रेडियोबारे केहि जानकारीहरु !!


  •  रेडियोको आविष्कार गुग्लिल्मो मार्कोनी (जी. मार्कोनी) ले गरेका हुन् ।
  • इटालीका उनले सन् १८९५ मा तारको प्रयोग नगरी (वायरलेस) एक ठाउँबाट अर्को ठाउँमा संकेत पठाउने उपायको सफल परीक्षण गरे ।
  • सन् १९०१ मा अमेरिकी महादेशमा बोलिएको आवाजलाई ताररहित आकाशे तरंगमार्फत् २१०० माइल दूरीको एटलान्टिक महासागर पारी युरोपमा पुर्यावउँन सफलता प्राप्त गरे ।
  • रेडियो संकेतलाई एकअर्को ठाउँमा सुन्न सन् १९०६ मा भ्याकुम ट्युब बन्यो । यसको निर्माणपछि नै वायरलेस स्टेशनबाट आवाज र संगीतको प्रशारण भयो ।
  • सन् १९१२ मा अमेरिकाले तारविना सन्देश प्रवाह गर्ने प्रविधिलाई पहिलो पटक रेडियो नाम दिएर कानून बनायो । यसैले रेडियो शब्दको जन्म भएको १०४ वर्ष भएको छ ।
  • सन् १९२० मा संयुक्त राज्य अमेरिकामा खुलेको पिटर्सबर्ग स्टेशन संसारकै पहिलो रेडियो स्टेशन हो । पछि यो बन्द भयो ।
  • बेलायतमा सन् १९२२ मा खुलेको बिबिसी रेडियो नै हालसम्म सञ्चालित विश्वको सबैभन्दा पूरानो रेडियो हो ।
  • सन् १९३३ डिसेम्बर २६ मा एफएम रेडियोको आविष्कार एडबिन हवार्ड आर्म्स्ट्रङले गरेका हुन् ।
  • २०१५ फेब्रुअरी १३ को नाराः ‘विपतका समयमा रेडियोको भूमिका’
  • सन् २०१२ बाट संयुक्त राष्ट्रसंघको आहृवानमा विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।
  • नेपालको सन्दर्भलाई हेर्ने हो भने वि.सं.२००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएको थियो । तर पनि यसको औपचारिक रुपमा सुरु भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । त्यसपछि निजी क्षेत्रबाट २०५४ सालमा रेडियो सगरमाथा सञ्चालन आयो ।
  • नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले देशका सबैजसो जिल्लामा एफएम रेडियोको स्थापना भएको छ ।
  • विश्वमा भने व्यवसायीक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ ।
  • स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रवरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
  • अहिले देशका ७४ जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।
  • मनाङ जिल्लामा अहिलेसम्म एफएम रेडियो स्थापना भएको छैन ।
  • नेपालमा एफएम रेडियोको सङ्ख्या ६३८ पुगेको छ । तीमध्ये ५४७ रेडियो नियमित सञ्चालनमा रहेका छन् । बाँकी ९१ एफएम रेडियोहरू विविध कारणले सञ्चालनमा आएका छैनन् ।
  • 2072 असार महिनामा मात्र १२ वटा एफएम रेडियोले अनुमति पाएका छन् ।
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment