नेपालको आर्थिक गतिविधिसम्बन्धी प्रश्नोत्तर



1. धानको उत्पादन गर्न कति तापक्रम उत्तम हुन्छ ? ३२° सेन्टिग्रेड
2. चाइना र भारतबीच नेपालको दार्चुला जिल्लाको लिपुलेकमा नाका खोल्ने सहमति कहिले भयो ? २०१५ मे १५
3. नेपालमा निजी क्षेत्रबाट पहिलोपटक पेट्रोल आयात गर्ने कम्पनी कुन हो ? विराट पेट्रोलियम
4. नेपाल सरकारले कहिले राजपत्रमा सूचना प्रकाशित गरी निजी क्षेत्रलाई पनि पेट्रोलियम आयात गर्न खुला गरेको थियो ? २०७२ कार्तिक २
5. चिठिमा टिकट टाँस्ने कुन देशबाट सुरुवात भएको हो ? - बेलायत
6. नेपालमा सर्वप्रथम कहिले हवाईजहाज अवतरण भयो ? - वि. सं. २००६ बैशाख ११
7. कति स्थिर जेथा भएको उद्योगलाई ठुला उद्योग भनी वर्गीकरण गरिएको छ ? - रु १५ करोड
8. नेपालको पहिलो खुला दिसामुक्त जिल्ला कुन हो ?
- गाविस = बन्दिपुर (तनहुँ )
- जिल्ला = कास्की
- अञ्चल = धौलागिरी
9. 'व्याट फर नेपाल' अभियान केसँग सम्बन्धित छ ? भूकम्पले क्षतिग्रस्त क्रिकेटका पूर्वाधारहरुको विकासका लागि आर्थिक सहयोगको अभियान ।
10. राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार प्राप्त गर्ने कृषक को हुन् ? कालु हमाल
11. आ.व. २०७१/०७२ मा आर्थिक वृद्धि गर्न लिएको लक्ष कति रहेको छ ? ५.५ प्रतिशत
12. वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र नेपाल लगायतको सहयोगमा वायु तथा सौर्यशक्तिबाट १३१ घरका लागि बिजुली उत्पादन गरिएको भोर्लेनी कुन जिल्लामा रहेको छ ? मकवानपुर
[यहाँ २४सै घन्टा विद्युत उपभोग गर्न सक्नेगरी कूल १ करोड ३१ लाखको लगानीमा निर्मित यस केन्द्रमा दुई पंखा (हावा) बाट १० किलोवाट र सौर्यउर्जाबाट १५ किलोवाट गरी कूल २५ किलोवाट बिजुली उत्पादन गरिएको छ । वायु र सौर्य ऊर्जाको सम्मिश्रण गरी विद्युत् उत्पादन गरिएको यो देशको दोस्रो परियोजना भएपनि सरकार र समुदायको लगानीमा निर्माण गरिएको भने पहिलो ठूलो योजना हो। यसअघि नवलपरासीको धौवाडी गाविसमा एसियाली विकास बैंकको सहयोगमा केन्द्रले देशकै पहिलो १२ किलोवाट क्षमताको वायु तथा सौर्य उर्जा परियोजना निर्माण गरेको थियो। ]
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment