कर्मचारीतन्त्रका विशेषता

 म्याक्स वेबरले वर्णन गरेका कर्मचारीतन्त्रका विशेषता उल्लेख गर्दै आधुनिक सार्वजनिक व्यवस्थापनमा यसको सान्दर्भिकताबारे लेखाजोखा गर्नुहोस् । १० (२०७७ शाखा अधिकृत, द्धितीय पत्र)

साङ्गठनिक संरचनामा आबद्ध भई वैधानिक अधिकारको विवेकपूर्ण प्रयोग गरी निर्धारित लक्ष्य हासिल गर्ने कर्मचारीको पेसागत समूह कर्मचारीतन्त्र हो । कर्मचारीतन्त्रका बारेमा धेरै विद्वान्ले कलम चलाए पनि जर्मनी समाजशास्त्री म्याक्स वेबरले यसलाई नजिकबाट उल्लेख गरेका छन् । उनले कर्मचारीतन्त्रको विशेषताबाट विषयवस्तु प्रस्ट पारेका छन् । म्याक्स वेबरले वर्णन गरेका कर्मचारीतन्त्रका विशेषतालाई निम्नअनुसार उल्लेख गर्न सकिन्छः

दिप कम्प्युटर इन्ष्ट्रिच्युट


क. पदसोपानमा आधारित :
– सङ्गठनका पदहरू तहगत शृङ्खलामा रहने, तहगत व्यवस्थाअनुरूप कर्मचारीलाई आदेश दिने, नियन्त्रण गर्ने, समन्वय गर्नेजस्ता कार्य गरिने, सङ्गठनको कार्य गर्दा कर्मचारीले तहगत व्यवस्थाको नियम
पालना गर्नुपर्ने,
ख. योग्यता प्रणालीको अवलम्बन :
– लिखित, मौखिक एवम् प्रयोगात्मक परीक्षाद्वारा योग्यता जाँच गरी कर्मचारी छनोट हुने, योग्यता, क्षमता, ज्ञान, सीप, अनुभवका आधारमा उपयुक्त जिम्मेवारी दिइने,
ग. ऐन नियममा आधारित :
– कानुनका पूर्ण परिपालना गर्ने, ऐन नियमअनुसार कार्य गर्ने,
घ. अव्यैयक्तिक सेवा :
– व्यक्तिले नभई संस्थाले सेवा गर्ने, कानुनका आधारमा निर्णय गर्ने, निष्पक्षता कायम गर्ने, कानुनका अगाडि सबै समान हुने,
ङ. निष्पक्षता र तटस्थता :
– राजनीतिक रूपमा तटस्थ रही निष्पक्ष सेवा प्रवाह गर्ने, राजनीतिक आस्थाका आधारमा आग्रह पूर्वाग्रह नराख्ने, निष्पक्ष व्यवहार गर्ने, सत्तापक्ष र प्रतिपक्ष सबै राजनीतिक दलबाट टाढा रहने,
च. निरन्तरता :
– तोकिएको उमेर तथा सेवा अवधिसम्म सेवामा रहिरहने, लामो समयसम्म सेवामा निरन्तर रहने हुँदा यसलाई स्थायी सरकारका रूपमा पनि लिइने,
छ. वृत्तिविकास :
– देश र जनताको सेवा गर्ने कार्यलाई पेसाका रूपमा लिई त्यसैमा आफ्नो भविष्य सुनिश्चित गर्ने, नियुक्ति, सरुवा, बढुवा, सेवा सुविधा, अवकाशलगायत वृत्तिविकासका सबै पक्ष कानुनद्वारा निर्दिष्ट हुने,
ज. सक्षमता :
– आपसमा कार्य विभाजन गरी कर्मचारीको क्षमताको अधिकतम उपयोग गरिने,
झ. लिखित अभिलेख :
– कर्मचारीले गरेका सम्पूर्ण निर्णय तथा कार्यको लिखित रूपमा अभिलेख राख्ने, संस्थागत स्मरण कायम गर्ने,
ञ. अनुशासनको पालना :
– कार्यालयमा अनुशासनमा रहने, मर्यादित व्यवहार गर्ने, तोकिएका आचरणको पालना गर्ने,
– आधुनिक सार्वजनिक व्यवस्थापनमा कर्मचारीतन्त्रको सान्दर्भिकता
