अवैध रुपमा कमाएको धन विभिन्न कारोबारमार्फत वैध बनाउने प्रक्रियालाई सम्पत्ति शुद्धीकरण भनिन्छ । गैरकानुनी धन्दा, ठगी, चोरी, अपराधजस्ता क्रियाकलापबाट आर्जन गरेको धन सुरुमा कुनै वस्तु, जग्गा आदि किन्न प्रयोग गर्ने र त्यो बिक्रीबाट आएको धनलाई वैध स्रोतको रुपमा देखाउने प्रक्रिया सम्पत्ति शुद्धीकरण हो । अपराध गरेर कमाएको धन वैध बनाउने तथा तथा त्यस्तो धन संगठित अपराधमा प्रयोग हुनसक्ने सम्भावनालाई रोक्न संयुक्त राष्ट्र संघले सन् २००० मा पारित गरेको अभिसन्धिअनुसार विश्वभर सरकारहरुले सम्पत्ति शुद्धीकरण विरुद्ध कानून बनाएका छन् ।
विश्वस्तरमा फाइनान्सियल एक्सन टाक्सफोर्स (एफएटीएफ) ले विश्वभर सम्पत्ति शुद्धीकरणको अनुगमन गर्दछ । यसको सिफारिशमा सम्पत्ति शुद्धीकरणविरुद्ध आवश्यक व्यवस्था नगर्ने मुलुकलाई ग्लोबल वार्निङ जारी गरिन्छ । एफएटीएफले कालोसूचीमा राखेपछि सम्बन्धित मुलुकसँग बाह्य मुलुकले वित्तीय कारोबार र आवाजावतमा कडाइ गर्दछन् । नेपालले राष्ट्र संघको अभिसन्धि अनुमोदन गरेको छ ।
सम्पत्ति शुद्धीकरण विभाग
कर छली, डकैती, ठगी, अवैध धन्दालगायत विभिन्न तरिकाले आर्जेको रकम जफत गर्न र त्यस्ता व्यक्तिलाई कारबाही गर्न नेपालमा पनि सम्पत्ति शुद्धीकरण ऐन २०६६ लागू भएको छ । सो ऐनअन्तर्गत स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यस्ता व्यक्तिको सम्पत्ति उपर अनुसन्धान गरी विशेष अदातलमा मुद्दा दायर गर्ने व्यवस्था छ ।
नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध मात्र अनुसन्धान गर्न पाउने व्यवस्था छ भने सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत जोसुकैविरुद्ध अनुसन्धान गर्न
सकिन्छ ।
सकिन्छ ।
नेपालमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ०६८ साल असार ३१ गते स्थापना भएको हो । काठमाण्डौ थापाथलीस्थित यसको कार्यालय रहेको छ । आतंकवादी क्रियाकलापमा वित्तीय लगानी वा कुनै पनि प्रकारका गैरकानूनी कमाइ र योगदानका विरुद्ध अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार यो विभागको स्थापना भएको हो ।
विभागमा हाल महानिर्देशकदेखि कार्यालय सहायकसम्म दुई दर्जन कर्मचारीहरु छन् । यसको संगठनात्मक संरचनाभित्र विशेषज्ञ समूहसमेत रहने व्यवस्था छ । कर्मचारीको दरबन्दी नेपाल सरकारले तोकबमोजिम हुने व्यवस्था छ भने विभागको प्रमुखमा निजामति सेवाको प्रथम श्रेणीको अधिकृत रहने व्यवस्था ऐनले गरेको छ । विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन र सोको नियमावली ०६६ अनुसार कार्य गर्दछ ।
शुद्धीकरणसम्बन्धी १३ अपराध
नेपालमा सम्पत्ति शुद्धीकरण निवारण ऐन ०६४ को दफा ४ मा उल्लेख भएअनुसार निम्न १३ वटा कार्यलाई सम्पत्ति शुद्धीकरण गरेको मानिएको छ । ती अपराध यी हुन् :
- हातहतियार खरखजानासम्बन्धी प्रचलित कानूनअन्तर्गतको कसूर,
- विदेशी विनिमय नियमित गर्ने सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर,
- ज्यान, चोरी, ठगी, किर्ते कागज, खोटा चलन, अपहरण वा शरीर बन्धकसम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर,
- लागू औषध नियन्त्रणसम्बन्धी प्रचलित कानूनअन्तर्गतको कसूर,
- राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु स्ंा क्षण सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर,
- मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर,
- सहकारीसम्बन्धी प्रचलित कानूनअन्तर्गतको कसूर,
- वनसम्बन्धी प्रचलित कानूनअन्तर्गतको कसूर,
- भ्रष्टाचार निवारणसम्बन्धी प्रचलित कानूनअन्तर्गतको कसूर,
- बैङ्क तथा वित्तीय संस्थासम्बन्धी प्रचलित कानूनअन्तर्गतको कसूर,
- बैङ्कङ्गि कसूर तथा सजाय सम्बन्धी प्रचलित कानूनअन्तर्गतको कसूर,
- प्राचीन स्मारक संरक्षणसम्बन्धी प्रचलित कानूनअन्तर्गतको कसूर,
- नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य कुनै कानून अन्तर्गतको कसूर ।
त्यसैगरी ऐनले सम्पत्ति शुद्धीकरणका परिभाषा गर्दै भनेको छ- ‘कसैले कर छल्ने वा आतङ्ककारी क्रियाकलापबाट आर्जन वा त्यस्तो क्रियाकलापमा लगानी गर्ने कार्य वा देहाय बमोजिमका कुनै वा सबै कसूर गरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्राप्त गरेको, धारण गरेको, भोगचलन गरेको वा प्रयोग गरेको सम्पत्ति र त्यस्तो सम्पत्ति कुनै प्रकारबाट लगानी गरी प्राप्त गरेको वा भएको वा बढे बढाएको सम्पत्तिलाई कानूनीरुपले प्राप्त गरेको, आर्जन गरेको सम्पत्तिको रुपमा भोगचलन गरेमा, धारण गरेमा वा प्रयोग, उपयोग वा उपभोग गरेमा वा देखाउने कार्य वा अन्य कुनै पनि कार्य गरेमा वा त्यस्तो सम्पत्तिको स्रोत लुकाउने वा त्यस्तो सम्पत्ति प्राप्त गर्ने व्यक्तिलाई कानूनी कारबाहीबाट बचाउने उद्देश्यले त्यस्तो सम्पत्ति रुपान्तरण गर्न, लुकाउन वा स्थानान्तरण गर्न कसैलाई मद्दत गरेमा सम्पत्ति शुद्धीकरण गरेको मानिनेछ ।’
साथै नेपालले हस्ताक्षर गरेका अन्तरराष्ट्रिय प्रतिवद्धता एवं अन्तरराष्ट्रिय कानूनले अपराध मानेका वायुयानभित्रको कसुर, शरीर बन्धन लिनेरुद्धिको महासन्धी आतंकवादको दमनसम्बन्धी सार्क रिजनल कन्भेन्सनअन्तरगतका कार्यलाई समेत यो अपराधभित्र समेटिएको छ । संगठित अपराधविरुद्धको ऐन र सुपुदर्गी ऐन अन्तरगत पर्ने अपराधलाई पनि यसअन्तरगत सम्बन्धित मान्ने गरिउको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराध गर्नेलाई ऐनको दफा दफा ३० ले कसुरको मात्रा हेरी सजायँको व्यवस्था गरेको छ ।
0 comments:
Post a Comment