बैंकले प्रदान गर्ने सेवाहरु, निक्षेप र लकर भनेको के? साथमा मुद्रा र यस्को ईतिहास !!


सामान्यतया बैंकहरुले प्रदान गर्ने सेवा तथा सुबिधाहरु निम्न अनुसार रहेका छन् ।

  • निक्षेप स्वीकार गर्ने
  • कर्जा प्रदान गर्ने
  • बिदेशी मुद्राकाे बिनिमय
  • सेफ्टी भल्ट
  • लकर प्रणाली
  • बैंक अधिबिकर्ष
  • बिप्रेषण
  • बैंक जमानत
  • कार्यसम्पादन जमानत
  • ब्यापारी बैंकिङ सुविधा
  • अभिकर्ता सेवा
  • सुचना
  • बाणिज्य नाेट खरीद गर्ने
  • बित्तिय परामर्श 

निक्षेप
सर्वसाधारण तथा संस्थाबाट बैंक तथा वित्तीय संस्थाहरुले भुक्तान गर्ने गरि निर्धारित शर्तमा विभिन्न वित्तीय उपकरणहरू मार्फत संकलन गरेको रकमलाई निक्षेप भनिन्छ । यसले बैंक तथा वित्तीय संस्थामा चल्ती, वचत तथा चालु खातामा प्राप्त वा रहेको रकमलाई जनाउँदछ ।

मुद्रा र यस्को ईतिहास

मुद्रालाई (अंग्रेजीमा: Money) भनिन्छ । मनी Money शब्द लेटिन भाषाको मोनेटा Moneta शब्द बाट बनेको
हो । रोममा स्वर्गकी देवीलाई मोनेटा Moneta भनिन्छ । सबभन्दा पहिले सिक्का मोनेटा देवीको मन्दिरमा बनाइएकाले मुद्रालाई मोनेटा भनियो र पछि मनी भन्न थालियो ।
मुद्रा त्यस्तो बस्तु अथवा लिखत हो जसलाई बिनिमयको माध्यमको रूपमा प्रयोग गरिन्छ र बस्तु तथा सेवाको भुक्तानी तथा ऋण मोचनको लागि सामाजिक तथा कानूनी रूपले स्वीकार गरिन्छ।

( मुद्रालाई अर्को अर्थमा हातको औला हरू बाट शास्त्रिय पद्धति अनुरूप बनाईने आकृति लाई मुद्रा भनिन्छ|अङ्गुष्ठ, तर्जनी, मध्यमा, अनामिका र कनिष्ठा क्रमशः बूढी, माइली, साइली, काइली र कान्छी औँला हुन्। कान्छीलाई जल, काइली औँलालाई पृथ्वी, साइलीलाई आकाश, माइलीलाई वायु र बूढीलाई अग्निका रूपमा चित्रित गरन्िछ। हरेक औँलाको तीन भाग हुन्छ, शीर्ष, मध्य र मूलका। एउटा औलाको एउटा भागले अर्को औलाको अर्को भागलाई छुदा बन्ने आकृति लाई नै मुद्रा भनिन्छ। मुद्रा चिकित्साको जग नै यही हो। ६९ मुद्रा लाई देहायको ६ प्रकारमा बिभाजन गरिने गरिन्छ ।
  • तत्त्व मुद्रा,
  • प्राणिक मुद्रा,
  • रोग विशेष मुद्रा,
  • चिकित्सा मुद्रा,
  • व्यक्तित्व विकाससम्बन्धी मुद्रा र
  • आध्यात्मिक मुद्रा

खासगरी पाँच भागमा मुद्रालाई वर्गीकरण गरेर हेर्ने हो भने के देखिन्छ भने यसले शरीरका सबै अंगका रोगलाई सम्बोधन गर्छ। जस्तो, सूर्य र पृथ्वी मुद्राले नाक, हड्डी, घाँटीजस्ता रोगको निवारण गर्छ भने इन्द्र, प्राण र वरुणले जीब्रो र ज्ञानेन्दि्रयसँगसम्बन्धी रोग निको गर्छ। त्यसैगरी, अपान र सञ्जीवनी मुद्रा आँखा, पेट, किड्नी र पाचनसम्बन्धी रोगका लागि फलदायी मानिन्छ। छाला, छाती, हृदय, नसा र नाडीसम्बन्धी समस्यालाई व्यान, वायु र ज्ञान मुद्रा आवश्यक छ। आकाश र शून्य मुद्राले कान र टाउकोसम्बन्धी रोगको उपचार गर्छ भन्ने जानकारहरूको दावी रहेको छ ।
स्वमावजन्य आकृति : हास्य मुद्रा , सौम्य मुद्रा, क्रोध मुद्रा ,लाचार मुद्रा ई. । यस्ता मुद्रा हरूले मानिसको संबेदना लाई प्रस्तुत गर्दछ । { (हामिले बैक सँग भन्दा बाहिरको यो मुद्राको कुरा मुद्रालाई अर्को अर्थमा पनि जानकारी होस् भन्ने हेतुले राखेका हौ। अासा छ यस्ले तपाईमा थप जानकारी प्रदान गर्यो ) }

लकर 

बैंकले आफ्ना ग्राहकहरूलाई तिनीहरूको निजि महत्वपूर्ण कागजात तथा बहुमुल्य सामानहरू सुरक्षित रुपमा राख्न कार्यालय समयमा आफै वा अख्तियारप्राप्त व्याक्तिबाट राख्न र झिक्न सक्ने गरि उपलब्ध गरिएको सेफ डिपोजिट भाल्ट लाई नै लकर भनिन्छ ।
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment