अन्तिम लेखा परीक्षण भनेको के हो ? भरपाई भन्नाले के बुझिन्छ ? नमुना सहितको भरपाईको अर्थ स्पष्ट पार्नुहोस ।

 भरपाई 

विक्रेताले विक्रि गरेको सामान वापत क्रेताले भुक्तानि लिदा भुक्तानी रकम लिएको प्रमाण स्वरुप भुक्तानीकर्तालाई दिएको कागजलाई भरपाई भनिन्छ । साधारणतया उधारोमा गरेको कारोवारमा भरपाई बढि प्रयोग गरिन्छ । भरपाईको नमुनालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ । 

भरपाई दिदैः-  राम नारायण शर्मा को नाती कृष्ण नारायण शर्मा को छोरा कास्की जिल्ला लेखनाथ नगरपालिका वडा नं. १० बस्ने म बर्ष २२ को शंकर नारायण शर्मा ले एक थान दराज कृर्षि विकास बैकं तालचोक कास्की शाखामा, चितवन देखि ढुवानी गरेवापत कृर्षि विकास बैकं कास्की शाखाका लेखा प्रमुख गोपाल बस्नेत वाट ज्याला वापत रु १,५००/- (अक्षेरुपि एक हजार पाँच सय मात्र ) वुझि लिई यो भरपाई गरिदिएँ ।

इति सम्वत २०७2 साल चैत ०४ गते रोज ५ शुभम ................। 
(नोटः- माथि उल्लेखित नामहरु काल्पनिक मात्र होन् । )


अन्तिम लेखा परीक्षण

कुनै संस्थाको अर्थिक विवरण , तत्सम्वन्धि लेखा तथा प्रामणित कागजातहरुको स्वतन्त्र एवं संवैधनिक निकायद्धारा कानुनी आधारमा गरीने लेखाजोखा नै अन्तिम लेखा परीक्षण हो ।

अन्तिम लेखा परीक्षण निश्चित कारोवार तथा निश्चित समयावधिमा सम्पन्न गरीन्छ । सरकारी कार्यालयको अन्तिम लेखा परीक्षण महालेखा परीक्षकको विभागबाट सम्पन्न गरीन्छ भने, कम्पनिको हकमा साधारण सभा मा तोकिएको लेखा परीक्षकबाट सम्पन्न गरीन्छ ।

कुनैपनि प्रजातान्त्रिक देशमा सर्वोच्च लेखा परीक्षण निकायद्धारा अन्तिम लेखा परीक्षण गर्ने गरीन्छ । नियमितताको लेखा परीक्षण, कार्यमुलक लेखा परीक्षण आदिलाई अन्तिम लेखा परीक्षणको आधारको रुपमा लिईन्छ ।

अन्तिम लेखा परीक्षणको कार्यक्षेत्र सँविधान र कानुनद्धारा निर्धारण हुने हुनाले अनियमित कारोवारको सम्वन्धमा लेखा परीक्षकले स्वतन्त्ररुपले आलोचना गर्न सक्छ । अन्तिम लेखा परीक्षण गर्दा नियमितता, मितव्ययिता , कार्यदक्षता, प्रभावकारीता तथा औचित्यता समेत विचार गरी परीक्षण गर्ने गरीन्छ


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

1 comments: