शिक्षक सेवा तयारीमा रहेकाहरुको लागि महत्वपुर्ण प्रश्नहरु (माध्यमिक तह)......


माध्यमिक तहका वस्तुगत प्रश्नहरु

१) विद्यालय क्षेत्र सुधार योजना अनुसार आधारभूत तहको प्रधानाध्यापक हुनको लागि न्यूनतम
शैक्षिक योग्यता कति हो ?
क) एस.एल.सी.
ख) प्रमाण पत्र तह
ग) स्नातक
घ) स्नाकोत्तर

२) माध्यमिक तहको ऐच्छिक प्रथम पत्रमा समावेश नभएको विषय कुन हो ?
क) चिनीयाँ भाषा
ख) जनसंख्या शिक्षा
ग) समाज शास्त्र
घ) छविकला

३) नेपालको अन्तरिम संविधान २०६३ को कुन धारामा महिला अधिकार सम्बन्धी हकको व्यवस्था गरिएको छ ?
क) धारा १५
ख) धारा १८
ग) धारा २०
घ) धारा २५

४) रा.शि.प.यो. २०२८ अनुसार निम्न माध्यमिक तहको अन्त्यमा कस्तो किसिमको परीक्षा लिनुपर्ने व्यवस्था गरिएको थियो ?
क) विद्यालय स्तरीय
ख) अञ्चल स्तरीय
ग) जिल्ला स्तरीय
घ) राष्टिय स्तरीय

५) शिक्षा नियमावली २०५९ अनुसार शिक्षकलाई तालिमको लागि छनौट गर्ने जिम्मेवारी कसको हो
क) जिल्ला शिक्षा अधिकारी
ख) विद्यालय निरीक्षक
ग) वि.व्य.स.
घ) प्रधानाध्यापक

६) थोरै विद्यार्थी र कम शिक्षक दरबन्दी भएको विद्यालयमा कुन शिक्षण विधि उपयुक्त हुन्छ ?
क) कक्षा शिक्षण
ख) विषय शिक्षण
ग) वहुवर्ग शिक्षण
घ) समूह शिक्षण

७) पूर्व प्राथमिक तहको अनुमति तथा स्वीकृति कसले प्रदान गर्दछ ?
क) जिल्ला शिक्षा कार्यालय
ख) विद्यालय व्यवस्थापन समिति
ग) विद्यालय
घ) गाविस/नगरपालिका

८) विद्यालय क्षेत्र सुधार योजनाको समयावधी कुन हो ?
क) सन् २०१०—२०१५
ख) सन् २००९ —२०१५
ग) सन् २००४ —२००९
घ) सन् २०११—२०१५

९) विद्यालय तहको पाठ्यक्रको अन्तिम स्वीकृति प्रदान गर्ने निकाय कुन हो ?
क) पाठ्यक्रम विकास केन्द्र
ख) शिक्षा विभागा
ग) नेपाल सरकार
घ) शिक्षा मन्त्रालय



१०) नेपालको अन्तरिम संविधान २०६३ अनुसार सरकारको नीति तथा कार्यक्रम कसले सम्बोधन गरी प्रस्तुत
गर्ने प्रावधान छ ?
क) प्रधानमन्त्री
ख) राष्टपति
ग) अर्थमन्त्री
घ) उप प्रधानमन्त्री

११) माल्दीभ्सको विद्यालय तहको शैक्षिक संरचना कस्तो छ ?
क) ५ + ३+२+२
ख) ५+२+३+२
ग) ५+४+३+२
घ) ३+४+३+२

१२) पाठ्यक्रमका अंगहरुको ठीक क्रम कुन हो ?
क) विषयवस्तु, उद्धेश्य, शिक्षण विधी, र मूल्यांकन
ख) मूल्यांकन, उद्धेश्य, विषयवस्तु र शिक्षण सिकाइ क्रियाकलपा
ग) उद्धेश्य, विषयवस्तु, शिक्षण सिकाई क्रियाकलाप मुल्यांकन
घ) उद्धेश्य, विषयवस्तु, मूल्यांकन र गृहकार्य

१३) सबैको लागि शिक्षा कार्यक्रम २००४—२००९ सञ्चालनको लागि जम्मा कति बजेटको व्यवस्था गरिएको थियो ?
क) ८१४.५ मिलियन अमेरिकी डलर
ख) ४८१.५ मिलियन अमेरिकी डलर
ग) ९०५.२ मिलियन अमेरिकी डलर
घ) ८४१.५ मिलियन अमेरिकी डलर

१४) राष्टिय शिक्षा आयोगको प्रतिवेदन २०४९ अनुसार माध्यमिक तहको शिक्षाको लागि कूल कति पूर्णाङ्ग कायम गरिएको थियो ?
क) ५००+ ३००
ख) ६००+२००
ग) ४०० + ४००
घ) ७०० +१००

१५) नेपालमा सर्व प्रथम Technical school स्थापना कहिले भएको हो ?
क) वि.सं. १९८७
ख) वि.सं. १८८७
ग) वि.सं. १९८८
घ) वि.सं. १९७७

१६) राष्ट्रिय शिक्षा पद्दतिको योजना २०२८ सर्वप्रथम कुन–कुन जिल्लामा लागु गरियो ?
क)मोरङ्ग र काठमाण्डौ
ख) भक्तपुर र ललितपुर
ग) इलाम र पाल्पा
घ) चितवन र कास्की

१७) एस.एल.सी. परीक्षा कक्षा १० को पाठ्यक्रमबाट मात्र कहिले देखि सञ्चालन हुन थालेको हा ?
क) वि.सं.२०६३
ख) वि.सं. २०६४
ग) वि.सं.२०६५
घ) वि.सं. २०६६

१८) शिक्षकको कार्य क्षमताको मूल्यांकन गर्दा तालिम वापत् कति अंक प्रदान गरिन्छ ?
क) ५ अंक
ख) १५ अंक
ग) २० अंक
घ) १० अंक

१९) न्युनतम तलव स्केल रु. २२,०००, अन्तिम तलवमान रु. २५००० र २० वर्ष सेवा अवधि भएको शिक्षकले मासिक कति रकम निवृत्तिभरण पाउँछ ?
क) रु. १०,०००
ख) ११,०००
ग) १२,०००
घ) १२५००

२०) हाम्रो देशमा विद्यालय शिक्षाको गुणात्मक पक्ष सोचेजस्तो नहुनुमा मूल्यांकनको कस्तो भुमीका रहेको छ ?
क) परीक्षाका प्रश्नहरु गुणस्तरीय नहुनु ।
ख) परीक्षाको विश्वसनियता नहुनु ।
ग) निरन्तर विद्यार्थी मूल्यांकन नहुनु ।
घ) परीक्षाफलको विश्लेषण नहुनु ।

२१) सार्क सदस्य राष्ट्रहरु मध्ये सबैभन्दा बढी साक्षरता भएको मुलुक कुन हो ?
क) श्रीलंका
ख) भारत
ग) माल्दीभ्स
घ) भुटान

२२) अफगानिस्तानको विद्यालय तहको शैक्षिक संरचना कस्तो रहेको छ ?
क) ५+३+२+२
ख) ५+२+३+२
ग) ५+३+४+२
घ) ३ +३+३+३

२३) नेपालमा एस.एल.सी. परीक्षा बोर्ड कहिले गठन भएको थियो ?
क) वि.स. १९९० कात्तिक १०
ख) वि.स. १९९० कात्र्तिक १६
ग) वि.स. १९९० मंसिर १३
घ) वि.स. १९९० मंसीर २०

२४) नेपालमा माध्यमिक शिक्षाको तहगत शैक्षिक उद्देश्यहरु कतिवटा रहेका छन् ?
क) ६ वटा
ख) ५ वटा
ग) ७ वटा
घ) १२ वटा

२५) अति विपन्न वर्गका समुदायलाई सरकारले धेरै सुविधा उपलब्ध गराउनु र मध्यम वर्गका समुदायलाई कम सुविधा उपलब्ध गराइ दुवै वर्गलाई समान बनाउनुलाई के भनिन्छ ?
क) कानुन विपरीत कार्य
ख) नकारात्मक विभेद
ग) समता
घ) समानता

२६) सबैको लागि शिक्षा सम्बन्धी डकार सम्मेलनमा तय गरिएको शैक्षिक विकास सम्बन्धी लक्ष्य निम्न मध्ये कुन चाहिं होइन ?
क) गुणस्तरीय माध्यमिक शिक्षा
ख) शिक्षामा सबैको पहुँच
ग) प्रौढ शिक्षा
घ) लैंगिक समानता

२७) उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०५५ ले एस.एल.सी. परीक्षालाई कुन तहमा सञ्चालन गर्न सुझाव दिएको थियो ?
क) केन्द्रीय तह
ख) अञ्चल तह
ग) विद्यालय तह
घ) क्षेत्रीय तह

२८) विषय शिक्षकले बनाउने योजना मध्येको पहिलो योजना कुन हो ?
क) वार्षिक कार्यतालिका
ख) वार्षिक कार्ययोजना
ग) एकाइ योजना
घ) दैनिक योजना

२९) निर्माणात्मक मूल्याङ्कनको विशेषता कुन होइन ?
क) आवधिक हुन्छ ।
ख) पृष्ठपोषण उपलब्ध गराउने कार्य गर्दछ ।
ग) निरन्तर प्रक्रिया हो ।
घ) उपचारात्मक शिक्षणमा मद्दत गर्छ ।

३०) अवास्तविक उमेर भनेर कुन विकासात्मक अवस्थालाई बुझिन्छ ?
क) प्रारम्भिक बाल्यवस्था
ख) उत्तरबाल्यवास्था
ग) यौवन अवस्था
घ) किशोर अवस्था

३१) नेपालको अन्तरिम संविधान २०६३ ले कतिवटा मौलिक हकहरुको व्यवस्था गरेको छ ?
क) २०
ख) २१
ग) २२
घ) १३

३२) नेपालको अन्तरिम संविधान २०६३ ले कसका लागि माृतभाषामा आधारभूत शिक्षा पाउने हकको व्यवस्था गरको छ ?
क) प्रत्येक समुदाय
ख) प्रत्येक नागरिक
ग) प्रत्येक व्यक्ति
घ) प्रत्येक सम्प्रदाय

३३) नेपालको कुन तहको अदालत अभिलेख अदालत हुने संवैधानिक प्रावधान छ ?
क) जिल्ला अदालत
ख) पुनरावेदन अदालत
ग) सर्वोच्च अदालत
घ) विशेष अदालत

३४) शिक्षा ऐन २०२८ अनुसार विना सूचना कति दिन भन्दा बढी समय विद्यालयमा अनुपस्थित रहेमा पदबाट हटाइने व्यवस्था छ ?
क) १५ दिन
ख) ३० दिन
ग) ६० दिन
घ) ९० दिन

३५) शिक्षा ऐन २०२८ ले सामुदायिक विद्यालयका लागि उपलब्ध दरबन्दी वितरण तथा मिलान गर्ने जिम्मेवारी कसलाई तोकेको छ ?
क) जिल्ला शिक्षा कार्यालय
ख) जिल्ला शिक्षा अधिकारी
ग) क्षेत्रीय शिक्षा निर्देशक
घ) जिल्ला शिक्षा समिति

३६) शिक्षकलाई तालिमका लागि छनौट गर्ने कार्य कसले गर्छ ?
क) प्र.अ.
ख) विद्यालय निरीक्षक
ग) वि.व्य.स.
घ) स्रोतव्यक्ति

३७) जिल्ला शिक्षा समितिमा जिल्ला शिक्षक युनियनको अध्यक्ष सहित कति जना शिक्षकहरुको प्रतिनिधि रहने व्यवस्था छ ?
क) ३
ख) ५
ग) २
घ) ४

३८) तलका मध्ये कुन विदा शिक्षकले पाउँदैन ?
क) घर विदा
ख) विरामी विदा
ग) सुत्केरी विदा
घ) वेतलवी विदा

३९) शिक्षक सेवालाई समावेसी बनाउन छुट्याइएको कोटा मध्ये कति प्रतिशत कोटा आदिवासी÷जनजातीका लागि छुट्याउनु पर्ने व्यवस्था छ ?
क) २७
ख) २२
ग) ३३
घ) ९

४०) माध्यमिक तह द्वितीय श्रेणीमा कति प्रतिशत खुल्ला प्रतियोगिताबाट पदपुर्ति हुने व्यवस्था छ ?
क) २५
ख) ५०
ग) ७५
घ) व्यवस्था छैन ।



कृपया उत्तर इ-मेल अथवा कमेन्टमा लेख्नुहोस् ।
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment