कसरी गर्ने ? लोकसेवाको तयारी ।।


लोकसेवा, हरेक शिक्षित नागरिकको करिअर सपनाको रूपमा स्थापित छ। हुन पनि लोकसेवा बाहेकका धेरै सरकारी रोजगारी सोर्सफोर्स र राजनीतिक दल एवम् नेताको भनसुनमा आधारित छन्। परिश्रम र कर्ममा विश्वास गर्नेहरूका लागि लोकसेवा सबैभन्दा भरपर्दो अवसर हो। सरकारी जागिरे बन्न चाहनेका लागि भनसुन गरिदिने कोही नहुँदा निराश भइहाल्नुपर्ने अवस्थाबाट मुक्ति दिलाएको छ लोकसेवाले। त्यसैले स्नातक गरेका धेरै युवामा यसको आकर्षण आज पनि छ। लोकसेवामार्फत सरकारी जागिरे बन्ने अभिलाषा राख्नेहरू यसमा रहेको सेवा सुविधाप्रति बढी आकर्षित छन्। जागिर र अवसरमध्येको सबैभन्दा गरिमा भएको क्षेत्र मानिन्छ यो। जागिरे रहँदा पनि र सेवा निवृत्त भइसकेपछि पनि यसबाट पाउने मान र सुविधा उस्तै हुन्छ। विशेषत: उच्चतहबाट सेवा निवृत्त भएपनि विभिन्न सरकारी आयोग तथा निकायमा हुने नियुक्तिको अवसर रहिरहने भएकाले यसमा धेरैको जोड हुन्छ। त्यसका अलावा सेवा निवृत्त भएपछि आफूले कार्यकाल बिताएको क्षेत्रको विशेषज्ञका रूपमा लिइन्छ लोकसेवाका जागिरेलाई। वार्षिक तालिकाअनुसार लोकसेवा आयोगले आवश्यकताको विज्ञापन गरिरहेको हुन्छ। त्यसका लागि इच्छुक आवेदकहरूले वर्षभर नै परीक्षाका लागि तयारी गरिरहेका हुन्छन्। तर पनि राजपत्रांकित र राजपत्रअनंकित विभिन्न श्रेणी र समूहमा खुल्ने आवश्यकताका विज्ञापनमा आवेदन गर्नेमध्ये धेरैलाई असफलता मात्र हात परेको हुन्छ। त्यसमा आरक्षण एउटा कारक हो । आरक्षणकै कारण असक्षम कर्मचारी को थलो नेपाली प्रशासन बन्ने खतरा बढेको कुरालाई हामी नकार्न सक्दैनौ । र पनि हामी आरक्षणको कारण जो पिडीत हुनुहुन्छ एक आवाज उठाउनुहोस् यो सिस्टम बन्द गर्न । र जो आरक्षण लिरहनु भएको छ । कृपया खुला बाट लड्नुहोस्, परिस्रम गर्नुहोस्, आफुमा बिश्वास राख्नुहोस, र देखाइदिनुहोस कि तपाईहरुलाइ आरक्षणको जरुरी छैन । तपाई सँग पनि त्यो क्षमता छ, जुन
अरुमा छ । आरक्षणकै कारण खुल्लामा धेरैको रुचि भए पनि माग भने सीमित मात्र हुन्छ। खुलामा हुने लोकसेवाका आवश्यकतामा भने निक्कै कडा प्रतिस्पर्धा हुन्छ। यसले गर्दा आवेदन गरेका धेरैलाई सरकारी सिन्दुर लगाउने अवसर जुर्दैन। सरकारी जागिर र सेवा सुविधाको आकर्षक अवसर योग्यता र ज्ञान भएर मात्र पनि आफ्नो हुँदैन । त्यसका लागि परीक्षाका केही विशेष पक्षमा ध्यान दिनु जरुरी हुन्छ। लोकसेवा आयोगको नायब सुबा तथा अधिकृत तहमा आवेदन भरेकाहरूले निम्न कुरामा ध्यान दिनु जरुरी छ।

१. लोकसेवाको आवश्यकता विज्ञापन तथा पूर्वयोग्यता (प्रारम्भिक) परीक्षा सदैव पहिले नै तोकिएको समयमा हुने भएकाले यसमा आवेदन गर्नु अगाडिदेखि नै तयारी सुरु गर्नुपर्छ। खुलारूपमा अधिकृत तहमा आवेदन गर्नेहरूले पूर्वयोग्यता परीक्षा पास हुनुपर्ने भएकाले परीक्षा भन्दा कम्तीमा एक वर्ष अगाडिदेखि तयारीमा लाग्नुपर्छ।

२. पूर्वयोग्यता परीक्षासँगै मूल परीक्षाको तयारी गर्नुपर्छ। यसो गर्दा एउटै तत्परता र अध्ययनले दुवै परीक्षालाई सहयोग पु:याउँछ। 

३. यदि सरकारी सेवामा जाने अभिलाषा तथा चाहना हो भने स्नातक तह उत्तीर्ण गर्नासाथ आवेदन प्रक्रियामा जानु उपयुक्त हुन्छ। विद्यार्थीकाल पारिवारिक एवम् सांसारिक झन्झट र सम्बन्धहरूको बोझबाट मुक्त हुने भएकाले राम्रो नतिजा पाउने सम्भावना बढी हुन्छ। 

४. लोकसेवाको परीक्षा दिने योजना भएकाले तात्कालिक विषयको ज्ञान र जानकारीलाई चुस्त राख्न नियमितरूपमा दैनिक पत्रपत्रिकाका अतिरिक्त म्यागेजिनको अध्ययन गर्ने। सरकारी गजेट र प्रकाशनमा लोकसेवा परीक्षाको तयारीसम्बन्धी सामग्री प्रकाशन भइरहेका हुन्छन्। 

५. सामान्य ज्ञान बढाउनका लागि राम्रा र चर्चित लेखक तथा सम्पादकले प्रकाशन गरेका पुस्तक मात्र पढ्ने। 
सोपान, अन्तर्राष्ट्रिय मञ्चजस्ता म्यागेजिन लोकसेवा आयोगको परीक्षामा केन्द्रित भएर प्रकाशन भइरहेका छन्।

६. परीक्षाको तयारी गर्दाखेरि नै परीक्षाको शैली, नम्बर दिने तरिका बुझेर त्यसअनुसारको परीक्षा रणनीति बनाउने। 

७. पाठ्यक्रमको सूक्ष्म अध्ययन गर्ने। पूरै पाठ्यक्रमलाई ध्यानमा राखेर नोट तयार पार्ने। 

८. लोकसेवा आयोगले लिएका परीक्षामा सफल भएका एवम् असफलहरूबाट सल्लाह र सुझाव लिने। 

९. इन्टरनेटको माध्यमबाट अध्ययन सामग्री खोज्ने। लोकसेवा आयोगको वेबसाइटमा विभिन्न दस्तावेज, पाठ्यक्रम एवम् परीक्षासम्बन्धी जानकारी राखिएका छन्। साथै, लोकसेवाको परीक्षा तयारी गर्न चाहनेका लागि अनलाइनमा नै पढ्ने र वस्तुगत प्रश्नहरूको अभ्यास गर्ने सुविधासमेत उपलब्ध छ। 

१०. लोकसेवामा आवेदन भर्दा नै त्यस्तो विषय नछान्ने जसमा आफ्नो ज्ञानको पकड नहोस्। आफ्नो जानकारीको क्षेत्रमा मात्र आवेदन र परीक्षा तयारी गर्ने। साथै नियमित र योजनाबद्ध अध्ययन गर्ने। 

११. लोकसेवा आयोगको परीक्षाका लागि आरक्षित समूहका दलित, जनजाति, महिला, मधेसीलाई विभिन्न एनजीओ तथा आईएनजीओले तयारी कक्षा दिइरहेका हुन्छन्। खुलामा आवेदन गर्नेहरू त्यसबाट डराउनु आवश्यक छैन, किनकि व्यावसायिक र दक्ष प्रशिक्षकले कोचिङ तथा तयारी कक्षाहरू पनि चलाइरहेका हुन्छन्। त्यस्ता कक्षाहरू लिने आफू कमजोर भएर होइन, आत्मविश्वास र ज्ञान बढाउन नै हो। त्यसैले तपाई आफ्नो आत्मविश्वास आफै बढाउन सक्नुहुन्छ, र तपाई आफैलाई बिश्वास गर्नुहुन्छ भने यस्ता कक्षामा  सहभागी हुने आवश्यक छैन ।। 




Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment