको थियो । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले सरकारको विपक्षमा भोट हालेका थिए । कांग्रेसले मतदानमा भाग लिएन ।




कम्प्युटर सँग सम्बन्धित 100+ कोर्स र अन्य कार्यको लागी सम्झनुपर्ने ठाँउ
Microsoft | Veloces | Certiport जस्ता प्रसिद्द संस्थाको नेपालको राष्ट्रिय पार्टनर ।
𝗗𝗘𝗘𝗣 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲 (𝗗𝗲𝗲𝗽 𝗜𝗧 & 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗧𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲)
(𝗡𝗲𝗮𝗿 𝗣𝗼𝗸𝗵𝗮𝗿𝗮 𝗠𝗲𝘁𝗿𝗼𝗽𝗼𝗹𝗶𝘁𝗮𝗻 𝗪𝗮𝗿𝗱 𝗡𝗼. 𝟴 𝗢𝗳𝗳𝗶𝗰𝗲, 𝗧𝗵𝗶𝗿𝗱 𝗙𝗹𝗼𝗼𝗿)
Phone No.: 061-550521
Mobile No.: 9856025421 (Viber | WhatsApp) | 9824138027
Web: www.deepci.com.np
email: info@deepci.com.np








Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment