बिश्वका अनि नेपालका बिभिन्न जानकारीहरु एकै ठाँउमा !!


  • सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६मा भएको थियो।
  • हाल नेपाल समेत हिमालय पर्वतश्रेणी रहेको भूभागमा ४ करोड ५० लाख बर्षपूर्व टेथिस सागर नामको समुन्द्र थियो।
  • वस्तुको विद्युतीय गुण जुन आकर्षण वा विकर्षणको कारण हुन्छ  त्यसलाई आवेश भनिन्छ।
  • पृथ्वीको जन्म लगभग ४६० करोड वर्ष पूर्व भएको थियो।
  • हिरोशिमामा प्रथम अणुबम बिस्फोट ६ अगस्त १९४५मा भएको थियो।
  • "दी म्याग्नेट" पुस्तकका लेखक विलियम गिल्बर्ट हुन र यस पुस्तकमा चुम्बकको गुण बारे वर्णन गरिएको छ। 
  • नेपालको इतिहासमा निम्न उपनामले यी राजाहरूलाई चिनिन्छ 
  1. सिमसिमे राजा- शिवसिंह मल्ल, 
  2. अभागी राजा -जयप्रकाश मल्ल, 
  3. सन्काहा राजा - श्री ५ सुरेन्द्र, 
  4. अयोग्य राजा- श्री ५ राजेन्द्र, 
  5. बौलाहा राजा- लक्ष्मीनरसिंह मल्ल
  • हिम चितुवा (Panthera Uncia) नेपालको संरक्षित स्तनधारी बन्यजन्तु हो ।
  • भारतमा इस्ट इण्डिया कम्पनीको स्थापना ३१ दिसम्बर सन् १६०० मा भएको थियो।

  • सगरमाथा (Mount Everest) मा सन् १९५३ मे ९ मा पहिलो पटक मानव पाइला परेको थियो।
  • प्रथम विश्व युद्ध २८ जुलाई, १९१४ देखि ११ नोभेम्बर, १९१८ सम्म चलेको थियो।
  • नेपालमा सबभन्दा धेरै बोलिने भाषा नेपाली हो ।
  • गोरखा राजतन्त्रको नाम सन १९३० मा फेरेर नेपाल राखिएको हो।
  • नेपालमा हिन्दू पगरी लगाई शासन गरेका शाहबंशीय राजाहरूका पूर्खा खाँचा खान मुसलमान थिए ।
  • चिनीको बटुको भनेर विश्वमा चिनिने देश क्युबा हो ।
  • तत्कालिन सोभियत संघले सर्व प्रथम 'स्पूतनिक' स्याटेलाईट ४ अक्टूबर, १९५७ मा अन्तरिक्षमा पठाएर एउटा कीर्तिमान स्थापित गर्‍यो।
  • चीनको विशाल पर्खालको निर्माण ईशा पूर्व २२१ मा सम्पन्न भएको थियो।
  • महान अहिंसावादी नेता महात्मा गान्धीको जन्म २ अक्टोबर १८६९ मा भएको थियो।
  • सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपालले आफ्नो एक तिहाई भू-भाग ब्रिटिश भारत समक्ष गुमाउनु परेको थियो । त्यसै सन्धिबाट सिक्किम माथिको अधिकार पनि गुमाउनु पर्‍यो ।
  • भारत र श्रीलंका बीच समुद्रमा बनेको ३० किमी लामो पूललाई 'एडम्स ब्रीज' भन्छन ।
  • अमेरिकाको अन्तरिक्ष केन्द्रलाई 'केप केनेडी' भन्छन् । यो फ्लोरिडा राज्यमा अवस्थित छ ।
  • ११ सेप्टेम्बर २००१ का दिन अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा आतंकवादी हमला हुँदा हजारौंको संख्यामा निर्दोष नागरिकहरू मारिएका थिए।
  • डा फुहररले लुम्बिनीको उत्खनन् गरेपछि १ डिसेम्बर १८९६ मा भगवान गौतम बुद्धको जन्म लुम्बिनीमा भएको पत्ता लागेको थियो।
  • लिच्छवीकालमा राजकीय भाषा संस्कृत थियो।
  • हात्ती पोलो खेलमा एक टिममा ४ जना खेलाडी हुन्छन् । यस खेलको विश्वकप नेपालमा (चितवनको सौराहामा) हुने गर्छ।
  • गोहीले मुखभन्दा बाहिर जीभ्रो निकाल्न सक्दैन।
  • गंगटोको दाँत पेटमा हुन्छ भनें मिनोज माछाको दाँत घाँटीमा हुन्छ ।
  • धनुषा, भक्तपुर र बारा जिल्लामा एउटा पनि कारागार छैन ।
  • इकेवाना शब्द फूलको उत्पादन, सजावट, प्रदर्शनी र बिक्री सँग सम्बन्धित छ। इकेवाना शब्द जापानी शब्द हो ।
  • नेपाली र रसियन दुवै भाषाका वर्णमालामा बराबर ३६-३६ अक्षर रहेका छन् । यी दुवै भाषामा अक्षरको लेखाई र उच्चारण एउटै हुन्छ।
  • आफ्नो पनाति राजा हुन्जेलसम्म बाँच्ने राजा श्री ५ राजेन्द्र हुन् ।
  • राजा अंशुवर्माले ‘शब्द विद्या’ नामक ग्रन्थको रचना गरेका थिए ।
  • राजा अभय मल्ल भूकम्पका कारण मरेका थिए ।
  • लिम्बू भाषाको लिपीलाई सिरिजंगा लिपी भनिन्छ ।
  • राजा योगनरेन्द्र मल्लको मृत्यू हुँदा ३१ रानी सती गएका थिए ।
  • नेपालको सबैभन्दा सुन्दर झरना रूप्से झरना म्याग्दी जिल्‍लामा पर्दछ ।
  • मोटरसाइकलका आविष्कारक गट्लिब डायमलर हुन भने हेलिकोप्टरका आविष्कारक इगोर सिकोर्स्की हुन ।
  • तामाङ जातिको मृत्यु संस्कारलाई घेवा भनिन्छ जसमा १०८ वटा बत्ती (ग्याम्जा) बालिन्छ ।
  • लिम्बू जातिले नाच्ने नाच धान नाच हो भनें सोरठी नाच गुरूङ जातिले नाच्ने नाच हो ।
  • नेपाली साहित्यमा लाटो साथी भनेर विष्णुराज आत्रेय, भूतको भिनाजू भनेर बासुदेव लुइँटेल र चट्याङ मास्टर भनेर कृष्णमुरारी गौतम लाई चिनिन्छ ।
  • विदेश सँग नेपालको पहिलो दौत्य (कूटनीतिक) सम्बन्ध सन् १९३४ मा बेलायत सँग भएको थियो । त्यसपछि सन् १९४७ अप्रिलमा अमेरिका र जुनमा भारत सँग सम्बन्ध कायम भयो । त्यसपछि सन् १९४९ मा फ्रान्स र १९५५ मा चीन सँग सम्बन्ध स्थापित भएको थियो ।
  • व्यंग्यचित्र (कार्टून)को सुरूवात नेदरल्याण्डबाट भएको हो ।
  • विश्वमा पहिलो साइकल सन् १८६४ मा फ्रान्सको पेरिसमा चढिएको थियो ।
  • संस्कृत व्याकरणशास्त्री पाणिनीको जन्म अर्घाखाँचीमा भएको मानिन्छ ।
  • नेपालको सबैभन्दा होचो स्थानमा रहेको विमानस्थल मोरङको विराटनगर विमानस्थल समुद्र सतहबाट ७२ मी. उचाइमा अवस्थित हो भनें नेपालको सबैभन्दा उच्च स्थानमा रहेको विमानस्थल सोलुखुम्बु जिल्लाको स्याङबोचे विमानस्थल हो । जुन विमानस्थल समुद्र सतहबाट ३७४९ मी. उचाइमा अवस्थित छ ।
  • नेपालमा कफी खेतिका लागि प्रसिद्ध जिल्ला गुल्मी हो भने चिया खेतीका लागि प्रसिद्ध जिल्ला इलाम हो।
  • विश्वमा हालसम्म ४२ वटा देशमा संविधान सभामार्फत संविधान बनेका छन् ।
  • २०६७ मा जीवन काँडा कि फूल नामक उपन्यासका लागि मदन पुरस्कार पाउने उपन्यासकी उपन्यासकार झमक कुमारी घिमिरेको जन्म धनकुटाको कचिण्डेमा भएको हो।
  • राजा गुणकामदेवले कान्तिपुर शहरको निर्माण गर्दा प्रतिदिन रू १ लाख रूपियाँ खर्च गरी १८ हजार घरहरूको निर्माण गराएका थिए।
  • काठमाडौंको नयाँसडक स्थित भूगोल पार्क विक्रम सम्बत १९९० सालको भुकम्पमा मारिएका १६ हजार ८७५ मानिसहरूको स्मृतिमा बनाइएको हो।
  • नेपालमा विक्रम सम्बत १९६८ देखि जनगणना लिन सुरू भएको हो। बि.स. १९७८ र १९८८ मा भएका जनगणनामा नेपालको जनसख्या लगातार घटेको थियो । १९६८ को ५६ लाख ३९ हजार जनसख्या १९८८ मा ५५ लाख ३२ हजारमा झरेको थियो ।
  • पञ्चैबाजामा ट्याम्को, दमाहा, शहनाई, झ्याली र नरसिंहा पर्दछन् भनें नौमती बाजामा दुई शहनाई, दुई दमाहा, ट्याम्को, झ्याली, ढोलक, करनाल र नरसिंहा पर्दछन्
  • काग यस्तो पंक्षी हो जसले आफ्नो चारो निश्चित ठाउँमा भण्डार गरेर राख्छ र आवश्यक परेको बेलामा खान्छ ।
  • विश्वको छ वटा देशहरूमा अहिले सम्म इन्टरनेट सेवा जडान भएको छैन।
  • एशिया महाद्वीपको जम्मा क्षेत्रफल चन्द्रमाको जम्मा क्षेत्रफल भन्दा धेरै छ ।
  • सबैभन्दा पहिले देवनागरी लिपि प्रयोग गरेर सामग्री पस्किने विकिपीडिया नेपाली विकिपीडिया हो ।
  • सप्तसिन्धुमा गंगा नदी, यमुना नदी, सरस्वती नदी, गोदावरी नदी, नर्मदा नदी, सिन्धु नदी र कावेरी नदीहरू पर्दछन्।
  • पञ्चमहापातकमा ब्रह्महत्या, सुरापान, चोरी, गुरूस्त्री गमन र यी महापातक संगको संगत जस्ता अपराधहरू पर्दछन्।
  • फूलपातीका दिन भित्र्याउने नवपत्रिकामा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक,र जयन्ती पर्दछन्।
  • रारा ताल नेपालको सवैभन्दा ठुलो ताल हो ।
  • भन्डारखाल पर्व वि. स. १९०३ कार्तिक १२ गते भएको हत्याकाण्ड हो् ।
  • सुलीगाड झरना नेपालको सवभन्दा उच्च स्थानमा रहेको झरना हो ।
  • टुण्ड्रा वनस्पति समुन्द्र सतहबाट ५००० मिटर भन्दा माथीको उचाइमा पाइने वनस्पति हो ।
  • शे-फोक्सुन्डो राष्ट्रिय निकुन्ज नेपालको सवैभन्दा ठुलो राष्ट्रिय निकुन्ज हो ।
  • फोक्सुन्डो ताल नेपालको सवैभन्दा गहिरो ताल हो ।
  • विश्वको सर्वोच्च शिखर सगरमाथाको इचाई ८८४८ मिटर रहेको छ ।
  • शिवपुरी राष्ट्रिय निकुन्जको क्षेत्रफल १४४ वर्गकिलोमिटर   रहेको छ ।
  • पहिलो नेपाली पर्वतारोही करबीर बुढाथोकी हुन्।
  • नेपालको सबैभन्दा पुरानो मन्दिर स्वयंभूनाथ हो।
  • भारतमा महाकाली नदीलाई शारदा नदी, कर्णाली नदी लाई सरयू नदी र गण्डकी नदीलाई गण्डक नदी भनिन्छ।
  • नेपालको सबैभन्दा पुरानो पत्रिका सुधा सागर बि.सं.१९५५ हो भने र अखबार गोरखापत्र १९५८ हो । जवकी नेपाली भाषाको पहिलो पत्रिका गोर्खा भारत जीवन १९४५ हो ।
  • खुम्बू हिमनदी नेपालको सबैभन्दा लामो हिमनदी हो। यो ७६०० मीटर उचाईमा सुरू भएर ४९०० मीटर सम्मको उचाइमा बग्दछ।
  • आँखा नहुने जीव गँड्यौला हो भनें खुट्टामा कान हुने जीव झ्याउँकिरी हो ।
  • कलियुग पौष कृष्ण औंसीबाट सुरू भएको मानिन्छ ।
  • आरूको बियाँलाई बस्पति भनिन्छ भनें लप्सीको बियाँलाई च्याम्पटी भनिन्छ।
  • विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ मिटर रहेको छ।
  • काँडे भ्याकुर नेपालमा मात्र पाइने पंक्षी हो ।
  • गणेशमान सिंहको वाल्यकालको नाम हिराकाजी थियो।
  • नेपालको भूकम्प नजाने शहर भनेर पनौती लाई चिनिन्छ।
  • श्री पशुपतिनाथ लाई कार्तिक कृष्ण अष्टमीको दिन बुद्धको मुकुट पहिराइन्छ।
  • भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कूलबीर थापा हुन्।
  • नेपालको पहिलो प्रधानमन्त्रि भिमसेन थापा हुन ।
  • सप्त बुद्धमा कनकमुनी¸ शाक्यमुनी¸ शिखी विश्वभू¸ काश्यप, विपश्वी र ऋकुच्छन्द पर्दछन्।
  • थर्ड पोल (Third Pole) नामले सगरमाथालाई चिनिन्छ
  • स्याऊ संसारमा सबैभन्दा धेरै उत्पादन हुने फल हो।
  • नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय सम्शेर जबरा हुन्।
  • नेपालमा सबैभन्दा पहिलो बैंकनोट विक्रम सम्बत २००२ सालमा प्रकाशन भएको थियो ।
  • नेपालको सबैभन्दा ठूलो ढोका नारायणहिटी दरवारको ढोका हो ।
  • विश्वकै सबैभन्दा ठूलो मरूभूमि सहारा मरूभूमि हो ।
  • भारतीय रेलवेको दार्जीलिङमा चल्ने रेललाई खेलौना रेल (टोय ट्रेन) भनिन्छ।
  • विश्वको सबैभन्दा उचाईमा मुहान भएको नदी अरूण नदी हो ।
  • धरहराको निर्माण प्रधानमन्त्री भीमसेन थापाले वि.सं. १८८२ मा गराएका हुन भने २०७२ बैसाख १२ को बिनाशकारी भुकम्पले धरहरा पुर्ण रुपमा ढलेको हो ।
  • तिब्बतबाट सन् १९५९ देखि भारतमा शरण लिइरहेका दलाई लामाको आश्रम भारतको धर्मशालामा रहेको छ।
  • नेपालमा पर्वतारोहणका लागि सबैभन्दा पहिले खुला गरिएको हिमाल अन्नपूर्ण हिमाल हो।
  • विश्वकी प्रथम महिला प्रधानमन्त्री सिरिमावो बन्दरानाइके हुन्। उनी श्रीलंकाकी प्रधानमन्त्री बनेकी थिइन्।
  • विश्वको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने महिला पाकिस्तानकी बेनजिर भुट्टो २३ बर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन् ।
  • विश्वको पहिलो महिला अन्तरिक्ष यात्री सोभियत संघकी भ्यालेन्तिना तेरेस्कोभा हुन् ।
  • नेपालको पहिलो विमान चालक महिला रक्षा राणा हुन् ।
  • सगरमाथा आरोहण गर्ने विश्वको पहिलो महिला जापानकी जुन्को ताबेई हुन् भने नेपालको पहिलो सगरमाथा आरोहि महिला श्रीमती पासाङ ल्हामु शेर्पा हुन् ।
  • विश्वसुन्दरी प्रतियोगिता आयोजना गर्ने प्रचलन बेलायतबाट सुरू भएको हो ।
  • नेपालको पहिलो महिला सम्पादक साधना प्रधान र कुमारी कामाक्षादेवी हुन् । 
  • नायबी शासन चलाउने पहिलो महिला रानी राजेन्द्रलक्ष्मी हुन् ।
  • रेडियो नेपालकी पहिलो गायिका कोइलीदेवी हुन् भने पहिलो गीत रेकर्ड गराउने महिला मेलवा देवी हुन् ।
  • नेपालकी पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी हुन् भने पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य हुन्।
  • सर्वप्रथम मदन पुरस्कार पाउने महिला लेखिका पारिजात हुन्।
  • विद्यावारिधि गर्ने पहिलो नेपाली महिला प्रभा बस्नेत हुन् भने नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला बानिरा गिरी हुन्।
  • प्यारासुटबाट हाम्फाल्ने पहिलो नेपाली महिला सुन्दरी श्रेष्ठ हुन् । 

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment