भाषा
परिवार
एकैछिन
सोचौँ, संसारमा कति भाषा
होलान् ? हाम्रो जस्तो सानो
देश नेपालमा नै करीब एक सय बढी भाषा भएको अन्दाज गरिन्छ भने, यत्रो संसारको पाँच
अरब बासिन्दाले बोल्ने भाषाहरू यति नै छन् भनेर गन्नु असम्भव नै नभए पनि त्यत्ति
सामान्य कुरा पनि होइन ।
अब
एकातिर संसारका सबै मानिस एक हुन्– को
गोरा को काला, को
धनी को गरीब, को
सभ्य को असभ्य, सबै
मानिस भाइ भाइ भएर बाँच्नु पर्दछ भनेर विश्व भातृत्ववादको नारा घन्काइन्छ, बसुधैव कुटुम्बकम् जपिन्छ भने अर्को तिर
यो अङ्ग्रेजी बोल्ने, यो
जापानी बोल्ने, यो
नेपाली बोल्ने भनेर मानिस मानिसको वर्गीकरण गर्ने मात्र हैन, बोलिने भाषाको आधारमा जातीय दुश्मनी र
ऐतिहासिक शत्रुतालाई बीचमा पर्खाल बनाएर बैमनश्यताको भावना समेत श्रृजना गर्ने
हाम्रो परिपाटी रहिआएको छ । यस्तो वातावरणमा हामी यो कल्पना मात्र गर्न सक्छौँ कि
संसारको अर्को कुनामा जाँदा भाषिक समस्या आइनपरोस् अनि आफ्नो घरका सदस्यसँग झैँ
कुराकानी गर्न सकियोस् । तर यथार्थमा यो सम्भव देखिँदैन किनभने एउटै भाषामा पनि
भौगोलिक र अन्य कारणहरूले गर्दा साधारण असमानता आएर विभिन्न भाषिकाहरूको निर्माण
हुन जान्छ भने यत्रो ठूलो संसारमा सबैको मुखमा एउटै मात्र बोली हुनसक्ला भन्ने
कुरा कल्पना पनि गर्न सकिँदैन ।
एकआपसमा
सम्बन्धित भाषाहरूको परिवारलाई भाषा परिवार भनिन्छ । यो एउटै पूर्वजको वंशजको
माध्यमले सम्बन्धित भाषाहरूको एउटा समुह हो । कुन भाषा कुन भाषा परिवार अन्तर्गत
पर्छ, त्यसको लागि
वैज्ञानिक आधार रहेको छ । हाल विश्वको भाषाहरूको तीन अवस्थाहरु छन् । विभिन्न
देशहरूको प्राचीन भाषाहरूको जसको अध्ययन र वर्गीकरण पर्याप्त सामग्रीको अभावमा हुन
सकेन तिनीहरू पहिलेको अवस्थामा छन् । यिनीहरुको अस्तित्व यिनीहरुकै उपलब्ध प्राचीन
शिलालेखहरु, सिक्काहरु
र हस्तलिखित पुस्तकहरुमा अझै अहिले पनि सुरक्षित छ । पहिलो अवस्थाको भाषाहरूको
अभिलेखमेसोपोटेमियाको पुरानो ‘सुमेरीय’
तथा इटालीको प्राचीन भाषा ‘एत्रस्कन’ यो भाषा अन्तर्गत पर्दछन । दोश्रो
अवस्थामा यस्तो आधुनिक भाषाहरु छन्, जसको पूर्ण शोधको अभावमा अध्ययन र विभाजन प्रचुर सामाग्री
हुँदाहुँदै पनि हुन सकेको छैन । जापानी, कोरियाली आदि भाषाहरु यसै अवस्थामा छन् । तेश्रो अवस्थाको
भाषाहरूको पर्याप्त सामाग्रीहरु रहेको छ जसले यिनीहरुको अध्ययन तथा वर्गीकरण
भइसकेको छ । ग्रीक, अरबी,
फारसी, संस्कृत, अङ्ग्रेजी आदि अन्य विकसित तथा समृद्ध
भाषाहरु यसै अन्तर्गत रहेका छन् । अब एकछिन नेपाली भाषा तर्फ लागौ ।
नेपाली भाषा र यस्को इतिहास
नेपाली
भाषाको लिखित इतिहास नै १०३२ वर्ष पुरानो छ । नेपाली
भाषाको इतिहासको कुरा गर्ने हो भने आजभन्दा १०३२ वर्षअघि भूपाल दामुपालको समयको
दुल्लु शिलालेख नै हाम्रो अहिलेसम्म भेटिएको प्राचीन दस्तावेज हो। यो बिक्रम सम्वत
१०३८ को हो। यसमा लेखिएको छ, ओ...
(मणि?) पद्मे हुँ।...
दामुपाल भुपाल रेख भई। किष्णु अडैको भाइ सउंपाल अडै सा (के?) ९०३।
दामुपाल
पुण्य मल्लका पूर्वज आदि पालका नातेदार कत्युरी नरेश हुन्। रेख भनेको सीमाङि्कत
रेखाकंन हो। अडै एक प्राचीन उच्च पदवी हो भने सउंपाल भनेको सोमपाल हो। अहिलेसम्म भेटिएकै नेपाली भाषाको
सबैभन्दा पुरानो लिखित इतिहास नै १०३२ वर्ष पुरानो छ भने बोलीचालीका भाषाका रुपमा
कति लामो समयदेखि यो समाजमा फैलँदै आएको थियो होला भन्ने हामी यसबाटै अनुमान लगाउन
सक्छौँ। बोलीचालीको
भाषाका रुपमा नेपाली भाषा धेरै पहिलेदेखि समाजमा रहँदै आए पनि संस्कृत सुसंस्कृत
भाषा मानिने भएकाले लेख्य रुपमा भने लामो समयसम्म संस्कृत भाषाकै प्रधानता थियो।
अंग्रेजी
वा संस्कृतमा लेख्नु वा बोल्नुलाई ठूलो मान्ने चलन समाजमा अहिलेसम्म पनि छँदैछ।
त्यसैले पनि नेपाली हाम्रो समाजको बोलीचालीको भाषा नै बढी थियो। भानुभक्त आचार्यले
बाल्मिकीको रामायण नेपाली भाषामा अनुवाद गरेर घरघर पुर्याएपछि नै नेपाली भाषा
लेख्य रुपमा बढी प्रयोग हुन थालेको हो। तर, त्योभन्दा कयौँ वर्षअघि नै, आजभन्दा हजार वर्षअघि नै नेपाली भाषामा
आयुर्वेदको जानकारी भएको लेख 'बाज
परीक्षा' शीर्षकमा
भाषाशास्त्री बालकृष्ण पोखरेलको किताब 'पाँच सय वर्ष'मा
जोकोहीले हेर्न/पढ्न सक्छ।
नेपाली
समाजमा धेरै लामो समयदेखि, हजारौँ
वर्षदेखि प्रचलनमा रहेको नेपाली भाषाबाट कयौं शब्द संस्कृत भाषामा गएका छन्। जसरी
४ सय तमिल शब्द संस्कृत भाषामा मिसिएर संस्कृतलाई अझ समुन्नत भाषा बनाएका छन्,
त्यसैगरी पनि नेपाली भाषाबाट पनि थुप्रै
शब्द संस्कृतमा गएका छन्। यसको अनुसन्धान र गहिरो खोज हुन आवश्यक छ।
अहिले
नेपाली भाषामा एक देखि सवा लाख शब्दहरु छन्। यदि एउटै शब्दको अनुसन्धान गर्दै गयौँ
भने ठेलीका ठेली किताब बन्छन्। एउटा शब्द एउटा भाषामा थपिनु नै ठूलो घटना हो,
ठूलो प्रक्रिया हो त्यो, अझ एउटा भाषा निर्माणको प्रक्रिया कति
बृहत र ठूलो हुन्छ भन्ने यो सानो लेखमा बुझाउन
सकिँदैन। भानुभक्तको रामायणभन्दा धेरै अगाडि
नेपाली भाषाको स्तर र गुण निकै परिष्कृत र माझिएको थियो तर यसबारे अझै राम्रोसँग
अनुसन्धान हुन सकेको छैन। जंगबहादुर राणाका भाइ कमाण्डर इन चिफ कृष्णबहादुर राणाको
सहयोगमा रामायण छापिएको कारण पनि यो धेरैको पहुँचमा पुग्न सकेको हो।
नेपालमा
तीनवटा सभ्यता छन्। एउटा जीवित र चलायमान नेवारहरुको सभ्यता। अर्को खसहरुको
अर्धमृत सभ्यता। तेस्रो मैथिल मृत सभ्यता। नेपालमा भएका अन्य जातजाति, समुदाय भने कुनै सभ्यता होइनन्। यी त
मात्र संस्कृति हुन्। 'मैथिल' बिक्रमको पन्ध्रौँ शताब्दीदेखि विकास
भएको भाषा हो। ज्योतिश्वर ठाकुरको 'वर्णरत्नाकर'
नै मैथिल भाषाको अहिलेसम्म भेटिएको
पुरानो लिखित दस्तावेज हो जसको इतिहास आजभन्दा करिब ५ सय वर्षअघिको छ। मैथिल महाकवि
विद्यापतिले लेखेका करिब हजारवटा गीतहरुमध्ये केहीमात्र पढ्ने हो भने थाहा हुन्छ,
कति सम्पन्न, कति सभ्य र सुसंस्कृत छ यो भाषा। छिमेकी भारतको
लोकप्रिय हिन्दी भाषालाई 'खडीबोली'
भनिन्थ्यो। यसको इतिहास धेरै पुरानो
छैन। यो भाषा करिब २ सय वर्षयतामात्र विकास भएको हो। हिन्दी भाषा धेरै जनसंख्या भएका
भारतका राज्यहरु उत्तर प्रदेश, मध्य
प्रदेश, बिहारमा बढी प्रचलित
छ। भारत
र नेपालमा गरेर करिब ४ करोड २० लाख मानिसले मैथिल भाषा बोल्छन्। यति धेरैले बोल्ने
भएर पनि भारतीय संविधानको आठौँ अनुसूचीमा सन् २००३ मा मात्र यो भाषाले स्थान पायो। नेपाल र भारतमा गरेर मैथिल भाषाभन्दा
कमले बोल्ने भए पनि त्योभन्दा धेरै अघि भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली
भाषाले स्थान पाएको छ। नेपाली भाषाको गहिराइ र समुन्नत विकास प्रक्रियाले पनि यो
भाषा समाजले रुचाएको हो। साम्प्रदायिकतामा भने एकप्रकारको
निर्लज्जता हुन्छ। जब मानिस साम्प्रदायिकतामा ओर्लन्छ, त्यसको बचाउ गरिरहनु वा विरोध गरिरहनु
आवश्यक हुँदैन। साम्प्रदायिक रुपमा जब मानिस केही बोल्छ वा केही भन्छ, त्यसको खण्डन गरिरहनु जरुरी हुँदैन। बोल्नुहुन्छ
भने तपाईलाई हर तरहबाट तल पार्ने कोसीस गरीन्छ । तराईमा वर्गको अनुभूति एकदमै बढी छ।
वर्गको अनुभूति बढी भएको भाषामा विविधता हुन्छ, जीवन्तता हुनुपर्ने हो। मैथिली भाषामा
भने वर्गको अनुभति भएको स्तरमा जीवन्तता र विविधता छैन। मैथिल विद्वान उपेन्द्र झा र उपेन्द्र
ठाकुरले मैथिल सभ्यताबारे लेखेको किताबमा उल्लेख छ– त्यो सभ्यतामा वास्तुकलाको विकास थिएन।
रामायण जो आफैं मैथिल सभ्यताको एउटा ग्रन्थ हो, त्यसमा पनि हामीले कतै वास्तुकलाको
चित्रण पाउँदैनौँ। मैथिल
सभ्यतामा 'अरिपन'मात्र भेटिएको छ। अरिपन भनेको पीठोले
भुइँमा वा भित्तामा जसरी रेखी हालिन्छ, त्यस्तै परम्परा हो। यसरी मृत रुपमा रहेको मैथिल भाषालाई
जगाउने प्रसस्त सम्भावना छन्। मैथिल सभ्यताको उत्थानका लागि जो कसैले मेहनत
गरेदेखि राम्रो हुन्थ्यो। एउटा भाषाको जीवन्तताका लागि यथासक्य पहल सबैले
गर्नुपर्छ।
अब
लागौ फेरी विश्व भाषा तर्फ नै । विश्वमा भाषा परिवार कती होलान् त ?? के सबै
भाषाको मुल भाषा पनि त्यहि भाषा होला त ? पक्कै पनि होईन, विश्वका भाषा परिवार हरु
निम्न रहेका छन्
विश्वका
मुख्य भाषा परिवारहरु
Ø
भारोपेली
भाषा परिवार (हिन्दु-युरोपेली भाषा परिवार )
Ø
चिनियाँ-तिब्बती
भाषा परिवार
Ø
सामी-हामी
भाषा परिवार वा अफ्रिकी-एशियाली भाषा परिवार
Ø
द्रबिड
भाषा परिवार
Ø
युराल-अतलाई
कुल
भारोपेली
भाषा परिवार
भारोपेली
भाषा परिवार संसारको सबैभन्दा ठुलो भाषा परिवार हो । हिन्द-युरोपीय (वा भारोपेली)
भाषा परिवारमा विश्वको सयौं भाषाहरू सम्मिलित छन् । आधुनिक भारोपेली भाषाहरू
अन्तर्गत पर्ने केही भाषाहरू : हिन्दी, उर्दू, अङ्ग्रेजी,
फ्रान्सेली, डच, फारसी, बङ्गाली, पंजाबी, रसियन, इत्यादि । यी सबै भाषाहरू एउटै मूल
भाषाबाट निस्केको हो -- मूल भारोपेली भाषा (Proto-Indo-European language),
जुन संस्कृतसँग हद सम्म मिल्दो-जुल्दो
रहेको छ, जस्तै यो भाषा
संस्कृतको मूल रुप हो ।
चिनियाँ-तिब्बती
भाषा परिवार
जनसंख्या को
हिसाबमा हेर्दा मन्डारिन (उत्तरी चिनियाँ-तिब्बती भाषा)
संसारमा सबै भन्दा ठूलो भाषा एउटै परिवारका सदस्य हुन्। चीन र तिब्बतको बोली धेरै
भाषाहरू बाहेक,
बर्मेली भाषा पनि यहि भाषा परिवार अन्तर्गत पर्दछ। यो भाषा परिवार अन्तर्गतका
भाषाहरु कश्मीर, हिमाचल
प्रदेश, उत्तरांचल, नेपाल, सिक्किम, पश्चिम बङ्गाल, भूटान, अरुणाचल प्रदेश, आसाम, नागाल्याण्ड, मेघालय, मणिपुर, त्रिपुरा र मिजोरम बोलिन्छन्।
सामी-हामी
भाषा परिवार वा अफ्रिकी-एशियाली भाषा परिवार
सामी-हामी
भाषा परिवार वा अफ्रिकी-एशियाली भाषा परिवार अन्तर्गत आरामी, असेरी, सुमेरी, अक्कादी और कनानी वग़ैरा आदि हुन् तर
आधुनिक इब्रानि भाषा हुन् ।
0 comments:
Post a Comment