राष्ट्रिय युवा नीति‚ २०६६ ले लिएका उद्देश्यहरु र भ्रष्टचार नेपाली समाजको एक प्रमुख समाजिक समस्या साथै यसले सामाजिक जीवन र आर्थिक विकासमा पारेको प्रभाव


राष्ट्रिय युवा नीति२०६६ ले लिएका उद्देश्यहरु

राष्ट्रिय युवा नीति२०६६ ले लिएका उद्देश्यहरु निम्न छन् :

Ø  राष्ट्र निर्माण एवं राष्ट्रिय विकासमा युवाहरुको भूमिका र सम्भाव्यताको विकास र विस्तार गर्ने

Ø  युवाहरुलाई राष्ट्रराष्ट्रियताजनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रति समर्पित र प्रतिवद्ध बनाउँदै उत्तरदायित्व र जवाफदेही भावनामा बृद्धि गर्ने

Ø  युववर्गमा सिर्जनशीलताउद्यमशीलता र नवोन्वेशी (Innovative) क्षमताको विकास गरी विकासको आधारभूत शक्तिको रुपमा विकास गर्ने र उनीहरुमा रहेको अन्तर्निहित क्षमता उजागर गर्ने

Ø  श्रमप्रति सम्मान गर्ने संस्कृतिको विकास गर्दै युवाहरुको शारीरिकमानसिकबौद्धिकनैतिक तथा संवेगात्मक पक्षको समुचित विकास गरी उच्च मनोबलयुक्तनैतिकवानसुसंस्कृतसिर्जनशील तथा व्यवसायिक रुपमा दक्ष युवा तयार गर्ने

Ø  युवाहरुका आधारभुत अधिकारहरुलाई सुनिश्चित गर्दै उत्पादनशील स्रोतहरुमा युवा वर्गको अर्थपूर्ण सहभागिताको माध्यमबाट नेतृत्व क्षमता विकास गरी युवाहरुलाई राष्ट्रिय विकासको संवाहक शक्तिका रुपमा स्थापित गर्ने

Ø  शिक्षा आर्जनको क्रममा रहेका तथा समाजमा आफ्नो पहिचान स्थापित गर्ने संवेवदनशील अवस्थामा रहेका युवाहरुको शिक्षारोजगारीवृत्ति लगायतका वैयक्तिक एवं सामाजिक विकासमा सघाउ पुर्‍याउने

Ø  प्राथमिकताको समूह तथा विशेष प्राथमिकताको समूहमा परेका युवाहरुलाई सकारात्मक विभेदको माध्यमबाट सशक्तिकरण गरी विकासको मूल प्रवाहमा ल्याउने ।



भ्रष्टचार नेपाली समाजको एक प्रमुख समाजिक समस्या र यसले सामाजिक जीवन र आर्थिक विकासमा पारेको प्रभाव

सार्वजनिक पदअधिकार एवं सम्पतिको दुरुपयोग गरी व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने कार्य भ्रष्टाचार हो । भ्रष्टाचार मुलुकको समग्र विकासको बाधक हो । यसले हरेक क्षेत्रमा नकारात्मक प्रभाव पार्दछ । यसले सामाजिक जीवन र आर्थिक विकासमा पारेको प्राभावलाई निम्मानुसार प्रस्तुत गर्न सकिन्छः-  

सामाजिक जीवनमा पारेको प्रभाव ·

Ø  समाजमा धनी र गरिबवीचको अन्तर बढ्दै गएको‚ ·

Ø  सामाजिक मूल्य मान्यता एवं अनुशासनमा ह्रास ल्याएको‚ ·

Ø  व्यक्तिमा अनावश्यक खर्च गर्ने प्रवृत्ति बढाएको‚ ·

Ø  इमान्दार एवं सदाचार व्यक्ति ओझेलमा परेको आदि ।

आर्थिक विकासमा पारेको प्रभाव ·

Ø  विकास आयोजना तोकिउको समयलागत र गुणस्तरमा सम्पन्न हुन नसकेको‚ ·

Ø  आर्थिक बृद्धिदर उच्चदिगोफराकिलो एवं न्यायिक हुन नसकेको‚ ·

Ø  बेरोजगारी एवं गरिवी बढ्दै गएको

Ø  बस्तु तथा सेवाको उत्पादन एवं उत्पादकत्वमा ह्रास ल्याएको आदि ।
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment