स्थानीय तहअन्तर्गतका अप्राविधिकतर्फ छैटौँ तहका अधिकृत परीक्षाको तृतीयपत्रसम्बन्धी महत्वपूर्ण प्रश्नहरू

 १. सार्वजनिक व्यवस्थापनको अवधारणा उल्लेख गर्दै नेपालको सार्वजनिक प्रशासनमा सार्वजनिक व्यवस्थापनको कस्तो अभ्यास भएको पाउनुहुन्छ ? समीक्षा गर्नुहोस् ।

२.     कर्मचारी व्यवस्थापनका मूलभूत पक्ष उल्लेख गर्दै नेपालको निजामती सेवामा कार्य–सम्पादनमा रहेका समस्या बताउँदै तिनका समाधानका उपाय 
पनि लेख्नुहोस् ।

deep computer-loksewa tips

३.     अनुगमन र मूल्यांकनको परिभाषा लेख्दै नतिजामूलक अनुगमन र मूल्यांकनका विधिबारे लेख्नुहोस् ।

४.     नेपालको सार्वजनिक प्रशासनको आधारभूत विशेषता उल्लेख गरी नेपालको सार्वजनिक प्रशासनको सुधारका लागि भएका प्रयासबारे लेख्नुहोस् । 

५.     संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध उल्लेख गर्दै नेपालमा यससम्बन्धी के–कस्तो प्रावधान रहेको छ ? लेख्नुहोस् । 

६.     सामाजिक सुरक्षा र गरिबीबीच कस्तो सम्बन्ध रहेको पाउनुहुन्छ उल्लेख गर्र्दै गरिबी निवारणमा देखिएका समस्या तथा समाधानका उपायबारे लेख्नुहोस् । 

७.     स्थानीय कर तथा कर अधिकारबारे संक्षिप्तमा चर्चा गर्दै स्थानीय तहमा कुन व्यवस्थाबमोजिम स्थानीय कर लगाउने व्यवस्था रहेको छ ? लेख्नुहोस् । 

८.     प्रत्यक्ष कर र अप्रत्यक्ष करको फरक छुट्याई प्रत्यक्ष करलाई किन प्रगतिशील कर भनिन्छ ? लेख्नुहोस् ।
९.     वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउने आधार उल्लेख गर्दै वित्तीय व्यवस्थापनको उद्देश्य तथा महत्वबारे लेख्नुहोस् ।

१०.     लेखापरीक्षणको परिचय दिँदै आन्तरिक लेखापरीक्षण र अन्तिम लेखापरीक्षणबीचको भिन्नता छुट्याउनुहोस् ।

टिप्स 

  • अन्तिम समयमा लोकसेवाको तयारी गर्दा केही नमुना प्रश्नपत्र विज्ञलाई बनाउन लगाएर ती नमुना प्रश्नपत्रको उत्तर कति समयभित्र लेख्न सक्छु भनेर प्रयास गर्नुपर्छ । जस्तै– आज परीक्षा छ भने तीन घन्टामा सबै प्रश्नलाई यति समय दिन सक्छु भनेर परीक्षार्थीले समयलाई व्यवस्थापन गर्न सक्नुपर्छ । 
  • सिलेबसमा केन्द्रित भएर सरसर्ती एकपटक सबै प्रश्नलाई पढ्नुपर्छ । त्यसैगरी, मुख्य–मुख्य कुरालाई थप समय दिनुपर्छ । 
  • भोलि परीक्षा छ भन्दैमा आत्तिनु हुँदैन, बरु पढेका कुरालाई सम्झेको छ वा छैन भनेर पुनः जाँच गर्नुपर्छ ।
  • परीक्षा हलमा छिरेपछि परीक्षार्थीले लेख्ने कलम, कापी, प्रवेशपत्रलगायत आफूलाई चाहिने सामग्री छन् वा छैनन्, सो कुरालाई ख्याल गर्नुपर्छ । 
  • परीक्षा हलमा छिरेपछि समय व्यवस्थापनको धेरै ख्याल गर्नुपर्छ । जस्तै– तीन घन्टाको परीक्षा दिनु छ भने यसका लागि कुन प्रश्नलाई नम्बरका आधारमा कति–कति समय व्यवस्थापन गर्न सकिन्छ भनेर अगाडि नै समय छुट्याउन सक्नुपर्छ । 
  • प्रश्नको उत्तर लेख्दा सर्वप्रथम आफूलाई आउने प्रश्नको उत्तर सुरुमा लेख्नुपर्छ । कुनै प्रश्नको उत्तर आउँदैन भनेर आत्तिनु हुँदैन । 
  • आफूलाई सहज र सरल लाग्ने प्रश्नको  उत्तर सुरुमा लेख्नुपर्छ । आउने प्रश्नको उत्तर लेखिसकेपछि मात्र अप्ठ्यारो प्रश्नको उत्तर लेख्न समय व्यवस्थापन गर्नुपर्छ । 
  • सुरुमा केही प्रश्नको उत्तर लेखेपछि परीक्षार्थीमा हौसला, उत्साह तथा आत्मबल पनि बढ्छ र नआएको प्रश्नबारे सोचेर लेख्न केही मद्दतसमेत पुग्छ । 
  •  परीक्षा हलमा गएलगत्तै नर्भस हुनुहुँदैन र उत्तर लेख्दा भावनात्मक कुरामा बहेर पनि लेख्नुहुँदैन । उत्तर लेख्दा तथ्य र तथ्यांकलाई समाएर मात्र लेख्नुपर्छ । 
  • अन्तिममा कापीमा आफूले लेखेका कुरालाई एकपटक चेक गर्नुपर्छ र सिम्बोल नम्बर पनि सही छ वा छैन भनेर हेर्नुपर्छ ।


कम्प्युटर सँग सम्बन्धित 100+ कोर्स र अन्य कार्यको लागी सम्झनुपर्ने ठाँउ
Microsoft | Veloces | Certiport जस्ता प्रसिद्द संस्थाको नेपालको राष्ट्रिय पार्टनर ।
𝗗𝗘𝗘𝗣 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲 (𝗗𝗲𝗲𝗽 𝗜𝗧 & 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗧𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲)
(𝗡𝗲𝗮𝗿 𝗣𝗼𝗸𝗵𝗮𝗿𝗮 𝗠𝗲𝘁𝗿𝗼𝗽𝗼𝗹𝗶𝘁𝗮𝗻 𝗪𝗮𝗿𝗱 𝗡𝗼. 𝟴 𝗢𝗳𝗳𝗶𝗰𝗲, 𝗧𝗵𝗶𝗿𝗱 𝗙𝗹𝗼𝗼𝗿)
Phone No.: 061-550521
Mobile No.: 9856025421 (Viber | WhatsApp) | 9824138027
Web: www.deepci.com.np
email: info@deepci.com.np

deep computer-loksewa tips






Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment