ब्ल्याक होल के हो ? यसले के गर्छ ??



''ब्ल्याक होल" अन्तरिक्षमा भएको क्षेत्र हो जहाँ भएको अत्याधिक गुरुत्व बलका कारण प्रकाश पनि बाहिरिन सक्दैन । सामान्य सापेक्षताको सिद्धन्त अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होलको निर्माण हुन्छ । ब्ल्याक होलको वरिपरि गणितीय तथ्यहरूको आधारमा परिभाषित गरिएको काल्पनिक सतह हुन्छ, जसलाई घटना क्षितिज (Event Horizon) भनिन्छ । यो क्षेत्रमा पुगेको कुनैपनि वस्तु बाहिर आउन सक्दैन त्यसैले यो क्षेत्रलाई अन्तरिक्ष वैज्ञानिकहरूले Point of no return को संज्ञा दिएकाछन । कुनै पनि ब्ल्याक होलको घटना क्षितिज कत्रो हुन्छ भन्ने कूरो त्यसको पूर्व आकारमा भर पर्छ ।



वैज्ञानिकहरुले ब्रह्माण्डमा एक असाध्यै ठुलो ब्ल्याक होल भेटेका छन् । यो 12 अरब सूर्यहरु भन्दा पनि ठुलो छ र बिस्तारै एक आकाशगंगालाई निलिरहेको छ । यो खोज बेईजिङको शुई-बिंग वू यूनिवर्सिटीका ईन्टरनेशनल रिसचर्रहरुको टीमले गरेको हो । वैज्ञानिकहरुको अनुमान छ कि यो ब्ल्याक होल ब्रह्माण्डको शुरुआतमा बनेको हुनुपर्छ । आकारमा 12 करोड सुर्यहरु भन्दा ठुलो छ । यसरी बुझ्न सकिन्छ कि यो ब्ल्याक होलले ब्रह्माण्डमा
मौजूद ग्रह, तारा, पिंडहरुलाई निल्दै गइरहेको छ । यसको द्रव्यमान अति धेेरै छ । जसको कारण यसले नजिक आउने र पर्ने हर चिजलाई निल्दैछ ।

आम् ब्ल्याक होल जस्तै यो विशाल ब्ल्याक होल पनि एक आकाशगंगाको केंद्र हो । आस पास उपस्थित ग्यास, धूलो र ताराहरुलाई निलेको कारण यसको आकार लगातार बढिरहेको छ । ब्ल्याक होलमा कुनै तारा या पिण्डकोे सामुन्ने ठीक पहिले एक तेज रोशनी निस्कदछ । यो रोशनी ब्ल्याक होलमा घुस्ने प्रक्रियामा उत्पन्न भएको अथाह गर्मीबाट पैदा हुन्छ ।

अहिलेसम्म यो मान्यता थियोे कि ब्ल्याक होल कालो हुन्छ । तर रिसर्चबाट एक रहस्य पर्दा उठेको छ कि यस्ता विशाल ब्ल्याक होल अति चम्किलो हुन्छन् । वैज्ञानिकहरुको दावा छ कि योे विशाल ब्ल्याक होल हाम्रो सूर्य भन्दा 4,200 खरब गुना ज्यादा चम्किलो हुन्छ । वैज्ञानिकहरु पनि यि आंकडाहरुबाट हैरान छन । उनीहरुको अनुमान छ कि यो ब्ल्याक होल जरूर ब्रह्माण्डको उत्पत्तिको बेलानै बनेको हुनुपर्छ ।
आंकडाहरुको गुणा भागबाट थाहा हुन्छ कि यो ब्ल्याक होल धर्तीबाट 12.8 अरब प्रकाश वर्षको दूरीमा छ । यसको मतलब हो कि यो ब्ल्याक होलबाट हामी सम्म आईपुग्न प्रकाशले 12.8 अरब प्रकाश वर्षको यात्रा गर्नु पर्छ । वैज्ञानिकहरुका अनुमान छ कि हाम्रो ब्रह्माण्ड 90 करोड़ साल पुरानो हो । यसै आधारमा भनिदै छ कि
ब्रह्माण्डको उत्पत्तिको समय बनेको हो ।
कुनै आकाशगंगाको केंद्रमा मौजूद यति बिशाल र अति चम्किलो ब्ल्याक होललाई क्वेजार भनिन्छ । हालैमा खोजिएको योे क्वेजार कयौं रहस्यहरुबाट पर्दा उठाउन सक्छ । यसको माध्यमले यो थाहा हुन्छ कि बिग ब्यांग पछि परिस्थितिहरु कस्ता थिए । ब्रह्माण्डको जन्म कसरी भयो र अरबौ वर्षहरु पछि कसरी बदलाव आए ? रिसर्चकोे बारेमा विस्तृत रिपोर्ट विज्ञान जगतको प्रतिष्ठित पत्रिका नेचरमा छापिएको छ ।


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment