कार्यपालिका, कार्यपालिकाले गर्ने कार्यहरु, बृत्ति विकास र नेपालको निजामती सेवामा वृत्ति विकाससम्बन्धी व्यवस्था !!


कार्यपालिका



राज्यको कानुन कार्यान्वयन गराउने मन्रिहरु सहितको मन्नि परिषद्लाई कार्यपालिका भनिन्छ । यसलाई सरकार पनि भनिन्छ । यस अन्तर्गत सरकार प्रमुख अर्थात प्रधानमन्त्रीमन्त्रीनिजामती सेवासेना- प्रहरीजस्ता निकायहरु पर्दछन् । कार्यपालिकालाई वास्तविक रुपमा प्रशासन पनि भन्न सकिन्छ । कार्यपालिकाको गठन मुख्यरुपमा दुई प्रकारले हुने गर्दछ । संसदीय शासन प्रणाली भएका मुलक जस्तै : बेलायतभारतबंगलादेशनेपालमा चुनावमा बहुमत प्राप्त दलको नेतालाई संसदको बहुमतद्वारा प्रधानमन्त्रीमा नियुक्त गरी प्रधानमन्त्रीले मन्त्रीपरिषद्को गठन गर्ने व्यवस्था हुन्छ । राष्ट्रपतीय शासन प्रणाली भएका मुलुक जस्तै : अमेरिकाजर्मनफ्रान्समा जनताद्वारा राष्ट्रपतिको सिधै निर्वाचन भई राष्ट्रपतिले सरकारको गठन गर्ने व्यवस्था हुन्छ ।

कार्यपालिकाले गर्ने कार्यहरु

Ø  देशमा शान्तिसुरक्षा कायम गर्ने

Ø  देशको रक्षा गर्ने र प्रतिरक्षा गर्ने

Ø  राष्ट्रिय नीतिहरुको तर्जुमा गरी कार्यान्वयन गर्ने

Ø  संसदले बनाएका कानुन लागु गर्ने

Ø  सांसदले दिएको अख्तियारभित्र रही संविधान अनुकूल हुने गरी नियमबिनियम बनाउने

Ø  आय व्ययको विवरण बजेट तयार गरी संसदमा पेश गर्ने साथै संसदबाट बजेट पारित गराई लागू गर्ने

Ø  अन्तर्राष्ट्रिय निकायमा देशको प्रतिनिधित्व गर्ने अर्थात कूटनीतिक सम्बन्ध कायम गर्ने

Ø  राज्य सञ्चालनका लागि नियमितआकस्मिक र विकासात्मक कार्य गर्ने

Ø  जनहितका लागि लोककल्याणकारी कार्य गर्ने ।



बृत्ति विकास 

पेशाव्यवसायइलमनोकरी आदिजस्ता कामलाई वृत्ति भनिन्छ ।
यही वृत्ति प्रगति एवं उन्नति हुने कार्यलाई वृत्ति विकास भनिन्छ । यो पेशाको बढोत्तरी होपेशामा हुने सकारात्मक एवं गुणात्मक परिवर्तन हो । निजामती सेवाको नायब सुब्बाशाखा अधिकृत पदमा बढुवा हुने कार्य तथा समान पद भए पनि महत्वपूर्ण जिम्मेवारी भएको पदमा सरुवा हुने कार्य बृत्ति विकासको उदाहरण हो । बढुवाउपयुक्त स्थानमा सरुवापदस्थापनतलब भत्ताथप शैक्षिक अवसरतालिमअध्ययन भ्रमण आदि बृत्ति विकासका महत्वपूर्ण पक्ष हो । वृत्ति विकास Vertical‚ Horizontal वा दुवै हुन सक्दछन । नेपालको निजामती सेवामा वृत्ति विकाससम्बन्धी व्यवस्था नेपालको निजामती सेवा ऐन२०४९ तथा निजामती सेवा नियमावली२०५० अनुसार वृत्ति विकाससम्बन्धी निम्नानुसार व्यवस्था छ : -

नेपालको निजामती सेवामा वृत्ति विकाससम्बन्धी व्यवस्था

Ø  सेवासमुहउपसमुहको व्यवस्था र सोहीअनुसार सरुवा बढुवाको व्यवस्था

Ø  सरुवाका आधारबढुवाका आधाररिक्त पदमा पदपूर्ति गर्ने प्रक्रियाअवकाशका आधारजस्ता पक्ष कानुनबाट प्रष्ट गरिएको

Ø  निजामती सेवाको रिक्त पदमा खुला प्रतियोगितात्मक परीक्षाआन्तरिक प्रतियोगितात्मक परीक्षाकार्यक्षमताको मूल्यांकन र कार्यसम्पादन तथा अनुभवको मूल्याङंकनबाट हुने बढुवा समायोजनद्वारा पदपूर्ति गरिने व्यवस्था

Ø  निजामती सेवालाई समावेशी बनाउन आरक्षणको व्यवस्था

Ø  शैक्षिक योग्यतातालिम र अनुभवको आधारमा पदस्थापना गर्ने व्यवस्था‚  

Ø  तलब भत्ताउपदाननिवृत्तिभरणको व्यवस्था

Ø  स्वदेश विदेशमा अध्ययनतालिमअध्यापन भम्रण सम्बन्धी व्यवस्था

Ø  सेवाको सुरक्षासेवा शर्तको सुरक्षा

Ø  सजाय र पुरस्कारसम्बन्धी स्पष्ट कानुनी व्यवस्था ।
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment