संगठित अपराधको परिचय, प्रमुख कार्यक्षेत्रहरू,विशेषताहरु, त्यस्का बिरुद्ध लड्न गरिएका प्रयासहरु र यो बिरुद्धको महासन्धि २००० मा भएका प्रावधानहरु !!!

  • परिचय:
    • दुई वा सो भन्दा बढी व्यक्तिहरु मिलेर योजनाबद्ध रुपमा संगठीत भई एक वा एक भन्दा बढी गम्भीर किसिमको अपराध गर्ने कार्यलाई जनाउँदछ ।
    • H.Abadinsky का अनुसार सैद्धान्तिक रुपले प्रभावित नभएको आपराधिक गतिविधि, पदसोपान सहित (श्रेणीबद्ध रुपमा) संगठीत, दक्ष जनशक्ति (पेसागत दक्षता) र क्षेत्र (कार्य) विभाजन सहित संगठीत, निश्चित िनियमअनुरूप संचालित आपराधिक गतिविधि, स्वेच्छाचारी वा एकछत्र रुपमा गरिने अपराध, पेसेवार अपराधीलाई सदस्य बनाउने प्रवृत्ति वा प्रक्रिया नै संगठीत अपराध हो ।
    • यस भित्र देहायका अपराधहरूलाई लिन सकिन्छ । 

    संगठित अपराधका प्रमुख कार्यक्षेत्रहरू:
    • लागू औषधको अवैध कारोबार
    • हतियार बेचविखन,
    • मानव बेचविखन
    • आतंकवाद
    • अवैध आर्जन गरेको सम्पत्ति शुद्धीकरण
    • नक्कली मुद्राको कारोबार
    • भ्रष्‍टाचार
    • साइबर अपराध
    • एकाधिकारवाद
    • अपहरण र शरीर बन्धक, फिरौती असुली
    • सामान्यार्थमा संगठित अपराध भन्ने बित्तिकै आर्थिक लाभ प्राप्त गर्ने उद्देश्यले खडा भएका समूह वा अपराधकर्ताले गर्ने गम्भीर अपराध बुझिन्छ ।
    संगठित अपराधका विशेषताहरू:
    • (संगठनात्मक निरन्तरता)  दुई वा सोभन्दा बढी व्यक्तिहरूको आपराधिक समूह रहने, त्यसमा निरन्तरता रहने हुन्छ ।
    • (पदसोपानमा आधारित संरचना) त्यस्तो आपराधिक समूहको सञ्जाल हुने, संगठनात्मक स्वरुप, संरचना र संलग्न सदस्यहरूमा पदसोपान रहने हुन्छ । 
    • नियन्त्रीत सदस्यता
    • अपराधिकता, हिन्सा र शक्ति संचय (दंगा, धम्की, धाक, आक्रामकता अपराधको अभिन्न अंगको रुपमा रहेको हुन्छ ।)
    • विशेषज्ञताको प्रयोग
    • वैधानिक (कानूनी) व्यवसायमा संलग्नता
    • वैचारिक उद्देश्य रहित
    • नियमबाट संचालित र गोप्यता सम्बन्धी आचरणगत नियम
    • उत्पादन र सेवामा एकाधिकार स्थापना गर्न खोज्ने प्रवृत्ति
    • गैर कानुनी बस्तु वा सेवा आपूर्ति
    • अपराधिक उपायबाट बढि भन्दा बढि फाइदा लिने
    • कानुनी कारवाहीबाट उन्मुक्ति पाउन भ्रष्टाचारको प्रयोग
    • विविध व्यवसायमा संलग्न
    • त्यस्ता समूहले आपराधिक कार्यलाई व्यवसायिकता वा पेसाको रुपमा लिने गर्दछन् ।
    केहि ठूला र चर्चित आपराधिक संगठित अपराधिक संगठनहरू
    • माफियाको नामबाट चिनिने सिसिलियन तथा अमेरिकन ला कोसा नोस्ट्रा
    • ब्रिटिस क्राइम सिन्डिकेट
    • कोलम्बीयन ड्रग कार्टेलर्स
    • जापानको याकुजा, यामागुची गुमी
    • रसीयाको माफिया वा रसियन मोब
    • भारतको D-company (दाउद इब्राहिमसँग सम्बन्धित) र छोटा राजनजस्ता अन्डरवर्ल्डस् ।
    संगठित अपराध विरुद्ध लड्न गरीएका प्रयासहरू
    • UN Convention against Transnational Organized Crime 2000 (अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धी २०००)
    • Protocol to prevent, suppress and punish trafficking in persons, especially women and children,
    • Protocol against the smuggling of migrants by land, sea and air
    • Protocol against the illicit manufacturing of adn trafficking in firearms, their parts and components and ammunition 2001
    • UN Convention against Corruption 2003
    • Single Convention on Narcotics Drugs 1961
    • UN Convention on Psychotropic Substance 1971
    • UN Convention against Illicit Traffic on Narcotics Drugs and Psychotropic Substance 1988
    • SAARC Convention on Narcotics Drugs and Psychotropic Substances 1990
    अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धी २०००मा भएको प्रमुख प्रावधानहरू:
    • संगठित अपराधिक समूहलाई अपराधीकरण गर्नु पर्ने
    • अपराधबाट प्राप्त सम्पत्तिलाई अपराधीकरण गर्नु पर्ने
    • भ्रष्‍टाचारलाई अपराधीकरण गर्नु पर्ने
    • सम्पत्ति जफत गर्ने व्यवस्था
    • पारस्परिक कानूनी सहायता सम्बन्धफ व्यवस्था हुनु पर्ने
    • न्यायमा अवरोध गर्ने कार्यलाई अपराधीकरण गर्नु पर्ने
    • साक्षीहरूको संरक्षण गरिनु पर्ने
    • पीडितहरूलाई सहयोग र संरक्षण गर्नु पर्ने
    • तालिम र प्राविधिक सहयोग सम्बन्धी व्यवस्था
    • निरोधात्मक उपायहरूको अवलम्वन गर्नु पर्ने
    राष्‍ट्रियस्तरबाट अपनाइएका उपायहरू
    • लागू औषध (नियन्त्रण तथा सजाय) ऐन, २०३३
    • हातहतियार तथा खरखजाना ऐन, २०१९
    • भ्रष्‍टाचार निवारण ऐन, २०५९
    • अख्तियार दूरुपयोग अनुसन्धान आयोग ऐन, २०४८
    • संगठित अपराध निवारण अध्यादेश, २०६९
    • पारस्परिक कानूनी सहायता अध्यादेश, २०६९
    • सुपर्दगी अध्यादेश, २०६९
    • सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४३
    संगठित अपराध निवारण अध्यादेश, २०६९को मुख्य व्यवस्थाहरू
    • संगठित अपराध कसैले गर्न वा गराउन हुँदैन 
    • अपराधिक समूहको लाभको लागि, अपराधिक समूहको निर्देशनमा, अपराधिक समूहको तर्फबाट, अपराधिक समूहसँग मिलेर वा अपराधिक समूहको संसथापक सदस्य वा सदस्य भई कुनै गम्भीर अपराध गरेमा संगठित अपराध गरेको मानिने




Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

1 comments:

  1. कानुन सम्बन्धि को pdf मा छ भने पठाउनु सर

    ReplyDelete