बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२३ भाषाहरु मातृभाषा (पहिलो भाषा)को रुपमा बोल्ने गरिन्छ । अधिकांशरुपमा नेपालमा भारोपेली तथा चीनीया-तिब्बती भाषा परिवारका भाषा बोल्ने गरिन्छ । नेपालको सरकारी कामकाजको भाषालाई नेपाली हो जसलाई विगतमा गोर्खाली वा खसकुरा भन्ने गरिन्थ्यो । बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार, मातृभाषाका रूपमा नेपाली भाषा बोल्ने भाषीको प्रतिशत ४४.६% रहेको छ । नेपाल सानो देश भए पनि यहाँ धेरै विविधता छ । यहाँ धेरै जात-जाती, समुदाय, धर्मका मानिषहरू बसोबास गर्छन । सबै समुदायका आ-आफ्ना भाषाहरू छन् तर सबै समुदायका मानिसलाई सबै भाषाहरूको ज्ञान छैन तर नेपाली भाषा लगभग सबै समुदायका मानिषहरू बुझ्न-बोल्न सक्छन र नेपाली भाषाकै माध्यबाट अरु समुदाय अरु भाषाका मानिसहरू एक अर्का सँग संवाद गर्छन त्यसैले नेपाली भाषा राष्ट्र भाषाको रुपमा रहेको छ ।
नेपालमा बोलिने
भाषाहरूको स्थिति
|
||
0 comments:
Post a Comment