– आधुनिक सार्वजनिक व्यवस्थापन मूलतः नतिजामुखी, पारदर्शी, मितव्ययी, सहभागितामूलक, जिम्मेवारी बोधलगायतका विशेषतायुक्त हुने गर्छ । यस्तो अवस्थामा प्रक्रियामुखी कानुनी कार्य गर्ने कर्मचारीतन्त्र आफैँमा ढिलासुस्ती हुने हुनाले वर्तमानमा यसको सान्दर्भिकताबारे विभिन्न प्रश्न आउने गरेको पाइन्छ । आधुनिक सार्वजनिक व्यवस्थापनमा कर्मचारीतन्त्रका राम्रा गुणको अनुशरण गर्ने र देखिएका कमजोरीमा सुधार गरेर यसको सान्दर्भिकता अझ बढाउन सकिन्छ । निम्नगुणले गर्दा यसको सान्दर्भिकता आधुनिककालमा पनि देखिन्छ :
– निष्पक्ष कार्यसम्पादन हुने,
– ऐन नियमको कार्यान्वयन हुने, समान व्यवहार हुने,
– सरकारको प्रतिनिधि भई जनताको नजिक रहेर सेवा प्रवाह हुने,
– राजनीतिक रूपमा तटस्थ र सेवा वितरणमा निष्पक्षता कायम हुने,
– आचरण र अनुशासनमा रहने,
– योग्यताको संरक्षण हुने, देश र जनताको निरन्तर सेवा गर्ने,
– स्थायी सरकारको प्रत्याभूति दिने,
कमजोर पक्षमा सुधार
– छोटो कानुनी प्रक्रियाको अवलम्बन गरेर छिटोछरितो कार्य गर्ने,
– सरोकारवालाको सक्रिय र सार्थक सहभागिता अवलम्बन गरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्ने,
– कार्य प्रणालीमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी पारदर्शिता, मितव्ययिता, चुस्तता, सरलता एवम् गुणस्तरता वृद्धि गर्ने,
– अनियमितताको नियन्त्रण गरी सुशासन कायम गर्ने,
– निर्णय प्रक्रियामा सुधार गरी नतिजामा जोड दिने,
– कर्मचारीको वृत्तिविकासका पक्षलाई अनुमानयोग्य र पारदर्शी बनाउने,
– समयमा निर्णय नगर्ने तथा जिम्मेवारी पन्छाउने प्रवृत्ति अन्त्य गर्ने,
– निजी क्षेत्रका राम्रा पक्षको अनुशरण गर्ने,
– राज्य प्रणालीमा निजी क्षेत्र, नागरिक समाज, सञ्जार जगत््लगायत सबैको सहभागिता अभिवृद्धि गर्ने,
– निरन्तर सुधार गर्दै देखिएका कमीकमजोरी हटाउँदै जाने,
– अन्त्यमा, कर्मचारीतन्त्र साङ्गठनिक स्वरूप हो, जसले कानुनको पालना गराउँछ । राज्यको अस्तित्व र दायित्वसँग गाँसिएको कर्मचारीतन्त्र आफैँमा निरन्तरयोग्य छ । यद्यपि, यसमा देखिएका ढिलासुस्ती, अपारदर्शी, जटिल कार्य पद्धतिलगायतका कमीकमजोरीमा सुधार गर्दै यसलाई थप जीवन्त बनाउनुपर्ने देखिन्छ ।




कम्प्युटर सँग सम्बन्धित 100+ कोर्स र अन्य कार्यको लागी सम्झनुपर्ने ठाँउ
Microsoft | Veloces | Certiport जस्ता प्रसिद्द संस्थाको नेपालको राष्ट्रिय पार्टनर ।
𝗗𝗘𝗘𝗣 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲 (𝗗𝗲𝗲𝗽 𝗜𝗧 & 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗧𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲)
(𝗡𝗲𝗮𝗿 𝗣𝗼𝗸𝗵𝗮𝗿𝗮 𝗠𝗲𝘁𝗿𝗼𝗽𝗼𝗹𝗶𝘁𝗮𝗻 𝗪𝗮𝗿𝗱 𝗡𝗼. 𝟴 𝗢𝗳𝗳𝗶𝗰𝗲, 𝗧𝗵𝗶𝗿𝗱 𝗙𝗹𝗼𝗼𝗿)
Phone No.: 061-550521
Mobile No.: 9856025421 (Viber | WhatsApp) | 9824138027
Web: www.deepci.com.np
email: info@deepci.com.np





Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment