नेपाल राष्ट्र बैंकले २०७१ साउन १० गतेको सहायक दित्तिय पदको परीक्षामा सोधिएका प्रश्न-उत्तर .......


A) नेपाललाई कहिले 14 अञ्चल 75 जिल्ला मा कहिले विभाजन गरिएको थियो ??
उत्तर = २०१८ बैशाख १ गते 
B) नेपाल राष्ट्र बैंकले रु 20,25 र 50 दरका नोट पहिलोपल्ट कुन कुन मितिमा प्रकाशित गरेको हो ??
उत्तर = क्रमश २०३९ कार्तिक २२, २०५२ चैत्र २९ र २०३४ बैशाख १४ गते 
C) नेपाल राष्ट्र बैंकले आ व २०७१/०७२ को लागि जारी मौद्रिक नीति अनुसार क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात अनुपात कति कति रहेको छ ??
उत्तर = क्रमश : ६%,५% र ४%
D) कुलेखानी , चिलिमे र मोदिखोला जलविद्युत आयोजना कुन कुन जिल्लामा पर्दछन् ??
उत्तर = क्रमश : मकवानपुर , रसुवा र पर्वत जिल्लामा 
E) जुम्ला , बुटवल र मन्थली कुन कुन नदिको किनारमा अवस्थित छन् ??
उत्तर = क्रमश : तिला , तिनाउँ र तामाकोशी
F) कालो झण्डा र सेतो झण्डाले कुन कुन कुराको संकेत गर्दछ ??
उत्तर : क्रमश : बिरोध र शान्ति
G) निम्न कृतिका लेखकको नाम लेख्नुहोस् !
१. सेतो धरती
२. चट्याङको देश
३. नदी किनारका माझी
उत्तर = क्रमश : अमर न्यौपाने , डायमण्ड समसेर राणा र मोहन कोइराला
H) आ.व २०७१/०७२ को बजेट बक्तव्य र मौद्रिक नीतिमा उल्लेख भए अनुसार चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर र मुद्रास्फिती दर कति रहने अनुमान गरिएको छ ??
उत्तर = क्रमश : ६% र ८ % 
I) निम्न देशका मुद्रालाई के भनिन्छ ??
१. रसिया
२. इण्डोनेशिया
३. मलेसिया
उत्तर = क्रमश : रुबेल , रुपिया र रिङ्गिट
J) सूचना प्रविधिको क्षेत्रमा प्रयोग हुने VSAT र HTTP को विस्तारित रुप लेख्नुहोस् !!
उत्तर = Very Small Aperture Terminal & Hyper Text Transfer Protocol
K) विश्व वातावरण दिवस कहिले मनाइन्छ ? उक्त दिवसको अवसरमा यस वर्ष नेपालको नारा के रहेको थियो ??
उत्तर = जुन ५ मा , ‘हिमाल बचाऔं, वातावरण जागाऔं’
L) ब्राजिलमा भएको विश्वकप फुटबल २०१४ को सेमिफाइनल खेल कुन कुन राष्ट्रबिच भएको थियो ? सो विश्वकपमा गोल्डेन बल प्राप्त गर्ने खेलाडीको नाम के हो ??
उत्तर = क्रमश : ब्राजिल र जर्मनी , नेदरल्याण्ड र अर्जेन्टिना । गोल्डेन बल प्राप्त गर्ने खेलाडी – लियोनल मेसी( अर्जेन्टिना )
M) पञ्चकन्या भन्नाले कसलाई जनाउँदछ ??
उत्तर = अहिल्या, द्रौपदि , कुन्ती , तारा र मन्दोदरी
N) नेपाल सरकारको २०७१ बैशाख २५ को निर्णयबाट थप गरिएका नगरपालिकाको संख्या कति थियो ?? थप गरिएका समेत हाल नगरपालिकाको संख्या कति पुगेको छ ??
उत्तर = थप गरिएका नगरपालिका संख्या ७२ र हाल नगरपालिकाको संख्या १३० वटा 
O) निम्न मुलुकको राजधानीको नाम उल्लेख गर्नुहोस् !!
१. ब्राजिल
२. घाना
३. कतार
उत्तर = Brasilia , Accra and Doha
P) सार्क क्षयरोग केन्द्र र सार्क कृषि सूचना केन्द्र कुन कुन देशमा रहेका छन् ?? उक्त केन्द्र कहिले स्थापना भएका थिए , इश्वि सम्बतमा लेख्नुहोस् !
उत्तर = क्रमश : Nepal 1992 , Bangladesh 1989
Q) संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा कति सदस्य रहन्छन् र त्यसमा कति स्थायी र कति अस्थायी सदस्य राष्ट्र रहने व्यवस्था रहेको छ ??
उत्तर = क्रमश : १५, ५ र १०
R) नेपालको अन्तरिम संविधान २०६३ को मस्यौदा समिति कसको अध्यक्षतामा गठन गरिएको थियो ? उक्त अन्तरिम संविधान कुन मितिमा जारी भएको थियो ??
उत्तर = लक्ष्मण प्रसाद अर्याल , २०६३ माघ १ गते
S) नेपालमा सिरुवा पर्व , सोहराम पर्व र तोरनल्ह पर्व कुन कुन जातिले मनाउने गर्दछन् ??
उत्तर = क्रमश : थारु , राजवंशी , थकाली जातिले 
T) नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा कतिजना र को को रहने व्यवस्था छ ??
उत्तर = सात जना , गभर्नर , अर्थ सचिव , दुई जना डेपुटि गभर्नर र तीनजना सञ्चालक 


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment