लोक सेवा आयोग पढ्दा के पढ्ने र कसरी पढने ? सर्व प्रथम के गर्ने ??









लोक सेवा आयोग पढ्दा के पढ्ने र कसरी पढने ? सर्व प्रथम के गर्नेः
*****************************************************

सर्वप्रथम लोक सेवाको तयारी गर्दा निम्म कुरामा ध्यायन दिन पर्दछ ।
•  आजै अहिले नै एउटा पर्सनल डायरी बनाई हालौ ।
• त्यसमा आफुले के पढ्ने ? कुन सामाग्री पढ्ने ? सम्बन्धित विषयवस्तुका लागि सम्बन्धित विज्ञका किताबहरुको लिस्ट सूची बनाइ राखौ ।


• सामाग्रि छनौटलाई नै लोक सेवा आयोगको पहिलो सफलताको रुपमा लिइने भएको हुनाले मुफसलमा राखिएका सबै कितावहरुले वास्तविक र प्रश्नले मागेको उत्तर नदिने खालका हुन्छन् त्यसकारण सामग्री छनौटलाई पहिलो प्राथमिता दिनु पर्दछ ।
• सम्बन्धित विषयवस्तु सँग रहेर त्यससम्बन्धी विज्ञका लेख, रचना र टिप्णी खोज्ने र पढ्ने बानीको विकास गर्नु पर्दछ ।
• सम्बन्धित देशको संविधान, वार्षिक योजना, बजेट र निजामती सेवा ऐन, नियमावली तपाईहरुको टेबलमा अनिवार्य हुनु पर्दछ ।
• लोकसेवा आयोग सँग सम्बन्धित वेभसाइटहरु हेरी रहनु पर्दछ ।
 जस्तैः WWW.psc.gov.np लोक सेवा आयोगको । www.moga.gov.np सामान्य प्रशासन मन्त्रालयको । www. npc.gov.np योजना आयोग http://www.rbb.com.np/  राष्ट्रिय वाणिज्य बैकको 
• तपाई नेटमा बस्दा सकबर फेसबुकमा रमाउने भन्दा पनि आज केही नयाँ कुरा सिक्छु भनेर बस्नुहोस र पेन र डायरी अनिवार्य लिनुहोस । केही न केही नयाँ कुरा हुन्छ टिपिहाल्नुहोस ।
• सम्बन्धित विषयसँग मेल खाने पत्रपत्रिका अनिवार्य रुपमा पढ्ने बानिको विकास गरौ ।
• पढ्दा खेरी Fact पढ्ने की Value पढ्ने भन्ने कुरा सामाग्रीले नै निर्धारण गर्ने भएकोले जो पायो त्यही किताब पढ्दा उपयोगी नहुन सक्छन ।
• पढेर विद्यवान बन्ने र लोक सेवा पास गर्ने पृथक पृथक कुरा भएकोले लोक सेवा पास गर्न आफ्नै किसिमको टेकनिक विकास अथवा आफ्नै एक सैली निर्माण गर्न जरुरत पर्दछ त्यसको लागि विशेष तयारीको जरुरत छ ।
• सयम, निरन्तरता र महेनत् नै लोक सेवा आयोग पास गर्ने प्रमुख आधार भएकाले आफुलाई यी तिन चिजको वरीपरी गुमाई राख्नु पर्दछ ।

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment