शिक्षक सेवा आयोगको प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम........



शिक्षक सेवा आयोगवाट लिइने प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम देहायअनुसार हुने भएकोले सम्वन्धित सवैको जानकारीका लागि यहाँ समावेस गरेका छौ ।

तहःप्राथमिक श्रेणीः तृतीय पूर्णाङ्क १००

(१) शिक्षासम्वन्धी आधारभूत ज्ञानः बस्तुगत प्रश्न (बहुबैकल्पिक– समानान्तर सेटहरु) –२० अङ्क
(क) शिक्षासम्वन्धी आधारभूत जानकारी – १० अङ्क
(अ) नेपालको शिक्षाको राष्ट्रिय तथा तहगत उद्देश्यहरु
(आ) नेपालको विद्यालय तहकोे संरचना र पाठयक्रमको ढांचा
(इ) पूर्वप्राथमिक शिक्षा तथा प्रारम्भिक वाल विकासको उद्देश्य र कार्यान्वयन
(ई) वाल अधिकार तथा लैङ्गिक समानता
(उ) शिक्षासम्वन्धी योजना तथा परियोजनाः
– रा.शि.प.को योजना (२०२८–०३२) प्राथमिक शिक्षाको संरचना र शिक्षक व्यवस्थापन
– आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम दोस्रो (१९९९–२००४), लक्ष्य र कार्यक्रम
– सवैकालागि शिक्षा कार्यक्रम (२००४–२००९) उद्देश्य, लक्ष्य र कार्यक्रम
– चालु आवधिक योजनामा प्राथमिक शिक्षाको लक्ष्य तथा कार्यक्रम
(ऊ) शिक्षण सिकाइ तथा कक्षा व्यवस्थापन
– शिक्षण विधि र प्रक्रियाः
– शैक्षणिक व्यवस्थाः विषयगत, कक्षागत र बहुकक्षा शिक्षण

– कक्षा कोठा व्यवस्थापनः भौतिक र विद्यार्थी
– शैक्षिक सामग्रीहरुको व्यवस्था र प्रयोग ः स्थानीय तथा अन्य
– स्थानीय / मातृभाषाको पाठ्यक्रम निर्माण र प्रयोग
– बहुभाषा शिक्षणको महत्व र प्रयोग
(ए) शैक्षिक योजना निर्माण तथा मूल्याङ्कन
– वार्षिक तथा दैनिक शैक्षणिक योजना निर्माण र कार्यान्वयन
– विद्यालय सुधार योजना निर्माण र कार्यान्वयन
– निर्माणात्मक तथा निर्णयात्मक मूल्याङकन – विभिन्न तरिका र प्रयोग
(ऐ) वाल विकास तथा मनोविज्ञानः पूर्ववाल्यावस्था र वाल्यावस्थाका सिकाइसंग सम्वन्धित विशेषताहरु, विकासात्मक पक्षहरु

(ख) संविधान, शिक्षासम्वन्धी ऐन तथा नियमावलीहरु – १० अङ्क
(अ) नेपालको अन्तरिम संविधान२०६३ मौलिक हक, शिक्षासम्वन्धी हक
(आ) शिक्षा ऐन २०२८ (संशोधन सहित)
(इ) शिक्षा नियमावली २०५९ (संशोधन सहित)
– विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार,
– शिक्षकको सेवा शर्त र सुविधाहरु,
– शिक्षक तथा विद्यार्थी आचारसंहिता
(ई) शिक्षक सेवा आयोग नियमावली २०५७ (संसोधन सहित)

(२) प्राथमिक तहको विषयसम्वन्धी ज्ञान र सीप तथा आधुनिक शैक्षणिक प्रविधि – ८० अङ्क
(क) विषयसम्वन्धी ज्ञान र सीप – ६० अङ्क
प्राथमिक तहको नेपाली, अंग्रेजी, गणित, सामाजिक , विज्ञान र वातावरण आदि विषयहरुसँग सम्वन्धित पाठ्यक्रमले तोकेको पाठ्यभार आधारमा सकभर सवै विषय समेट्ने गरी विषयगत ज्ञान र सीपमा आधारित प्रश्नहरु तथा सोही विषयवस्तुमा आधारित शिक्षण विधि
ख) आधुनिक शैक्षणिक प्रविधि तथा खोज –२० अङ्क
(अ) दूर तथा खुला शिक्षा

(आ) अनौपचारिक शिक्षा र साक्षरता, कार्यमूलक तथा लचिलो र बैकल्पिक विद्यालय
(इ) श्रव्य तथा दृश्य सामाग्रीको परिचय र यसको प्रयोग
(ई) समावेसी शिक्षाः– उद्देश्य, महत्व र आवश्यकता
(उ) सूचना तथा सञ्चार शिक्षाको महत्व र आवश्यकता तथा शिक्षण सिकाइमा यसको प्रयोग
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment