धारा १६ देखि ४६ सम्म वर्तमान संविधानमा व्यवस्था भएका ३१ वटा मौलिक हकहरु ....
- सम्मानपुर्वक बाँच्न पाउने हक – धारा १६
- स्वतन्त्रताको हक – धारा १७
- समानताको हक – धारा १८
- संचारको हक – धारा १९
- न्यायसम्बन्धि हक – धारा २०
- अपराध पिडितको हक – धारा २१
- यातना विरुद्धको हक – धारा २२
- निवारक नजरबन्द विरुद्दको हक – धारा २३
- छुवाछुत तथा भेदभावविरुद्धको हक – धारा २४
- सम्पत्तिको हक – धारा २५
- धार्मिक स्वतन्त्रताको हक – धारा २६
- सुचनाको हक – धारा २७
- गोपनियताको हक – धारा २८
- शोषणविरुद्दको हक – धारा २९
- स्वच्छ वातावरणको हक – धारा ३०
- शिक्षा सम्बन्धि हक – धारा ३१
- भाषा तथा संस्कृतिको हक – धारा ३२
- रोजगारीको हक – धारा ३३
- श्रमको हक – धारा ३४
- स्वास्थ्यसम्बन्धि हक – धारा ३५
- खाद्ध्यसम्बन्धि हक – धारा ३६
- आवासको हक – धारा ३७
- महिलाको हक – धारा ३८
- बालबालिकाको हक – धारा ३९
- दलितको हक – धारा ४०
- ज्येस्ठ नागरिकको हक – धारा ४१
- सामाजिक न्यायको हक – धारा ४२
- सामाजिक सुरक्षाको हक – धारा ४३
- उपभोक्ताको हक – धारा ४४
- देश निकाला विरुद्धको हक – धारा ४५
- संबैधानिक उपचारको हक – धारा ४६
नोटः-
( सम्मानपुर्वक बाँच्न पाउने हक, अपराध पिडितको हक, खाध्यसम्बन्धि हक, आवासको हक, दलितको हक, ज्येष्ठ नागरिकको हक, उपभोक्ताको हक वर्तमान संविधानमा थपिएका मौलिक हक हुन् । अन्तरिम संविधानमा उल्लेखित प्रकाशन, प्रशारण तथा छापाखानासम्बन्धि हक लाई वर्तमान संविधानमा संचारको हक अन्तर्गत समेटिएको छ । अन्तरिम संविधानमा व्यवस्था गरिएको वातावरण तथा स्वास्थ्यसम्बन्धि हक लाई स्वच्छ वातावरणको हक र स्वास्थ्य सम्बन्धि हक गरि दुइवटा हक बनाइएको छ । शिक्षा तथा संस्कृति सम्बन्धि हकलाई शिक्षा सम्बन्धि हक र भाषा तथा संस्कृतिको हक बनाइएको छ । रोजगारी तथा सामाजिक सुरक्षाको हकलाइ रोजगारीको हक र सामाजिक सुरक्षाको हक बनाईएको छ । )
0 comments:
Post a Comment