राइट ब्रदर्सले ११० वर्षअघि अमेरिकामा विमान उडाउनुभन्दा धेरैअघि पूर्वीय सभ्यताले विमान उडाइसकेको थियो। महर्षि भारद्वाजले आजभन्दा २४०० वर्ष अगाडि लेखेको ” वैमानिक शास्त्र ” भारतको एक मन्दिरमा फेला परेको रहेछ जसमा इन्धनको रुपमा आजका पेट्रोल डिजेल होइन – ताप र प्रकाश शोषण गर्नसक्ने पदार्थको चर्चा गरिएको छ। केही वर्षअगाडि तिब्बतको ल्हासामा भेटिएको संस्कृत भाषामा लेखिएका केही ग्रन्थमा प्रतिगुरुत्वाकर्षण शक्तिको बारेमा लेखिएको थियो। रावणले सीतालाई पु्ष्पक विमानमा राखेर लंका पुर्याएको उल्लेख छ। शास्त्रहरूमा पुष्पक विमान मात्र होइन, रुकमा विमान, गरुड विमानका साथै अन्य विमानहरूबारे उल्लेख गरिएको छ। आउनुहोस् कति लोकसेवाको मात्र पढेर दिक्क भएर बस्ने आज एक नयाँ तर सत्य, अनि सोचनिय बिषयको कुरा गरौ, प्राचीन कालको विमानको बारेमा ।
प्राचीन कालमा विमान !
जब पूर्वीय सभ्यताको कुरा आउँछ, त्यो भारतको मात्र पेवा हुँदैन। त्यो सभ्यता हामी नेपालीको पनि हो। पूर्वीय सभ्यताप्रति ब्यङ्ग्य गर्दा हामी आफ्नै अस्तित्वलाई धरापमा पारिरहेका हुन्छौँ, यो कुरा बुझ्न जरुरी छ। संस्कृत श्लोक राखेर पौराणिक उदाहरण दिँदा पाखे र अनपढ बनाइने गरेको छ, यो पश्चिमामुखी संसारमा। बेलाबखत पूर्वीय सभ्यताको कुरा गर्दा पूर्वीय सभ्यताकै साथीहरू माझ आफू पङ्गु बन्न पुगेको प्रशस्त अनुभवहरू छन् मसँग।
बेलाबखत पूर्वीय सभ्यताको कुरा गर्दा पूर्वीय सभ्यताकै साथीहरू माझ आफू पङ्गु बन्न पुगेको प्रशस्त अनुभवहरू छन् मसँग।
बेलाबखत पूर्वीय सभ्यताको कुरा गर्दा पूर्वीय सभ्यताकै साथीहरू माझ आफू पङ्गु बन्न पुगेको प्रशस्त अनुभवहरू छन् मसँग।
कुरा अघि बढाऔँ हवाइजहाजबाट। के रावणले सीतालाई साँच्चै नै हवाइजहाजमा राखेर लंका पुर्याएका थिए ? रामायण, महाभारत तथा अन्य हिन्दू ग्रन्थहरूमा उल्लेख भए झैँ त्यो बेला साँच्चै हवाइजहाज थियो त? बेला-बेला यस विषयमा विभिन्न खोज अनुसन्धानहरू भएका छन्। शास्त्रहरूमा पुष्पक विमान मात्र होइन, रुकमा विमान, गरुड विमानका साथै अन्य विमानहरूबारे उल्लेख गरिएको छ। सन १८७५ मा महर्षि भारद्वाजले आजभन्दा २४०० वर्ष अगाडि लेखेको ” वैमानिक शास्त्र ” भारतको एक मन्दिरमा फेला परेको रहेछ। महर्षि भारद्वाजले पनि अझै पुरानो स्रोत उल्लेख गरेर सो किताब लेखेका थिए। यसको अर्थ विमानसम्बन्धी दस्तावेज अझै पुरानो हुने नै भयो। जम्मा आठ खण्डमा विभाजित वैमानिक शास्त्रले तीन किसिमको विमानको रेखाचित्रसहित व्याख्या गरेको छ। त्यसमध्ये एउटा आधुनिक रकेट कै प्रारुप देखिन्छ। यस पुस्तकले विमान आवश्यक ३१ भाग र विमान निर्माण गर्न आवश्यक १६ वटा पदार्थहरूको नाम समेत उल्लेख गरेको छ। इन्धनको रुपमा आजका पेट्रोल डिजेल होइन – ताप र प्रकाश शोषण गर्नसक्ने पदार्थको चर्चा गरिएको छ। भनेपछि त्यो बेला निर्माण भएका इन्जिन आजका जस्ता पक्कै थिएनन्।
वैमानिक शास्त्रको आधारमा तयार पारिएको रेखाचित्र:
विमान उडाउनको निमित्त अत्ति आवश्यक भनी वैमानिक शास्त्रमा निम्न कुरा उल्लेख गरिएको रहेछ :
1. Vishwakriyaadarpana or mirror of outside views.
2. Shaktyaakarshana or energy attracting mirror.
3. Parivesha mechanism above the hood of the Vimana.
4. Angopasamhaara yantra or folding up yantra at the 7th bindukeelaka.
5. Vistritakriyaa or opening out yantra location in the middle of the 11th section.
6. Vyroopya darpana and
7. Padmachakramukha at the shirobhaaga or crest of the Vimana.
8. The Kuntinee-shakti mechanism is to be in the neck of the Vimana.
9. Pushpinee and Pinjulaa Mirrors are to be in the right side of the centre.
10. At the front of the left side are to be located the Naalapanchaka or 5 pipes.
11. Guhaagarbha mirror yantra is to be in the front part of the stomach of the plane.
12. Thamoyantra at the north western side.
13. Pancha-vaataskandha-naala on the western centre.
14. Rowdree mirror.
15. Vaataskandha keelaka at the bottom centre.
16. Shaktisthaana at the front and right sides.
17. Shabda-kendra-mukha at the left side.
18. Vidyuddwaadashaka at the north-east side.
19. Praanakundala at the moola of the Vimana.
20. Shaktyudgama at the navel of the Vimana.
21. Vakraprasaarana at the side of Vimanaadhaara.
22. Shaktipanjara in the central portion.
23. Shirahkeelaka at the head of the Vimana.
24. Shabdaakarshaka yantra at the shoulder.
25. Pata-prasaarana at the bottom centre.
26. Dishaampati yantra at the left front.
27. Pattikaabhraka at the centre of the hood of the Vimana.
28. Solar power attractor at the top of the Vimana.
29. Apasmaara or poison gas at the sandhi-naala mukha or junction tube front.
30. Sthambhana yantra at the bottom.
31. Vyshwaanara-naala at the navel centre.
साभार: वैमानिक शास्त्र
केही वर्षअगाडि तिब्बतको ल्हासामा संस्कृत भाषामा लेखिएका केही ग्रन्थ फेला परेपछि भारतको चन्ढीगढ युनिभर्सिटीका डा रुथ रैनासमक्ष अङ्ग्रेजीमा अनुवाद गर्न लगिएछ। त्यसपछि देखा पर्यो छक्क पार्ने प्रमाण। त्यसमा लेखिएको रहेछ – प्रतिगुरुत्वाकर्षण शक्तिको बारेमा। जबकि प्रतिगुरुत्वाकर्षण बलको खोज अनुसन्धान अल्बर्ट आइन्स्टाइनको ‘सापेक्षताको सामान्य सिद्दान्त’ को प्रकाशन मात्र भएको थियो। लख काट्न सकिन्छ, गुरुत्वआकर्षण विरुद्धको शक्ति सिर्जना गरेर उड्न सकिन्छ भनेर पौराणिक कालमा कसरी पत्ता लगाइयो होला ? करोडौ डलर खर्च गरेर हाइड्रोजन इन्धन भरेर अति वेगका साथ रकेट उडाइन्छ किन ? गुरुत्वाकर्षणबाट छल्न। त्यस दस्तावेजमा प्रतिगुरुत्वाकर्षण सम्बन्धी लेखिनुले पौराणिक कालमा उड्ययन सम्बन्धमा कुन किसिमको विकास भएको रहेछ, आफै अनुमान लगाउन सकिन्छ।
कतिपय पाठक सोच्दै हुनुहुन्छ होला- साथीले गफ ठोक्यो। कसैलाई लाग्यो होला के बकवास गरिरहेको होला यो यस्तो बल्ग चलाउने मान्छेले पनि, अनि कमेन्ट गर्न लाग्नु भयो होला, यात सोच्दै हुनुहुन्छ – त्यसो भए देखा न त त्यो बेला बनेको हवाइजहाज। तर सकिन्न। जुन कुरा देख्न, छुन सकिन्छ, त्यसको विश्वास गरिन्छ र त्यसैको मात्र अस्तित्व स्वीकारिन्छ। तर यसैमा नपत्याउन तयार पाठकलाई भनिहालौँ। रामायणमा सीतालाई अपहरण गरेर रावणले लंका पुर्याएको भनेर सुन्न पाइन्छ। धेरैले त कपोलकल्पित पनि सोच्दा हुन्। रावणले सीतालाई अपहरण गरेर करिब ३० किलोमिटर समुन्द्र कसरी पार गरे ? या त कुनै हवाइजहाजमा अथवा कुनै पानीजहाजमा। रामायणमा उल्लेख छ उनले पुष्पक विमानमा राखेर लागेका थिए। पछि रामले आफू बसेको स्थानबाट लंकासम्म सेतु बाँधेर तरेका थिए। तर के गर्नु, महाभारत र रामायण यी सब कपोलकल्पित हुन् भन्नेहरू प्रशस्तै भेटिन्छन्। उनीहरुको कुरा मान्ने हो भने हाम्रो सभ्यता नै बेकार हो। बाल्मिकी र वेदव्यास सुपरग्राण्ड डिजाइनर हुन्, जसले जनकपुरकी सिता, अयोध्याका राम, कपिलवस्तुका गौतम बुद्ध, लंकाका रावण सबैको मिथ्या कल्पना गरेका थिए। तर पर्खनुस् बिस्तारै ठोस प्रमाण भेटिँदैछन। रामले लंका आक्रमण गर्न समुद्रमाथि बनाएको पुलको अंश अझै पनि भूउपग्रहबाट देख्न सकिन्छ।
नासाको स्याटेलाइटले खिचेको तस्बिर :
रामले निर्माण गरेको पुलको भग्नावशेष अझै पनि हुनुले रामले बनाएको पुलको अस्तित्व प्रमाणित गर्दछ। रामले पुल निर्माण गर्नु अघि सीतालाई अपहरण गरेर समुद्र पारी लग्न रावणले विमान प्रयोग गरेको हुनुपर्छ कि पर्दैन, आफै विचार गरौँ।
‘वैमानिक शास्त्रका’ आधारमा निर्माण गरेका रेखाचित्र हेरेर केही उड्ड्यन विशेषज्ञले उड्न सक्छन् भने कसैले सक्दैनन् भने। यसको अझै पनि प्रारुप बनाएर परीक्षण भएको छैन। तर प्राचीन कालका विमानको बारेमा ‘राइट दाजुभाइ’ भन्दा धेरै अगाडि नै खोज अध्ययन भएको भने प्रष्ट छ।
स्रोत:
0 comments:
Post a Comment