भविष्यमा भुक्तान गर्ने गरि लिइएको रकमलाई कर्जा वा ऋण भनिन्छ । सामान्यतया ऋण प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गर्दछ भने कर्जामा प्रत्क्षय तथा अप्रत्क्षय प्रत्याभुती पनि पर्ने गर्दछ । बैंकहरुले संकलित निक्षेप तथा पुँजी बिभिन्न क्षेत्रमा अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन कर्जा प्रदान गर्ने गर्दछ । यस अन्तर्गत बैंकले ब्यक्तिगत ग्राहकलाई सुन, चाँदी, मुद्दती रसिद, नेपाल सरकारको ऋणपत्र, ट्रेजरी बिल, राष्ट्रिय बचतपत्र, बिकास ऋणपत्र आदी धितो राखी कर्जा प्रदान गर्दछ ।
कर्जा निति
बैंकको कर्जा निति तय गर्दा सरलिकरण, बढी भरपर्दो एबम बैज्ञानीक तवरबाट गरिनुपर्दछ । बैंकले कर्जा निति अबलम्बन गर्दा देहायका उल्लेखित सिद्दान्तहरु माथि ध्यान पुर्याउनु पर्दछ ।
तरलताकाे सिद्धान्त
बैंकमा ब्यक्ती तथा बिभिन्न संघ संस्थाहरु, कम्पनी, संस्थान आदी ठाउँबाट जम्मा हुन आएको निक्षेप रकम चल्ती, मुद्दती तथा निक्षेप खातामा जम्मा भएको हुन्छ । उनिहरुले मागेको समयमा ब्याजसहित रकम भुक्तानी गर्नुपर्ने बैंकको दायित्व हो । तरलता भनेको निक्षेपकर्ताले मागेको बखत नगद दिन सक्ने बैंकको क्षमता हो । बैंकले यस्तो क्षमतामा असर नपर्ने गरी कर्जा निति तय गर्नुपर्छ ।
मुनाफाको सिद्धान्त
वास्तवमा मुनाफा र तरलता दुई बिपरित कुराहरु हुन । बैंकले मुनाफामा मात्र ध्यान दियो भने तरलताको मात्रा
कम हुने त्यस्तै तरलतामा मात्र ध्यान दियो भने दिर्घकालिन लगानी हुन नसकी मुनाफाको मात्रा कम हुने हुन्छ । बैंकको मुल उद्धेश्य नाफा आर्जन गर्नु रहेको हुन्छ । यस्तो उद्धेश्य हासिल गर्नका लागि बैंकले उत्पादनशिल एबम उत्पादनमुलक ठाउँहरुमा कर्जा लगानी गर्नुपर्दछ ।
कम हुने त्यस्तै तरलतामा मात्र ध्यान दियो भने दिर्घकालिन लगानी हुन नसकी मुनाफाको मात्रा कम हुने हुन्छ । बैंकको मुल उद्धेश्य नाफा आर्जन गर्नु रहेको हुन्छ । यस्तो उद्धेश्य हासिल गर्नका लागि बैंकले उत्पादनशिल एबम उत्पादनमुलक ठाउँहरुमा कर्जा लगानी गर्नुपर्दछ ।
सुरक्षाको सिद्धान्त
सुरक्षाको सिद्धान्तलाई बेवास्ता गरियो भने बैंकको कर्जा डुब्न सक्छ । यसबाट बैंकलाई ठुलो घाटा मात्र नभै बिघटनको स्थितिमा समेत पुग्न सक्छ । यस्तो खतराबाट बैंकलाई मुक्त राख्नुपर्छ ।
विबिधिकरणको सिद्धान्त
बैंकले कर्जा प्रबाह गर्दा एउटै प्रकारको धितोमा लगानी गर्नु हुँदैन । एउटै क्षेत्रमा पनि लगानी गर्नु हुँदैन । लगानिमा बिबिधिकरण भएमा कुनै एक क्षेत्रको कर्जा खराब भयो भने पनि अर्को क्षेत्रबाट मुनाफा आर्जन गरिरहेको हुन्छ ।
बजार योग्यताको सिद्धान्त
बैंकले धितो जमानत राख्दा त्यस्तो प्रकारको धितो राख्नुपर्दछ जुन कर्जा असुली नभएको खन्डमा बजारमा तुरुन्तै लीलाम वा बिक्री गर्न सकियोस ।
राष्ट्रिय हितको सिद्धान्त
कहिलेकाही बैंकले आफुलाई थोरै फाईदा हुने भयतापनी त्यस्ले राज्यलाई हित गर्छ भने उक्त खालको ठाउमा पनि कर्जा लगानी गर्नुपर्ने हुन्छ । राष्ट्रिय हित बिरुद्द बैंक जानु हुँदैन । कस्तो निति अबलम्बन गर्दा बैंकलाई सुचारु रुपले अगाडि बढाउन सकिन्छ भन्ने कुरा बैंकको आफ्नो अधिकार क्षेत्र भित्रको बिषय हो ।
कर्जा प्रदान गर्ने मौलिक आधारहरु
बैयक्तिक चरित्र
कर्जा प्रदान गर्नु भन्दा अगाडि कर्जा प्रस्ताब गर्न आउने ब्यक्तिको नियत ठीक भएको र बैंकबाट लिएको कर्जा तिर्ने भावनाको छ वा छैन अध्ययन गर्नुपर्छ । ठगी वा जाल्साजी गर्ने नियतको हो वा होइन छुट्याउनुपर्छ । पहिला कुनै बैंक वा बित्तिय संस्था बाट कर्जा लिए नलिएको , लिएको भए कर्जा इतिहास कस्तो छ आदी कुरा बुझेर मात्र कर्जा लगानी गर्नुपर्दछ ।
योग्यता वा क्षमता
कर्जा प्रदान गर्न लागिएको ब्यक्ती वा संस्था करार ऐन २०५६ बमोजिम करार गर्न योग्य छ वा छैन भन्ने कुरा बिचार गर्नुपर्छ । यदी करार गर्न सक्षम ब्यक्ती हो भने उसको शैक्षिक योग्यता तथा कुन ब्यवसाय सँग सम्बन्धित हो आदी कुराहरु जानकारी लिनुपर्छ ।
पुँजी
कर्जा माग्न अाउने ब्यत्ति वा संस्थाले कति रुपैयाकाे लागी प्रस्ताव गर्न अाएकाे हाे साे कर्जाकाे मात्रा उसकाे अायस्थिती, चल अचल सम्पतिकाे बिचार गर्नुपर्दछ । साथै ब्यबसायकाे लागी माग्न अाएकाे अबस्थामा उसकाे ब्यबसायकाे प्रकृति, ब्यबसायमा लगानी गरेकाे पुँजीकाे मात्रा अादि कुराकाे बिश्लेषण गर्नुुपर्दछ ।
सुरक्षण
बैंकले कर्जा प्रदान गर्दा उचित धिताे वा सुरक्षण राख्नुपर्दछ । साथै उत्त धिताेकाे बजार भाउ कस्ताे छ अादि बिबिध कुरामा बिचार पुर्याउनु पर्दछ ।
कर्जा सुचना
बैंकले कर्जा प्रस्ताव गर्न अाएकाे ब्यत्तिकाे चरित्र, उसले कर्जा तिर्नसक्ने क्षमता, उसकाे सम्पतिकाे बिबरण र उसले सुरक्षणका लागी राखेकाे धिताेकाे बारेमा उसकाे नजिकका व्यक्ती, छरछिमेक वा अन्य उसलाइ चिन्ने ब्यत्ति वा ब्यबसायी संगबाट सुचना लिन सकिन्छ । साथै ऋण तिर्न नसकी कालाे सुचीमा परेकाे हाे वा हाेइन साथै उसकाे कर्जा इतिहास कस्ताे छ अादि बारेमा अन्य बित्तिय संस्था, कर्जा सुचना केन्द्र अादिबाट सुचना लिनु पर्दछ ।
बाह्य वातावरण
बैंकले कर्जा प्रदान गर्दा राजनीतिक वातावरण, उसकाे सुरक्षणकाे बाहिरी स्थिति वा बजारमा बिश्वास याेग्य, बिक्री याेग्य छ कि छैन अादि सम्पुर्ण बाहिरी पक्षसमेत मुल्यांकन गर्नुपर्दछ ।
बैंकले प्रदान गर्ने कर्जाका प्रकारहरु
- आबधिक कर्जा
- ओभरड्राफ्ट कर्जा
- ट्रस्ट रिसिप्ट कर्जा/आयात कर्जा
- डिमान्ड तथा अन्य चालु पुँजी कर्जा
- रियल स्टेट कर्जा
- आवासीय घर कर्जा
- हायर पर्चेज कर्जा
- बिपन्न बर्ग कर्जा
0 comments:
Post a Comment