एसईई पछि के बन्न कुन विषय पढ्ने ?

 राष्ट्रिय परीक्षा बोर्डले लिएको एसईइ परीक्षाको नतिजा सार्वजनिक भएपछि अहिले विद्यार्थीहरु आफ्नो ग्रेड अनुसारको उच्च शिक्षा अध्ययनका लागि धाइरहेका छन् । कतिपयलाई भने कुन ग्रेस ल्याएपछि के पढ्न पाइन्छ ? एसईई पछि के गर्ने भन्ने समस्याले सताएको छ ।

गत चैतमा सञ्चालन भएको परीक्षाको चतिजा असार पहिलो साता सार्वजनिक भएको थियो । कुल चार लाख ७५ हजार तीन विद्यार्थी सामेल भएको परीक्षामा ८० प्रतिशत भन्दाबढी विद्यार्थी ‘ई’ ग्रेडभन्दा माथिल्लो ग्रेड ल्याएर उत्तिर्ण भएका छन् ।

परीक्षा प्रणाली ग्रेडिङमा गइसकेपश्चात पनि अझै धेरैलाई ग्रेडिङको विषयमा राम्रोसँग जानकारी भएको पाइदैन्, यसको उदाहरण हो ‘वि’ प्लस ल्याएको कुनै एक विद्यार्थीले मेरो कति अंक आयो, त्यो भनेको कति प्रतिशत हो ? भन्नु ।

आज हामी एसईईपछि के गर्ने ? कुन ग्रेडले के कुन विषय पढ्न पाउँछौँ भन्ने विषयमा चर्चा गर्दैछौ ।

कति जिपिएले के पढ्न पाउँछ ?

२ जीपीए ल्याउने विद्यार्थीले विज्ञान र १.६ ल्याउनेले व्यवस्थापन, मानविकी, शिक्षा, कानुन संकाय अध्ययन गर्न पाउँछन् । तर संकायअनुसार तोकिएको विषयमा निश्चित ग्रेड प्राप्त गरेको हुनुपर्छ । विज्ञान समूह अध्ययन गर्न अनिवार्य विज्ञान र गणितमा सी प्लस ल्याएको हुनुपर्छ । सँगै नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्छ ।

व्यवस्थापन विषयका लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयमा कम्तिमा डी प्लस ल्याउनपर्छ । मानविकी संकायतर्फ पढ्न अंग्रेजी, नेपाली, सामाजिक विषयमा डी प्लस ल्याउनुपर्छ । शिक्षा संकायका लागि अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस ल्याएकै हुनुपर्छ ।

शिक्षा समुहको विज्ञान अध्ययन गर्न चाहनेले एसईईमा विज्ञान र गणितमा डी प्लस ल्यनउनु पर्छ । प्रविधिक शिक्षामा एसईई पास गरेकाले साधारणतर्फ पनि कक्षा ११मा अध्ययन गर्न पाउनेछन् ।

पोष्ट एसईई कार्यक्रमहरु

नेपालमा माध्यमिक परीक्षा पास गरेपछि लगातारको विद्यालय शिक्षामा भएजस्तो सबै विषय पढ्नुपर्दैन । आफूलाई उपयुक्त विषय छनौट गरेर पढ्न पाईने व्यवस्था रहेको छ । यसमा निम्न अनुसारका कार्यक्रहरु सञ्चालनमा रहेका छन् ।

नेपाल परीक्षा बोर्डले सञ्चानल गरेका कार्यक्रमहरु

विज्ञान

कक्षा ११  अंग्रेजी, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान/कम्प्युटर, गणित
कक्षा १२  अंग्रेजी, नेपाली, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान/गणित

प्रोफेसन

चिकित्सक, इन्जिनियर, पारामेडिकल, नर्सिङ, एमएस्सी, आईटी लगायत अन्य ।

व्यवस्थापन 

कक्षा ११  अंग्रेजी, नेपाली, लेखा, अर्थशास्त्र, व्यवसाय अध्ययन

कक्षा १२  अंग्रेजी, बजार शास्त्र, लेखा, अर्थशास्त्र, व्यवसाय अध्ययन

यी व्यवस्थापनका मुख्य विषय हुन् । यसका अलावा होटेल म्यानेजमेन्ट, यात्रा तथा पर्यटन, कम्प्युटर, गणित जस्ता विषयपनि अप्सनमा रुपमा लिन पाइने व्यवस्था छन् ।

प्रोफेसन

बैंक कर्मचारी, व्यवस्थापक, चार्टर एकाउन्टेन्ट, व्यवसाय, सल्लाहकार, लेखापाल, व्यवसायीक रणनीति निर्माता आदि 

शिक्षा/मानविकी संकाय

यसमा ११ र १२ का लगभल सबै विषय मिल्छन् । यसमा पर्ने विषय नेपाली, अंग्रेजी, समाजशास्त्र, अर्थशास्त्र, गणित, विज्ञान जस्ता विषय पर्दछन् । यस संकायमा समाजको अध्ययन गर्ने लगभग विषय समावेश छन् ।

प्रोफेसन

शिक्षक, प्रोफेसर, सामाजिक कार्यकर्ता, राजनीतिक सल्लाहकार, एनजिओ, आइएनजिओ लगायतका संस्थामा

डिप्लोमा लेभल शिक्षा

तीन वर्से कोर्षका रुपमा डिप्लोमाका केही विषयहरु छनौट गरेर पढ्न पाइन्छ । यो विषय प्लस टू को विकल्पको रुपमा रहेको छ । यस अन्तरगत सञ्चालन हुने विषयहरुमा दक्षता हासिल गरेपछि सोही विषयको विज्ञ अर्थात् प्राविधिकको रुपमा काम पनि गर्न सकिन्छ ।

डिप्लोमा शिक्षामा सिभिल, मेकानिकल, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, आर्किटेक्चर इन्जिनियर विषयहरुको अध्ययन गर्न पाइने छ । यी डिप्लोमाका विषयहरु डब्लु आर सी पोखरा, ईआरसी धरान र सीटीभीटी ले सञ्चालन गरिरहेका छन् ।

अन्तराष्ट्रिय डिग्रीहरु

गएका केही वर्षयता अन्तर्राष्ट्रिय डिग्रीहरु पनि सञ्चालनमा आएका छन् । अहिले नेपालमा एसईई पछि गर्न सकिने दुई अन्तर्राष्ट्रिय डिग्रीहरु सञ्चालनमा रहेका छन् । यी डिग्रीहरु दर्जन भन्दा बढी शैक्षिक संस्थाहरुले दिँदै आएका छन् ।

ए–लेभल

अन्तर्राष्ट्रिय डिग्रीमध्ये एक हो ए–लेभल । क्याम्ब्रिज विश्वविद्ययालयले प्रदान गर्ने यो विश्वव्यापी कार्यक्रम हो । यो कार्यक्रम दुई वर्षको हुन्छ । यसमा एएस पाठ्यक्रमले निर्धारण गरेको पाठ्यक्रमका आधारमा विज्ञान, व्यवस्थापन र शिक्षा संकायका विषयहरु छनौट गरेर पढ्न पाइने व्यवस्था छ ।

आईबी

आईबी अर्थात् अन्तर्राष्ट्रिय ब्याक्लरेट, यो एसईई पछिको दुई वर्से कार्यक्रम हो । यसले विषय छनौटमा र विषय शाखाहरुमा धेरै प्रकारका विकल्पहरु राखेको छ । यसलाई ए–लेभलको उत्तम विकल्पका रुपमा लिन सकिन्छ । यदि तपाईं ब्याचलर्स डिग्री अगाडी नै अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न चाहनुहुन्छ भने यो शिक्षा एउटा राम्रो विकल्प बन्न सक्छ ।

प्रविधिक शिक्षा र व्यवसायीक तालिम संघ

प्रविधिक शिक्षा र व्यवसायीक तालिम संघलाई छोटकरीमा सीटीभीटी भनेर चिनिन्छ । यसले डिप्लोमा अन्तर्गतका विभिन्न तालिमको व्यवस्था गर्दै आएको छ । यसले नेपालको शिक्षा मन्त्रालय भित्र रहेर तालिम प्रदान गर्ने गरेको छ । यसले हजारौं विद्यार्थीलाई प्राविधिक र सिपमुलक ज्ञान दिँदै आइरहेको छ । सीटीभीटीले प्रविधिकतर्फका निम्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छन् ।

अनमी, भेटनरी विज्ञान, वनस्पती (कृषि) विज्ञान, कम्युटर विज्ञान, सिभिल, इलेक्ट्रिकल र मेकानिकल इन्जिनियरिङ, ल्याब टेक्निसियन जस्ता विषयहरु रहेका छन् ।

प्राविधिक शिक्षा र परम्परागत शिक्षा

परम्परागत शिक्षा भन्नाले नेपाल परीक्षा बोर्डले सञ्चालन गरेको ‍‍‌प्लस टूको शिक्षालाई लिन सकिन्छ । समाजलाई शिक्षित बनाउन, विभिन्न खोज र अध्ययनका लागि परम्परागत शिक्षा प्रणालीमा सञ्चालन हुने शिक्षामा आबद्ध हुन सकिन्छ । तर यस्तो शिक्षा प्रणालीबाट छिटै लाभ भने प्राप्त गर्न सकिँदैन ।

Deep Computer




‘प्राविधिक शिक्षा अध्ययन पछि रोजगारीका लागि अवशरहरु धेरै हुन्छन्’ टी–एसईई कार्यक्रम अन्तर्गत भेटनरी जेटीए पढ्दै आएका ताप्लेजुङका शेखर चुडालको भनाई छ । उनी भन्छन, ‘प्राविधिक शिक्षामा लाग्यो भने छिटै रोजगारीको अवसर सिर्जना हुने भएकाले म यसमा लागेको हुँ ।’

नेपालमा प्राविधिक शिक्षालाई केही समययता महत्वका साथ हेरीएको छ । देशमै उद्यमी र आत्मनिर्भर बन्नका लागि सरकारले प्राविधिक शिक्षालाई आफ्नो नीति तथा कार्यक्रममा राखेको थियो ।

सीटीभीटीले देशभरमा ३३ बटा शिक्षालयहरुबाट वार्षिक अन्गर्तत २० हजार विद्यार्थीलाई सहभागि गराउँदै आएको छ ।

Share on Google Plus

About DEEP IT & Computer Training Institute

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment