SEE पछिको शिक्षा

एसईईको परीक्षा दिइसकेपछि अभिभावकहरू आफ्ना छोरा–छोरी अब परिपक्व भए भन्ने अनुभव गर्छन् । विद्यार्थीहरूमा पनि त्यही किसिमको मनोविज्ञान निर्माण हुन्छ । १५–१६ वर्षको कलिलै उमेर भए पनि एसईई दिएपछि उनीहरूमा स्कुले केटाकेटीको जीवन अन्त्य भएको महसुस हुन्छ । यही भएर नै हुन सक्छ, स्कुलको अर्थात् एसईईपछिको शिक्षालाई जीवन बनाउने र भत्काउने शिक्षाको रूपमा लिइन्छ । भविष्यमा के गर्ने र के बन्ने भन्ने निर्धारण स्कुले जीवनको अन्त्यसँगै सुरु हुने हुँदा यसप्रति सबैको चासो हुनु अस्वाभाविक पनि होइन । एसएलसीपछि छनौट गरिने अध्ययनको विषय र शैक्षिक संस्थाको छनौटले नै उक्त विद्यार्थी भविष्यमा कस्तो बन्न सक्छ भन्ने अुनमान धेरैले लगाउने गरेका छन् । 

deep computer institute


त्यसैले त अहिले +२ भर्ना अभियानका बारेमा धेरैको चासो छ । विद्यार्थीमा मैले सही शिक्षण संस्था छनौट गर्न सक्छु कि सक्दिनँ भन्ने अन्यौलता छ, अभिभावकहरूमा आफ्ना छोरा–छोरी पढ्ने कलेज सही पर्छ कि पर्दैन, उनीहरू पढ्ने कलेजले आफ्ना छोराछोरीको भविष्य निर्धारण गर्न सक्छ कि सक्दैन भन्ने चिन्ता छ ।

अर्काेतर्फ शैक्षिक संस्था सञ्चालन गरिरहेका निजी कलेजहरूका बीच राम्रा विद्यार्थी तान्ने र आफ्नो कलेजको गरीमा बढाउने होडबाजी नै चलेको छ । यस्तो अवस्थामा केही कलेजहरू अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका छैनन् होला भन्न सकिँदैन । तडक–भडकपूर्ण प्रचार–प्रसारको बीचमा विद्यार्थी र अभिभावकलाई सही कलेज छनौट गर्न पक्कै पनि अप्ठ्यारो हुन्छ । त्यसैले लोकलयले यस किसिमको अन्यौलता हटाउने सानो प्रयास गरेको छ साथै केही यस्ता कलेजहरूको बारेमा जानकारी दिने प्रयास गरेको छ, जुन कलेजहरूलाई अध्ययनका लागि छनौट गर्दा सामान्यतः विद्यार्थीहरूले पछुताउनुपर्ने छैन । साथै हामीले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेका त्यस्ता केही व्यक्तिहरूको भनाई÷अन्तरवार्तालाई समेटेका छौं, जसको आधारमा अभिभावक र विद्यार्थीहरू सही कलेज छनौट गर्न सफल हुनेछन् भन्ने हाम्रो विश्वास छ ।

कुनै पनि विद्यार्थीलाई तपाईं यही कलेजमा पढ्नुहोस् भनेर सिफारिस गर्ने हैसियत हामी राख्दैनौं । आफ्नो रुचि र क्षमताअनुसार कुन कलेज रोज्ने भन्ने विषयमा हरेक विद्यार्थी र अभिभावक स्वतन्त्र हुन्छन् । कुनै पनि कलेजले आफूलाई उत्कृष्ट दाबी गर्दैमा त्यो कलेज उत्कृष्ट हुन्छ नै भन्ने पनि छैन । उत्कृष्ट कलेजका हामीले यहाँ जुन नामहरू प्रस्तुत गरेका छौं, ती साँच्चै उत्कृष्ट छन् कि छैनन् भनेर जाँच्ने र सत्य–तथ्य पत्ता लगाउने काम विद्यार्थी र अभिभावकै हो । हामीले त शिक्षासँग सरोकार राखेर विभिन्न समयमा गरिएका फरक–फरक अध्ययनहरूले जुन कलेजलाई उत्कृष्ट भनेर प्रमाणित गरेको छ, तिनीहरूलाई नै आधार बनाएर यी नामहरू पस्केका हौं । यी नामहरू हामीले अनुसन्धान गरेर तयार गरेका होइनौं । शिक्षासँग सरोकार राख्ने अन्य निकायहरूले बेला–बेला गरेको अनुसन्धानको अध्ययनलाई आधार बनाएर नै हामीले उत्कृष्ट कलेजको रूपमा यी नामहरू छनौट गरेका हौं ।

उत्कृष्ट कलेजका रूपमा आएका नामहरू गुणस्तरीय शिक्षाका लागि सामान्यतः निर्विवाद नै छन् । यी नामहरू सम्बन्धित कलेजको विगतका परीक्षा–नतिजाका आधारमा तयार गरिएको हो, जो देशका विभिन्न स्थानहरूमा रहेका छन् । उत्कृष्टताको छनौटमा परेका धेरै कलेजहरू काठमाडौंमा केन्द्रित देखिएका छन् भने काठमाडौंबाहिर पनि यस्ता कलेजहरू नभएका होइनन् । काठमाडौंसँग राम्रैसँग प्रतिस्पर्धा गरिरहेको उपत्यका बाहिरका उत्कृष्ट कलेजहरू पनि समेटिएका छन् । उत्कृष्ट भनेर यहाँ समेटिएका कलेजहरूमध्ये केहीको अवस्था विगत १÷२ वर्षमा खस्केको देखिए पनि उनीहरू अन्य उत्कृष्ट भनिएका कलेजहरूको प्रतिस्पर्धी हुन् भन्ने कुरामा दुईमत छैन ।


कुन ग्रेड, कुन विषयका लागि योग्य ? 


यस वर्षको एसईई नतिजा ग्रेडिङ प्रणालीबाट सार्वजनिक भएको हुँदा त्यसलाई हेर्ने र बुझ्ने क्षमता सबैमा देखिएन । हरेक विषयको प्राप्तांक अंकमा हेर्ने र सोही अनुसार डिभिजन छुट्याएर अब यो र ऊ विषय बढ्छु भन्नेहरुका बीचमा यस वर्ष केही अन्यौलता सिर्जना गरेको छ । त्यसैले ‘ग्रेड प्वाइन्ट एभरेज’ (जीपीए) भनिने यो प्रणाली अनुसार तपाईंले कुन विषय पढ्न पाउनुहुन्छ ? त्यसलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । कसैलाई फेल नबनाउने भनिए पनि ‘डी’ ग्रेडकालाई कुनै कलेजले भर्ना नलिने भन्दै सार्वजनिक भएको समाचारले केही निराशा बनाउन सक्छ । ग्रेडिङ प्रणालीमा ‘ए–प्लस’ देखि ‘ई’ सम्म वर्गीकरण गरिएको छ । यसमध्ये ‘डी प्लस’ आउने विद्यार्थीले सरकारी कलेजमा मुस्किलले भर्ना हुन पाउँछन् । त्योभन्दा कम ‘डी’ र ‘ई’ आउने विद्यार्थीलाई व्यावसायिक सीप विकास तथा तालिम केन्द्र (सिटिभिटी) मा प्राविधिक विषयतर्फ लगाउने सरकारी नीति छ । 

राष्ट्रिय  शिक्षा परिषद्ले कुन ग्रेड ल्याउने विद्यार्थीले के विषय पढ्न पाउने भनी तोकिदिएअनुसार कक्षा ११ मा भर्ना हुन कम्तीमा गणित र विज्ञानमा ‘सी–प्लस’, अंग्रेजीमा ‘सी’ र सामाजिक शिक्षा तथा नेपालीमा ‘डी–प्लस’ अनिवार्य आवश्यक छ । ‘सी–प्लस’ भन्नाले ५० देखि ६० प्रतिशत अंक बराबर हो । यद्यपि यसरी मापदण्ड तोकिनु नहुने आवाजहरु पनि आइरेका छन् । कुन ग्रेड ल्याउने विद्यार्थीले के पढ्न पाउने भनी परिषदले तोक्नु नहुने यस क्षेत्रका विज्ञहरुले बताएका छन् ।

ग्रेड             प्रतिशत


ए+  ९० र सोभन्दा बढी

ए  ८० देखि ८९ सम्म

बी+  ७० देखि ७९ सम्म

बी  ६० देखि ६९ सम्म

सी+  ५० देखि ५९ सम्म

सी  ४० देखि ४९ सम्म

डी+  ३० देखि ३९ सम्म

डी  २० देखि २९ सम्म

ई  ० देखि १९ सम्म

संकाय अनुसारका विषयहरु यस्ता छन्

कुन संकाय रोज्ने ? ः एसएलसीपछिको उच्च शिक्षा अध्ययनको बाटो +२ बाटै सुरु हुन्छ । प्लस टुमा प्राप्त हुने सफलताले नै विद्यार्थीलाई भविष्यमा इन्जिनियर, डाक्टर, बैंकर्स, लेखापरीक्षक, प्रशासक, पत्रकार के बन्ने निर्दिष्ट गर्छ । +२ अन्तर्गत विभिन्न चार संकाय छन् — मानविकी, व्यवस्थापन, विज्ञान, शिक्षा र कानुन । प्राविधिकभन्दा यी विषयहरू पढ्न सजिलो, सुलभ र तुलनात्मक रुपमा कम खर्चिलो छ । त्यसैले बहुसंख्यक विद्यार्थीको रोजाइमा उ 

Share on Google Plus

About DEEP IT & Computer Training Institute

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment