दस वर्षयता देशको जनसंख्या १५ प्रतिशतले बढेर २ करोड ६६ लाख पुगेको छ। केन्द्रीय तथ्यांक विभागले गरेको जनगणनाको प्रारम्भिक नतीजाअनुसार यो दस वर्षअघि -२०५८)को जनगणनामा देखिएभन्दा करिब ३४ लाख ६९ हजार बढी हो। तथ्यांकअनुसार पुरुषको भन्दा महिलाको संख्या करिब २ प्रतिशत बढी छ। औसत वाषिर्क जनसंख्या वृद्धिदर १ दशमलव ४ छ। यसअघि २ दशमलव २५ थियो। पछिल्लो गणनाअनुसार पुरुषको संख्या १ करोड २९ लाख २७ हजार ४ सय ३१ र महिलाको संख्या १ करोड ३६ लाख ९३ हजार ३ सय ७८ छ। पुरुषको भन्दा महिलाको संख्या ७ लाख ६६ हजार बढी छ।
पुरुषको संख्या ४८ दशमलव ५६ र महिलाको ५१ दशमलव ४४ प्रतिशत रहेको छ। दस वर्षअघि देशको जनसंख्या कुल २ करोड ३१ लाख ५१ हजार हुँदा पुरुष ४९ र महिला ५१ प्रतिशत थिए। धेरै जिल्लामा न्यून जनसंख्या देखिनु चिन्ताको विषय हो।' अनुपस्थित जनसंख्या पनि निकै रहेको छ।
कुल जनसंख्याको ५० दशमलव १५ प्रतिशत तराईमा, ४३ दशमलव ११ प्रतिशत पहाडमा र हिमाली क्षेत्रमा ६ दशमलव ७४ प्रतिशत जनसंख्या बसोबास रहेको जनाएको छ। क्षेत्रका आधारमा सबैभन्दा बढी मध्यमाञ्चलमा ३६ दशमलव ५ प्रतिशत र सबैभन्दा कम ९ दशमलव ६ प्रतिशत जनसंख्या सुदूरपश्चिममा छ।
१७ प्रतिशत सहरी र ८३ प्रतिशत ग्रामीण जनसंख्या छ। अधिकांश हिमाली र पूर्वी पहाडका जिल्लामा जनसंख्या घटेको र तराईका बढेको छ।
१७ प्रतिशत सहरी र ८३ प्रतिशत ग्रामीण जनसंख्या छ। अधिकांश हिमाली र पूर्वी पहाडका जिल्लामा जनसंख्या घटेको र तराईका बढेको छ।
देशमा अहिले ४७ लाख ६७ हजार १ सय ९६ घर र ५६ लाख ५९ हजार ९ सय ८४ घरपरिवार छन्। अघिल्लो गणनाका बेलाभन्दा परिवार संख्या १४ लाख ७ हजारले बढेको हो। 'अघिल्लो जनगणनाको तुलनामा जनसंख्या वृद्धिदर भने घटेको छ,' समग्रमा जनसंख्या बढे पनि वृद्धिदर घटेको हो । 'जनचेतना बढेकाले वृद्धिदर घटेको हुन सक्छ ।
मुलुकको जनघनत्व प्रतिवर्ग किलोमिटर औसत १ सय ८१ व्यक्ति छ। जिल्लागत आधारमा सबैभन्दा बढी जनसंख्या काठमाडौंमा १७ लाख ४१ हजार र मनाङमा सबैभन्दा कम ६ हजार ५ सय २७ छ। तथ्यांकअनुसार विदेशमा रहेका नेपालीको संख्या १९ लाख १७ हजार छ। (यो अहिले धैरै बढेको छ ) यसलाई कुल जनसंख्यामा समावेश गरिएको छैन।
दस वर्षअघि विदेशमा ७ लाख ६२ हजार नेपाली थिए। गणनाको परिभाषाभित्र नपरेकाले उनीहरूलाई कुल जनसंख्यामा नसमेटिएको हो। ६ महिनाभन्दा बढी समय बसोबास गरेका बासिन्दालाई मात्र गणनामा सम्बद्ध ठाउँबाट समेटिएकाले विदेशिएका लागि समावेश नगरिएको हो। विदेशिएकामध्ये ग्रामीण क्षेत्रका ८६ दशमलव ३८ प्रतिशत र सहरी क्षेत्रका १४ दशमलव ६२ प्रतिशत छन्।
thikai xa
ReplyDeleteसाफ बिजेता खेलाडीहरुलाई बधाई मात्र दियर पुग्दैन नेताजी भोको पेटले हरि नाम जपेर मात्र हुदैन खेलाडीलाई हौसला बढाउन उचित नगद ले सम्मान गरौँ कम्तिमा प्रत्येक खेलाडी र प्रशिक्षक लाइ २५ २५ लाख दिइनु पर्छ ताकी उसको परिवार सजिलो संग पाल्न सकोस अहिलेको महंगीको जमानामा साथीसंगी संग हिंड्डुल गर्दा उसले आफुलाई आर्थिक रुपले समृद्द महसुस गर्न सकोस अनि मात्र हामि नेपाली खेल अनि खेलाडीबाट केहि बढी आशा गर्न सक्छौं | जय नेपाली खेल र खेलाडी | खेलकुदमा भ्रष्टाचार गर्नेहरु होसियार
ReplyDelete